Tag Archives: नेपाली कविता

कविता : प्रसव पीडा श्रृजनाको

~आचार्य प्रभा~ धेरै समयपछि आज म भिन्दै प्रसव पीडाले छटपटिएँ म चकित भएँ आश्चर्यमा डुबेँ हँ म गर्भवति त थिईनँ किन अनि कसरी मलाई प्रसव पीडाको आभास भयो?

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा भित्रको नायक

~जगत नवोदित~ जिन्दगीको बिहान कहिले खर्कमा गोठालो गर्दै बित्यो कहिले नूनतेलको भारी बोक्दै सकियो समय पूmलको जवानीमा सयपत्री भएर फुल्यो बाबरी भएर मग्मगायो तर कठै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~निता केसी~ मेरो एकांकीपनको आभास थियो उनीलाई मेरो रिक्ततामा म संगै रुन्थिन् उनी सहलाउथिन् कोमल भावले मेरो कलेजी फेरी संगै टोलाउथ्यौ हामी मेरो सिंगार बिहिन अनुहारको ‘पीडा’ म भन्दा पनि बढी देख्थे उनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो खुसी तिम्रै

~रामकुमार परियार~ तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रै निश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रै दिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रै डाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुबा

~नवराज पराजुली~ बुबा नदीले बालुवा बुनेर बनाएको गुन्द्रीमा बसेर मैले पानी बनेर बगेको समय नियालिरहँदा जब नदीले अनौठो गरी स्वाँऽऽऽ गरेको सुन्छु तब त्यो नदीको बगिरहेको पानीमाथि म तपाईंको मधुरो छायाँ देख्छु । र, देख्छु भेटेजति सबैथोक बगाउँदै आएको नदीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदारी अक्षरहरु

~रबिन्द्र अर्याल~ रछ्यानामा मिल्काएका कानुनी काला अक्षर हुबहु नक्कल बाजीमा निक्लीएका शब्दहरु मेरा हितकर छैनन् तिम्रो हितमा छैन हाम्रो पक्षमा छैन हली मजदुर श्रमजीवीको साथमा छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय लाग्यो खुला आकास

~रमा भट्टराई~ उसका शब्दहरुले अश्लीलताको पराकाष्ठा नाघ्दै थिए ऊ लगातार बोलिरहेको थियो म चुपचाप सुन्दै थिए खप्दै थिए शब्दबाणहरु मैले सहनुको बाँध, कसो कसो भत्किन लाग्दै थियो थाम्दै थिए, रोक्दै थिए आफूलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द गर

~मीरा आचार्य~ अो सरकार ! हाम्रा मरिरहेका लास भन्दा तिम्रो लाचार ज्यूदो शरीर सिनो बनेको छ तिम्रो कुहेको शरीरसँग तिम्रो मृत मनसँग जीवन माग्नु हाम्रो गल्ति हो ! तिमी ज्यूदो ठान्नु हाम्रो भ्रम हो भो छोड…!!

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी मनभित्र बाँच्छौं

~भीम उदास~ (विदेशमा बस्ने नेपालीहरुका लागि) मान्छे आफ्नो मनभित्र बाँच्छ मान्छे आफ्नो विश्वासमा बाँच्छ मान्छे आफ्नो मुटुभित्र बाँच्छ र बाँच्दैन मान्छे इतिहासले बाँधेको सीमाहरुभित्र । सीमाहरु स्लेटमा कोरिएका रेखाहरुजस्तै ती रेखाहरु जो बदलिन सक्छन् ती रेखाहरु जो मेटिन सक्छन् तल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे आमा

~दीपेन्द्र शाह~ देखाई देउ हे आमा काम काम हामी गर्दछौं घरका रित्ता भकारी-डाला पौरखले भर्दछौं । जाने हो कता, देखाउ बाटो ह्र्दय खोलेर उघार्र्छौं हामी ज्योतिको दैलो यो जुगै फेरेर । घुम्दछौं प्रत्येक गाउंका कुना

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन आफैंमा एउटा सिंगो काव्य रहेछ.

~मधु माधुर्य~ गृष्मको धपधपी गर्मीलो दिन होस् वा हिंउंंंदको कठयांग्रिने चीसो रात अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा लागिरहेछ हमेशा कविताको मात पाखा कन्दरामा प्रतिध्वनित सुसेली वा झरनाको मनमोहक झंंकार

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व थाङ्नाको

~सर्गमञ्जरी~ ए दिदी, भन त खै तिम्रो थाङ्ना भित्रको आत्माको अस्तित्व खै तिम्रो प्रसव पीडा घुलेको मातृत्व खै तिमीले जन्माएका सन्तान-सन्तान बीचको भातृत्व तिमी उसिनेको भातसरी छरपष्ट छरिएको वर्तमान च्यापेर जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा पावामा ग्राम घटाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका मान्छेहरु

~नन्दलाल आचार्य~ रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु अर्काको मन बुझ्न खोज्ने मनहरु थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु । कस्तो विडम्बना के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ? के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सावन अनि उनी

~निराजन प्रभात~ जीन्दगीका इन्द्रेणी रंग घोलेर जब तिमी मुस्कान फुलाउनेछौ त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु दु …….र देश सम्म मेरो पिछा गर्नेछ हर्षविभोर हुनेछन् आनन्दले खुल्नेछनयी पर……………देशी मन हो मेहन्दीको रंग भन्दा गाढा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हतियार

~राजेश्वर कार्की~ सबैले भन्छन्- हतियारको जङ्गलमा सुरक्षित होइन्छ यतिखेर मेरो चेतना पनि सम्पूर्ण हतियारबद्ध छ र सङ्ग्राममा तिमीले गुलेली हान्यौ मैले घुयेँत्रो चलाएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंगो धर्ती

~मनोज गजुरेल~ धर्ती हाम्रो घर, आकास हाम्रो छाना छानामुनी बरोबरी हामी सबै जना रुवाण्डाका हुत्तु तुत्सी मेरा दाजुभाई श्रीलंकामा जनता मर्दा चित्त दुख्छ मलाई अप्रिmकाका काला हुन् कि अमृकाका गोरा

Posted in कविता | Tagged | Leave a comment

कविता : घरदेश र मन

~दीपा राई पुन~ आमा ! दुख र कष्ट थियो तिमीसित निको नहुने घाउ पनि थियो आज प्रकृतिले मुटुमा चोट रोप्यो तिमी अझ मजबुत बनेर नयाँ सृष्टि गरिदेउ भनेर ! यो बिपत घडीमा तिमी दुख्नु हुदैन आमा कदाचित थाक्नु हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता–लेख्नु सुदूरका वेदनाहरु

~विम अनुज~ उराठ विराठ पहाडहरुमा कू–प्रथाको भुमरीमा रुमल्लिरहेको छ— सुन्दर सुदूर पश्चिम सरापेझैँ नेपाललाई सतिले सरापेकी छिन् देउकीले सुदूरलाई मुक्त पार्न त्यो पाप सदासदा तत्पर रहनू–प्रिय कवि मित्र

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : हात हेर्ने कविता

~नवारुण भट्टाचार्य~ अनु : हरिगोविन्द लुइँटेल बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य हात हेर्ने कविता म केवल कविता लेख्ने गर्छु यो कुराको कुनै अर्थ छैन कतिलाई सायद हाँसो उठ्ला तर म हात हेर्न पनि … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गाउँ

~विमल निभा~ यो गाउँको नाम रामगढवा हो यहाँ एक दिन बिताउने मौका पायौं भने कवि विमल निभा कवि विमल निभा तिमीलाई थहा हुनेछ यो गाउँ र सुक्खाले खाएको खेतमा कत्ति समानता छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अप्ठ्यारो मान्छे

~विनोदविक्रम केसी~ सजिलै त मलाई केही पनि चाहिँदैन सजिलो त मलाई केही पनि गर्नु छैन ! सजिलो त नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : देशविना

~ज्योति जंगल~ अनावश्यक छौ नआओ सपना मेरा आँखामा दृष्टिहरू मेरो देशको क्षितिजमा छोडिएका छन् यहाँ विनादृश्यको म बेठेगाना मात्र हुँ । चँुडिएको छु म हुर्केको बोट त्यतै छाडेर, पातमाथि राखेर मेरो सत्व खसें कहाँ त्यसरी एउटा बूढो पात जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : मरेकी हजुरआमाको अर्ति

~लक्ष्मण कार्की~ घिस्सिंदै घिस्सिंदै टिपेपनि सुकाउन नसकेपछि रुङेर भट्टीमा रातभर बेचियो काँचै भित्रियो १५ हजार, १५ पाथी अलैंचीको ।। त्यहि बगान जहाँ परारसम्म फल्थ्यो सरदर १० मन अलैंची र भित्रिन्थ्यो १० लाख रुपैयाँ तर पुर्याउन नसक्दा स्याहार सालिन्दा हुँदैछ भ्यासेक्टोमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्धा निमुखालाई राहत कहिले

~डा. हरिकुमार श्रेष्ठ~ उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति । त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।। °°°°°°°°°°°°°°°°°°°°°°°°°°° खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता । दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी

~राजु पौडेल~ अकिन्चन ! भयातुर रंगमंचमा रमाएको दर्शक सु:ख छ,हाँसो छ, तर पटक्कै शान्ति छैन मणि गुमेको सर्प जस्तो मानी हराएको … स्वानिर्देशित योजना छैन प्रतिशोधपूर्ण बिष बिनाको डसाई रंग छैन जीवनको ,अनर्थपूर्ण प्रतिकार बेतुकको तर्क बितर्क |

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मेरो दूरी

~सीता असीम~ कुभिण्डोलाई खुट्टा लगाइदिएर हिँड्न सक्तैन भन्ने मलाई थाहा छ ढेंडुलाई पगरी पनि कति गुथाइरहनु र ! काम आफैंले गरेको हो मैले आफैंलाई सम्मान गर्न खोजेँ त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ । ‘केही न केही लेख्नुपर्छ, लेखिरहनुपर्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म बाँचेको मान्छेको बस्ती

~ज्याकब खालिंङ~ म बाँचेको मान्छेको बस्तीमा आजकल मान्छेहरु नै संकटमा बाँची रहेकाछ्न्. म बाँचेको समाजको सोचाईबाट कसरी हो कुन्नि मान्छे हुनुको बिचारहरु पलायन भई सकेका छन्.

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी भारी बोकिरहेछौँ

~जगत नवोदित~ समयको प्रत्येक पलसँग विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ निर्धो बस्तीमा सन्त्रासको आगो सल्किँदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जब एकताको सगरमाथा भत्किँदैछ गएका वर्षहरू हामीले खेतबारीभरि अशान्ति रोप्यौँ र

Posted in कविता | Tagged | Leave a comment

कविता : काली आमा र महलको पेटी

~नमराज लामिछाने~ खुला आकाश मुनी विशाल महलको पेटिमा खाली पेट लिएर रित्तिएका आंखाहरु टोहलाउदै च्यातिएको कालो बस्रले छोपीएकी कालीआमाहरु आफ्नो जिन्दगीको भिक्षा मागीरहेका छन् । भोक र पिडाले भरिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ कोठा

~रेवती राज खड्का~ अपरिचित भित्ताहरु प्रत्येक भेटमा स्वागत पनि नगरे जस्तो मैले मित लाउन नसकेको यो नँया परीबेश यो नँया कोठा । मेरो नँया साथी पुरानो टेबल नँया पोलिसले टल्काइएको

Posted in कविता | Tagged | Leave a comment

कविता : रातमा लुट्नुको मजा अर्कै

~बिनोद खड्का~ खुल्ला आकाश तल दिनमै ठग्नुको शान अर्कै सूरा र सून्दरीमा लपेटिदै मदहोश बन्नुको मजा अर्कै जीन्दगीलाई नै ज्यूदो लास बनाई आफैलाई भुल्नुको मजा अर्कै । रातमा रम्नुको मजा अर्कै दिनमै जम्नुको मजा अर्कै

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी र धर्काहरु

~समाश्री राउत~ छोरी र धर्काहरु अनवरत केही लेख्ने धूनमा धुलाम्मे आँगनलाई पाटी बनाउँदै हाँस्दै गुन्गुनाउँदै मेरी सानी छोरी केही कोर्छे, फेरि मेट्छे फेरि कोर्छे, फेरि मेट्छे धर्काहरुमा शायद सपनाहरु तुहिए होलान् र त मेट्छे विषाद भरिएका धर्काहरु

Posted in कविता | Tagged | Leave a comment