Tag Archives: नेपाली कविता

कविता : ग्रन्थ सूचि

~विमल कोइराला~ अनुसन्धानको सिलसिलामा पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी आफूभित्र हराएर बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ, उसले तयार पारेको सूचिभित्र सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कोशी

~लक्ष्मी गौडेल~ तराईका बिशाल फाँटहरुमा पौरखीका पाखुरा साहसीका आँटहरुमा तिमी बिना बन्देज बग्थ्यौ भने मेरो कोशी तिमी पहेलापुर धान फलाउँथ्यौ लटरम्म तोरी फलाउँथ्यौ तिमी नहर बनेर गर्हाहरुमा तिमी अदृश्य शक्ति बनेर टाँगिएका सराहरुमा मेरो कोशी

Posted in कविता | Tagged | Leave a comment

कविता : एक संकल्प

~सागर तामाङ ~ _फुटेका सपनाका टुक्राहरु बटुलेर … मलाई बनाउँनु छ एउटा तारा र सजाउनु छ त्यो मनको निलो आकाशमा । _झरेका आँशुका थोपाहरु अञ्जुलीमा थमाएर मलाई बनाउँनु छ त्यो हृदयको मझेरिमा एउटा तलाउ र फुलाउनु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी याङ्सिला र घर

~रिना बम्जन ‘तामाङ’~ प्रकृतिले लुटेको… बैशाख बाह्रसँगै बस्तीहरूमा ठूलो मानव नरसंहार लाशहरूको लस्कर सपनाहरूको निमेषमै कन्त बिजोक । हूरीले खच्याखुच्युक बनाएको, मुसलधारे बर्षाले

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~आशिष दनाई~ यो ‘कंकृट’हरुको जंगलमा, पिल्लरहरु जस्तै उभिएका छन् मान्छे, ‘कंकृट’लनैे बनेको चार पर्खालभित्र एउटा सोफा छ, एउटा ‘लो-बेड’ छ, र छन् एक थान कुर्षी-टेबलहरु !

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : दंगा-2

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ यसपटक दंगाफसाद निकै ठूलो थियो निकै परेको थियो रगतको वर्षा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मृत्युबोध

~माधव मूल~ मेरो मृत्युपश्चात् बीचमै म भट्किरहेछु कतिञ्जेल यो अवस्थामा म भइरहनेछु थाहा भएन विचरा म मेरो आफ्ना घरपरिवार शेषपछिको ममाथि मृतात्माको पूर्णतामा लागिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रैकरी देखि रैथाने सम्म

~मनु लोहोरुङ राई~ बन्डलै बन्डल मायाको ठेली भित्र कतै एक पन्ना पहाडे कागजमा बाँसको कप्टेरोले लेखिएको ‘म’ऐलानी जग्गाको भरपाई हुँदो हुँ ! एक पुरानू खेस्रा, मेटिन लागेका रैकरी अक्षरहरुको अस्तित्व……’म’ An ancient ego. अब ! विस्तारै आधुनिक डिजिटल खबटाभित्र प्रवेश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना हीनता

~लालकाजी श्रेष्ठ “कमल”~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ काठमाण्डू !

~तीर्थ श्रेष्ठ~ आफ्नै चेतनाका किरणहरूको स्पर्शबाट म ब्यूँझेको छु र, तिमीलाई भन्दै छु ओ काठमाण्डू ! सिँगान खकार थुक र मलमूत्रले आल्हादित छौ तिमी । कसले काटिदियो तिम्रो हात ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग युवा

~अनुराधा पाण्डेय~ हत्या हिंसा आतंकले दन्किएको आगो । शान्तिको महल बल्यो चाहियो शीतल हाँगो ।। अन्धकारमा देश डुब्यो खोजौँ अब ज्योति । धेरै नष्ट गरिसक्यौ रोकौँ अब क्षति ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष

~उर्मिला थपलिया~ ऊ पुरुष तिमी पुरुष तपाईं पुरुष हजुर पुरुष मात्र सम्बोधन फरक ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रप्रसाद

~पूर्ण इन्फादा~ पोतेको छु- पसिनाले यो माटोको कण-कण भिजाएको छु- लछप्पै रगतले अहोरात्र खटेर बचाएको छु- मृत्युको मुखबाट सिकाएको छु- जीवन बाँच्ने कला जीवनको लय बिग्रेका मान्छेलाई मजस्तै दीनहीन बेसहारालाई । सिंगो जिन्दगी सहर्ष दिएँ गाउँलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : छायाँ

~राजेश क्षेत्री~ म धकेल्न खोज्छु यसलाई, पर सारिदेऊ न भन्दै म लत्याउन खोज्छु यसलाई, कहिले देख्नु नपरोस् भन्दै झन् टाँस्सिन्छे, हात तान्दै डोर्‍याउँछे मलाई झन् नदेख्ने गरी कहिले घचेड्छे मलाई । जर्फरिएर बिउँझन्छु, मलाई एक टकले हेरी बस्छे उठेर झ्याल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कलमलाई मेरो आज्ञा

~ज्याकब खालिङ~ आज , एकापट्टी सुनको थालमा चाँदीको चामल जस्तो टुक्राहरु राखेर अनि अर्कोपट्टी पात गांसेर बनाएको टपरामा एक सरो दाल-भात राखेर म मेरो कलमलाई आज्ञा गर्दैछु –

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता ! नाङ्गै पदार्पण मात्र गरी हेर ! !

~डा कविताराम श्रेष्ठ~ भाषाको तरङ्गसँगै अभिव्यक्त भयौ । मेरो मानसभित्र तिम्रो जन्म भएको छ । कविता तिम्रो नाम भयो । मानसपुत्री ! नाङ्गै तिमी जन्मेकी छौ । कुनैपनि आस्थाहरुले म तिमीलाई बेर्दै छैन । नाङ्गै तिमीले स्वाभाविक बाँच्न पर्नेछ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो कामीको सपना

~शिव पी नेपाल~ त्यो प्रमिथसको आगोको फिलिङगो, हिजो बिहान् लाटो कामीको आरनमा खलातीको बिंडमा लागेको बाहुबल देखेर सगरमाथाको फेदिमा उत्रिएको एक डफ्फा खैरा पर्यटकझै उत्साहले डुक्रेर चिसिएका नांगा भिमफेदीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वरहीन

~~ज्योति जंगल~ कहिल्यै प्रेम भएन इश्वर र मेरो, भक्तिको नाममा न मैले इश्वरको प्रगीत बोलें सपनाको थप एउटा चगां उडाएं, मनकै भयको कसिंगर डडाएं, भजनको लयमा मनोरञ्जन मिसाएर मेरै खुशी गाएं । र मन्दिरमा सम्पूर्णतः मैले इश्वरलाई विर्सिएं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आई झिकि देउ न !

~बासु श्रेष्ठ~ आमा ! काँढा मन्मा बिझ्यो आई झिकि देउ न ! दाईले घोच्यो भाईले घोच्यो आई सघाई देउ न ! दाजु कंश भाई रावण छैनन् कोहि मानव स्तनपान तिम्रो गरे तर भए दानव !

Posted in कविता | Tagged | Leave a comment

कविता : न अमेरिकन भए न नेपाली भए

~राकेश कार्की~ कुर्सीको मोह हुनेहरु अध्यक्ष भए बचेका खुचेका सबै उपाध्यक्ष भए पैसा पैसा भन्ने कोषाध्यक्ष भए कुनै न कुनै पदका दक्ष भए न अमेरिकन भए न नेपाली भए एउटा न एउटा संस्था खोली भए

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो दायित्व

~देवी नेपाल~ भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो । फोस्रा ढोँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~जे पि दाहाल~ तिमी कहाँ जाने होला,म कहाँ जाने हो दोवाटोमा भेट भयो,माया केलाई लाउने हो । भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।। तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सगरमाथा

~बासु श्रेष्ठ~ सागरलाई थिचेर अनि सगरलाई चिरेर बसेको छुँ साँधमा नेपाललाई बेरेर उमेर बढ्छ जसै जसै बढ्दो छ वैंश उति नै साहस हुन्छ झन् झन् दरिलो विपत परोस् जति नै चुनौती बनेको छुँ विश्वलाई हाँक दिन्छु सबलाई वायू शीत हिउँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन किन यस्तो ?

~ज्योतिराज अधिकारी~ जसै गरी पनि शान्त नहुने मानव मन जता गए पनि बिक्षीप्त के को जिजिबिसा झन अन्तमा के छ यहाँ मन को शान्ती जहाँ प्रप्ती लाई नियलेर नबुझ्ने दिमगी असोस्थता यहाँ ! एक दुई र तीन पाइला बढ्दा खुशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कोसिस गरेर त हेरौं

~सुरेन्द्र रजौरा~ जीवनको उकाली ओरालीहरुमा अनि हरेक रड. तरङ्गहरुमा अनावश्यक आपत्ति र विपत्तिहरु आइपर्ने हरेक मोडहरुमा एक्लै तिमी मात्र होइन तिमी जस्तो हजारौ अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दपीडा

~विप्लव ढकाल~ … शब्दको भीरबाट लडिदिन्छु कि शब्दकै अग्निकुण्डमा हाम्फाल्छु ! कि शब्दको तीरले घोचिन्छु कि शब्दकै तुइनमा झुण्डिएर तर्छु दुःखको कर्णाली ! ….. शब्दद्वारा कुटिएर मर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोले जन्मोत्सव मनाउँदैन’बाट

~भूपाल राई~ त्यागेर आफ्नो सनातन गद्दी राज्य हाँक्न निस्किएको कुनै मध्ययुगीन राजकुमारजस्तै अचानक निस्किएको छ यात्रामा एउटा त्रिकोण झण्डा थाहा छैन कुन राज्य हाँक्नु छ झण्डालाई ? अथवा टेक्नु छ निरपेक्ष दुबोहरुको पहिचान ! र निस्किएको छ यसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : भूँचालोपछि धरान

~चन्द्र घिमिरे~ घर–घरलाई सख्खारै मन्त्र फुक्न कंगारुझैँ गुड्कँदै आउँथ्यो सूर्य ऊ रैनछ अब । फकलैण्डमा लडेको कप्तान र थियो छातीमा तक्मा ऊ पनि रैनछ अब ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धमिलो सम्झना

~अनिल थापा~ हरेक बिहान आँखा मिच्दै गणित किताब पल्टाएर मयूरको प्वाँख नाप्दै वर्षौँसम्म बढ्ने अभिलाषा मनमा च्यापेर जिन्दगीको गणितका धेरै अंक मेटिइसक्दा पनि उभिरहेको थिएँ तिमीले दिएको मयूरको प्वाँखसँगै तिम्रो प्रेम कुरेर । बिजुली, पानी, गास, बास, पुर्‍याइदिन्छु भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : डर नमानेर पो के गर्नु र ?

~विमल कोइराला~ जब शान्त स्वरहरू आक्रामणमा पर्छन् जब दूधे बालक पनि घाँटी निमोठ्याइमा पर्छ जब मौन बहुमतमाथि हल्लाखोर अल्पमतले शासन चलाउँछ जब नम्र शरीरहरूमाथि हिंस्रकले डण्डा बर्साउँछ जब व्यस्त सहर पनि जङ्गलमा अनूदित हुन्छ असुरक्षित वातावरणमा कसको पो भर हुन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सरकारी जागिरे

~नारायण रेग्मी~ अरुले ब्रेकफास्ट गर्नेबेला, म दाल र भात पेटमा घुसारी घाम रापीलो नबन्दै कार्यालय पुग्छु भित्ते बिजुली बाकसमा ल्याप्चे लगाउँछु किनकि ! म लोकतन्त्रको सरकारी जागिरे हुँ। अरुले परमेश्वरको किर्तन गर्नेबेला, म धुलोले सेताम्मे भएका काला जुत्ता कपडाले पुछ्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरले तेरोे नाम काडेर उसको पेट भर्छ

~मनोज बोगटी~ धुर्नु बराइक र ईश्वर घामको छायाँ र स्वर्ग एउटै हो पानीको अनुहार र सपना एउटै हो । हावाको हात र सरकारको भरोसा एउटै हो । आगोले तेरो भन्साघरमा पसेर के भन्छ ? पानीले तेरो खेतमा गएर कुन गीत … Continue reading

Posted in कविता | Tagged | Leave a comment