कविता : ग्रह टिप्ने सपना

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

एक्काइसौँ शताब्दीको
पहिलो दशकको मेरो युवक
आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ
सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर
सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा
खाते बालकझैँ

दैलो–दैलोका क्रूर नेता र
पतीत राजनेताहरूसँग
रोजगारीको भीक्षाटनबाट हारेर
एकै फिलिँगोमा बल्ने भएको छ
चौबीस वर्षको भइसकेको
मेरो युवालाई
मतदाता नामावलीमा
फ् नाम दर्ता गर्न मन छैन
निर्वाचन आयोगको आह्वानलाई ऊ
फ् विद्रोह कैद गर्ने सरकारी षड्यन्त्र मान्दैछ
आगामी मतपेटीलाई ऊ
थुक्ने योजनामा छ
वास्तवमा उसलाई अहिले
रोजगारीको परिणाम निस्कने
विश्वविद्यालयको प्रमाणपत्र राख्ने
ढ्वाङ चाहिएको छ
उसका आत्मयोजनाका
श्रमपूर्ण सारा कल्पनाहरू
विश्वविद्यालयको कालो गाउन भिरेर निस्केपछि
खङरङ्ग भएका छन्
अब ऊ आफ्नी प्रेमिकासँग पनि भेट गर्दैन
पार्कका फूलहरू छुँदैन
दिनको प्रचण्ड घाममा
उग्र तात्तिएर
ऊ गन्तव्य खोज्दैछ
तर कहीँ पनि छैन उसको गन्तव्य
उसले जता गए पनि हुन्छ
किनभने कतै पनि उसले प्राप्त गर्ने फल छैन
टुँगोबिनाका मार्गहरूमा ऊ
अमेरिका, जापान, बेलायत, जर्मन, कोरियाको भिसा कुरिरहेछ
कहीँ आकाशमा उड्न पाइयो भने
एउटा राम्रो ग्रह टिप्ने सपनामा छ ऊ

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.