Tag Archives: kabita

कविता : युद्ध

~प्रतिमा के.सी.~ ऊ जगतकी जननी हो संसारकी सृष्टीकर्ता हो हर मानवकी माता हो जीवन दाता हो तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन

~डा. बिनोद मणि बराल~ लाग्छ, उसलाई खहरे खोलाले लालुपाते भञ्ज्यांगले बयरघारी घामले तातेका टारले त्यति मात्र कहाँ हो र सिन्कौलीका जराले मात्र होइन खनिउ, भलायोले समेत उसलाई झक्झक्याइरहेछन् ऊ निदाएको मान्छे ऊ टोलाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्यासीहरुको विश्वब्रह्माण्ड : च्यांगबाको बस्तीबाट हेर्दा

~मधु माधुर्य~ लछार पछार पारेर धरातल छातीभरि उठेका गगनचुम्बी घरहरु च्यातेर आकाश युगको नशाले फुटाएर धर्ती आणविक घनले उन्मत्त उन्मत्त यो वर्तमान बेचेर आप्mनो स्वाभिमान सभ्यताको पाठ पढाउँछ हामीलाई बोकेर पत्थरको हृदय मानवताको व्याख्या गर्छ बस्तीहरुलाई पैmलाउँदै रंगमञ्च युद्धहरुको शान्तिको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती आमाको अर्ति

~रन्जना कार्की~ म यति सक्क्षम हुदाहुँदै परनिर्भर भएर मलाई असफल आमा बनायौ। मेरो अस्तित्व र अस्मिता आफ्नो ब्याक्तिगत स्वार्थ पुर्तिका लागि छिमेकीलाई चढायौ ।। भोग अब यो सब कर्तुतको दोषी

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली

~पृथु कठेत~ न तिम्रो अगाडि झुकियो न झुकिन्छौ न झुकिने नै छौ। तिम्रो प्रलोभन ले कहिले आफ्नो स्वाभिमान गुमाएनौ न गुमाउने नै छौ। तिम्रो आफ्नो देश हैन तिम्रो आफ्नो साझा सम्पती पनि हैन यो त एउटा ४ जात ३६ वर्ण … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिम्ब

~रेवती राज खड्का~ अपसोच बिम्बै बिम्बको शब्दहुलमा म यथार्त भेट्न सक्दिन कुनै मुल्यवान चिज जस्तै पराइ आँखाबाट बचाउदै पराइ आँखाको लागि उपहार यो कस्तो ? खोतल्दा खोतल्दै दिन जाने

Posted in कविता | Tagged | Leave a comment

छोक : ढाँट

~धनबहादुर मगर~ आज दिनभरि तिमी मलाई गाली गर चोकको भाषणभन्दा बरु तिम्रो खस्रो वचनमा सत्य भेट्छु। तिनीहरू खाली ढाँट कुरा गर्छन्। तिनीहरूले ल्याएको ब्यवस्था पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई नयाँ वर्षको शुभकामना चाहिँदैन

~फणीन्द्र फुयाल ‘ज्वाला’~ मलाई नव वर्षको शुभकामना चाहिंदैन किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे, कसैको शुभकामना र शुभेच्छाका शव्दले कसैको साँझ–बिहानको छाक टर्दैन त्यसैले मलाई नयाँ वर्षको शुभकामना चाहिंदैन । सक्छौ भने बेराजगारीको भूमरीमा जिउन बाध्य आम नेपालीलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा पोखिएको मन

~कृष्ण पहारी तिम्रो एक चिम्टी सम्झनाले मलाई एक हिक्का बाडुली लाग्दा म त अवाक् बनेछु अनि बेहोसमै फेरि तिम्रो सम्झनामा छताछुल्ल पग्लिएर थाहै नपाइकन म त छरपस्ट बिस्ताराभरि पोखिएछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धको देशमा

~राजन काफ्ले~ मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु तिम्रो शान्त परिवेश हो, गौतम बुद्ध जन्मेको देश ! अब त आगतको इतिहासमा लेखिने छ तिम्रा सन्ततिका किताबमा देखिनेछ अतितमा हाम्रो देश हो, बुद्ध जन्मेको देश ! धर्तिमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कविभित्रको मान्छे

~मञ्जुुल~ कवि अन्धकार ठाउँमा गयो भने आकाशसँग कुरा गर्र्छ क्षितिजसँग घामसँग कुरा गर्छ छायाँसँग । ऊ पाखा-भित्तासँग कुरा गर्छ बन जँगलसँग खोलासँग कुरा गर्छ बारी र खेतसँग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको उज्यालो

~रमेश श्रेष्ठ~ सदनबाट लखेटिएको मान्छेको सपनाको हत्या भएको छ सडकमा, पृथ्वीको सम्पूर्ण प्रार्थना आँसुको आहाल भएर रोइरहेका छन् छहराहरूमा, झण्डा च्यात्ने नारा अकस्मात जन्मिएको छ गणितबाट, सिमाना–

Posted in कविता | Tagged | Leave a comment

कविता : हेड लाईन र कविता

~गण्डकीपुत्र~ झर्रो शब्दजाल बुनेर चौबन्दिको गित लेख्दैमा भिर ठुलेको भोको पेट र नाङ्गो आङ्ग देख्दैमा मानवताको टाउकोमा शिखण्डी तरवार नचलाउने संदेश बोल्दैमा बाहिर सुकिला देखिएका कालाहरुको कपटी पोल खोल्दैमा तिमि भेला भएर बाँचेको कविताले छुनै सक्दैन झुम्रे साहित्यकार तिमीसंग दरवार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइजो कविता

~बिक्रम सुब्बा~ मसंग दुइटा स्वस्थ्य आँखा छन् मलाई एउटा भए दुनियाको कालो सेतो हेर्न पुगिहाल्छ तिमी एउटा आंँखा लैजाउ कतै बेच त्यसले शिरबन्दि किन ? मसंंग दुइवटा लगनशील हात छन् मलाई एउटा भए जिन्दगीको कविता लेख्न पुगिहाल्छ एउटा हात तिमी … Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : मनभित्र एउटा गतिलो घर छैन

~विष्णुविभु घिमिरे~ कोरा सम्झौताहरु च्यापेर आँखामा मान्छे म्रल सडक र गोरेटोबीच एउटा, एउटा पार्थक्यहरुमा एउटा, एउटा ब्यँग्यहरुमा उपहास ओढेर अपजसहरुको केवल दृष्टिबोध अलमलिएर केवल धृष्टताहरु मनभरि छापेर प्mयूज गएका भ्रमका तारहरुमा आफूलाई जेल्याएर

Posted in कविता | Tagged | Leave a comment

कविता : कति अनुशासित ?

~ओनिक अज्ञात~ ——————— म त सजीव प्राणी हुँ काटे रगत आउँछ अनि दुख्छ म साँच्चै नै जीवित हुँ किनभने, मेरो आत्मा सक्रिय छ मन कहाँ-कहाँ कता-कता डुल्न पुग्छ कहिले धर्तीमा, त कहिले आकाशमा कहिले सूर्यमा, त कहिले चन्द्रमामा म आफ्नो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उदाउन लागेको बिहान

~साबित्रा काफ्ले~ सखारै, एकहुल परेवाहरु, अनन्त यात्रा कोर्छन् छिडीमा बसेर। अनिश्चयको ओत ओडेका गौथलीहरु, चारा खोज्छन् लीउन बसेको रातो आकाशमा। कात्रो ओडेर, हिमाल रुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : देश नेपाल

~हरिवंश अाचार्य~ एउटा आँखाबाट मेरो मधेस रोइराछ । अर्को आँखाबाट मेरो पहाड बगिराछ । आँखा दुइटा भए पनि छाती एउटै छ नि । दुई आँखाकै मूल फुटेको छातीभित्रै हो नि । मधेस, पहाड छातीभित्र नेपाललाई हालौं । छातीभित्र घाउ छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी कहाँकहाँ दुख्छ

~दिप्स शाह~ जिन्दगी कहाँकहाँ दुख्छ कतिबेला दुख्छ केका लागि दुख्छ तर दुख्न चाँहीँ दुख्छ,दुखिरहन्छ बाध्यता र बिवशताको काँढा बिजाउँदा आफ्नै मुटु छाम्न असमर्थ यि कमजोर हत्केलाले मैले तिम्रो घाऊ छुन सकिन सखी! सत्य भनुँ! जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।। थाहा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ प्रिय अनुराग ! अदृश्यबोध यो धरातलमा शून्य की अर्धचेतमा रुमलिंदा संसार चिन्ने तिम्रो आँखा दियौ। त्यसैले अचेल मैले संसार देख्दैछु। समताको इन्द्रेणी देख्दैछु। हो,तिम्रै मायाको सुगन्धले यो राज्य भरि समाबेशी- फूलहरुको कथा लेख्दैछु। जन्म र मृत्‍यु क्षणिक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म!

~रिता राई~ तिमी र म पुरक हौं म जुन कोणमा छु तिमी त्यहि कोणमा छौं कसरी भन्न सकिन्छ? “म जे सुकै गरु”! किन की हामी माथिको आकाश हामी बाच्ने धर्ती हामी बस्ने शहर हामी हिड्ने गल्ली हामीले सासफेर्ने हावा सबै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पर्तिर बस्छ

~सलेम सुलेरी~ अनुवाद : कुमुद अधिकारी धरा पर्तिर एउटा देश देश पर्तिर गृह गृह पर्तिर संसार त्यहाँ बस्छ एउटा देह । देह पर्तिर खडा छाती छाती पर्तिर हाड-फ्रेम फ्रेम पर्तिर बाँया मन त्यहाँ बस्छ एउटा प्रेम ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : जानुअघि

~विप्लप प्रतीक~ सधैं मुस्कुराइरहने त्यो मानिससँग असंख्य पीर छन्, तर, रमाइलो कुरा पीरहरु उसका आफ्नै खातिर सञ्चित होइनन्, जसका निम्ति ऊ पीर लिन्छ तिनीहरु नै अन्जान छन् ऊ यति डुबेको छ पीरको पोखरीमा भनेर,

Posted in कविता | Tagged | Leave a comment

कविता : पाठकको हत्या

~भूपिन ब्याकुल~ यस युगको महान् कवि पाठकको हत्या गर्छ तर कुनै शोकगीत गाउँदैन शब्दको मन्दिरमा बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ झुठा मिथहरुको टुँडाल सजाउँछ थुनिराख्छ कवि निकाल्नै चाहन्नँ मन्दिरबाहिर शब्दका नयाँ इश्वरहरुलाई !

Posted in कविता | Tagged | Leave a comment

छोक : उज्यालोको खोजी

~धनबहादुर मगर~ उज्यालोको खोजीमा बत्तीमा डरेर कति मरे विचरा पुतलीहरु आफ्नो जोवन अरुलाई देखाउन खोज्दा उमेरसंगै कति चुड़िए फूलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : अब अति भयो।

~राम प्रसाद पोखरेल~ अति गली ओछ्यानमा ढली लामो निद्रा कति पर्यो पहिलो प्रहर न बिती सारा संसार हल्ला चल्यो आयो आयो अब आयो स्वतन्त्रता अब फेरी जाग्यो । सबैले बोले मनका भाखा चरैतिर नयां लहर नेपालभरी गल्ली गल्ली प्रजातन्त्रको सबलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~डा.बिनोद मणि बराल~ (१) अतीत भई बिलाई जाँदा स्मरण केवल मनमा रहने उतार चडाव हाँसो र रोदन अनि बत्ती बलेपछि निभ्नै पर्ने । (२) अँधेरी रात प्रभातको मुहान

Posted in कविता | Tagged | Leave a comment

कविता : म, तोल्स्तोई ज्युँदो झार भएर बोल्दैछुु आज !

~मधु माधुर्य~ स्वच्छ, स्वच्छन्द यो मैदान ! जहाँ बाल्यपन, ठीटोपन र युवापन का अनुभूति बटुल्दै जीवन ” धावा बोेलीरहेछ ” कथाका आगाहरु ” सेभास्तोपोल ” बलिरहेछ निर्लज्ज दिवास्वप्न बोकेको नेपोलियनको आक्रमणको पृष्ठभूमिमा ” इभान इलिच ” को मृत्यु भन्दा पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खोतल्छ स्वप्न सनाखत

~शशी लुमुम्बू~ त्यस्तरी घुरेर रातो आँखाले किन हेरिरहेको होला घाइते बाघलेझैं देशले, लखेट्छ ग्रहण आएर एकाबिहानै गाउँबाट जुध्नै आउँछ बाटो छेकेर अधम् समय पनि, ह्यारुकुलो हल्लाउँदै साँढेजस्तो सिंगौरी खेल्छ बेश्याप्रेम

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : निर्झरणी

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. सुदूरको स्वर निर्झरणीको घन्क्यो वनको पल्तिरबाट । बग्दछ शान्त र सुमधुर हावा नभको मधुरो मिर्मिरबाट ।। मात्र वायुको गुम्बज सेतो, मात्र स्निग्ध सपना धरतीको …

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : ६ जना उपप्रधान मन्त्री

~राकेश कार्की~ आए उभिए माला लगाए एक दुई तिन गर्दै गन्ति लौ हेर बथान ६, ६ जना लस्करै उपप्रधान मन्त्री के अब होला ६ गुना विकास?

Posted in कविता | Tagged | Leave a comment

कविता : वाह अमेरिकन ढाक्रे…

~गुणराज लुइटेल~ अमेरिका न हो, रातमै पनि गगल्स लगाइ हाल्छ, ड्राइभिङ्ग गर्नु छ भन्दाभन्दै आधी बोतल त चलाइ हाल्छ । ठाउंले न गर्यो, हल्का फेसियल त परिहाल्छ आंखी भौं नमिलाएको त के मान्छे केटा पनि ब्युटी पार्लर छिरिहाल्छ । ठूलै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment