Tag Archives: नेपाली कविता

कविता : पश्चताप

~बिपना ढुङ्गाना~ अलि जिद्दी स्वभावकी थिएँ धेरै जिद्दी गरेँ होला, बाल्यकालको त्यो तोते बोलीले, सायद कयौं कुराहरु प्रस्ट्याउन सकिन होला, तर मैले केही नभनेपनि बुझ्थ्यौ तिमी । भर्खरभर्खर हिड्न सिक्दै गरेकी म लर्वरलर्वर गरेर पाइला भुँईमा घिसरन्थे,

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचा देश

~निश्चल काउचा~ तन्त्र फेरियो श्रीपेच फालियो ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए सुनौलो बिहानीको आगमन भएन कन्दरा र पखेरीहरुमा ओलाङ्चुङ गोलाको लुङ्गालाई आफू नेपाली भएको प्रमाणित गर्न आउन हप्ता दिन लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आशक्ती

~बिना थिङ तामाङ~ आशक्तीको अन्यर्थ नलाउने हो भने यतिखेर म अघोरै आशक्त भएकी छु तिमीसंग र माग्न मन लागेको छ तिमीसंग प्रेमिल चुम्बन तिमीलाई भेटेर भन्नै नसकेको कुरा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धुवाँ

~शोभा शर्मा~ त्याे चुराेटकाे धुवाँ म तिमीलाई हेर्दै पिउँथेँ याे चुराेटकाे धुँवाले म तिम्रो आकृति कोर्दै बस्छु धुँवाको रंग त उस्तै छ तिमी मात्रै रंग फेरेर हिँड्यौ तिम्रो संसारमा धुँवाको ,रंगको

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल चिहाइरहेछ दार्जिलिङ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ अधरमा प्रकृति मुस्कान साचेर टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै, अंगप्रत्यंगमा चियाका बुट्यानहरुमा अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै नेपाल चिहाइरहेछ दार्जिलिङ । देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्यामीपत्नीको घोषणा

~कृष्ण जोशी~ यो त्यही आँगन हो जहाँ आएर आत्महत्या गर्छु भन्थें अपशोच ! यस अर्थमा भयो कि आत्महत्या गरिसकेछन् यहाँ नै झुन्डिएर मभन्दा पहिले दैव अनि धर्म दुवैले मृत्यु भएको थियो यही आँगनमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सभासद् कि साढे सात ?

~हिरालाल आचार्य ‘अनारबाजे’~ उज्यालोको आश थियो ल्यायौ कालो रात सभासद् हौ कि तिमी हौ कि साढे सात । जुवाजस्तै राखिदियौ देश आज दाउमा नदीबीच हेलिदियौ माझी छैन नाउमा ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : धन्यवाद नेताजी

~‘नेशेक’ पुष्कर विष्ट~ देशमा शान्ति नभए पनि अशान्ति फैलायौं किसानलाई खेतबारीको साटो सडकमा खेती गर्न हौंसलादिलायौं ॥ गर्भ छ नेता जि भोको पेटलाई भर्न नसकेनी

Posted in कविता | Tagged | 1 Comment

छोक : मनपर्‍यो

~सुमन पोखरेल~ मनपर्‍यो केवल मनपर्‍यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्व व्यथा

~सिद्धिचरण श्रेष्ठ~ हो रात थियो जून खिलेको बाहिर विश्व थियो मुदित, कोठाभित्र म पल्टिरहेथें अँगाली विश्वसित । कोमल करले मेरो ओंठ छोइ भन्यो विस्मित उसले- ‘किन रात पर्योठ ? किन घाम गयो ? वा रात पठायो कसले ‘ सप्रेम भनें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको एक कालो वकपत्र

~शान्ति प्रियवन्दना~ हामीलाई लडाएर एकआपसमा कुन युद्ध जित्ने ताकमा छौ तिमी ? हामी अलग होइनौ बास बसेर जहाँ भए पनि डुबेर स्मृतिको गहन गर्भमा हाम्रो आफ्नो रमणीय अतित्लाई खोज्नु पर्ने बेला आएको छ । मार्गदर्शक भइ दिएको भए गतिलो

Posted in कविता | Tagged | Leave a comment

कविता : चुँडिएको चङ्गा

~किरण दहाल~ धेरै पहिले सोधेकी थिई उसले– पाईलटको अर्थ नर्सको जिन्दगी कसरी लेखिन्छ कबिता ? जतिबेला ऊ कोपिला नै थिई बेला–बेला सोधिरहन्थी ऊ ‘पजल गेम’जस्ता प्रश्नहरु अन्तिम पटक सोधेकी थिई उसले

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : रोज् रोज् दर्शन पाउँछू

~भानुभक्त आचार्य~ रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू। रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु। लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी। लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नयाँ नेपाल

~इन्दिरा थापा~ नयाँ नेपाल सिंगार्नु छ देशको मुहार फेर्नलाई सबै जनता हतारमा छन दिगो शान्त्ति हेर्नलाई राजा होइन देशको शासक जनता आफै हुने भयो तानाशाही बिगत सम्झी धुरुधुरु रुने भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : भैंसीहरू भैंसी जस्तै छन्

~हाङयुग अज्ञात~ जताबाट जसरी हेरे पनि भैंसीहरू भैंसी जस्तै छन् काठमाडौं जस्तो आहालमा डुबेर कालो छालामा घाम ताप्छन् जुवाले रगडेर कसैको काँधको छाला मरेको छ मधेसको गाडा तान्दातान्दा कसैको मुखबाट फिंज निस्किरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्दिर

~प्रमोद अधिकारी~ तिम्रो आलिंगनमा कस्सिएर पनि कठ्याङ्ग्रिएर कयौँ प्राण उडे एकमुठ्ठी सास थपिने आशमा भोको पेट नाम जप्नेको समय नपुगी सास खोसियो

Posted in कविता | Tagged | Leave a comment

कथा : अब कहिले शहर जान्नँ

~विश्वराज अधिकारी~ “अँ हँ, म त कहिले अब शहरतिर जान्नँ, बरु यै गाउँमा जीवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर । कति आनन्द आउँछ यो बाटो हिंडेर शहर पस्नेहरू र शहरबाट गाउँ झर्नेहरूको कुरा सुन्न, यो चिया पसलमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दोबाटोमा भेटे जस्तो

~अशोक ‘खलानको मान्छे’~ दोबाटो मै छोडे जस्तो एउटा यस्तो प्रेम काहानी थाहा भई भुले जस्तो तिम्रो मेरो माया पनी मुटु सँग धड्के जस्तो नजिक हुँदा थाहै थियन टाढा हुँदा बल्झे जस्तो दोबाटोमा….

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनका कथा

~गोपालप्रसाद पौडेल~ जुन रोहेको ताराहरु हाँसेका तैपनि फेरि उज्यालो लिएर जुन चियाउँछे घाम रिसाउँछ झोक्केर तताउँदै डाँडापारि गएर निदाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हर्के साइलाले सम्झेको कथा

~मदन राई ‘लामाखुले’~ साइलाको घरमा जाड ओथारींदा मर्चा नसालु पदार्थ हुन्छ ! बन्छ नसालु पेय पदार्थ, मातेर लट्ठ बनाउँछ मान्छे, बियर र रमको बिगबिगीमा (आधुनिक युग) ५००० वर्ष अघी मर्चाको कथा, बाँकी ५० वर्ष पछि, एउटा कथा भित्रको दन्तेकथा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी बयान

~पदम राई ‘युद्धविराम’~ उकालो उक्लिन खोजें ओरालै झरें अगाडि बढ्न खोजें, झन् पछाडि परें हन्डर खाएँ, बिनाकसुर युगौंदेखि बाटो बनाउँदै हिँडेको मान्छे आफैं हिँड्न पाइनँ, आफूले बनाएको बाटोमा । असाध्यै तीखा आँखाहरू छन् बिछट्टै छिटा खुट्टाहरू छन् उत्पातै चलाख टाउकाहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~सौगात सापकोटा~ बर्खे खोलाको वेग झैँ आशा छ । मनमा पिडा तर मुखमा हाँसो छ ।। जहाँ कङ्गाल त्यहाँ चण्डाल छ । मनका भावनाहरु अनुहारमा छर्लङ्ग छ ।। कहिँआँखा बोल्छन् कहिँ मुख बोल्छन् । हेर ती गल्लीमा जहाँ ती उत्पीडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन होला ?

~रविन गिरी~ लाग्छ, म तिम्रै न्यानो ओढिरहेछु तिम्रै सास फेरिरहेछु तिम्रै आवाज बोलिरहेछु तिम्रै दृष्टि देखिरहेछु बाँचेको त म यसरी पो रहेछु !

Posted in कविता | Tagged | Leave a comment

कविता : असामभित्र नेपाली

~मेनका पोखरेल आचार्य~ प्रभातझैं हृदय जहाँ खुलेर मुस्कुराउने प्रत्येक ढुक्ढुकी अपार प्रेममा रमाउने पवित्र व्रहमपुत्रको नदी सरी पवित्रता असामभित्र भेटिने रहेछ त्यो असीमता हरेक शब्द स्नेहले भिजेर बर्सने सधैं रहेछ जो विशिष्टता नपाइने अरु कतै जताततै सुसभ्यता झलल्ल झल्कदै थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरी पछि गृहगमन

~लक्ष्मी प्रसाद देवकोटा~ क. मीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो ! सूघँ बडो सरसरायो ! चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दाना त्रिकणी ओजोन्, माछा, माछा गह्नायो ! स्वर्गमा आज डीनर छ ! क्रान्तिपछि ! कि ? क्या हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता र फोहोर लुगा

~विमल निभा~ अब म कविता लेख्न स्थगित गर्छु र लुगा धुन थाल्छु किनभने तमाम लुगाहरु फोहोर भइसकेका छन् कमिज, प्यान्ट, गन्जी र मोजाहरु फोहोरैफोहोरका बीचमा कविता लेख्न बस्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीको वेदना

~बिपना ढुङ्गाना~ वास्तविकता भन्दा अलि अलग उसको सोचाइ थियो, हो छोरी थिई ऊ, जन्मदेखि मृत्युपर्यान्त यात्रामा उसको आफ्नै संघर्ष थियो, भोगाइ थियो, पीडा थियो, त्रास थियो, आँसु थियो , तैपनि जिन्दगी बेग्लै थियो । बाबु-आमाको काखमा पुल्पुलिएर हुर्केकी ऊ, आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र यात्री, प्रेम र गन्तव्य

~सुशान्त घिमिरे~ घडीमा घुमिरहेको सुईहरु ट्क्क रोक्किएर समय सोध्यो भने, -के मैले समय बताईदिनु? एकोहोरो बगिरहेको बतासले पछाडी फर्किएर प्रेमिल नजरले हेर्यो भने, -के म त्यसको यात्री बनिदिनु? निरन्तर अगाडि बढिरहेको बाटो अलमलिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~तोया गुरुङ~ दुख्छ मानिसको नदुख्ने छाती यति कोलाहल यो बीभत्स त्यहां घाम र, यहां म उनको पोटिलो शरीर तर उनको पातलो शरीर

Posted in कविता | Tagged | Leave a comment

कविता : राम्रो ‘म’

~अवतार ढकाल~ आउनुहोस महासय मसँग आउनुहोस, एउटा आदिम समयको अविश्वासिलो कथा सुन्नुहोस र अरुलाई सुनाउनुहोस । ऐनाको आविस्कार नभएको बेलाको कुरा आफ्नै छायाँ चिन्न नथालेको बेलाको कुरा ‘म’ राम्रो थियो – ‘म’ मात्र राम्रो थियो त्यो बेला र ‘तँ’हरु ‘तँ’हरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिर्मिरेमा लाली छरी…

~विपिन किरण~ मिर्मिरेमा लाली छरी किरण खुलेसरि मनको सगरमा तिमी हुन्छौ सधैंभरि तिम्रो मेरो यो नाता नटुटोस् मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ, बाउ र छोराहरु

~कमल कुमार~ रातो सूर्यास्तका बेला गाउँ एक्लो छ बाउ एक्लो छ दिनभरि कामबाट फर्केर ढोका उघार्न आइपुग्दैन कुनै छोरो । नजिकै छिमेकमा

Posted in कविता | Tagged | Leave a comment