Tag Archives: नेपाली कविता

कविता : मेरो राज्य

~बादल सुरेश~ ए सरकार तँ यदि सुन्छस् भने कान ठाडो पारेर सुन मैले एउटा माग राखेको छु मैले पनि अब एउटा छुट्टै राज्य पाउनुपर्छ, मेरो पनि अब आफ्नै सरकार हुनुपर्छ मेरो आवाज यदि सुन्दैनस् भने मेरो माग पुरा हुँदैन भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शकुनिको खालमा द्रौपदी

~विवश पोखरेल~ चीरहरण गरिरहेछन् कौरवहरू पाण्डवहरू रमिता हेरिरहेछन् कृष्ण ! किन मिल्काउँछौ तिमी समुद्रजस्तै कहिल्यै नटुंगिने सुरक्षाको रंगीन साडी ? हुन देऊ, तान्न देऊ निर्वस्त्र देखाउन चाहन्छु म यी पाण्डवका रोहवरमा आफ्ना शरीरका प्रत्येक अंगप्रत्यंग उत्तेजित मनहरूले खेलून् उन्मादका रंगीन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : प्यारो स्वाभिमान

~मुना निश्चल~ नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण काचन छ निर्मल छ प्यारो स्वाभिमान देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु मैले टेक्या माटोसँगै म त नाता गाँस्छु गले गलोस् ढले ढलोस् यही मेरो ज्यान

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आदिवासी

~सरिता तिवारी~ यो माटोमा खसेको आदिम बीउ हुँ म यसैमा बनेको हुँ बिरुवा यहींको हावामा सास फेरेर हुर्किएको हुँ यहींको पानीले तृप्त भएर अघाएको हुँ यहीं गडेका छन् मेरा जरा यसैमाथि फैलिएका छन् मेरा हाँगा यही माटोले बनेको हुँ म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै ब्यथाले छट्पट्टि

~राज थापा~ मेरो देस मै देखी रोइरहेछ मेरै ब्यथाले छट्पट्टि रहेछ निसास्सी बाटो हेरी रहेछ कुन देसको सरणार्थि भयो ? रासन कार्ड पायो पाएन ? चिन्तै चिन्तामा डुबी रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : शोक

~असिम सागर~ एक्कासि ! सगरमाथा हुँदै आएको तुफानले मेरो घरको छानो उडायो मलाई कुनै दुख्ख लागेन एउटै हाँगामा सँगै थियो काँडा र फूल त्यो फूल कहाँ पु¥यायो

Posted in कविता | Tagged | Leave a comment

छोक : यसपटकको हिउँद

~तीर्थ श्रेष्ठ~ यसपटकको हिउँदमा चुनाव भयो जाडो पनि डरलाग्दो थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : महल र झुपडीको कथा

~भुपेन्द्र वीर विक्रम लामा~ आलिसान महलको छेउमा एउटा झुपडी नियाली रहेको छ वर्षौ देखि उसको काला कर्तुतहरु तर बोल्न सकिरहेको छैन उसको रवैयाहरुको बिरोधमा किनकी झुपडीको बच्चाहरु थापिरहेका छन तिनै वर्षौ देखि उसले भोगचलन गरिसकेका जडौरी उपहारहरु। महल चाहान्छ झुपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको संविधान

~स्वामी सुभाष चन्द्र~ पुग्नुपर्ने ठामको नाम कोरेर, कागजको एक पाना समातेर उभिएका छौं हामी समयको दोबाटामा पुर्याइदिने अरू कोही छैनन्, – हामी आफै र हाम्रा आफ्नै। पेट्रोल पम्पहरू रित्तिएर बल्ल ब्यूँझेका हामीसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : म आस्तिक, तिमी नास्तिक

~समीर श्रेष्ठ~ हरेक बिहान म मन्दिर जान्छु शायद त्यहाँ म भगवानको पूजा गर्छु दुई तीन फूलहरुसँगै मेरो आस्थाहरु त्यहाँ चढाउँछु अनि प्रसाद टिपेर अनेकौ सपना सगाल्छु कहिले काहीं तिर्थ यात्रा गर्छु शरीरलाई भावनासँग दाँज्छु अनि त्यहाँ पुगेर फेरी आस्थाहरु चढाउँछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक

~हिरामणि दुःखी~ नाटक चलिरहेछ रङ्गमन्चमा कथा लेखनको कुर्लन्छ एउटा सिंहासनबाट– ‘म हुँ नायक यस मञ्चको मसँग छ नयाँ कलम मेरो कागज छ पवित्र लेख्छु त्यसैमा नयाँ कथा त्यसका निम्ति मसँग छ घरभित्र अङ्कगणितको बलियो सूत्र ।’

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरुको आयु

~तीर्थ गुरुङ~ यी फूलहरु गमलाभारिका फूलहरु सुन्दर प्रतीत हुन्छन ! आजभोली गमलाहरुमा फूल रोपिन्छन् तर गमलाका फूलहरु नाजुक हुन्छन ! ति मुर्झाउँछन् केहि दिन हेरचाह नपाए ति मुर्छाउछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्र र राष्ट्रियता

~ध्रुब श्रेष्ठ~ म थिएँ म सँगै तिमी थियौ र त, हामी थियौ । अहिले, म छु तर, म सँग तिमी छैन्यौं / तिमी सँग म छैन हाम्रो अस्तित्व संकटमा छ । ब्वाँसाहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : संघियता

~करुण पौडेल~ जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता । स्वीटजरल्याण्डको सपना बाँड्न प्रेरणा भो संघियता दलगत स्वार्थसिद्ध गर्ने साधना भो संघियता िसंगो देशलाई बिभक्त पारी शोषणको नयाँ तरिका अपनाउनलाई बाहाना भो संघियता जनतालाई झुक्याउने हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरहरु

~अल्पविराम~ सम्बोधनमा उसले मलाई हजुर भन्यो हजुर शब्द इन्जेक्सन जस्तै नशा नशामा फैलिएर दार्हा नंग्रा पलाएको अनुभूति गरेँ आफुले आफैलाई बाघ देखें आफुले आफैलाई सामन्ती सम्झें कता हो कता मेरो अन्तरमनको सुक्ष्म मान्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : बिपना उर्फ श्रीमती

~बिबश बिप्र~ बोकेर नसकेको एक बिटो सुकेको खर जस्तो सपना आज त लगिसकेछ – कोहि कसैले कतै ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! र पो रहेछ – भोलिपल्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नोट अफ डीसेन्ट !

~दिल निशानी मगर~ प्यारो सपना ! कारगील बाट फ्र्कीएको एक हूल, सीपाही लाई फेरी तीमीले, कारागार मा कैद गर्यौ र ताल्चा लगायौ स्पात झै-छाती मा त्यो बीरासत ! अनी, काठमान्डौ र कारगील मानौ, काठमान्डौ ले एकाबीहानै बीरालो समात्यो र भन्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : भूकम्प/प्रेमकम्प

~भावना शर्मा~ किन काप्यो धर्ती किन फाट्यो आकाश जब भेटियौ हामी छितिजमा…. तिम्रो ओठमा म फुल्दा तिम्रा आँखाहरुमा छल्किदा मेरो आँशु किन रोयो बादल त्यो किन फुट्यो धर्तीको बाँध र त काप्यो त्यसको मुटु के हाम्रो धड्कनमा येति कम्पन थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनर्जन्म !

~समाश्री राउत~ मायाको भाषा हुँदैन मायाको परिभाषा हुँदैन आँखा प्रयुक्त भएर सोचको आकार र रंगहरु नाक प्रयुक्त भएर तृष्णाको गन्ध र वासना पृथक भाव पृथक सोच पृथक बिम्ब मस्तिष्कमा माया खण्डिकृत गरिए पछि सुविधा अनुसार परिभाषित भए पछि बिस्तारलाई संकुचित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मेरी प्रेमिका

~छवि ज्ञवाली~ मेरी प्रेमिका – मलाई न आकासका जून तारा झार्न भन्छिन् न वल्लो भूगोलदेखि पल्लो भूगोल सार्न भन्छिन् जहिलेदखि प्रेम गरेँ– अटुट छ हाम्रो सम्बन्ध कसम त हामीले पनि खाएका छौँ बन्धनको बार त हामीले पनि लाएका छौँ घाम–पानी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी अस्मिता

~गङ्गा अभिलाषी~ नारी तिमी सौन्दर्यकी मात्र खानी होइनौ नारी मनोरञ्जन र सन्तान वृद्धि गर्ने साधन र स्रोत मात्र होइनौ अस्मिता लुटाएर जिउने तिमी कसैकी कठपुतली होइनौ नारी जीवन अनमोल छ नारी तिमी अदम्य, अटल साहस र विश्वासकी खानी हौ प्रतिभा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्गीत

~गोपीकृष्ण प्रसाई~ संसारको कुनै धरातलमा निक्लेको किन नहोस जहाँ बिरह र व्यथाको कहानी हुन्छ सृष्टिको सुन्दर बिहानी हुन्छ हाँसो र खुसीको सिरानी हुन्छ बसन्त वाटिकाहरुमा सुनिने चिरबिर चिरबिर चराका आवाजहरु झरना खोलाहरुका कल्कलाहट अनि स्निग्ध मनको मझेरीमा उडिरेका तिम्रा स्वप्निल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रिय अस्मिता

~नन्दलाल आचार्य~ कहिल्यै नजलेकी यसवर्ष तिमी जल्न पुग्यौ कहिल्यै त्यत्तिविघ्न नगलेकी यत्तिखेर तिमी असाध्यै गल्न पुुग्यौ हुन त हो , कही नभाको जात्रा हाँडी गाउँमा यो पनि यहीँ त्यो पनि यहीँ सबै यहीँमात्र छ र त धुलो उडिरहेछ र पो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुत्रशोक र ईश्वर

~बिलोल पोख्रेल~ गए साता ईश्वर पदचाप बिना नै, मेरो तन्द्रामा कानेखुशी गर्दै, बिरहको गीत गाउन पुगेछन्, “नरुनु अश्रुका धारा , दुख्ने पीडा छ तैपनि बुनेको जालमा मेरो, हेर बाधिन्छु मै पनि” अनि ईश्वर भएर बिरह गाउने ? मेरा प्रश्नका प्रत्युत्तरमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदि याचना

~चन्द्र रानोहँछा~ त्यहीँनेर कैद छु म जहाँबाट देखाइदिएको हुँ पहिलोचोटी देउतालाई देउताथान टा…ढाको देउराली बताइदिएको हुँ आफैले खनेको मन्दिर पुग्ने बाटो जहाँ पुग्न प्रतिबन्ध छ मलाई आँखाको मूल फुटेर आँखैमा तलाउ जम्छ म आँशुले आफ्नै पीर धुन असमर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : बोरिङ दिन

~बादल सुरेश~ ती आँखाहरूमा प्रेम छल्किरहेछन् प्रेम त मुटुमा हुन्छ-कोहि बोल्यो आँखामा त आकर्षण! सायद प्रेम नै पो हो कि गाजलले छोपेको? ‘कता हो! म चोकमा’ आफ्नै आँगनजस्तो प्यारो यो चोक उनी हुँदा सबै आफ्नैजस्ता

Posted in कविता | Tagged | Leave a comment

कविता : कती मिठो बोली

~“जीवन्त” रुकु~ कती मिठो बोली अमृत घोलेसरी कती मिठो माया तिम्रो पाये जिबनको उजेली म फुल बनी फुलीदिदा तिमी सुबाष बनी छाउनु म बिहानि हुँदा तिमी घाम बनी आउनु म सुस्तएर सन्ध्या हुँदा तिमी जुन बनी उदाउनु

Posted in कविता | Tagged | Leave a comment

कविता : म स्त्री अर्थात आइमाई

~सीमा आभास~ युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म । तिमीले खसालेका छायाहरु मन पराउँछु तिमीले छोडेको स्वास पिउँछु तिम्रो धोद्रो ध्वनी छोएर तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु । तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता म भिज्दा, तिम्रा छातीका रौँहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिनय

~गण्डकीपुत्र~ छोपिन्छ विष राख या अमृत जीवन राख या मृत्यु पर्दा लगाएपछि बाहिरबाट केही देखिँदैन मात्र देखिन्छ पर्दा जसरी झोलाभित्र मासु बोके पनि सातु बोके पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ फुल्ने गाउँहरु

~कृष्ण उदासी~ शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु । लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र पहिरोहरु

~निष्प्रभ सजी~ भीरमुनि उभिएर पहिरो पखिर्रहेको छ मान्छे पहिरो कहिले उस्को आगन हु“दै बग्छ पहिरो कहिले उस्को मन छु“दै बग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सावधान मेरो कलमले आत्महत्या गर्न नपरोस्

~ताराकिरण कुँवर ‘अविरल अविश्रान्त’~ फेरि चरचर चर्किरहेछ आकास वर्षा हुने हो कि अनिष्टको या फसफसाउँदो हिउँले स्वात्त पार्ने हो कि कलिला मुनाहरु चटपटाउँदो असिनाले छियाछिया पार्दै सुलुत्त निल्ने हो कि ती अमिलो रस भरिन थालेका काफलहरु या भीरमा चचहुइ गर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment