Tag Archives: कथा

कथा : मधेसतिर

~विश्वेश्वरप्रसाद कोइराला~ सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्तेको रातो कुकुर

~देबेन्द्र बस्याल~ खै कताबाट हो उसले सुशेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ । उ बढो रमाइलो र हसिलो पनि छ । हिड्दाहिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ । यो उमेरै उसको यस्तै हो । धेरै धेरै कुराहरु सिक्ने, जान्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शम्भू दाइको विदाई

~पूर्ण ओली~ ‘को हो यो किचकिच गर्ने ? अरु काम छैन यसको ?’ भर्खरै हाम्रो कार्यअवस्थाको निरीक्षण गर्न आएका थिए निर्देशक कृष्ण बजगाईं । केही निर्देशनहरु दिएर उनी कोठाको द्वारबाट एकपाइला मात्र बाहिर निकालेका थिए । त्यहीबेला शम्भु दाइले निर्देशकको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झिन्छ ऊ ती दिन

~नविन काफ्ले अभि~ आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्,  उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । दिउसो उसले गाँउमा देखेको थियो हतियार धारीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वामीजीको प्रवचन

~मञ्जु काँचुली~ मेरी विमात्री (सौतेनी) आमाले पहिले आफ्ना हातगोडा सफासँग धुनुभयो । अनि फेरि नुहाउनुभयो हात र गोडाका नङमा राता पालिस पनि लगाउनुभयो । त्यतिबेलाको चलन गोडाका कुर्कुच्चा र गोडाका वरिपरि माहुर (रातो रंग) पनि लगाउनुभयो । छिमेकीहरू कुरा काट्थे, … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : आकांक्षा

~राजु नेपाल~ परेला खुल्ला छन्, दृष्टि बन्द छ। कस्तो अनौठो परिस्थितिमा छु म। दुवैतर्फका गरेर वरिपरि करिब तीन सय हाराहारी मान्छे छन्। दिनभरिको झन्डै एक हजार पाँच सयजति मान्छे आएर उनलाई आशीर्वाद दिएर फर्किसकेछन्। यति धेरै मान्छेको भीडको वरिपरि छु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यमलोकमा सहिदहरु

~डा. राजुबाबु श्रेष्ठ~ म यमराजको सिंहासनमा थिएँ । मेरो जुँगा लामो मठारिएको थियो । मेरो टाउकामा हीरा, रत्न जडित मुकुट थियो । घाँटीमा अनेकौँ मोती र मुगाका मालाहरु थिए । लुगा पनि अमूल्य जरीहरु र टलटल टल्किने किसिमको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्राह्मण ज्वाइँ

~अर्जुन थापा~ साक्षात् नै विष्णु भगवान जस्तो गोरो, अग्लो, हट्टाकट्टा अरूभन्दा पनि शुद्ध ब्राह्मण केटो मेरो हुनेवाला ज्वाइँ । उनलाई देख्दा हर्षको आँसु बग्न थाल्छ मेरो । मेरी छोरीले घरको झ्यालबाट बाटोमा त्यो केटालाई हेरेकै भरमा मनको ढोका उघारिसकिछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : द्वन्द्व

~गुप्त प्रधान~ आइतबारको दिन, राधाकी आमाले झोलाभरि बजार सौदा गरेर आउँदा साथमा एक किलो मासु पनि लिएर आई। घरमा पुगेर सौदा बिसाएपछि ठूली छोरी राधालाई चिया बनाउन लगाई अनि आफू चाहिँ झोलाका सौदाहरू एक एक गर्दै थन्काउन लागी। सौदाहरू थन्काइसकेपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माटो

~विश्वराज अधिकारी~ आइतवारको दिन थियो । हामी, म र महेश अड्ढल, ओक्लहोमा सिटी जाँदै थियौं । ओक्लहोमा सिटी अर्थात् अमेरिकाको ओक्लहोमा राज्यको राजधानी । हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामग्रीहरू त्यस शहरका केही पसलहरूमा पाइने हुनाले ती खाद्य सामग्रीहरू खरिद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : झुठो मोह

एक चोटी एक गुरुको अगाडी एक युवक आयिपुग्यो जो धेरै धार्मिक थियो। गुरुले उसंग उसको हालचाल सोधे र उक्त युवकले आफु धेरै सुखी भएको बतायो। आफ्नो परिवारको सदस्यहरुमाथि पनि उसलाई निकै गर्भ भएको भन्यो किनभने उनीहरु सबको व्यवहारबाट ऊ एकदम … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : त्यो च्वाँक केटी

~दीपक घिमिरे~ कलङ्की जाममा पुगेपछि ऊ आफ्नो ह्यान्डब्याग र एउटा अलि ठूलै ब्याग बोकेर गाडीको ढोकानिर पुगी । मैले ऊ झर्न थालेको महसुस गरेँ । मलाई नयाँ बसपार्क नै पुग्नु थियो । हतार केही थिएन । हाम्रा आँखा जुधेका थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोककथा : देवता र मानिसबीच अंशबन्डा

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ उहिले पृथ्वीको सृष्टि हुँदा देवताका एघार जनामा एउटी र मान्छेका नौ जनामा एउटी छोरीको जन्म भयो। मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङसाल्मो जन्मिइन् भने मान्छेका सन्तानबाट छ्युल … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : मैले कथाको बिट मारेँ

~कैलाशमणी खरेल~ जेठ महिनाको चर्को घाममा ऊ कतै जाँदै थियो । मध्यान्हको समय भएकोले प्रचण्ड गर्मी थियो। निर्जन र उजाड मरुभूमि भन्दा केही देखिँदैन टाढा टाढा सम्म । कतै-कतै बेआकार भएर लमतन्न तेर्सिएका चट्टान देखिन्थे । तातो हावा चलि रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधिकार

~क्रान्ति पराजुली~ आमा केटो असाध्यै असल छ, हेर्दा पनि राम्रो छ, ठ्याक्कै जोडी मिल्छ, ज्वार्इँ भन्न सुहाउँछ । म उबारे सकेसम्म बढाइचढाई आमालाई सम्झाउँदै छु । एकोहोरिएर टिभी हेर्दै हुनुहुन्छ आमा । मेरो मनमा भनेँ आँधि चलिरहेछ । के थरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लखन दाजु

~नुम नाथ प्याकुरेल~ विहान उठेर सुचि हुँदै गर्दा, निरुले फोन गरेर गणेश स्थानमा रिजर्भ हायस माइक्रो बस लागिसकेको छ, झट्टै तयार भएर निस्कन भन्यो। करिव हप्तादिनको विदाको सदुयोग गर्ने उपयुक्त अवसर सँम्झदा मन त्यसै फुरङ थियो। यात्रामा समकालिन साथीहरु लक्ष्मी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगी : एक हाइवे

~फणीन्द्र संगम~ यात्राबाट थाकेको मान्छेले आराम चाहन्छ, तर मनस्थिति थकित भयो भने ऊ यात्रा गर्न रुचाउँछ। फ्रेस गराउँछ यात्राले। सँगालिएका नयाँ भोगाइ र अनुभूतिले उसलाई ऊर्जा दिन्छ, आउने दिनका लागि। राजधानीको उकुसमुकुस गुम्स्याइलो भिड, ट्याँट्याँटुँटुँको कोलाहल, सधैंको उही व्यस्त सेड्युल। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रानी तरुल

~ध्रुवसत्य परियार~ राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको शरीरभरि हेरे । एकाएक उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : कौवा र फ्याउरी

एकदेशमा एउटा कौवाले एउटा रोटी फेला पार्यो र चुच्चोमा च्यापेर लिएर आफ्नो गूँडमा आयो। फ्याउरीले यो देखेर सोची कि म यो कौवालाई मूर्ख बनाएर त्यो रोटी लिन्छु।

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : चमेली

~अर्जुन थापा~ बेला न कुबेला परेको वर्षाले साँझलाई अरू भयंकर बनाएको छ । घरहरूका छतबाट झरेका पानीका धाराहरुले अझ कर्कस बनाएको छ साँझलाई । आज जसरी पनि सक्काउनुपर्ने थियो भोलालाई प्रोजेक्टको काम । तर यो बेमौसममा परेको पानीले गर्दा अरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम र बिश्वास

~दिपा धिताल~ ओहो! रक्षा कता हो ? के छ खबर ? कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो । को रहेछ मेरै जस्तो नाम गरेको ब्यक्ति, पछाडि फर्केर हेरे । रक्षा केहो बिर्सियौ ? हामी संगै स्कुल पढेको के त । हेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाध्यतामा अल्झिएका जिन्दगी

~दीपक थापा टोप~ प्राइभेट अफिस चिटिक्क परेको कोठा छ । एक छेउमा टेबलमाथि पुरानो कम्प्युटर अर्को छेउमा एक सेट सोफा । सुनसान कोठा, गर्मीको समय, पंखा घुमिरहेको छ । दिनेश कर्चीमा बसेर एकनासले टोलाइरहेको छ, सोचिरहेको छ त्यी बाटोमा सधैजसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाघ

~अभय श्रेष्ठ~ १ तोरीको तेल लगाएर चपक्क कोरिएको कपाल, कुकुरबङ्गाराभन्दा वरका दुवैतिर हलुका अगाडि बढेका दाँतको अनौठो आकर्षण, खुइलिँदै गएको आकाशे रङको सफा बुसर्ट र नीलो पाइन्ट अनि हातमा एक भारी किताब । सुवास नामधारी यो बालकको हुलिया उसको नामसँग केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसघारी

~मुना चौधरी~ भुइँचालाले हाम्रो पनि घर भत्केको थ्यो । जस्ताको पाताले बारेको बंकरजस्तो गोलो सानो छाप्रामा हाम्रो बास थियो । गाउँलेहरू सोप्पै जना यस्तै छाप्रोमा बसिर’को थ्यो । एक दिन गाउँभरि हल्ला चल्यो, सरखारबाट इन्द्रेको आप्पोले दस लाख रुप्पेँ पनि पायो रे । आखिरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी र म…

~उमेश सामिप्य कान्छा~ रात्रिको सुनसान.. एक्लै सोच्दै थिए… के तिमी मेरो कारणले नै आत्महत्या गर्न बाध्य भयौ??? आज आठ दिन बित्यो मलाई यही प्रश्नले झस्काउन सुरु गरेको… अहिले पनि झस्किएँ… दशदिन अघि हामी सदाझैँ त्यही ठाउँमा भेट्यौं… त्यस्तै कुराकानी गर्यौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा जिगोलोको बयान

~कृष्ण कुसुम~ ­”आज बिहान काठमान्डूको न्यूनतम तापक्रम ०.७ डिग्री सेन्टीग्रेटसम्म पुगेको छ । मौसमविद्का अनुसार अझै चिसो बढ्न सक्नेछ,” छेवैको रेडियोमा समाचार आइरहेको छ । रेडियो एकनास बजिरहन्छ । म बाहिरको चिसो मौसम सम्झिँदै ओछ्यानमा पल्टिरहन्छु । उठ्नलाई कुनै उत्साह … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्कैको लोग्ने

~सपना अधिकारी~ हामीबीच विशेष खालको मित्रता थियो। उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो। हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो। हामी कहिले गोदावरीमा जान्थ्यौं। फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?

~बिपिन शर्मा~ ” नानु के भयो तिमीलाई, निद्रा लागेन ? ” सर्वज्ञले छोरीलाई सोध्यो । सुतिरहेकी उपलब्धिले मुन्टो हल्लाएर केही नभएको संकेत गरी। बाबु पनि छेवैमा पल्टिएर पत्रिका हेर्नलाग्यो । रात निकै बितेको हुनुपर्छ तर कति बज्यो उपलब्धिलाई थाहाभएन, कारण- … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~रुकु कार्की~ म पन्ध्र वर्षी किशोरी थिएँ । भर्खर एस.एल.सी. जाँच सिद्धिएर बसेकी, घरमा केटाको कुरा चलिहाल्यो । मलाई राम्री र पढेकी देखेर पहिलो नजरमै अभय खुसी भएछन् । बिहेपछि मेरा पतिको मधुर बोलीवचन र लचिलो भावनाले भने मलाई आत्मीय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समृद्धि पुराण

~डा. शान्ति थापा~ चन्द्रकलाको बिहे रे। भर्खर – भर्खर शहरको हावाले छोएको गाउँ। नक्कल – झक्कलमा शहरी भए पनि व्यवहारमा गाउँलेपन नै छ यहाँ। र नै बिहेबटुलोभन्दा त्यो व्यक्तिगत भई रहँदैन। सघाउ पुऱ्याउन ‘खै’ गर्दै गाउँका बुढापाका, तरुणी – तन्नेरी, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुकुण्डो

~माधव सयपत्री~ त्यो क्षतविक्षत प्रहरी चौकीसँग उसको के सम्बन्ध थियो, कसैलाई थाहा थिएन । घाम डुबेपछि विक्रम घरदेखि १५ मिनेट टाढा भत्केको प्रहरी चौकी जान्थ्यो । घण्टौंसम्म त्यतै हराउँथ्यो, वरिपरि घुम्थ्यो, भक्कानिथ्यो । रात निकै छिप्पिएपछि आउँथ्यो । घर आइपुग्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चौकी

~शरद देवकोटा~ “थाहा पायौ तिम्ले ? रत्नप्रसादलाई त पुलिस चौकीमा लगेछन् नि ।” “अँह, मैले त थाहा पाएकै छैन । किन लगेछन् नि चौकीमा ?” “खै त्यो त मलाई पनि पत्तो भएन । मैले त सोमप्रसादले भनेपछि थाहा पाएको हुँ ।” “कठै बरा, गाउँघरमा त्यति राम्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment