Tag Archives: kabita

कविता : दशैं

~सुरज सुबेदी~ आमा, के दशै पहिलाजस्तै छ? के चुल्होमा आगो उतिनै वल्छ? के अगेनामा मासु उतिनै पाग्छ? खसिको खुट्टा समाईदिने कोहि छन्? के मासु खाईदिने कोहि छन्? छँदै छैनन् कि थिए र छैनन्? कसैलो सोधेको छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रोइरहेको हिट्लर

~राजव~ हिट्लरले पढेका किताबहरु विद्वानहरु संकलन गर्दैछन् र भन्दै छन् हिट्लर हत्यारा मात्र हैन ज्ञानी पनि रहेछ यो समाचारपछि ज्ञानीहरु हत्यारा हुंदैनन् भन्ने कथन गलत भएकोछ

Posted in कविता | Tagged | Leave a comment

कविता : योगमायाको काँचो वायु

~सीमा आभास~ त्रिपुण्डक धारिणी साध्वी म योगिनीको काँचो वायु झ्ााँक्रोको चम्मर हल्लाउँदै बल्ल उत्रिएको छ आङमा १९९८ असार २२ गतेदेखि भड्किएको आत्मा। खबरदार! अग्निको लप्का भएर मेरो कपाल सिरु उमि्रएको छ। जलसमाधिमा अरूण भएका पुण्यात्माहरु साक्षी राखेर धामीले ढ्याङ्ग्रो ठटाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोको पेटका उत्सव

~श्रीभक्त पौडेल~ भोको पेटमा उत्सव मनाउनेहरु सुन ! तिमी आँफै खोक्रिदै छौ सिद्दिदै छौ एक एक गरेर जसरी सारङ्गीलाई खोक्रो पारिन्छ त्यसरी नै खोक्रो पारिदैछ तिमी लाई पनि। बज, गुनगुनाउ या सवाइ नै कह तर तिमी खोक्रो छौ खोक्रो।

Posted in कविता | Tagged | Leave a comment

हास्य-कविता : केहि वर्ष पर्ख न ल!

~बादल सुरेश~ म त डेरामा बसेको मान्छे अँध्यारो भविष्यको घेरामा बसेको मान्छे न त व्यापार छ न त जागीर छ मनभरि केवल पीर छ अनिश्चित तक्दिर छ अहिले त सक्दिन केहि वर्ष पर्ख न ल!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दशैं , नेताज्यू र हामी

~दीपक जडित ~ ओ नेता ज्यू , एक फेर एता सुन हामी जनता हौं त्यही गरिव जनता जस्को निंती तिमी युद्ध लड्दैछौ हामी र हामी जस्तैको उत्थान गर्न तिमीले लडेको युद्धले हेर आज हामी विस्थापित भएका छौं आफ्नै मुलुक भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गधा

~अशोक पार्थिव तामाङ~ इजरायल बसाईको एउटा साँझ अटो बुसमा पसेर म “तेल अभिव” शहर हुरूरू जाँदै हुन्छु बाटो वरपरका थुप्रै लैन्डस्कैपमा केहि खेती, केहि बगरहरू पनि देखिन्छन् अलि पर केहि बगाल गधाहरू ! मरूभुमीमा यता -उती व्यग्र डुली रहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं र देश

~दिनेश ज्ञवाली~ दशैं गयो, तिहार आयो छोरोले दशैं कसरि मनायो ? के खायो के गर्यो होला? कठै एक्लै पर्यो होला? भन्ने कत्ति नठान्नु आमा पिर सुर्ता नमान्नु आमा घरबाट टाढै सहि म ऐले जहाँ छु त्यहि एउटा सानो नेपाल पाँए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म इश्वर नदेखेको मान्छे

~बलदेव भट्ट “बिहानी”~ हुँडारहरु लाइ निर्धक्क गोठालो छोडेर म संग मान्छेका किंवदन्तिमा रगतको कथा लेख्ने रहर छैन, म इश्वर नदेखेको मान्छे यहि वस्तीको कटुस छायाँमा चर्को घामले सुकाएका हरिया पातहरु को भाग्य लेख्दै छु! धानखेतमा धान र पसिना मुर्च्छाएर एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊसँगको भेटमा…

~विवश पोखरेल~ व्यस्त सहरको एउटा कुनामा अनायास भेटें उसलाई मलाई देखेपछि एकाएक लजाई एक छेउमा सियो राखेकी रहिछे अर्का छेउमा– चाइनिज ब्याट्री, ग्यास लाइटर र केही चुरोट सलाई सोधें ठूली, कसरी चल्दैछ जीवन मुसुक्क हाँस्दै भनी उसले

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दशैं

~रञ्जना पौडेल~ सबै राम्रा राम्रा सरस खुशियाली पन सगै। झुलेका देखिन्छन् स्वजनहरुको साथ छ सगै।। मलाई यो बेला किन विरसिलो लाग्छ दुनियाँ। म झूत्रे झाम्रे छू रसविन विरक्ति छ हुलियाँ।।   ठुला अग्ला राम्रा भवनहरुका मानिसहरू।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : यसपालिको दशैं

~देवी नेपाल~ आयो चाड दशैं अपार मनमा आनन्द छायो पुनः बर्सायो दिलभीत्र शीतल झ्ारी पर्दैन कोही रुन। पीडा ती मनका भुली विगतका हाँस्दै छ गोदावरी सुन्दैनौं अब ती कथा रगतका भन्दै छ डाँफेचरी।। यौटै यो घरमा फुटेर जमरा–टीका नलाऔं अब … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : विश्वास

~सुरेन्द्र रजौरा~ अतितका क्षणहरुको शिवालोकन गर्दै कमी कम्जोरहरुलाई विचारका डस्टरले मेट्दै समयको अनावश्यक भेलबाडीबाट आफूलाईल बचाउदै उज्यालो भविष्यको खोजीमा डौडिरहेको छु, म पशुपति, स्वयम्भु

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्न मोह

~विद्या सापकोटा~ खुल्दा–खुल्दैको आँखामा बास बस्न आए थे केहि थान बिम्बहरु – सपनाजस्तै …………… ।। सपना–‘कल्पनातित आकाश’

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हुल मान्छेहरु

~गिरिराज बाँस्कोटा~ आलो रगतमाथि बास्नादार विषको घडा पिलाएर उज्यालोको खोजीमा हिडिरहेछन व्यानर र झण्डा भिरेर एक हुल मान्छेहरु दुखिरहेका मुटुहरु आशुका थोपामा सागर मिसाइरहेछन बस एक पेट खानका लागि संघर्ष गर्नेहरु दिनरात भाग्यको हवला सुनाईरहेछन यति वेला ति एक हुल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखा खोल बुद्व

~प्रतिमा केसी~ मेरो देश रोईरहेछ तिम्रो देश दुखिरहेछ विनासकारी भुकम्प आईरहेछ त्राही त्राही पारिरहेछ आज मरिन्छ कि भोलि भन्ने भयंकर त्रासदीले बांच्नेहरुलाई पनि पटक पटक मारिरहेछ असुरक्षा र अशान्तिले हाहाकार पारिरहेछ चहराएका घाउमा मलहम लगाउन मानव ह्रदयमा मानवता जोगाउन सहयोगीहरुलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी !

~महेश्वर पन्त~ सपना जस्तै त छ यो जिन्दगी! कहाँ झुल्कियो कहाँ अस्ताउने हो आशै आशको भकुन्डो अबिरल अनगिन्ति चाहाना सङगै खेल्दै खेल्दै असङ्ख्य गोरेटाहरुमा अल्मलीरहेकोछ, माकुराको जालो जस्तै सफलताका खुट्किलाहरु उक्लिँदै असफल्ताको ओरालो झर्दै हिड्दै छ निरन्तर अनन्त अनन्तसम्म के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हेपाहा

~गोविन्द गिरी प्रेरणा~ हेपाहाको धर्म हेप्नु हो हेपाहाको कर्म हेप्नु हो हेपाहाहरु हेप्नुलाई नै मोक्ष ठान्दछन् मोक्ष मान्दछन् । हेपिनेहरुले हेपिनुलाई कर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई धर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई मोक्ष नमानेपछि हेपाहालाई औडाहा हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : युगको ढुकढुकी तिमी

~रिता राई~ युगको ढुकढुकी तिमी नब्बे डिग्री भई उभिएर भूमध्य रेखाको बाटो भएर तिमीले हिद्द्नै पर्छ, भुकम्प र सुनामीले तिम्रो बाटो छेकिने छैन भुवंरीले तिम्रो दिशा परिवर्तन हुनेछैन कटौँरीको महको मात तिमीलाई लाग्ने छैन ऊनीउँ झै स्पोर छर्दै पप्पी फूल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मात्र किन हाँस्छौ जङ्गबहादुर?

~टंक वनेम~ इतिहासको गर्भबाट ब्यूझेर बस्न्याती जुँगामा ताउ लाउँदै धित मरुन्जेल फेरि एकपल्ट जङ्गबहादुरको मृतात्मा हाँस्यो । धरोधर्म तिम्रो म्यानभित्रको तरवारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~समाश्री राउत~ सपनाका फूलहरु फुलेर मन बादल बिहिन सहस्र तारा जगमगाएका रात झै भएथ्यो होला नौ मास सम्म नै हजारौं हजार सपनाका फूलहरु हरेक दिन फुले होलान् पवित्र यज्ञ फलिभूत हुँदा रजपिण्डले सास फेर्न पायो स्थिती र अवस्था बदलिएर तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतना भया ! ‘लाल’ गद्दार |

~दिल निशानी मगर~ हाम्रो बीरता को-गाथा र, तीम्रो दन्त ‘कथा’ क्रान्ती-कथा होइन न हो-कीम्बद्नती हामी ले हासी-हासी त्यागेको प्राण अनी, तीमी ले रोइ-रोइ आभ्ह्वान गरेको-बलीदान क्रान्ती-‘मजाक’ होइन यो, सपना जस्तै-टूटीजाने होइन न बगीजान्छ, बर्षाद को-पात हरू झै यसबखत,

Posted in कविता | Tagged | Leave a comment

कविता : किन बदल्न सकेनन् ? तिम्रो संझनाहरुलाई………

~लारा राइ~ केहि त बद्लिएको छैन सिवाय मौषमहरु आँखाभरि, भरि तिम्रो संझनासँगै लहरै उभिएका छन् म्यापलका नांगा रुखहरु । यो हिउँद म तिमीलाई संझिरहेछु…………..

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~ सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे तिमी आयौं र भन्यौं नबोक खुडा खुकुरी तिम्रो धनुकाँड मलाई देउ बदलामा

Posted in कविता | Tagged | Leave a comment

कविता : बागमती पुलमुनि न्हुच्छेमान

~स्वप्निल स्मृति~ कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज कुनै नगरबधुले एकदम होसमा मिल्काएको अस्थायी साधन र न्हुच्छेमान बागमती नदीको पुलमुनि छन्। पुलमाथि पो गणतन्त्रको बग्गीमा नयाँ नयाँ राजाहरू सवार हुन्छन् मध्यरातमा नयाँ नयाँ रानीहरू पुलबाट हाम्फालेर आत्महत्या गर्छन् सिंहदरबारबाट निस्कने ढलको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन किन शुखी भएन ?

~ज्ञानेन्द्र गदाल~ लाएजति माया आफ्नो हुँदैन चाहेजति सबै प्राप्त हुँदैन, जीवनलाई जताबाट नियाले पनि मृत्युभन्दा अर्को सत्य हुँदैन | बाँचुन्जेल, सधैं-सधैं जोपनि खुशी मै रम्न खोज्छ सधैं-सधैं जोपनि हाँसो मै जम्न खोज्छ तर उसलाई यो हेक्का रहेन कि- “बाँच्नका लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालीको दशैं र दिवंगत खुशीहरु

~गणेश खड्का~ मनले रहरभरी अँगालेका र सपनाभरी सँगालेका खुशीका दस्तावेजहरु च्यापेर एक मुट्ठी ‘दशैं’ सुख भोग्नका निम्ती जीवनहरु एक साल मरिहत्ते गर्छन् । दशैं,वर्ष दिनपछी एकफेर छेउमै आउँछ र भोका पेटहरुलाई हाउँगुजी देखाएर भाग्छ एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~भूपिन ब्याकुल~ म त्यही देशको उदास कवि हूँ जहाँ परिवर्तनको नाममा मात्र मौसम परिवर्तन हुन्छ ! रुखको देहबाट उडेर जान्छ पुरानो गन्ध र नयाँ बैंश पलाउँछ हिमालको आँखाबाट चुहिएर सकिन्छ निद्राको साँझ बगिरहेको नदीहरुमा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : माया पिताको कति ?

~बिक्रम श्रेष्ठ “सागर”~ शार्दूलविक्रीडित छन्द निर्मानै लि पिता प्रभात प्रहरै, रातै चिरी झुल्कियो। सामुन्द्री तट उस्ण वाफ तपले, धर्ती यसै मौलियो। सन्तानै सब हुन् पिता म भनि लौ , गाँठो कसी कम्मर। अय्या आथु सहेर सौम्य शिलले , कर्मै बुझी … Continue reading

Posted in छन्द कविता | Tagged | 3 Comments

अनूदित कविता : डायरी

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी कविता मेरो जीवन, मेरो डायरीको पाना निराश मनुष्यको कुरा, गुल्मलता, नदी र नारी पाखा पखेरू, दूर बनमय बोट बूट्यान। हीराको कलमम् सुनको मसीले अङ्कित हुन्छ कविता डायरी चिरायु रहन्छ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : सूर्योदयदखि सूर्योदयसम्म

~उमेश लुइटेल~ मिर्मिरे चिप्लिएकै थिएन अँध्यारो च्यातिएकै थिएन यसबेलै शीतलताविहीन हावा चल्यो मुटुको दलानमा । आँखा अगाडि मान्छेका जुलुस कङ्क्रिट वर्तमानको रेखाङ्कन कोर्दै बढिरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश, नेता र सहमती

~स्वामी सुभाष चन्द्र~ छोरा छोरी बुझकी छन् बुढा-बुढीले जे पकाएर दिए पनि सन्तोक मानेर, खान्थे हिजो पनि सन्तोक मानेर खाएकै हुन् मिठो लाग्यो? उनीहरूले कहिल्यै सोधेनन् .. यस्तो लाग्यो,

Posted in कविता | Tagged | 1 Comment