Tag Archives: कथा

कथा : नियतिले ठगेको बुद्ध

~चोमु शेर्पा “खुशी”~ जब कोही कसैको जन्म हुन्छ, त्यहींबाट शुरु हुन्छ जीवनको संघर्ष त्यस्तै एक परिवारमा जन्मिएका सन्तान थिए बुद्ध । बुद्धले धर्तीमा पाइला टेकेपछिको श्वासप्रश्वास जस्तो कठिन चुनौतीको सामना त गर्न सके तर उनले पाउनुपर्ने मुख्य कुरा आमा नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्यासच्याम्बर छेउबाट

~सन्जु बजगाईं~ “म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने । “मध्याह्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्को थापिन् । “पार्कको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : फुर्गेल्जे बुढो

~सङ्कलक : केडी रेम्नीसीङ~ कोलाम डाँडामा साइबर क्याफे खोल्ने सपना उनेको धेरै भै सक्यो तर उनेको र बुनेको वीच खुबै फरक पर्दो हो । बुन्न सकिएको छैन आकार दिनलाई त्यो सपनाको । तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : आज्ञा

~श्रेयज सुबेदी~ २०८५ को जाडो सुरूवाती अवस्थामा छ । माघे संग्रान्तीका तिलौरे लड्डु टेबल माथी सीसी भित्र कैद छन् । बिर्को खोलेर छोरीले एउटा क्वाप्प मुखमा हाल्छे । ३५ बर्षे मेरो तालु मुसार्दै खुसुक्क काखमा आएर बस्छो । ल्यापटपका कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन हेर्न नजानु, डोमकच ?

~विश्वराज अधिकारी~ म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिंडेको थिएँ, चन्द्रनिगाहपुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवश्य जान्छु। अँ, मैले भन्नै बिर्सें, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घण्टी

~रजित ओझा~ त्यो घण्टी बिस्तारै सानो हुँदै, पग्लिँदै थियो सूर्यको प्रकाशमा । तर, रातमा सूर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सूर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो । भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्द आवरण

~सुमित्रा न्यौपाने~ ‘तिमीहरूले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरूको ख्याल गर्नु, तिमीहरूले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको विभाजन गरेर कामको बाँडफाँड गरेका थिए मेनेजरले । कुनै पनि कुरामा कमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पिंजडा

~नविन काफ्ले अभि~ अक्सर मान्छेहरु राम्रै खाउ रामै्र लाउ जे गरु राम्रै गरु भन्ने सोच बुनेर बसेका हुन्छन् ति मध्येको एक म पनि थिए ।  जिवनलाई खास बाटोमा वा भनौ मुल बाटोमा कुदाउन नसकेपनि भित्री गोरेटोहरुमा कुदाउदै थिए । कक्षा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापबाट प्राप्ति

~रमेश भट्टराई ‘सहृदयी’~ गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुरुदक्षिणा

~माया ठकुरी~ “नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हतारिएको समय

~लक्ष्मण श्रेष्ठ~ समयलाई हतार भएको छ। घडीको सुई विस्तारै घुमिरहेछ। मलाई सकेसम्म छिटो पुग्नु छ। आजको दिन म छुटें भने आफैलाई आफैले माफ गर्न सक्दिनँ। पूर्वी क्षितिजमा फैलिएका रक्तिम किरणहरूले नयाँ युगको सन्देश बोकेजस्तो लाग्छ। बिहानी चिसो हावाले कानमा साउती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइनो

~जयराम तिमल्सिना~ छोरीज्वाइ अस्ट्रेलियामा डाक्टर छन् । त्यही पिआर लिएर घर बनाएर बसेका छन् । हरेक महिना ३० हजार पठाउँछन् । पहिला घर खेत बन्दकी राखेर पढाइयो राम्रै गरिएछ क्यार । परार साल छोरी आएकी थिइ, पर स्कुलमा पुस्तकालय खोल्देर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोल्पो लोककथा : शीबताक

~सङ्कलन : टासी टेवा डोल्पो~ धेरै वर्ष अघिको कुरा हो, एउटा डोल्पो गाउँमा एउटी आमाले तीनवटा छोरीलाई जन्म दिइन्। त्यस्तै, दुई तीन–वर्षको अन्तरालमा जन्मे पनि आमाले उनीहरुको पालनपोषणमा कुनै कमी देखाइनन्। धेरैजसो बाहिरी गाह्रो काममा खट्ने, एउटा काठका लागि पनि तीन … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : टाँकीको फूल र एक जोडी आँखा

~इल्या भट्टराई~ वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरआधुनिक दास

~गणेश घिमिरे~ चार दिनको लामो बिदा आकाशमा इन्द्रेणी लागेझैं सप्तरंगी तर आँखा झिमिक्क गरेजस्तै बित्यो । इस्टरको बिदा सदुपयोग गर्न आलिया र आइभी केही दिनअघि नै मामा घर गएका थिए । सायद दिउँसोतिर आउलान् । घरमा एक्लै सामाजिक सञ्जालको जञ्जालमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : चङ्गाको उडान

दशैंको मौसमलाई चङ्गाको मौसम भनेर चिनिन्छ । दशैं बिदा सुरुहुनु भन्दा एक दिन अगाडी एउटा स्कुलमा दशैंको बारेमा ज्ञान दिइदै थियो । जसमा चङ्गा उडान पनि समावेश थियो । बच्चाहरुले चङ्गा उडाउँदै थिए । शिरिष नाम गरेको एक जना बच्चाको … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : फौजी

~विपुल सिजापति~ बसको झ्याल बाहिर कसैको लामो हाँसो सुनेर पढिरहेको किताब बन्द गरी त्यतैतिर हेरेँ । छलकपट बिनाको त्यस शुद्ध र उन्मुक्त हाँसोमा एक किसिमको मोहनी थियो । सम्भवतः त्यो हाँसो मैले पहिलो पटक सुनेको आकर्षक हाँसो थियो । त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सलिम

~नयनराज पाण्डे~ मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समयका साथी

~पूर्ण ओली~ “तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे । अकस्मातको ‘तँ’ सम्बोधनले म झसङ्गै झस्किए पनि केही नभएजस्तो गरी म हल्का ढप्काइएको ढोका उघारेर मूलद्वारबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माइजुकी भदैनी

~पोस्तक श्रेष्ठ~ दशैँको टिकाको दिन। आफ्नो घरमा टिका लगाएपछि प्रशन्न मामाको घर नवलपरासी पुग्यो। उ पुग्दा मामाको घरको ढोका खुलै थियो। ‘माईजु!’ बाहिरदेखि नै कराउँदै उ भित्र पस्यो। भित्र माईजु त हुनुहुन्थेन तर भान्सामा काम गरिरहेकी एउटी नवयौवना थिइन्। अपरिचित। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : #मीटुहेवन

~रजित ओझा~ छेवैमा भएको स्टिल गिलासको चिया सुरुप्प पार्दै उसले सुनाएको थियो मेरो काम नहुने जानकारी । चिया नै हुनुपर्छ गिलासमा । भित्रको तरल पदार्थ नदेखिए पनि कार्यालय समय नै भएकाले मैले चिया नै होला भन्ने अनुमान लगाएँ । टिलिक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो चिठी

~श्रीओम श्रेष्ठ ‘रोदन’~ लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक प्रकारको हास्यास्पद हो । रमाइलो पनि त हो नि । देख्न त देखेकै हो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कविता

~प्रमिला उपाध्याय~ म प्रश्न गर्छु तिनी उत्तर नदिएर केवल हेर्र्छिन् मात्र । तिनको निर्दोष हेराइले मेरो मुटु चिसो हुन्छ । नचाहँदा नचाहँदै पनि अनेकौँ तर्क-वितर्कहरू मेरो मनमा आइरहन्छन् । यिनी किन यति गम्भीर छिन्, सोधेका कुरा सामान्य किसिमले किन उत्तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रयोगशाला

~प्रदीप बगाले~ त्यतिबेला म दस/एघार वर्षो हुँदो हुँ, सम्झन खोज्छु । ‘निरङ्कुशता मुर्दावाद ।’ राता झण्डाहरू फर्फाउँदै सडकमा बग्दै गरेको विशाल जनसमुद्रमा गुञ्जायमान नारा थिए ती, गगनभेदी । ‘दाइ, यो केको भीड हो -‘ सडकछेउको एक रमितेलाई सोधेथेँ मैले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कैलशिया

~विश्वराज अधिकारी~ भदौ महिनामा गाउँका सबै बाटाहरू हिलोले गर्दा हिंड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासित भने थिएन । अप्रत्यासित थियो भने गाउँका चौकीदारले साँझ सुनाएको खबर । चौकीदारले सारा गाउँ घुमेर भनेको थियो– आज राति मुखिया साहेबको दुरामा जम्मा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लुटिएको जिन्दगी

~मालिकराम ‘वियोगी’~ त्यो कठ्याग्रिने जाडो र हुस्सुको पर्बाह नगरी पात्तली सदाझैं चोक आइपुगी । चोक प्रायः शून्य र चकमन्न थियो । पानी, दुध र चिया हालेर कित्ली ओदान -स्टोभ)मा बर्साई । पात्तली साहूजीको अनुरोधमा त्यो नयाँ वर्कशपको ठीक अगाडि सडकको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : सल्लाह

~अज्ञात~ एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

लोक कथा : चण्डीनाचको प्रारम्भ

~सङ्कलन : रामविक्रम थापा~ खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : समोसा

~मोइन उद्दिन~ साँझको ५ बजेको थियो । विज्ञापनका लागि फोटो सुट सकेर घर फर्किंदा अनुष्काले आफ्नो पोस्टर विद्युतीय पोलमा देखी र डराई । उसले ठुल्ठूला आ“खाले हेरिरही । बटुवाहरू पनि एकैछिन रोकिएर उसको पोस्टर हेर्छन् । उनीहरुले पोस्टरकी मोडलप्रति सकारात्मक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक रात

~विश्वेश्वरप्रसाद कोइराला~ त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेको– चिसो, जाडोले कठाङ्ग्रिएको। काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन। घरघरमा बत्ती निभेका छन्, ढोकाझ्याल टम्म छन्। सून्य सडकका खामामा बत्ती घोरिएर भुइँतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साझा मन : सहजीवन

~मनु ब्राजाकी~ आँखा जतातिर थिए, दृष्टि त्यता थिएन । आँखाले देखेको दृष्टिद्वारा, भनूँ अन्तर्दृष्टिद्वारा नै आफ्नो समग्रता प्रस्टिन्छ । कल्पनाशक्ति र अन्तर्दृष्टिद्वारा नै अदृश्यलाई व्यक्तिले देख्ने गर्छ । अन्यथा आँखासामु जे छ, त्यो यथार्थ हुन सक्छ, सत्य हुँदैन । अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : एक जोडी परेवाको दुःखद अन्त्य

~सङ्कलन : जय बहादुर घिमिरे~ धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment