Tag Archives: kabita

कविता : अझै सम्झना छ ।

~आभास~ बाबु, मलाई बिर्सिस् कि कसो ? अमाहरुको एउटा प्रश्न……. बिर्सेर पनि बिर्सि नसक्नु रहेछ आमा ! त्यो क्षण जब मेरो मस्तिष्कमा चिन्ताको बीउ पनि थिएन जब पाइलाले माटो छामेकै थिएनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : संबाद

~हरिप्रसाद काफ्ले “शैब”~ मैले धेरै पटक भनिसकें कति पटक लेखेरै दिइसकें बारम्बार समझाई – बुझाईरहें छोरी भएर आमासंग बिबाद नगर जे हुनु भैसक्यो, शायद जे हुनुथियो त्यही भयो अब धेरै बिबाद होइन सामान्य संबाद गर सुन्ने क्षमता नै घटिसक्यो बरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो घाऊ बल्झेको थाहै भएन !

~अनु शाह~ उनको चोटमा मल्हम लाउन ब्यस्त म आफ्नो घाऊ बल्झेको थाहै भएन। खुड्किलो बनेर उन्को उचाइ बढाँये। आफु भनी भास्सिएको थाहै भएन।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमदिवस, मैना सुनार र रातो धर्ती

~राम प्रसाद प्रसाईं~ भैँसी चढेर ठुला भएकाहरुले भैँसीमा महिषासुरैमात्र देखिरहेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई लोभ लालच बोकाएर निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले जवानी र जुझारूपना चुसेर खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि यसपालिको प्रेमदिवसमा मैना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन दुख्ने देश छातीमा ?

~संजीवन महर्जन~ के देश घाउ हो ? के देश पीडा हो ? होइन भने, किन दुख्ने देश छातीमा ? देश त मुस्कुराउनु पर्छ रुमानी सपना जस्तै अबोध बालकको खुसी जस्तै तन्नेरी आँखाले साँचेको सुदूर भविष्य जस्तै आल्हादित मनले बाँचेको आकाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तस्वीर वरीपरी

~बिबश बिप्र~ अन्जानमै काटिएछ जिन्दगीका अँध्यारा पाटाहरु । श्रीमान दा भिन्चीको मोनालिसाको अद्भुत मुस्कानले भन्दा तिम्रो तस्वीरको उज्यालोपनले सारा उपग्रहहरु – झिलिमिली छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : उ काठमान्डौमा भीख माग्छ !

~दिल निशानी मगर~ त्यो, रकेट लन्चर र, हाम्रो, राजधानी-रोल्पा कम्मर मा, अल्बर्ट आइन्स्टाइन बोकेर हामीलेे, छाती मा ‘माइन’ बीच्छायौ अनी, धराप बनेर, उभीयौ राजमार्ग मा हत्केला मा,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~सुमन श्रेष्ठ~ मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ खसेको छु तल तल आफ्नै मनको भिरैभिर सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर । कति मनका घाउहरु समयले छोपिदिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नियती

~गीता थापा ‘दोषी’~ साउन भित्रिएको खुशियालीमा गमक्क परेका छन् आजभोलि बगैँचाका बाह्रमासे फूल बिहानको भुकभुके उज्यालो … धर्तीमा नओर्लिदै तिनले पुगिसक्नु पर्छ भगवान शिवको चरणमा लीन हुन हरियो पहिरनमा सिँगाररिँएर बिहानको मन्द मन्द हावाको झोका बटुल्दै जव युवती पूजाको सामाग्री … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रगतका कणहरुसित

~मदन उत्साही~ जुुलुुस हो यो एउटा संवेद्य–अनुुरोधका लागि प्रश्नै प्रश्नका झण्डाहरु बोकी तपाईंका आँखाहरु सामुु प्रदर्शनमा उत्रिएको हामी परिवर्तनवादी मानव हितैषी अक्षरहरुको……! यो शदीका यो विश्वभरिका हे प्रत्येक मानव महोदयहरु ! कृपया,गहिरिएर हेरौँन आफैँभित्रको एउटा उदाहरण सुूक्ष्मदर्शक यन्त्रबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू अनि खग्रास सन्नाटा

~गोपी कृष्ण प्रसाई~ मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ भयले कोरेका कम्पास रेखाहरु गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन सुखद अनुभूति संगाल्न भूगोल भरि यात्रामा निक्लेकाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रै तस्बिर

~योगेन्द्र गिरी ‘संघर्ष’~ तिम्रै तस्बिर सधै सधै हेरिरहे तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे सधै तिमी म बाट टाडा गयौ किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारको ढाड

~शकुन्तला जोशी~ त्यसपछि मलाई कहिल्यै मन परेनन् विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू ती जो छन् आफैंलाई मिसाएर पानीमा नदीजस्तै बगिरहेका मान्छेहरू ती जो छन् आफैंलाई मुछेर पसिनामा माटोजस्तै बाँचिरहेका मान्छेहरू जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी

Posted in कविता | Tagged | Leave a comment

गजल : जाऊ भन्छे

~आशांक उपाध्याय~ पलाँस फूल हाँस्दै टिपेर जाऊ भन्छे | गुलाब मच्ची मच्ची म संगै आऊ भन्छे || चमेली ठुस्स पर्दै गम्किन्छे मग्ग मग्ग | गुराँस मख्ख पर्दै मेरै पो नाउँ भन्छे ||

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वजनीन यात्रा, मान्छेको

~अमित रिजाल~ एउटा अनादी (भ्रमपुर्ण) अन्त्यक्रममा पाषाण हुदैं गएको सम्वेदना सहरका वस्तीहरुमा अनौपचारीक-अनौपचारीक सम्वन्धहरु, दशाब्दीयौं अघिदेखी भियतनाम, नागाशाकी वा च्याम्बर हाउसहरुमा हार्दै आएको उचाई बोकेर कुनै फोहोरी रोगले ग्रस्त शरिरमा जाबो प्राण छ खङ्ग्रङ्ग मान्छेको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के बताउँ तिमीलाई ?

~प्रेम ओली~ ईमेलमा सोध्ने साथी के बताउँ तिमीलाई मेरो के हाल छ देशको के ताल छ कहाँबाट शुरु गरुँ ? देशको के हाल छ देशबासीको बेहाल छ तर के गर्ने साथी यहाँ देश चलाउने मालामाल छ यहि त झन् कमाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनकेशरी

~समाश्री राउत~ गुनकेशरी कुमारी आशाका पुन्तुरो हृदयमै थाँती राखी आँखाभरी बिस्कुन फैलाउँदा अतिक्रमित हुन्छन् समय बडो निर्दयी छ चुपचाप टेक्ने पाईलाले फुलहरुलाई बक्सँदैन रहरका फोकाहरुलाई बिना संकोच फोडेर बेसरम समय निर्लज्जताका साथ हाँस्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ​माटोको सुगन्ध

~नवल अधिकारी~ म आमाले मान्ने भगवानलाई भगवान मान्नै सक्दिन, जसको परार साल कलशमा फूल चडाएर पँहेलो धान झुलेका फाँटहरु हुँदै परदेश लागेको एक सन्तान बेखबर छ र पनि भगवान ढोग्न छोडिनन। म बाबा जस्तै अटल देशभक्त सिपाही हुन सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाको आँसु पुछ आमा

~इश्वर मानन्धर~ तिम्रो आँखामा यो आँसु कस्तो आमा हर्षया विस्मातको ? स्नेह, उदगारको या अतृप्त आकाँक्षाको असहाय वेदना पिडाको या भित्र दबि राखेको कुण्ठित भावनाको आँखाको आँसु पुछ आमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राईझुमा तिमी गाउँ फर्क

~सुन्दर शिरीष~ राईझुमा, आदिम इतिहास बोकेर उर्लिरहेको म कर्णाली ! मुटुभरी फुलेको मायाको मखमली रंग सङ्गालेर मटेरा छुँदै उडेको बादलको सेतो थुँगामा स्मृतिका अनगिन्ती छालहरु उन्दै तिमीलाई पत्र कोरिरहेको छु। घण्टाघरको छायाँमा लुकेको सहरमा अस्तित्वको तिलाञ्जली दिँदै सपना बेचिरहेकी राईझुमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दर्शन मझेराको

~नवीन लामा `सुरेश`~ सौम्य वातावरणमा गमक्क परेको वायुमण्डल शिशिरको प्रतिक्षामा ओइलाएको क्याक्टस बसन्तको बहारमा पात झरेको रुखहरु आफ्नै अधिनमा खुशहाल थिए !! आफु आफैलाई भाग्यमानी ठान्दैछु म मेरो आगमनमा खुशीले गदगद हुँदै त्यो वायुमण्डल! त्यो क्याक्टस! अनी ति पात झरेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~उमेश लुइटेल~ ओ ! शहर निरन्तर दुखाउँदै आफूलाई स्खलित भावनाहरुको परेड सहँदै कतिलाई अँटाउँछस आफ्नो छातिमा ? थाह छैन किन मेरा गाउँका मान्छेहरु सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : भो अब म, प्रेमको कविता लेख्दिन

~मनु लोहोरुङ राई~ भो अब म, प्रेमको कविता लेख्दिन आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ | भो अब म, कुनै खुशीको गित गाउदिन

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : एक्काइसको बिहानीको वार्तालाप

~सलेम सुलेरी~ अनुवाद : कुमुद अधिकारी तरुणीः मेघ चिन्छौ ? तरुणः अहँ । तरणीः किन ? तरुणः सबै किन’को जवाफ हुन्न ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : रक्सी छुनुअघि

~सीमा आभास~ ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरीयसी’ भन्दै मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु म आध्यात्मिक रक्स्याहा हरेक बिहान रक्सीले मुख धोएर सूर्यस्नान गर्छु रक्सीकै जल चढाएर ‘ॐ सूर्यायः नमः’ भन्छु । बैरागी काइँला ! तिमी कविताका हरफ–हरफमा मातेझैँ मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘कल’ गरिनौ

~बादल सुरेश~ कसैले बोनस बाँडे कतै ‘फ्रिकल’ थियो, यत्रो विपत्ति आएर गयो तैपनि तिम्ले मलाई चासो गरिनौ एकचोटि पनि ‘कल’ गरिनौ। कहिँ कतै पुरिएँ कि कहिँ कतै थिचिएँ कि घर ढलेर बेघर भएँ कि मन जलेरै पो सकिएँ कि खै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखक

~रेवती राज खड्का~ कलमले घोटेर चलाएको जिन्दगी मसी जस्तो घिसारी यँहासम्म आउँदा सेतो कागज युद्दभुमी लाग्छ कुनै भिक्टोरिया क्रशको लोभमा होइन आफुलाई आफै लडाकु झैं लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : लालुपाते फूल

~राज थापा~ दुख्ख बिरह थियो लालुपाते फूल गोर्खाली लडाइ देखेको थियो लालुपाते फूल सँझनामा फुलीदिने तिम्रो त्यो रूप बिर सहिदको रगत थियो लालुपाते फूल केही बिबशता थियो पूर्खाहरूको बिजयको प्रतिक थियो लालुपाते फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमा मलाई माफ गर

~प्रतिमा केसी~ देश दुखिरहेछ म रोइरहेछु देश रोइरहेछ म दुखिरहेछु मेरो मातृभूमी चिरा चिरा भएर फाटेको छ म भित्र भित्र भक्कानीइ रहेछु परदेशी भूमिमा मुटु थिचेर, आँसु बगाएर मेरो देशको विपत्ति हेरिरहेछु हे नेपाल आमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : भग्वान..कहां थियौ तिमी?

~बिपिन खनाल~ हरेक कुना हर कणमा उनी छन् रे हरेक मनमा उनलाई पाउन कुनै मन्दिर धाउनु पर्दैन रे कुनै बौद्धस्तुपामा केश मुन्डन गरेर घुम्नुपर्दैन रे न कुनै चर्चमा मैनबत्ती बाल्नु पर्छ न त कुनै मक्कामा घुंडा टेकेर शिर निहुराउनुपर्छ रे … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : मुखौटो भित्र लुण्डुप अवतारहरु

~भुपेन्द्र वीर विक्रम लामा~ त्यो दिन सन १९७५ मे महिनाको १६ तारीख विश्वमान चित्रबाट एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र सदाको लागि विलिन गराएर राष्ट्रघाती लुण्डुप दोर्जेहरु पराई देशको दोस्रो दर्जाको नागरिक बनेको दिन। त्यही दिन सिक्किमी जनताको सर्वोच्चताको नाममा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुखेको बेला

~मदन दुलाल~ बेमौसमी बाजा बजेको बेला सिमाना हरपल टुटेको बेला भयो अब नजिस्काउ मेरो देश दु:खेको बेला।।१ मातृत्व र भातृत्व लुकेको बेला एकताको गाँठो फुकेको बेला भयो अब नसोध स्वाभिमानी शिर झुकेको बेला।।२

Posted in कविता | Tagged | Leave a comment