Tag Archives: kabita

कविता : असोज ४ गते

~हाङयुग अज्ञात~ सोचेको थिएँ असोज ४ गते ब्युँझिदा मनमा खुशी र उमङ्ग छाउनेछ नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ तर फेरि उही निराशा, अशान्ति र हिंसाले एकाबिहानै स्वागत गर्‍यो कि दसौं हजार शहीदको बलिदानले एकाबिहानै सरापेर गयो सोचेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्ध सपनाहरु

~सुदीप पाख्रिन~ जब जब घरमुनिको नरिवलको बोटको हाँगामा बसेर एक हुल कागहरु दिक्कै लागुन्जेल ‘काग काग’ कराउँथे -एका बिहान बिहानैदेखि तब तब मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु पर बाटोको उपल्लो छेउसम्म परदेशीएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्

~प्रकट पगेनी ‘शिव’~ ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन् बिहान कोमल हुन्छ फूल जस्तै ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन् बिहान सरल हुन्छ मन जस्तै र, सबै सबैले भन्ने गर्छन् बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ यसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दलित र मन्दिरका पूजारी

~तिलक अधिकारी~ कलो ढुक्ने बानी परेको कुकुरलाई मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन् रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने भाग छाडेर भाग्छ मान्छेको चाल पायो भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वृद्धा आश्रममा मेरो ऑशु

~बिपिन खनाल~ चाहुरी परेका गाला हिउं भन्दा सेतो केश आंखाको द्वार आधा खोल्दै काम्दै गरेका ओठबाट कम्पित स्वर निकाल्दै एक बुढि आमा एक बुढा बा बिस्तारै लौरी टेक्दै स्वास जोरले फ्याक्दै अड्कि अड्कि म आश्रममा पस्न साथ

Posted in कविता | Tagged | Leave a comment

कविता : कट्टेल सर तपाइँ गल्ती पढाउनुहुन्छ

~उमेश लुइटेल~ कालो बादलले आकाश ढाकिरहँदा पनि चम्किरहने तपाईँको सूर्य खै ! आजसम्म उदाएन । जिन्दगी, औँसी / पूर्णिमा उकाली / ओराली हो । यसरी नै तपाईँ स्नातक महरुलाई परिभाषा दिनुहुन्थ्यो जिन्दगीको ।

Posted in कविता | Tagged | Leave a comment

हास्य-कविता : डण्डिफोर

~बादल सुरेश~ कहिले बीच गालामा आउँछ कहिले निधारको छालामा आउँछ कहिले अनुहार पुरै ढाक्छ त कहिले खिल पल्टेर पाक्छ कहिले दुखेर सताउँछ फुटाउँदा भने आनन्द आउँछ मलाई मात्र किन भगवान जहिल्यै डण्डिफोर आउँछ!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दिउँला जुनीभर

~सन्देश जि.सी.~ धनको गरिब भए पनि, साथ दिउँला जुनीभर दुई मुटुको धड्कन् बन्दै, हात दिउँला जुनीभर आलिसान महल छैन, झुपडीको बास मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकावन्दीको दसैँ

~राकेश कार्की~ बा आमा आउन पाइन तेल छैन बसैमा नाकावन्दीले नदिने भो टीको थाप्न दसैँमा प्लेन पनि आउन छोड्यो ठूल्दाई अड्किनु भो दिल्लीमा वर्षौँ पछि वल्ल आको दसैँको बेला विचल्लीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुलाही आमाहरूको जुलुस

~सरुभक्त~ जुलुसमा कुनै झन्डा छैन किनभने बहुलाही आमाहरूको कुनै झन्डा हुँदैन जुलुसमा कुनै नारा छैन किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू पिंजडामा तित्रा बोकेर छाती भरिभरि छातीमा नअटाउने गरी ‘मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टाँसेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीजहाज

~टीकाराम उदासी~ क्याप्टेन याद राख राम्ररी याद राख तिमीले छाड्यौ भने पनि कुनै ज्वारभाटा बीचमै यो पानीजहाज पानीजहाजकै कोही यात्री आफै बन्नेछ क्याप्टेन र, हाक्ँनेछ इतिहासको पानीजहाज इतिहासको कुनै अध्यायभित्र कदापि हुने छैन क्याप्टेनहरुको अभाव जन्मिरहनेछन् क्याप्टेनहरु निरन्तर

Posted in कविता | Tagged | Leave a comment

कविता : खोसिएको रहर

~याम “नौलो दिप” मगर~ नयाँ जिन्दगीको पुस्तक उभ्याउदै आइपुग्ने घामको मुस्कान वर्षौँदेखि हराएको सुन्दर भविष्य। नभेटेको खबर बोकेर अस्ताउँछ पहाडको टुप्पो छोएर पटक पटक अस्थिर उच्छ्बास फ्याँकेर छातीबाट निर्जन मरभूमीमा छटपटिँदै छ- मृत्यु समयले लुटिएको अलाप्दै।

Posted in कविता | Tagged | Leave a comment

कविता : अध्यारोमै जुन टल्किन्छ

~गिरिराज बाँस्कोटा~ नुनीलो वतास पिएर वादलुको देशमा सारङगी खोजीरहेछु कता कता कठाङग्रिदो चिसो लुकामारि खेलीदिन्छ नाङ्गा आङ्सँग रिक्ता पेटहरु सँग चन्द्रगिरिको स्वप्निल चाहाना उहि वालुवाको खेतीभएर गडतिरतिर सम्भयताको उराठलाग्दो गित खोज्छ सिस्नु र पिठोकोमादकतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी – २

~उमेश लुइटेल~ झरी नपर्थ्यो त म एक्लो हुन्थेँ । झरीले रूझाउँछ मलाई चुकचुकाउँछौ तिमेरू र सम्झाउँछौ आफ्ना नानीहरूलाई त्यो दुखीयारी मनुवा भिजे जस्तै भिज्नु हुँदैन ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : भ्रम–गीता

~रमेश श्रेष्ठ~ कौरवहरू–प्रेमको संसार बुझेर प्रेमगीत गाउने सुरमा गिटारका तारहरू मिलाइरहेका छन्, पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै अझै व्यापार बढाउने लक्ष्य बोकेर विज्ञापनको नयाँ डिजाइन गरिहेका छन्, देवव्रत भीष्म– अम्बालिकालाई पठाउन भनी लाज मानीमानी शिखण्डीसँग प्रेम पत्र लेखाइरहेका छन्, आफ्नो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अमेरिकाको दशैं

~गोवर्धन पूजा~ लिङ्गे पिङ्को लागि लिङ्गो काट्न पनि गइएन दक्षिणाको लागि नया नोट साट्न पनि गइएन न त् खसीको म्याम्याले रातमा सताई नै रह्यो गयो , यसपालिको दशैँ जसरी आयो, त्यसरी नै गयो नया लुगाको आश नभए पछि दर्जिकोमा धाउने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शहरमा मेरो काम छैन

~डा. मधु माधुर्य~ हिँड्‌दा हिँड्‍दै यो शहरको सबै सडक सिध्‍याइसकेको छु हेर्दा हेर्दा यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~स्वामी सुभाष चन्द्र~ हरेक बर्ष दशैं आउछ टुप्लुक्कै आइपुग्छ चोक मै सबैले थाह पाउने गरी हल्ला गर्छ घरमा

Posted in कविता | Tagged | 1 Comment

कविता : विष्णुमाया अर्थात् विष्णुमायाहरु

~मिश्र वैजयन्ती~ श्रम खेपेर पेटको विष मार्ने हँसमुख सावित्री हो विष्णुमाया साँझबिहानको अँध्यारोभित्रबाट जीवनको उज्यालो उद्घोष गर्ने गौरवको चुली हो विष्णुमाया काम गर्नुपर्छ उसले नै गर्नुपर्छ भान्सा , चोटा, कोठा र जुठेल्नासम्म उसैले उठ्नु र निहुरिनुपर्छ , निहुँरिँदा झुक्नुको अर्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अधिकार

~मौलश्री लिम्बुु~ लडेर जाऊ खोसेर खाऊ मर्नुु छँदैछ हक जताऊ

Posted in केस्रा | Tagged | Leave a comment

कविता : संयमित मनुष्य

~समा श्री~ देख्छु अचेल जताततै क्याक्टस उम्रिँदो छ को हो त्यो शान्तिवाटिकामा क्याक्टस उमार्ने ? कहाँबाट आए यी ? धरती पुत्र हुन या गगनका देव ? कुन सिद्धान्तले रोपे कुन धर्मले रोपे ? अभिष्ट के हो क्याक्टसको ? न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंसाको खेती

~शिव प्रकाश~ हिंसाको खेती मलिलो हुदैछ त्यो माटो मानव रगत-मासुले, सायद अब पखालिँदैन कहिल्यै त्यो माटो मान्छेको आँसुले । लागायौ खेती हिंसाको उजाडेर हिजोको त्यो मनोहर मानव वस्ती,

Posted in कविता | Tagged | Leave a comment

कविता : वेश्या समय !

~अनुज श्रेष्ठ ‘प्रवास’~ जसरी साँट्छे नयाँ नयाँ ग्राहक सँग वेश्या प्रत्येक रात र दिन त्यसरी नै साँट्छ समय सत्ता र शक्ति वेश्यालयमा झैं राजनीतिको पर्दा भित्र पनि सधैं नाङ्गिन्छ मान्छे क्रय-बिक्रय हुन्छ मान्छे समाजले तिरष्कृत गर्ने वेश्या झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रण

~नवराज नबोदित~ मुटुभरि उर्लिएका मायाका सागरहरु, मनभरि गुम्सिएका ममताका शब्दहरु चाहेर पनि तिम्रो सामु पोख्न सक्दिन किनकि, धेरै टाढा छु आज बिरानो शहरमा न तिमीलाई देख्न पाउछु आँखाको अगाडी न त महशुस गर्न पाउँछु तिम्रो न्यानो स्पर्शको

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैं

~भुपेन्द्र वीर विक्रम लामा~ बर्सेनि एउटा खहरे गजबको भेलबाढी उरालेर आउँछ एउटा सानो पाखे खेत स्वात्तै बगाएर अर्कैको बहिखातामा थुपार्छ रित्तिन्छन् धेरै गोठ अनि खोरहरु जम्मै बदलिन्छन् किन्चित खोष्टाहरुमा खोष्टाहरु बदलिन्छन् बजारका दुकानहरुमा एकाद बोरा चामल र चिउराहरुमा दुईचार जोडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आएन दशैं

~यामु काउचा ‘निश्चल’ मगर~ दशैं आएर गयो । अह, मेरो आमालाई आएन राउटेहरुलाई आएन जुम्ला, हुम्लातिर आएन । मेरो देश सुन्यतामा हराएको छ तन्त्रहीन गणतन्त्र छ । कुहिरोमा हराएको, काकाकुल काग जस्तै, मेरो देश अध्यारोमा रुमलिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मीपूजाको शुभकामना

~डा तारानाथ शर्मा~ दीपावलीको पवित्र चाडमा घरभरि मनभरि बत्ती बलून् झिलिमिली झिलिमिली दीया बलेपछि दैत्य अँध्यारा सबै जलून् आऊन् हाँस्तै आमा लक्ष्मी नेपालीहरूमा स्नेह भरून् खेलौँ द्यौसी भट्ट्याएर जनले संस्कृति बोध गरून् छिमेकीहरूका घरमा सुन्दर फूलका माला वरिपरि सेलरोटीको सुगन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं आको होला

~साधना शर्मा~ हावासँगै माल श्री धुन बजेजस्तै भाको होला वातावरण आफैंमा नै सजे जस्तै भाको होला झकिझकाउ बजारमा भीडभाड होला पक्कै मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला एकैछिन् त भुले होलान् दैवीप्रकोप विपत्तिलाई जीवनका अप्ठ्यारालाई, दु:ख अनि आपत्तिलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~बासु ढकाल~ प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो र माइली बिकको दशैं

~रवीन्द्र मिश्र~ सधैंझैं यो पटक पनि मेरालागि दशैं उस्तै-उस्तै रह्यो खोला बग्यो, रगत बग्यो (जिन्दगीको) अर्थ बयो चेतनामा फेरी एकपल्ट मार हान्दै दशैं आयो, अनि गयो खै के भयो? तर कलियुगमा पनि कुन्नि कुन ‘मान्छे’को आँखा परेछ — माइली बिकलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आहा ! दशैं

~सुनिता गिरी~ जताततै हर्ष हर्ष दशै आउँदैछ प्रकृतिले मानव संग प्रीत लगाउँदैछ न छ जाडो न छ गर्मि सुख छाउँदैछ घर दैलोमा सिगारीदै दशै आउदैछ आकाशको टहटह जूनमा छायाँ हेर्दै बाडी पैरो बाटो लाग्यो नयाँ रेखा कोर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~दाजु गुरुङ~ आकाशे मार्गवाट वादलका यानहरुमा तैरिदै तैरिदै आउने सागरका छालहरुमा पैदल यात्रामा वा सुपर कोच वाहानहरुमा हरेक साँझ विहान आइपुग्यो कि भनेर हेरिरहेछु , चेप–लाप–कोक* को नियमित उडानहरुमा पर्खीरहेछु , स्टार फेरी वा सेन्ट्रल फेरी **हरुमा र चहारीरहेछु स्टेशन … Continue reading

Posted in कविता | Tagged | Leave a comment