Tag Archives: नेपाली कविता

कविता : किशोरी बादलहरु

~कमल संघर्ष~ केहि झुण्ड किशोरी बादलहरु जिस्किरहेछन बुढो सुर्य सङ्ग । झ्वाट्ट हेर्दा लाग्छ हेर्ने हरुलाइ आज बदलिएको चेहरा उनिहरुको फेरिएको छ पहिरन उनिहरुको निकै फरक छ आकार प्रकार उनिहरुको के सोचेर हो कुन्नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : काग करायो

~लिलाराज कार्की~ सुकेको रुखमा बसी काग करायो नराम्रो केहि होला भनि मनै डरायो टाढा टाढा धेरै टाढा केहि भयो कि शुन्दर पाखा बस्तीमा पहिरो गयो कि आगो लागी हृदयका भाव बलेकी बाँचौं भन्ने जीवनहरु कहीं ढलेकी

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी गाथा

~तिलक कार्की~ पर पुरूष संग वर बस्ने, भोको पेटमा पोटुका कस्ने छालै छोप्ने गरि पोतो घस्ने चुप लागेर कहिल्यै नबस्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल गिर्नुको कारण

~कल्पना ढुङ्गाना~ ट्राफिक, जाम, हड्ताल छ र जुलुस पनि सुदपयोग छैन यहाँ धेरै छ हानी एउटा भन्छ आ छोड्दे, त्यसैले नै गर्छ आम्दानी आठाना रुपैयाँ छ खर्च प्रदुषण बढ्दैछ यहाँ जनसंख्या छ धेरै

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता

~कबिता शर्मा~ ढाक्रेहरु ओडारतिर पानी उमाल्दैछन् मूढा जोडेर, आगाका लप्का अघिल्तिर सल्बलाएका देखिन्छन् दुईचार आकृतिहरुमात्र१ चौतारीका झयाउंकिरीको जुवारी पनि निख्रेपछि, सुनसानको एकलब्यता बगिरहेछ सुस्केराका सुसेलीहरु चुपचाप बिलाए, हातमा एकमूठी रांको सल्काएर मूलबाटाका बटुवाहरु अघिलाग्दा छिप्पिएको रात त्यही रात चिर्दै गाउं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अजम्बरी गीत

~सन्जिव राई~ कविताको आकाशबाट भुर्र उडेर आयो एउटा जुरेली र गाउन थाल्यो जिन्दगीको हाँगामा बसेर… मान्छेलाई मन पर्ने गीतहरू पहिलो अन्तराको पहिलो पङतिबाट उपमा टिप्यो सौन्दर्यले अन्तरालमा क़मशः उमङगको पाइला टेक्दै शिखर चढिरह्यो प्रेम र शान्तिसँगसँगै गीतकै उज्यालो पाएर अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्यवाणी

~राजकुमार बगर~ भोलिको कुनै एक दिन मान्छेको देश माछाको देश जस्तै हुनेछ मान्छेको महादेश माछाको महादेश जस्तै हुनेछ र मान्छे माछा जस्तै हुनेछ भोलिको कुनै एक दिन बलिस्ठ माछाहरु माछाकै पसल थाप्नेछन बलिस्ठ माछाहरु माछाकै भोज खानेछन

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी जलिरहँदा ……….!

~विजया ‘स्मृति’~ दृढविश्‍वास, कर्तव्यनिष्ठ- भई शान्तिको मार्ग रोज्दै कर्मभूमिमा खटिएका तिमी अहोरात्र सेवामै सक्रिय थियौं। वैशाख १२ को विपत्तिमा होस् या कैलाली डुवानमा पर्दा ज्यानको वाजी थापेर रक्षक तिमी नै बनेका थियौं। आन्दोलनको हिंसात्मक ताण्डव नृत्यमा देश डुबिरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकीको बलेनीभित्र अटाउँछौ कति ?

~यशोदा पोख्रेल~ झुपडीको मालिक बन्ने रहरमा, छिमेकीको पिछा गर्छौ कति ? छिमेकीको ढुंगा पन्छाउन, आफ्नै झुपडीमा ढुंगा फाल्छौ कति ? ढुङ्गाले थिचिएको झुपडीको, मालिक बनेर गर्छौ के तिमी ? आफ्नो झुपडीको छाना नै धुजा धुजा पारेर ओत लाग्छौ कहाँ तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा नानीहरुलाई

~मीन बहादुर विष्ट~ तिम्रा नानीहरुलाई देशको नाम भन्न सिकाऊ देशको नाम लेख्न सिकाऊ देशको मानचित्र कोर्न सिकाऊ पाखुराहरुबाट रगतका केही थोपाहरु झिक्दै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म बिरामी छु

~भरतकुमार भट्टराई~ साथी ! ओ साथी ! म बिरामी छु साँच्चै साथी म असाध्यै बिरामी छु भुइँचालाले भर्खरै मेरो भकारी रित्तो बनाइदिएको छ सत्ताको हुचिलले दिउँसै देशको भकारी लुटिदिएको छ ठूलाघरेहरूबाट दिनरात गिद्धका तिखा नङ्ग्राहरू प्रदर्शित छन् मेरो प्यारो धर्तीमा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मनको आवाज

~सौरभ कारन्जित ~ मुहारले नभए नि ब्यबहारले पिडा खोल्दछ आवाज नभए नि आंसुले दु:ख ब्यथा बोल्दछ । अरुको दु:ख उसैले बुझ्छ, जस्ले भोगेको हुन्छ कसैको बगेको आंसुले कोही कसैलाई पोल्दछ ।। गलत मित्र लाई लाग्दो हो, सधैं नै जांच्न पाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा जीवन गीत

~दिपा राई पुन~ आफ्नै छात्तिको समुन्द्रमा छालहरू उर्लिएर ठोकिएको छ मनको किनारमा चोटको मिठो तरड्ग फैलिएको छ एक पछि अर्को यी सम्झनाहरू नै समयका डोबहरू हुन् आफ्नो अस्तित्वको एक झिल्का आफ्नोत्वको अमिट अभिलेख

Posted in कविता | Tagged | Leave a comment

कविता : नकाबभित्र ‘तिमी’

~विजया सिम्खडा~ छरपष्ट छन् भत्किएका जीवनहरु बिना जगको भव्य महलको कल्पनामा जान्दिन म, कठै जिउछन कसरी खोक्रिएको अजीर्ण त्यो कल्पनामा ढलिसक्यो अगावै तिम्रो आडम्वर पनि

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : कुर्सी

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ जबसम्म ऊ भुइँमा थियो कुर्सी नराम्रो थियो कुर्सी पाउने बित्तिकै उसलाई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : माटोको चित्कार

~मिरा प्रसाई शर्मा~ रोईरहेको सहिदको आँशुले पोल्नु पोल्यो लोकतन्त्रका लागि निमोठिएका चित्कारहरुले मात्रीवात्सल्य च्वास्स च्वास्स घोच्यो । विश्वाश दुर्घटित भएर मेरो देशको माटो आशुमा लपेटिएकोछ । शान्तिको सागरमा रगताम्मय सुनामी उर्लिएर बगाई रहेकोछ मेरो देश् निरन्तर् म भित्रको मात्रीत्वको निर्मम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्वीको छायाँ

~राशि पाण्डे~ आकाश रातो हुन लगेको छ आकाशमा आगो लागेको छ यो सूर्योदय वा सूर्यास्तको लाली होइन नवविवाहिताको सिउँदोमा घोप्टाइएको सिँदुर पनि होइन वसन्तपूर्णेको उल्लासपूर्ण

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत ईश्वरको नाममा

~ईन्द्र नारथुङ्गे~ जब मन्दिरबाट, जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ् र, म चेतनालाई छोपेर ढुकढुकीले रामनाम जपिरहन्छु । जब चर्चको आँखी झ्यालहरुबाट फुत्त-फुत्त निस्किएर झन्कार संगीतको फैलिएर हावाको तरङ्गमा पातहरुलाई नचाउन थाल्छ र, म एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लखरी मन

~चन्द्र ज्योति~ लखरी मन, कहिले हाँस्छ, कहिले रुन्छ, यसको कुनै ठेगान छैन, कति बेला के गर्ने हो ! कहिले चङ्गा जस्तै उड्छ । कहिले धागो झैं चुड्छ, छिनमै विस्मात, छिनमै निरस कुनै टुङ्गो छैन यसको ।।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : चिठी

~भ्लादीमिर भिसोत्स्की~ अनु. ज्ञान बहादुर छेत्री मैले थर्पुमा पहिलो वर्ष खप्न सकिन । त्यसैले उनीहरुले अरु एक कि दुइ वर्ष थपिदिए (उनीहरुसँग तर्क नगर) सक्छौ भने, मेरा प्रिय साथी हो, मलाई चिठी लेख । स्वाधीनहरुको त्यो धरामा अहिले के हुँदैछ … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : प्रलयमा ज्यूँदो प्रेम

~गण्डकीपुत्र~ आज अचानक हरायो बादलको जङ्गल र प्रकट भयो विहानको तेज लिएर आँगनमा फूलहरुको जुलुश सुस्केराका सबै महाकाव्यमा आगो सल्काएर केवल कविताको मात्र बजायो नविन सारङ्गी र म जीवनको अप्ठ्यारो डिल पन्छाएर सुटुक्क आँए तिम्रो ममताको सँघारमा र रमायो हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँदको लामो रात

~रमेश सायन~ निदाउन सकिनँ ! जिन्दगीका स–साना गणितमा फसेँ ! किन घरधनीले दुई दिन अघि नै भाडा माग्यो प्रेमिका किन बहाना बनाएर भेट्न आइन किराना पसलेले किन उधारो पत्याएन किन हिँड्यो माइक्रो बस रु. एक फिर्ता नगरी ? कोल्टो फेरें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘पिस्कर’ अझै अनिँदो छ

~रामनाथ खनाल~ आज फेरि यो छातीमा पिस्कर चसक्क दुखेर आउँछ पिस्कर त्यो भूमि जुन इली र बीरबहादुर थामीहरुको रगतले चुर्लुम्म भिजेथ्यो महादेवस्थान किनारमा माघेसंक्रान्तिको मध्यरात निहत्था नागरिकमाथि पञ्चायतले गरेथ्यो कत्लेआम अकारणै भएथ्यो बन्दुक वर्षा अनायसै जुन लुकेथ्यो बादलभित्रै चराहरु गुँड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तै बसाई सरे हुन्छ

~बाबु लामा~ म त ट्याक्टर जस्तै हिलोमा फसेको मान्छे सुन्दर शहर तीर नखोजे हुन्छ ! सधै भगवनको नाम जप्ने गर्छु खै कुन भगवानले सुन्छ ? भो मायाँ लगाउछु नभन मलाई आस् देखाई

Posted in कविता | Tagged | Leave a comment

कविता : डा.केसीको पक्षमा

~विजयदेव भट्टराई~ माफियाको द्रव्य पचाउन दलाली पाचक खाई सुतेको छ सरकार अब डा.केसी चिन्दैन तर पेटभित्रै औजार हालेर सिलाएर मरेकी श्रीमतीका श्रीमानहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको नक्सा

~जितेन्द्र तुलाधर~ दिन प्रतिदिन साघुरिँदै गएको छ मेरो भूगोल अतिक्रमणको घेरा भित्र घेरिएर आज खुम्चिदैँछ मेरो राष्ट्र गिद्धका गिद्धे नजरहरू बीच

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्ति

~कला अनुरागी~ आफ्नै हृदयको मसीले आफ्नो हक लेख्न संविधानसभामा पुगेपछि गर्वले कोटको खल्तीमाथि खिलेको सभासद्को फुली झर्ने गरी जब सोठ्यायो सत्ताको लौरोले छिनमै रिसले फुल्दै छिनमै निराशाले खुम्चदै डेरा फर्केको सभासद् नातिलाई हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए र, भने–

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि

~जे पि दाहाल~ तिमीले गर्दा नै मैले बाँच्न सिके अनि हिड्न सिकायौ,बोल्न सिकायौं अप्ठारोमा पर्दा गुहार माग्न सिकायौं संसार गोलो छ भनेर बुझन सिकायौं । तोतेबोलीमा गाउन सिकयौं, गाउँदा गाउदै लेख्न सिके, पढन सिके सिक्दा सिक्दै आफ्नो बारेमा कविता लेख्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सुन्दर प्रकृति : भव्य संस्कृति

~देवी नेपाल~ टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा मोती फल्छ तराइमा दिनदिनै म्ुस्कान छर्छन् गरा योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा । चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना गैँडा छर्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मान्छे

~डा. गोबिन्दसिंह रावत~ अरुको सहयोग पाउन्जेल निहुरिने सक्षम भएपछि पन्छिने अनि आफ्नो विचारको बाणले सहयोगीलाई नै प्रहार गर्ने स्वार्थको पर्यायवाची हो मान्छे आफ्नो विचारको आरती गर्दै अरुको बद्ख्वाइँ गरी हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखक यात्रा

~बासु श्रेष्ठ~ सेतो खाली पानामा शब्दहरुको मरुभूमिमा वैचारिक शक्ति लिएर कलमको सहारा लिएर लेखक यात्रा थाल्दछ । सुःख दुःख आँसु हाँसो मिलन विछोड 

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : किन सबै भयो अर्कै?

~भ्लादीमिर भिसोत्स्की~ अनु. कृष्णप्रकाश श्रेष्ठ. किन सबै भयो अर्कै ? सधैं यस्तै हुँदा अनि, त्यही अहाकाश हो जो छ नीलो नै अहिले पनि । बनजंगल त्यो नै हो, हावा औ जल नै त्यही, तर फर्केर आएन संग्रामबाट नै उही ।। … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment