Tag Archives: नेपाली कविता

कविता : हराएको कवि

~अनुप जोशी ~ आज पनि कस्सिएर शिशिरले एक चड्कन हान्यो शरीरमा छोरोलाई एक जोर नयाँ लुगा चाहियो रे स्वास्नीको कान बुच्चे भएको तिन वर्ष पुग्यो रे घरभेटी दुई महिना देखि खल्ति छामिरहेछन् तर म अझै रुमलिरहेछु यौटा हराएको कवि सीघ्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्तैन

~अनुप जोशी ~ कहाँकहाँबाट बहेर आउँछ खुशीको लप्का र टाँसिन खोज्छ मेरो हृदयको भित्तामा सिँढिहरु आफैले चढाउँन खोज्छन् मलाई सफलताको चुलीमा आफन्त-साथीहरु भइदिन्छन् मेरो जहाँज जहाँ रहेर म बादलहरुमा शयर गर्न सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सामाजिक प्रोग्रामिङको विपक्षमा

~अनुप जोशी~ यस्तो भयो कि धर्तीमा ईभोलुसन भयो रोबोटहरुको र ती आफैले उत्पादन गर्न थाले आफुजस्तै रोबोटहरु सन् १९९४ को कुनै रात एक चाबी युक्त रोबोटले अन्ततः खर्च गरेर सम्पूर्ण उर्जाशक्ति घुसायो अर्काे ताल्चा युक्त रोबोटमा आफ्नो उत्पादकीय चाबी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैलेसम्म ?

~उषा गिरी~ आन्दोलित छ आकाश असारको महिना बर्सिन लागे जस्तो सबै हतारमा छन मानो खाएर मुरी उब्जाउने दिन तर किन किन छरपष्ट छ मन असरल्ल हुन्छु हुरी आउँला जस्तो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मनहरूलाई

~उषा गिरी~ सुनसान रातमा गाउँको चौतारीको रहर लाग्दि, झ्याङ्गिएर बेरिएको शीतलताले च्यातिएको मनहरूलाई शीतलता नदिंदोरहेछ बादलका पछ्यौरीभित्र कोमल हाँसो पवित्र स्नेह सम्झन्छु गाउँघर पाखा पखेरा सबैतिर हेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा-२

~उषा गिरी~ आमा आज म त्यसै त्यसै तडपी रहेछु खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा दु:ख को भयानक महासागरहरुमा कहाली लागिरहेछ असह्य पिडा का पुकारहरु देखेर। आमा,आज म भाबुक बनी तिम्रो न्यानो छातीमा टोलाई रहेछु सन्कल्प आधी र बतास बनी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : कल्पनामा एक धर्सो समय

~अनुप जोशी ~ एक धर्सो समय जो जादुगरको छडीजस्तै चमत्कारी देखिन्थ्यो त्यो त्यहि परिवर्तनकारी थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिको अक्षर

~गोविन्दप्रसाद आचार्य~ मायामा विष मिसेको भाव क्रान्तिलाई नदेऊ गोमनका टुना जादुका तर्र्क क्रान्तिलाई नदेऊ गोमनको मीठो लयको भाषाले क्रान्तिलाई खाला है क्रान्तिले हारे संसार भरी भूतले नाच्ला है हार्दैन सत्य बादल उठी घाम कति छेक्ला र पानीको फोका जालीको शासन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बुवा

~चन्द्र घर्ती मगर~ समय छिटो हिड्यो कि बुवा ! म नै ढिलो भएँ ।? सुई चाडो कुड्यो कि बुवा ! पाईला सुस्त चालें ।? दु:ख गरी सुख दियौ सन्तानलाई, बुवा । गरीबबाट धनी पार्यौ परिवारलाई, बुवा । जिउभरी छोपिदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरिमाया भेटवाल~ हिजोआज प्रत्येक पल मृत्युसँगैको जम्काभेटले म बदलिएकी छु । मैले देखेँ पानीले आत्महत्या गर्दै माथिमाथि आकासिएर कुइरो बनेको अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : सिवाय प्रेम …..

~हरिमाया भेटवाल~ हिड्दा हिड्दै पत्तैबिना हिडिरहेको बाटोसग पनि हुदोरहेछ प्रेम बस्दा बस्दै थाहै बिना बसिरहेको माटोसग पनि हुदोरहेछ प्रेम पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम फुलिरहेको फुलबाट किन आउछ प्रेमको सुबास ……? झुल्किरहेको घामबाट किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिजात ….

~हरिमाया भेटवाल~ पारिजातको बोट . रातभरी सेताम्मे फुल जन्माउछे र बिहान सन्न बिहिन हुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : तारक युद्ध

~सरुभक्त~ उत्सव भुक्ने पदार्थहरु जंगली राग अलाप्दैछन् खोई कहाँ हराए नाङ्गेझार नियमापत्ति अनुचिन्तनहरु ? ग्रेट मार्च – पशुहरुको महायात्रा गोहीभोज चल्दैछ ए सूक्ष्मजीव विश्वका स्थूल मान्छेहरु परभक्षी सिंह÷वाघहरु दाँत माझ्दैनन् माउथ ब्रिडिङः महेन्द्रगजहरु जन्मन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रास्ट्र गान

~सरुभक्त~ अग्निमाला नवः हिमयुगीन अर्घेलाहरु सिमिट्रीमा रेटिसेन्ट बालहरु आरोहण गर्छन् मेथाडोन खाएका हुडिनीहरु साइवरकोष्टरमा अपरेशन डेजर्ट स्ट्रोम गर्छन् गन्धका नाताहरु उस्तै छन् मात्र नात्रेड्यामस विश्वमा प्राविधिक गडवडीमा क्षमाप्रार्थनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन = नौका

~सरुभक्त~ पीतसागरमा दुर्घटनाग्रस्त छ नौसैनिकहरु लापता छन् बुटिकका खप्तडका बाबाहरु साइवर प्रेम÷घृणामा व्यस्त छन् खोई कहाँ पुग्यो विश्वतापमान ? म हरितगृहतिर बसेर इत्ना ओजन विनासको तमासा हेर्दैछु सुरुङभित्रको पृथ्वी गिरफ्तार मनोकामनामा ज्क्ष्ख् सेलिब्रीटी जन्माउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शसक्त

~सरुभक्त~ कालो कालखण्डः दिब्योपदेशका क्षतविक्षत आत्माहरु कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ः ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो शहर

~दुर्गा खनाल~ हाम्रो शहर कति मैलो छ सबै मिली यसलाई सफा गर्नु पर्छ शहर मैलो भएर समस्या भयो यहा धेरै बिरामी छन । बिरामी हरुलाई अस्पताल लैजानु छ हैन ! आस्पताल किन लाने ? औषधीका प्रतेक शिशीहरुमा रोगका किटाणुहरु जिवितै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जननी जन्म भुमिस्च स्वर्गादपी गरियसी

~बिमल गौतम~ मलाई आज म आफै दुखें, मेरो पार्टी दुख्यो पार्टिहरु पनि अरु सबै दुखे, किन कर्तब्य लुक्यो इतिहास लुक्यो वीर गोर्खा संगै, इमान झुक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नेपाल, तिमी बिना म शुन्य भएछु

~नवराज पोखरेल~ कोलहल्को चिच्याहट भित्र उकुस मुकुस मनका भावनाहरू लिएर्, खुला आकाशमा टोल्हाई रहेका आखालाई पल्ट्ने बाजी खेलाउदा, अनि मानिसको हुल भित्र पसेर आफैलाई हराउन खोज्दा, मलाई एक्लोपनको महशुस हुन थालेछ । अतितको यादमा डुबुल्की मार्दा , झट्ट सम्झेछु , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे परदेशी

~मन थापा~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा छ घर गाउँ देश सबै लथालिंग बेहाल भा छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्झि रुन्छन् आँसुको नै ताल भा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दुइ शब्द नेताहरु लाइ

~बिमल गौतम~ जति दियौ यो देशलाई दसौं गुना लियौ पानी भन्दा जनताको आशु बढी पियौ कयौ हजार सपुत को बलि किन दियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सौन्दर्यबोधमा रक्तसिँचाई

~अनुप जोशी ~ आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा , रकेट विमानहरुमा श्वासाल्पता र ‘एनहाइड्रस’ अधमरो जिन्दगी ! नहुनु बराबरको ऐन्द्रियता नहुनु बराबरको मानवीयता रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा प्रगल्भ एक ऋतु , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा नलागेपछि

~अनुप जोशी ~ निन्द्रा नलागेपछि मैले खाटबाटै सिरक कसेर माथिको सिलिङलाई हेरेँ र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा , तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी कविता हो ?

~नरेन्द्र चेम्जोङ~ तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु, भण्डारमा सँचिएका शब्दहरु, नलागेका अर्थहरु सुनकोशीको किनारमा छानिएका वालुवाका कण कण झै, खोज्दै छान्दै र मिलाउदै – फाटेका आवाजहरु, अर्थहिन बन्ने डरले भण्डारबाट छरपस्टिएका शब्दहरुले ह्स्व र दीर्घको धागोले सिलाउदै, चारैकोणबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~अनुप जोशी ~ मान्छेलाई थाहा छ– आकाशको रङ थाहा छ– सगरमाथाको उचाई झरनाको शिर मौसमको जादुले रुखमै पाकेको फल उसलाई सबै थाहा छ– बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ, चट्याङ् पर्छ थाहा छ– हाँगा छाडेर भुर्र उँडेको चरा बादलभित्र गायब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनामा एक चुम्बकीय शक्ती

~अनुप जोशी ~ म सानै हुँदा आमाले दुइटा ढुङ्गा हो कि फलाम जस्ता पर्यायवाची वस्तुहरु उपहार दिनुभयो जब ती दुईलाई हत्केलामा अड्याउन खोजेँ एउटा फुत्त भाग्यो र अर्कोसँग चिप्किन पुग्यो म हठात् आत्तिएँ मलाई आश्चर्य चकीत देखेर आमाले भन्नुभयो-

Posted in कविता | Tagged | Leave a comment

कविता : बैसालु मनहरूमा

~उषा गिरी~ (तीजको कविता) छातीभित्रको असैह्य पीडालाई हाँसो र खुशीमा बदल्दै बितेका बर्षहरू झै बैंसालु मनहरूमा सुमधुर मुस्कान छर्दै के तराई के पहाड के स्वदेश के बिदेश रातो साडी र हरियो पोतेमा उल्लास, आनन्द र रोमान्चक अनुभुती साट्न भावयुक्त सुन्दर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीबन

~उषा गिरी~ पश्च्यतापमा डुबी जीबन जीर्ण न बनाउ जीबन एक इस्वर को उपहार हो, चट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ न जल न मल यो पनि त भगवान को बरदान हो, मानब जीबनमा कहिले काही

Posted in कविता | Tagged | Leave a comment

कविता : पाटन

~विमल निभा~ यो कानुनी गोली हो असह्य दुःख, भयावह वेदना निरन्तर चित्कार, र विह्वल मन सबै जनहिंसा हुन् जोस, आक्रोश, विद्रोह र अन्यायको विरोध रोक्का गरिएको छ आज्ञापत्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोश

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जुत्ता

~विमल निभा~ देशलाई बदल्छु भनेर कसम खानेहरुले एकाएक बदलेका छन् आफ्नो जुत्ता जुत्ताको रंग छ कालो विश्वासघातको रंग पनि कालो नै हुन्छ र काला रातहरुमा उत्सव मनाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टियर ग्यास

~विमल निभा~ हाम्रा आँखाबाट आँसु समाप्त भइसकेको छैन सुक्खा भइसकेका छैनन् हाम्रा आँखाहरु हाम्रा आँखाहरुमा बाँकी छ अहिले पनि अलिकति नुन अलिकति पानी हेर, गिलो छ

Posted in कविता | Tagged | Leave a comment