Tag Archives: kabita

कविता : युद्ध सङ्ग्रहालय

~सीमा अाभास~ यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी। छोरो डोर्‍याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा। यो दश वर्षसम्म लगातार ऊ समाचार बनी घाइते बनी

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा

~सुरेन्द्र दवाडी~ यो सजलनयनी आकास अनि बर्षातका थोपाहरु मन्द हावाका बेगहरु संगै झर्छन पानीका तालमा हजारौ तरङ्गहरु निकाल्दै / ति सुन्दर तरङ्गहरु मेरा मनसम्म आइपुग्छ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो कथाको नयाँ अध्याय

~बन्धुविक्रम क्षेत्री~ फेरि शुरु भएको छ एउटा पुरानो कथाको नयाँ अध्याय । एक्काइसौं शताब्दीको नयाँ लोकतन्त्रको पारिलो घाममा डठेका छन् जिउँदा मान्छेहरु शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ एकता र भाइचाराको नयाँ गीत लेखिएको छ । कक्षाकोठामा भूगोल पढाइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कृत्रिमता

~विनोदविक्रम केसी~ सहरमा स्तनपान नगराउने होड छ बूढीऔँला चुसेर हुर्कंदै छन् शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका झोल्लिएका स्तन मन पर्दैनन् लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू सिलिकन भरिएका वक्ष भरिला छन् विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः “यो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो सूर्य

~रमेश पल्लव~ पर क्षितिजमा एउटा सूर्य अस्तायो हेर्दाहेर्दै रातो सूर्य नचाहंदा नचाहदै अस्तायो मुटुभित्र नमिठो चोट आँखाभरि अविरल आँसु कहिल्यै नमेटिने घाउ त्यो बिचरा सूर्य न्यानो र उज्यालोको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थ लुक्दो रहेछ

~नर्मदेश्वरी सत्याल~ मित्रताको हिमचुली मुनि पनि स्वार्थ लुक्दो रहेछ कण भएर पत्तो हुँदो रहेनछ विश्वासको बर्काेले छोप्दा कणले मुटु टुक्र्याउँछ भनेर । मैनालीको छिमेकी कथाका पात्र–धनजिते र गुमानेको बन्द बोलचाल मित्रतामा फुलेको मानवीय गहनता बुझ्दा बुझ्दै मोहकतामा मानवता किन लर्बरायो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टापु

~सरुभक्त~ समय सरिसृप रगतका हिसावहरु माग्दै बाँदरका पहाड उक्लिरहन्छन् नर्कटका घारीहरु द्विविधाग्रस्त हुन्छन् जुल्स वर्नका क्याप्सुलहरुमा ठेगाना हराएको जिन्दगीमा सुव्बाप्रजा र टिकामायाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड लालसलाम

~सन्देश अर्याल~ अध्यारो बर्सिएपछि साँझमा ऊ फेरि अत्तालिएकी हुँदी हो अत्यासलाग्दो रात सम्झेर डराएकी हुँदी हो। ***

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~मायादेवी बाँस्कोटा~ झिकेर मुटुको टुक्रा आखा भित्र अटाउँछिन् भोक भोकै बसि आफ्नो छाती चूस्न खटाउँछिन् जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा सिर्जना मूल हुन् आमा संसारको इतिहासमा रोए पनि आफै आई हाँसी हाँसी फकाउँछिन् । आमाले नै विद्याताको सृष्टिलाई बचाउँछिन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी र पर्वहरू

~मीरा मन थापा~ जब-जब चाड पर्वहरू आउँछन् संगीहरू घरदेशको सम्झनामा रून्छन , रूनु हुन्न हाम्रो वरिपरी बाचेका जीवनहरू पनि हाम्रो आफ्नै हुन.. माटो र मुटुको रङ्ग कहाँ भिन्दा-भिन्दै हुन्छ र? जीवन भोगाईका मार्गहरू उस्तै-उस्तै हुन्छन हो, एउटै भाषा र सस्कृति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवाहरु

~नदीश~ परेवाहरु निर्दोष कीराहरु ज्यूँदै निल्ने हत्याराहरु हुन् परेवाहरु अरुकै घरभित्र रजाइँ गरी बस्ने सामन्तहरु हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मस्तिष्क

~अपराजिता प्रभास~ तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ के मस्तिष्कले सबै काम गर्न सक्छ सक्छ बिल्कुल सक्छ । हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले भुईंमा बामे सर्ने ती नानीलाई आकाशको चरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभन्दा…

~केशर थुलुङ~ देश- अतुल्य आधार हो अमूल्य प्राण हो श्रेष्ठम् पहिचान हो र त- तिमी छौ म छु हामी छौँ अजय, अभय परिचय छ-

Posted in कविता | Tagged | Leave a comment

कविता : उदास वसन्त र गर्भवती उत्तीसहरू

~रामप्रसाद प्रसाईं~ ईश्वरीय करारनामासंगै स्वर्गीय मृत्युको अनन्त जीवनमा संजीवनीका कालीपोके सपनाहरूमाथि रजगज गर्ने हुलका हुल हाम्रा प्रत्येक बिहानीहरू उषाकालीन लालिमायुक्त शीतविन्दुमा कठ्याङ्ग्रिएका भविताका स्निग्धतासंग स्खलित हुँदै हिउँदका मध्यान्हहरूमा सूर्यास्नानार्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन !

~सन्तोष पौड्याल~ साथमा उनी नहुँदा आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन। बरु औसी नै किन नहोस् गजमा, शहरमा र साँधमा सुस्केरा डुल्दा गजकन्दरामा स्पर्श चल्दा काँधमा निमेस मै नागेर ग्रह नै लाग्छ अाइपुगेछु चाँदमा। जहाँ उनी शित बर्षा गर्दैछिन केश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चरा

~बादल सुरेश~ हे बिधाता, सक्छस भने मलाई चरा बनाईदे ताकि म खुल्ला आकाशमा उड़न सकूँ, हरेक टोलमा पुग्न सकूँ, हरेक घरमा बस्न सकूँ साना-साना पात र घुस्यान हरु बटुलेर मेहनत ले आफ्नै सानो गुंड बनाउन सकूँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : युध्दमा

~गोविन्दबहादुर कुँवर~ हरेक युध्दमा भौतिक बलमा गरिने विजय पनि विजय नै हो र नैतिक बलमा गरिने बिजय पनि विजय नै हो तर ती दुईटामा दुई ध्रुबजत्तिकै फरक छैन र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रामा

~गण्डकीपुत्र~ जब निस्किए सडकमा भेटिए थुप्रै मान्छेहरु | मान्छेहरु कोहि चुपचाप हिडिरहेका कोहि हल्ला गर्दै हिडिरहेका कोहि बुद्धजस्तै शान्त कोहि हिटलरजस्तै क्रुध्द हजारौको भिडमा हजार थरि मान्छेहरु | त्यही भिडमा समताको गीत गाउने एउटा मान्छे भेटे मैले अनुहारमा ज्योति बोकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : मनको भाषा

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. प्रिय, तिमी देख्दैनौ कि क्या हो ? जे जति देख्छौं हामी सब त्यो केवल झल्को, केवल छाया त्यस्कै हो, छ अदृश्य जो ।। प्रिय, तिमी सुन्दैनौ कि क्या हो ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : नेपालीहरु बाँचिरहेछन्

~भीम उदास~ एकसरो लुगाले एक हिउँद आड. ढाकेर एक मुठ्ठी कनिकामा नेपालीहरु, सगरमाथाको टाउको उठाउँदै शान्तिको मन्त्र जपेर सिस्नो र भ्याकुरमा बाँचिरहेछन् । एउटा बालक रोइरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दना

~डा. बिनोद मणि बराल~ हिमाल पारी उषाको लाली सुनौलो बिहान आ’का छौँ हामी साहित्यप्रेमी सबैलाई जुटाउन क्षितिज पारी कहाँ हो कहाँ डढेलो गगन भालेको डाकमा साहित्य बोल्छ सबैलाई ब्युझाँउन

Posted in कविता | Tagged | Leave a comment

कविता : म अनि उनिहरु

~मित्र लाल पार्दे~ मैले देखेको सपना मैले भोगेको बिपना निरन्तर जुट्न नसक्दा फुट्मै रमाउन सक्ने बिपना मस्तिमै हराउने सपना ताल मेल मिल्न नसक्दा कता कता मेरो पित्त जस्तो मन सम्हाल्न नसकेर सोचाइहरुका चर्के पिङ्मा अनी भावनाबिहिन कठोर कसाइको तराजुमा सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमै समाहित हुन सकूँ

~दीपक दर्शन~ प्रिय सपना, पूरा हुन खोज्छन् मेरा रहरहरू चुलिन खोज्छन् सगरमाथाझैं आकांक्षाहरू हार्न जान्दैनन् मेरा अनन्त कल्पनाहरू साँघुरो परिवेशमा अटाउन नमानेर चाहन्छन् विस्फोट हुन सपनाका बाढीहरू भत्काएर सीमिततालाई उन्मुक्त म सपनासँगै हुत्तिन सकूँ तिम्रो भूगोलभरि नील गगनको विराट चुलीसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~जगत नवोदित राइ~ चारैतिर बाटोको लास देखेर केही काम गर्न सकेको छैन छोराछोरीलाई स्कूल पठाउन सकेको छैन श्रीमतीलाई माइत पठाउन सकेको छैन अरु त त्यस्तै हो बिरामी आमालाई पनि अस्पताल पुर्याउन सकेको छैन । यहाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आगाका गीतहरु

~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ कति नियास्रो लाग्दो छ सिउँडीको घारी छिचोल्दै देउराली नहिंडेको दिन ज्वालामुखीको लाभा टेक्दै मेलापात नहिंडेको दिन कति टीठलाग्दो छ बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाका यामहरु र जिन्दगी

~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदी गाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु ज्वालामुखी पर्वततिर लागे जाउँ बसाई सरौं अन्तरक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : विरोधाभाष

~मुक्ति भण्डारी~ एकाबिहानै उठेर दौडिन्छु दौडधुपलाई जिन्दगी भनेर। सडकमा एउटा ठिटो विज्ञापनलाई समाचार भनेर बेचिरहेछ, हेडलाइन हेर्छु स्पष्ट देखिन्छ पत्रिकाले गधालाई “नेता” भनेर छापेछ। एउटा चिया पसलमा पस्छु पसल्नीले कालो चियालाई “ब्ल्याक टि” भनेर खुवाई म पनि दङ्गै परेर पिइदिएँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छालसँग

~उमेश लुइटेल~ संसार फाँडूला झैं गरेर छालहरू उर्लिरहेछन् उन्मत्तिएर चिथोर्दै किनारलाई कमजोर र विरूप बनाइरहेछन् । उता किनारमै उभिएर कविहरू छाललाई बिम्ब र प्रतीकमा उनिरहेछन् । प्रेमिल संसारको कल्पनामा मग्न जोडीहरू छालको हिर्काइले दुई वदन एक हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्त्य पछिको शुरुआत

~डा. मन मुर्ति भुर्त्याल~ यी पतझडका अस्थीपञ्जरहरु अझै नग्न मात्र होइन स क्षतविक्षत् होउन् । हड्डी हड्डी टुक्रिई छरिउन् । अनि ती हड्डीलाई सुक्ष्मजीवले टोक्दै चपाउन् र विलाउन तिनका अस्तीत्वहरु म त्यसपछिको जीवनको प्रतिक्षमा छु ।। यी काला खग्रासे वादलका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जो जस्सँग सम्बन्धित छ…

~सुशील सिग्देल~ १ तिमीलाई के थहा कि अग्नि वरिपरिका ती सात फेराहरु, तिमीलाई बन्दी बनाउन रचिएको जाल थियो भन्ने, शिकारीलाई त मार्नुसँग मतलब छ, चाहे सडाएरै शिकार किन नप्mयालियोस् , तिमी त कुनै मृग वा हरिण पनि भइनौ, जस्लाई उ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आह्वान

~प्रज्वल अधिकारी~ हे समकालिन कविहरु हो ! आउ लेखौ एउटा विशुद्ध कविता; जुन कवितालाई जो कोहिले सुने पनि आफ्नै लागोस । भो नसुनाउ नारा ! भर्खरै सुनेर आएको छु ; नारै लगाउन जन्मेकाबाट घोचपेच र दाउपेच । भर्खरै खुलामञ्चमा कुर्लदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रेगिस्तान र तिम्रो रहर !

~दिल निशानी मगर~ ओ मेरी चम्पा ! ओ मेरो माइनस जीन्दगी ! भागफल मा ‘शून्य’ हात लागेपछी ‘म’ करेन्ट को झट्का मा उफ्रन थाले तापक्रम झै मानौ, माइनस-माइनस मा पनी यस्तो लाग्छ बन्ध्याकरण मा परेका मेरा हजार सपना कलेजो,फोक्सो र,

Posted in कविता | Tagged | Leave a comment