Tag Archives: kabita

कविता : इतिहासको यस घडीमा

~कृष्ण सेन ‘इच्छुक’ ~ यसबेला केही निस्तेज शिरहरु झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर विनीत भावले जुम्लेहात जोडिरहेछन् म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु यसबेला केही थकित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : तिम्रा बा-मेरा बा

~बादल सुरेश~ एउटा बच्चा अर्कोलाई- ‘मेरा बा हिजो हँसिया र हथौडा बोकेर जंगल गएका थिए फर्कँदा क्रान्ति ल्याए चेतना ल्याए परिवर्तन ल्याए गणतन्त्र ल्याए तिम्रा बाले के गरे हँ?’

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटै पहल

~महेश घृतकौशीक~ एउटा पहल तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटा कोसीस तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटै सोचले संसार बदल्न सक्छ यदि भने, केही तपाइँ सोच्नुहोस, केही म सोच्नेछु । कायरता तपाइँको ठेक्का भो, साहस मेरो । उल्लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्सिजन

~सन्तोष लामिछाने~ म सर्वत्र निःशुल्क, जीवनदायी मलाई देख्दैनौ तिम्रै वरिपरि तिमी कुल्चिन्थ्यौ होला म कुल्चिइने चिज हैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्छी

~जोतारे धाइबा~ मणि हराएको सर्प जस्तो किन एकसुर छ मन ? कसले च्यात्यो सात चिरा इन्द्रेणी, किन छ यति सादा मौसम ? निराशा आफैं चकित पर्ने गरी यो नौजवान किन छ यति गलित र थकित ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छिमेकीका स्वरूपहरू

~कोमलप्रसाद पोखरेल~ डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी । त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी । अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ, आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।। अर्काे पीर छ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : छालहरुसँगको सँवाद

~राम प्रसाद प्रसाईं~ कोप्चे भीरको थाप्लोमा जिजीविषाको ढाकरमा तोक्मा लगाएर स्मृतिका बाइरोडका बाटामा सोच्दै गर्दा छालहरुले भन्दै गरेको सुनेः १. बोकेर रहरका पहाडहरु स्यालले सहर पस्दैमा मान्छेको बस्ती विस्थापित हुन्न साथी।

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोतिर

~राम प्रसाद प्रसाईं~ अलिकति चेत लिएर हिंड्नु छ नजलेका बत्तीहरु जलाउनु छ नहिंडिएका बाटाहरु हिंड्दा कसैले छाडा बनाउँछ, तर निरन्तरता छ—

Posted in कविता | Tagged | Leave a comment

कविता : पालुवा संगै पलाए म फूल संगै फूलें

~मिलन गुरुंग~ हिउं फूलने हांगाभरी सप्तरंगी फूल फ़ूल्दा नांगो देखने हांगाभरी पलुवाको मुना लाग्दा पालुवा संगै पलाए म फूल संगै फूलें सबै कुरा बिर्सिएर भामरा झैं भूलें | हिउं जम्ने पेटिहरुमा म्याराथुनका धावाकहरू हिउं जम्ने चार्ल्स नदिमा डुंगाहरुका लस्करहरु यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार!!

~दिप्स शाह~ सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछी आँखाले गलत देख्दो रहेछ मुखले गलत बक्दोरहेछ नाकले गलत सुँघ्दोरहेछ यहाँसम्मकी कानले समेत गलत सुन्दोरहेछ र त म जसलाई झुकेर सम्मान गर्थेँ उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ, उसोर,

Posted in कविता | Tagged | Leave a comment

कविता : पासविक अवतरण

~सरुभक्त~ देश र दागवत्तीः अकष्मात् हराएका वा बिर्सिएका सुन्दर विम्वहरुझैं अर्ध–इन्द्रियका मानवहरु वालुवाका पहाडहरु चढिरहेछन् वफर जोनः सुरक्षा सन्त्रासहरु सतत् कायरतापूर्ण हत्याका बहादुरीहरु आउ जिन्दगीको कोर्टमार्शलमा डमीहरुको जुलुस निकालौं

Posted in कविता | Tagged | Leave a comment

कविता : सच्चा श्रद्धाञ्जलि

~धनप्रसाद सुवेदी ‘श्रमिक’~ जब शासक अन्धो भै क्रूरता लाद्न थाल्दछ कालो साँप सरी बन्दै दुनियाँ डस्न थाल्दछ अँध्यारो रातले ढाक्छ धर्ती निष्पट्ट बन्दछ त्यै बेला प्राणको राँको झोस्ने शहीद बन्दछ । जो मरेर पनि बाँच्छ दुनियाँ ऊ बचाउँछ त्यही सपूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र ऐश्वर्य राय

~भूपिन~ ऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदा मेरी आमा बुढी भैसकेकी थिइन् तर मलाई लाग्थ्यो– मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् । अहिले आमाको अनुहार चाउरिएर बनेकोछ धाँजा फाटेको खेतजस्तो । आमाको कपाल फुलेर भएकोछ सेताम्य काँसघारीजस्तो । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको घर

~समाश्री राउत~ “म एक्लो छु” वाक्य या अवस्था संकेत या जनाउ जानकारी या गुनासो हरेक ओठमा लिपीएका छन् कैद छन् अगाडीको दर्पणमा जस्ले राम्रो “म” मात्र देखाउँछ मन टाँसिएको छ ऐनामा या ऐना मनमा टाँसिएको छ चमत्कारी ऐना !

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्योल छोरीसँग

~विवश पोखरेल~ अचम्म देखिरहेछु विद्वान्हरू मागिरहेछन् प्राज्ञसत्ता ! भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै बानर र सुग्रीवहरूले- निर्लज्ज चराइरहेछन् विद्वतालाई । विचित्र संयोग- यस बेला मेरी सानी छोरी सोधिरहेकी छ मसँग बाबा ! मेरो नैतिक शिक्षा हरायो म कुन किताब पढूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाको जून

~पुष्प अधिकारी ‘अञ्जलि’~ थुनेर मनभरि आस्थाको जूनहरू , घर आँगन र चोकहरूमा ऊज्यालो खोजिरहेछु .. मन्दिर मस्जिद ,चैत्य र बिहारहरूमा । साँझ बिहान ईश्वरको प्राथना गरिरहेछु , बर्षौँदेखिको अनिदो आँखा , अँध्यारोका बिरूध्द उज्यालोका बिम्ब खोज्दै एकतमास हेरिरहेकाछन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चे ग्वेभारालाई चिठ्ठी

~मदन दुलाल~ चे ग्वेभारालाई चिठ्ठी ——————– “चे” तिमी जाग अब अनेकौँ ठुला -ठुला तमाशा भई सके मुलत तिम्रो देश अनि समग्र बिशव आँशुले नुहाई सके बिकाशको सुत्रलाई समाजबादको मुल्य मान्यतालाई कालो बादलले ढाकी सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कबितामा तिमि छौ

~कल्पना राई ‘खुशी’~ तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध नसोध तिमी कविताका भाब नसोध गजलका शेरहरु जो तिमीमा समर्पित छन जो तिमीमा समाहित छन जो तिमी द्वारा श्रिङ्गारिक छन जो तिमि द्वारा पूर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा रातहरू ! किन असभ्य र अश्लिल छन् त ?

~अशोक पार्थिव तामाङ~ मेरा रातहरू ! असभ्य छन् अश्लिल छन् अन्धकार छन् शुनसान छन् त्यसैले त म रात असाध्यै मन पराउँछु नि । मन पराउँनुको अर्थ जुन होइन । न्यानोको अर्थ घाम पनि होइन । मेरो मस्तिष्क यहि बेला , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे नेपाली युवाहरु

~सुवास श्रेष्ठ~ हे नेपाली युवाहरु उठौ अब जाग्नुपर्छ संसारभरि शान्तिको बिउ छर्नतिर लाग्नुपर्छ। जोस जाँगर लगाएर सुतेकालाई जगाएर समाजका कुरिती र विकृतिलाई भगाएर। जुटौ अब विकासको शिखरतिर ताक्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : झुसिलकिरा

~रमेश खकुरेल~ झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर । खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।। अनगिन्ती हात गोडा कहाँ के के समाउँछ बगैंचाको हरीयोमा राज … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : काफरे अमेरिका

~मनोज बोगटी~ डराउँछ अमेरिका।, बॉंसघारीमा लागेको आगोदेखि डराउँछ कुनै उत्सवमा आकाश च्यात्दै पड्किने रकेट पटेकादेखि डराउँछ। एक बटुको अँध्यारोदेखि डराउँछ अमेरिका। जब मजदूरको टिपिन खोेलिन्छ र निस्किन्छ डड़ेको रोटी अमेरिकाको सातो जान्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्पर्क

~विक्रम सुब्बा~ धेरै भयो शहरमा… चप्पल जुत्ता पहिरेर मात्र हिँडेको र पाइतालाको धर्तीसँग सोझो सम्पर्क टुटेको गाडी चढेर मात्र यात्रा गरेको र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको पाइपबाट आएको पानी खाएको र धाराको सङलो पानीसँग प्यासीको सोझो सम्पर्क टुटेको धेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई म मरिसकेको थाहा छ

~आनन्द श्री श्रेष्ठ~ मलाई म मरेको थाहा छ, घिटी – घिटी बाँचेकै थिएँ मरे पनि हाँसेकै थिएँ कहिले अरूको रगत पिएर कहिले कृत्रिम स्वासको सहारा लिएर आफ्नै आयू लम्ब्याएकै थिएँ किनकी म मरिसकेको थिएँ हो मलाई थाहा छ म मरिसकेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो म दमिनी हुँ…

~रुवी पारीयार~ पुर्खा को रगत, नेपाली जगत, कहिले हासो रमाउदै बस्ने, कहिले आशु सहदै बस्ने, म एक दमाई कि छोरी हुँ.. हो म दमिनी हुँ.. मलाई दलित देख्ने तेरा बाजे दलित… तेरा पुर्खा दलित… तेरो सोच दलित… तेरो भावना दलित… … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयास

~बिष्णु ढकाल~ किन आतिन्छौ जीवन अहिले बगर भयो त के भयो ? रात परेपछी अँध्यारोमा तिनै बगरमा मोति भेटीन्छन् , कुनै दिन तिमीलाई घृण गर्ने ति मान्छे हरु, तिम्रो बगैचामा फुल्न आउने छन् । सबैकुरा भुलेर हाँस्न सीक, हेरत ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एकान्तमा म – एक प्रिय प्राप्ती

~बिबश बिप्र~ झुन्डिएर भित्ताका काँटीहरुमा खुइलिएको आकाशको एक भाग जस्तो लाग्दोरहेछ – सिलिङ्गतिर हेर्दा । अब आसनको बदली हुनुपर्छ घोप्टिएका काँचका गिलासहरु ठडिनुपर्दछ । म आफ्नैं छाँयाको भूकाइ खेप्न – यत्ति आत्तुर किन छु ?

Posted in कविता | Tagged , | Leave a comment

कविता : देश

~स्वामी सुभाष चन्द्र~ देश बिरामी छ अस्तिनै बाट नेताहरूले वास्ता नगरेरै हो आँखाले देखेनौ या मनले चिनेन देश सानो छ सुन्दर छ अँ हँ मतलब छैन नेताहरूलाई देउतालाई बाहिरबाट पनि दर्शन गर्न सकिन्छ तर नेतालाई मूर्ति नै अँगाल्नु पर्ने अजिब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा केकको कथा

~संजीवन महर्जन~ एक दिन पिताजीले घरमा एउटा केक ल्याउनुभयो त्यो केकमा चकलेटको एउटा फूल थियो चीजको पनि एउटा फूल थियो केही चेरी थिए केही स्ट्राबेरी थिए साँझपख

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~स्वेच्छा राउत~ ए प्रेम किन खोज्छस् रेस्टुरेन्टको महङ्गो बिल? सक्छस्,आफ्नै भाउ बढा तेरो नाममा नक्कली प्रोडक्ट सस्तोमा बेच्नेको बिगबिगी छ। प्रेम, मेरो अनुरोध तँलाई नखोज सुन्दर अनुहार र सुनको हार कालो कोइलीको स्वर सुनेको छस्? क्या स्वच्छ अनि सफा

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो दिनको कुरा

~राममणि पोखरेल~ त्यही दिनको कुरा, आवाज नभएको दिनको कुरा भेला हुन नपाएको दिनको कुरा हामीले आफूलाई नागरिक भन्न नपाएको दिनको कुरा म यतिबेला तिमीलाई सम्झाइरहेछु÷त्यही अन्धकारजस्तो दिनको कुरा हो, त्यही हामीले खेपेको पुरानो दिनको कुरा । कति अँध्यारो थियो रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐ पुजा नानु

~सुनिल घिसिङ~ जाउ नानु तिम्रो आफ्नो बाटो जाउ स्वर्ग र नरकको दोभानमा बसेर रुदै रुदै पापी धरतीलाई फर्की फर्की नहेरेकै जाती तिमी जन्मिनु नै बोझ भएछ जन्मेर छोरी हुनु नै गल्ती रहेछ खोइ त तिम्रो विक्षिप्त मृत शरिरको आडैमा शोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment