Tag Archives: नेपाली कविता

कविता : मान्छेहरू माझ तिमीलाई

~बुद्धिसागर चपाईं~ मान्छेहरूमाझ तिमीलाई जाऊँ त कसरी जाऊँ हिँडेर कहिल्यै नसकिने बाटाहरू छन् उक्लेर कहिल्यै नसकिने पहाडहरू छन् यी दुवै हत्केलाभन्दा धेरै चाक्लो आकाश छ कहिले बन्ला त्यो झोलुङ्गे पुल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी हजुरलाई

~बुद्धिसागर चपाईं~ मैले हजुरलाई हरियो सुगाको प्वाँखसँगै पठाइदिएको थिएँ दैलेखी चिसोचिसो बतास जो मर्ुछा परेको छ ठोक्किएर नरिवलको अग्लो रुखजस्तो बिजुलीको खम्बामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुस्केरा

~गोपालप्रसाद पौडेल~ खुइय खुइय सुस्केरा बाँचेका मनमा मैला बाँचेका अर्ध अंगमा साँचेका खैलाबैला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म शान्त नेपालको खोजीमा छु

~कमला प्रसाई~ आशाहरु बेचेर हारेको गगनसित ईच्छाहरु मारेर चुँडिएका आँखाहरुसित कहिले रातभर यात्रामा कुदिरहेकी हुन्छु त कहिले दिनभर यात्रामै कुदिरहेकी हुन्छु, भावनाको लहर न हो कहिले मेरो यात्राले हिमालचुली नाघेको हुन्छ त कहिले गङ्गाको किनारलाई छोएको हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो अमेरिका गयो

~रमेश गौतम “पाल्पाली”~ मेरो छोरो अमेरिका गयो जन्मे, बढे, खेलेको माइती घर छाडेर पराइ घर जान लागेकी नव विवाहिता दुलही जस्तै तरक्क आँसु चुहाउँदै मेरो छोरो अमेरिका गयो आधुनिक दास बन्नका लागि । जाने वेलामा छोरो रोयो- देशको माटो सम्झेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : देवताका बाद

~चट्याङ मास्टर~ बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : घर गएपछि

~राजव~ अरूलाई विश्वास छैन तर ऊ आफैँलाई विश्वास छ ऊ बाँच्छ अस्पतालको सघन शैयामा बाँच्छु भन्ने विश्वास नछोडेर ऊ अर्धबेहोस छ र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रह टिप्ने सपना

~राजव~ एक्काइसौँ शताब्दीको पहिलो दशकको मेरो युवक आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा खाते बालकझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरापूर्ण एक यथार्थ

~राजव~ आजका सब खराब इतिहासमा राम्रो देखिने छन् यो खतराको प्रारम्भ आज भएको छ हामी सब निरुपाय टोलाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध म

~राजव~ फलाम र त्यसका ठाँडाहरूमात्र आतुर छन् युद्धमा कुद्न इस्पात र त्यसका वाहनहरूमात्र आतुर छन् युद्धमा उडान भर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : उ पनि अर्को ब्रायन

~राजव~ बिहान उठेपछि बाहनको दौडादौडी र तीतो कफीको स्वादबाहेक अर्को मीठो कुरो र नवजात सूर्यको गति हेर्न पाइन्न थुप्रै सुन्दरता मारेर बनेको यो चरम–नगरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्लै हल्लाको देश

~भूपि शेरचन~ यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरो जाने पहाड मुन्तिर

~भूपि शेरचन~ अनिश्चित भविष्यको आशङ्कामय पीडा खप्न नसकी ‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात जन्माउँछिन् लँगडा, लुला, कुच्चिएका बिहानहरु जब बिउँझन्छु म छिप्पिन आँटेको जाँडको घैंटोजस्तो उत्तेजित टाउको उचालेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्दैछ हामीमा हामी बाँचेको युग

~भूपि शेरचन~ आफ्नो आनन्दलाई चिन्तामुक्त गर्छन् गर्भाशयको ढोकामा आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई निषेध गर्ने पालेहरु उभ्याएर यो युग जसमा भाग्यवश

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यान्ह दिन र चिसो निद्रा

~भूपि शेरचन~ अखबारको ‘वान्टेड कालम’ –मा म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु, प्रत्येक जुलूस, सभा, भाषण र नयाँ योजनाका फाइलहरुमा पाइला टेक्ने आधार खोजिरहेछु—

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड ल्याम्प

~भूपि शेरचन~ भोरको उज्यालोमा उसलाई निभाएर सधै–सधै म घरबाट निस्कन्छु र दिन–दिनभरि सूर्यसरि

Posted in कविता | Tagged | Leave a comment

कविता : गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा

~गोपालप्रसाद रिमाल~ हाम्रो छाती कत्रो? हिमालजत्रो हाम्रो बारीको नाउँ के? नेपाल हाम्रो गाउँको नाउँ के? नयाँ नेपाल त्यसको सेरोफेरो कति? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि हाम्रो देशको नाउँ के? खसमीर, खुशी, खसियाशैल।

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट

~गोपालप्रसाद रिमाल~   पूर्नेको जूनलाई किन पर्खेको ? भेट्ने उनैलाई हो क्यारे, तिमी उनैलाई उनकै प्रकाशमा देख, तिमी उनलाई आजै यो औंँसीको रातमा भेट । आउने त्यो वसन्तलाई किन कुरेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को ?

~गोपालप्रसाद रिमाल~   यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ ! त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ? यहाँ हामीलाई यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ;

Posted in कविता | Tagged | Leave a comment

कविता : दन्त्यकथा

~गोपालप्रसाद रिमाल~   दन्त्यकथाकी राजकुमारी र एक गरीब कसरी तिनका ठूला लाम्चिला आँखाहरु एक जोडी ताराझैं माथिबाट तल झरे र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ? फेरि कसरी हिलोको कमलमा परेका

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्त्वना

~गोपालप्रसाद रिमाल~  तिमी नरोऊ, बस केही बेर पर्ख मात्र संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा भरे तिम्रो सानो कोठामा आइपुग्नेछ, तिम्रै अङालोमा अटाउन आइपुगनेछ, उसको त्यो धप्प बलेको अनुहार भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ, तिमी नरेऊ, बस केही बेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको सपना

~गोपालप्रसाद रिमाल~  आमा, त्यो आउँछ र ? “हो, बा, त्यो आउँछ । तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ । त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ !

Posted in कविता | Tagged | Leave a comment

कविता : घोडा

~भावना पोखरेल~ म तिम्रो घोडा हुँ होलटाइमर कार्यकर्ता होइन त्यसैले तिम्रो आदेश भयो भन्दैमा म अपमान गर्न सक्तिन मानवताको जानाजान म कुल्चिन सक्तिन सडक धर्ना दिने

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जङ्गे र नाङ्गे

~चट्याङ मास्टर~ जङ्गे गयो, नाङ्गे आए एकको ठाउँमा सैयौं आए । कता त्यो जङ्गे कता यी नाङ्गे कता त्यो ढङ्ग कता यी बेढङ्गे जङ्गे गथ्र्यो शासन गर्दैनथ्यो भाषण नाङ्गेले गरे भाषण सकेनन् गर्न शासन ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एउटा यस्तो नेता होस् !

~चट्याङ मास्टर~ एउटा यस्तो नेता होस्,, केटी होस् या केटा होस् ! भेटौँ-भेटौँ मनमा होस्, फोटो त्यसको घरमा होस् !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बादलको कोषाणुमा सृष्टिको पुनरावृत्ति

~मञ्जु काँचुली~ फुलको रुप लिएर एक हुल बादल डाँडा माथि हाँसोको खित्का र लालसाको रोदन बोक्दै धरती माथि अविरल सङ्गीत बर्षामा आफ्नै यात्राभित्र जीवनगति प्रवाहित भइरहेको होला जीवनकै पाटापाटामा – नदीको तटमा, बगैंचाको किनारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको भगवान

~मोमिला~ मान्छेले बनाएको मन्दिर मन्दिरभित्रको देवता मान्छे उसैसँग डराउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तरिम नोस्तालजिया

~मोमिला~ हरेक बिहान म अकारण आफ्नै सपनाहरूको कैदी बन्छु तर नजरमा मलाई अपराधी चिनिन मन्जुर छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उचाई

~मोमिला~ आफूलाई कतै छाडेर अधुरो म कविता पूरा गर्न सक्दिनँ । जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा म अन्तिम सिमाना कोर्न सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आक्रमण

~हरिकुमार श्रेष्ठ~ पहिला पहिला मैले पनि देखेको र भोगेकै हूं गाउं गाउंबीच मेलापात, चाडपर्व, जात्रामा आक्रमण लर्डाईको मोर्चामा आक्रमण चाहे अमेरिकाबाट इराक वा अफगानिस्तानमा नै किन नहोस् चाहे हरेक देशभित्रका जनताबीच नै किन नहोस् जताततै आक्रमण नै आक्रमण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएका शब्दहरु

~गोविन्द गिरी प्रेरणा~ मेरा शब्दहरु हराएका छन् म हराएका शब्दहरु खोजिरहेछु । थाहा छैन मेरा शब्दहरु कसरी हराए थाहा छैन मेरा शब्दहरु कहाँ हराए

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम रोगी ‌रोही‌रहेछ

~मधु माधुर्य~ फर्क्यो आकाशतिर पूर्व पापका लागि माफ माग्यो धर्म-शास्त्र पल्टायोः ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’ पढ्यो ‘बुझ्यो’ र हिड्यो…… म तिमीलाई प्रेम गर्न चाहन्छु माफ गर !

Posted in कविता | Tagged | Leave a comment