Tag Archives: नेपाली कविता

कविता : अस्वभाविक यथार्थ

~गोबिन्दसिहं रावत~ दिनभरीको कार्य थकाईले साँझ सोफामा टुप्लुक्क पल्टे पछि कष्टमय वर्तमानलाई बिर्सन सुखमय भूतको कल्पनामा हराउन खोज्छु अनि अन्धकारमय भविष्यको परिकल्पनामा आफैलाई सान्त्वना दिन थाल्छु न सोचेको अमीलो सत्यतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोद्वेग

~बासु श्रेष्ठ~ मनोद्वेग सुखका हुन सक्छन् मनोद्वेग दःुखका पनि हुन सक्छन् मनोद्वेग आँसुमा बग्न सक्छन् मनोद्वेग हाँसो भैकन पनि फुट्न सक्छन् मनोद्वेग कथा भएर बग्न सक्छ कविता भएर पनि कुद्न सक्छ शायरी या गजलमा लहरिन सक्छ हाईकु या उपन्यासमा भरिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साला उदय

~उदय जीएम~ न काम छ उसको न फुर्सद छ उसको हतार/फुर्सदमै फुर्सद/हतारमै जीवन खेर फालिरहेछ साला उदय जलिरहेछ हजार/लाख चोटहरु हजार/लाख पीडाहरु म्वाई खान्छन् उसलाई रन्थनिएर यताउता अभावको चोकमा हराइरहेछ

Posted in कविता | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य कविता : ‘अम्रिकाने’ माईली !

~शिव प्रकाश~ जीब्राँ’ फूली, नाकाँ’ मुन्द्री ओठाँ’ बुलाकी, नाइटाँ’ ढुङ्ग्री पाखुराँ’ काम्रो, कम्मराँ’ दाम्लो घाटीमा घण्टी, बगलीमा डण्ठी हाम्री माईली कस्ती कस्ती ! झलक्क हेर्दा झाक्रिनी जस्ती !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : हराएको कविता

~आभास~ मलाई सम्झना छन् मृगका जस्ता त्यसका आँखा र तिनबाट मैले चियाएका दृश्य सम्झना छन् त्यसका सुकोमल औँला

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गिन सपनाहरू

~उषा गिरी~ जीवनका रङ्गिन सपनाहरू जङ्गलका कन्दमुल खाएर होस् वा रमाइला क्षेणहरू लुटेर होस् भावुकताको पोखरीमा स्वतन्त्र रुपमा अरुको मन नदुखाई भूगोलको कुनै पनि कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज

~उषा गिरी~ बर्षभरिका थकाइहरूलाई पर सारी आसुँ र सुस्केराहरूलाई बढार्दै बिगतका बर्षहरू झैं यो बर्ष पनि दिर्घ विश्वाशका साथ निलो आकाश लिएर, हामी तमाम दिदी बैनीहरूको दैलो र आगनहरूमा सौगात बोकेर शुभत्वको सन्केत दिदै हर्ष र उल्लासका साथ रातो साडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटालाई दु:ख पर्दा

~उषा गिरी~ एउटालाई दु:ख पर्दा मान्छे त्यसै हाँसिदिन्छन ब्यथा पोख्ने ठाउ नै हुन्न भन्यो भने रिसाइदिन्छन सिथिल हुन्छु त्यसै त्यसै नबुझे झै गर्छन् सबै मनको बाँध भत्काइदिन्छन गोधुलिमा बस्छु रुँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~उषा गिरी~ जीवनसँग जुझ्दै हारहरूलाई स्वीकार्दै दृढ अठोट मनभरि पाल्दै बिचलित नभैकन चुला र चौकामा ढिकी र जातोमा विवशतामा रमाइरहेकी प्रफुल्ल मेरी आमा तिमीले आफ्नो पीडाको क्षणलाई

Posted in कविता | Tagged | Leave a comment

कबिता : झ्याङ्गिदैछ तीज

~उषा गिरी~ तिम्रो आगमनमा गोधुलीमा फक्रदै बर्षा ऋतुलाई लखेट्दै सरद ऋतुलाई कोरल्दै सर्बाङ्ग पग्लदै,छछल्किदै उकुसमुकुस आएकी छौ । तीज हामी तमाम नेपाली किशोरीहरुको माझमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बादल फाट्न सक्छ

~उषा गिरी~ समयको खाली सिउदोमा रङ्ग भर्ने कोशीस नगर सिमारेखा लामोछ अन्धकार सङ्गै बादल फाट्न सक्छ डाढा पाखा हिजोजस्तो छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~चिना थापा~ प्राकृतिक सुन्दरताले भरिएको प्यारो मेरो देश छन् धेरै संस्कृति र थरीथरीका भेष । प्रणभन्दा प्यारो छ यो देश नेपाल छन् यहाँ थुप्रै डाँडाकाँडा र अग्ला हिमाल

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःखको आगो बल्दैछ

~दिपेन्द्र घिमिरे ‘तरंगी’~ जनतालाई छ पीडा, नेतालाई मस्ति छ प्रायः हाम्रो देशमा झुपडीकै बस्ति छ।। गरीब काम गर्दैछ पसिना धारा चुवाई। बस्दैछ अझै सामन्ती गरीब जनतालाई रूवाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनको क्रन्दन

~सरुभक्त~ कुहिरेयात्राः उल्टो घुमेका पाङ्ग्राहरु प्लाष्टिकका पालमुनि वसेर हामी गगनचुम्वी भवनहरुको पोष्टर हेर्दैछौं नेपथ्य युद्धहरुः प्रदक्षिणा विम्वहरु टिपेर शीतलहरीय ढोलपिटाई अभियानमा जुटेका छन् खोई कहाँ के गर्दैछन् परा–संभाषणयुक्त नेपाली तालिवानहरु ? ‘पोभर्टी म्यापिङ – गरीवीमापन नक्सामा हामी कति धनी छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ओअसिस

~रिता राई~ हिड्दै थिएँ एकल यात्री बनी कोहि आयो गोरेटोमा मित्र भै चोर्यो मेरो सुख-शान्ति छोड्यो मलाई दोबाटो मै। हिंड्नु मेरो नियति हो विश्वासघाती साथी भेटें भुलाईदिए सबै कुरा गल्ती सम्झी बाँचेकोछु म पनि फेरी डुल्ने आस मै।

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : कुरूप काठमाडौँ

~नरनाथ लुइँटेल~ तँ बेइमान छस् जतिसुकै सुन्दर छु भनेर फूर्ति लाए पनि तँ कुरूप छस् लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले एकैसाथ हेर्‍यौँ तँ आफ्नो मुख लुकाएर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अखवारिया

~ओमप्रसाद घायल~ अखवारमा जबजब, म लेख्न थाल्छु स्वतन्त्रताका नविन गीतहरु म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु र प्रकाशन गर्छु आफ्नो अखवारमा तिम्रा बेहिसाव ज्यादतीहरु त्यतिबेला तिमी मेरो कलम बिरुद्ध

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मुबायलगीता

~कोमलप्रसाद पोखरेल~ भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै, लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै । यता गयो मुवायलै उता छ मान एसको गरीब होस् … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आँधी, भीर र सपनाहरु

~सरुभक्त~ एकदिन मनका पहाडहरुले साउती मारेर जिन्दगीका गीतहरु खोजिरहेको बेला म कुन आँधीले हुत्तिएर आँधीहरुको देशमा पाइपुगेको छु भीरहरुको देशमा आइपुगेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~राम दाहाल~ मृत्यु त जीवन आसन्न लक्ष हो बाँच्नेले यसलाई कुर्नै पर्छ जीवन निर्धारित कोशेढुंगा हो मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको आवाज

~दीपक जडित~ ए गुलाब जुन माटोमा टुसायौ तिमी किन बुdmेनौ अdmै सयपत्री पनि त्यहि माटोमा टुसाएको हो एकै फूलबारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेप्छौ किन ?

~मन्जील दिप शुब्बा ‘गरिव’~ हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा! मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!! थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा! मैले पनि त भोको पेट र लाज छोपेकै छु!!

Posted in कविता | Tagged | Leave a comment

हाँस्य कविता : सून र स्वास्नी

~शैलेन्द्र सिम्खडा~ स्वास्नीको कचकचसाग न सरकारको कानुन चल्छ न त भगवान्को दाल गल्छ द्वापरमा परिक्षितले सुनमा कलि बसाएर ऋषिको गलामा सर्प घुमाउनु भो त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर जङ्गलमा स्वास्नी गुमाउनु भो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य कविता : बिचरा महादेव

~प्रेम वली~ घर बाहिर महादेवलाई देखे पछि कति हुरुक्क हुन्छन कति फुरुक्क हुन्छन तर घर भित्र

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : झगडा नगरे के गर्छ ?

~शैलेन्द्र सिम्खडा~ अलपत्र विश्वासको खोलमा सर्वत्र शङ्का सिउरिएको सशङ्कित अङ्गहरूको ज्वारभाटा हातलाई खुट्टाको विश्वास छैन लठ्ठी टेकेर हिँड्ने गर्छ, जिब्रोलाई आँखाको विश्वास छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तपाईंले तँ को होस् भन्नु होला

~शैलेन्द्र सिम्खडा~ तपाईंले तँ को होस् भन्नु होला मलाई म, मै हुँ भन्ने आँट छैन म त्यस्तो देशको नागरिक झरनाको मुनि बसेर ओठ मुख सुकाउनु पर्छ रगतमा करेन्ट बगाउने जात घरमा बिजुली बल्दैन आँखा हेरि हेरि निदाउनु पर्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी र म

~मोमिला~ (तिमी=पुरुष र म=नारी) तिमी र म अर्थात् हामी फरक बाटो भए पनि आज, एउटै सपनामा हस्ताक्षर गरेर हिँडेका छौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : जोइटिंग्रे

~गुरूदत्त ज्ञवाली~ छोरी ; सञ्चै आयौ ? ज्वाइँ घरमै हुनुहुन्छ ? भाग्यमानी छौ छोरी तिमी त तिम्रो पूरा हेरचाह गर्ने ज्वाइँ सुख दुःखमा साथ दिने ज्वाइँ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता :मेरो हाकिम

~इन्द्रकुमार श्रेष्ठ~ कतिसम्म हरामी छ बोल्नुहुन्न अरुसँग छट्पटिन्छ त्यसै हेर मलाई नेत्र तर्दछ डर होला अरु कोही कुर्सी बसिदिन्छ कि गजधम्म हमेशा ऊ टाँसिन्छ त्यसैमा बसी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सबै नेपाली भाइ हौं

~मुक्तिनाथ शर्मा~ मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो अग्ला हिमचुली देखि पहाड र मधेशको भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।। चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ जीव जन्तु घना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साउन महिना

~मुक्तिनाथ शर्मा~ घुम्दै फिर्दै यहा फेरि मैन्हा आएछ साउन भ्याकुता गीतमा मख्ख नदी लागे सुसाउन झ्याउकिरी कतै बोल्छन् न्याउली चुपचाप छ खेत खर्क बगैंचामा हरियाली सुरम्य छ । ढाकिएको छ आकाश बादलु दल दौडदा झल्याक् झुलुक्क भैरन्छ झरीपर्छ यदाकदा लगातार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनुलाई तितामिठा याद भए पुग्छ ……..

~शशीकला थापा सुब्बा~ सम्झनुलाई तितामिठा याद भए पुग्छ । भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ ।। अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ । त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ ।। चोटै खानु कसैलाई आफ्नो भने पुग्छ । भूल्न परे … Continue reading

Posted in कविता | Tagged | Leave a comment