कथा : एउटा मौन समय

~दीपक सापकोटा~

म ब्यूँझिए । बिहान भइसकेको आभाष त अघि नै भएको हो । आँखा नउघारी धेरैपटक हाई काढ्ने मेरो बानी छ । आङ यताउति मर्काएँ र पिसाब फेर्न जान खुट्टाले चप्पल खोज्न थालेँ ।

म बसेको पालछेउ लेकको ओसिलो जङ्गलमा हिउँ परेको पर्‍यै थियो । दुईटा स्लिपिङ व्यागले पनि जाडो छेकेको होइन । हिजो राति परेको हिउँ अलि बाक्लै जमेको थियो । अलि तल जुनारको रुख भएको घमाइलो लेकमा भने रातिको बाक्लो हिउँ पग्लिसक्न लागेको थियो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

उपन्यास अंश : अर्की आइमाइ

~नीलम कार्की नीहारिका~book cover - Arki aaimai - neelam karki niharika

 मस्तिस्कमा मटाल बीच को सम्झना झन् ताजा भएको छ /उनि पनि सम्झन्छु भन्छन /मेरो मन मा पनि बाक्लै आउने गरेको छ मतल बिच /

पछी पछीको समरमा मटाल बीच गएको बेला पुनराबृति दिन्थ्यो /त्यसैले त् त्यस पछि त्यो ‘स्लो रिभर’मा कहिले पनि तैरिन /

आसुतोष अमेरिकाको घरमा पाहुना भएर बाँकी पढ्नुहोस्

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : मैले च्यातेको चिठी

~विवेकराज श्रेष्ठ~

एक वर्षअघि मात्र सयौं रोपनी जग्गा किनेर हाम्रो स्कुलले शाखा बिस्तार गरेको थियो, मिनभवनको बागमती किनार तिर। सायद त्यतातिर जग्गाको भाउ सस्तो भएको हुनुपर्छ त्यो बेला। त्यहिँ मौकामा एकबर्ष अघि थापाथली स्कुलबाट ट्रान्सफर लिएर आएका थियौं हामी तीन साथीहरु; हो संजिव, सरोज र म एकदम मिल्ने साथी थियौं। औसत विद्यार्थी थियौं हामी, कम-से-कम हाम्रो क्लास ६ को नतिजाको अनुसार। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कविता : बालक

~होमनाथ पाठक~

बालक हामी चाहन्छौ सुसज्जित हनु विज्ञानले
मृत दर्शन नसिकाऊ ज्ञान देओस् पा्रकृतिक ध्यानले

राजारानीका दन्त्यकथा परिर्वतनसगँ ै जानु पर्छ
समाज हाम्रो बदलिँदै छ गन्तव्य समाजवाद बन्नु पर्छ बाँकी पढ्नुहोस्

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : छोरी

~होमनाथ पाठक~

भृकुटी र सीता जस्तै म नेपालकी छोरी
नेपाली राष्ट्रियता मेरो छातीभरि

विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छ
गौतम बुद्धको पदचाप मैले बन्नु पर्छ बाँकी पढ्नुहोस्

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : बादल

~होमनाथ पाठक~

कहिले बन्ने हात्ती घोडा, कहिले बन्ने रूख
लहराउँछौ जताततै कति ठुलो मुख

गर्जिन्छौ मेघ बनी, बनी दिन्छौ वर्षा
उफ्रिन्छौं बालकहरू, हामी हुन्छौ हर्ष बाँकी पढ्नुहोस्

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-गजल : राम्रा-राम्रा फूलहरु

~डा. घनश्याम परिश्रमी~Dr Ghanshyam Parishrami

राम्रा-राम्रा फूलहरु चुन माहुरी
फूलबारीमा गर भुनभुन माहुरी

कसरि पो फूलबाट रस चुस्दछौँ
हामीलाई पनि सिकाऊ न माहुरी बाँकी पढ्नुहोस्

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : छुनुमुनु आँगनीमा

~नारायण प्रसाद शर्मा गैरे~

छुनुमुनु आँगनीमा नाच्छिन् मेरी नानी
मनमनै धेरै कुरा साँच्छिन मेरी नानी

कहिले बन्छिन आगोजस्तै कहिले बन्छिन पानी
मनमा सुन्दर सरल चित्र टाँस्छिन् मेरी नानी बाँकी पढ्नुहोस्

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : फोहोरको, थुप्राबाट के खोज्छ ऊ

~कपिल लामिछाने~

फोहोरको, थुप्राबाट के खोज्छ ऊ ?
मजस्तै, पढ्ने बेला, के सोच्छ ऊ ?

झुत्रे झ्यामरे तर ममी, मैजस्तो नै
थोत्रो बोरा थुप्रा बाट के रोज्छ ऊ ? बाँकी पढ्नुहोस्

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : हामी बिद्यार्थीमा एउटा जोश हुन्छ

~तारा खनाल~

हामी बिद्यार्थीमा, एउटा जोश हुन्छ
त्यही जोसमा नयाँ, कुराको खोज हुन्छ

जुन जोस आज, ‘अदृश्य’ रहेको छ बाँकी पढ्नुहोस्

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : कछुवा

~होमनाथ पाठक~

सोझो थियो कछुवा छट्टु थियो खरायो
दौडको होड राख्यो घमण्डी खरायो

आफै जस्तै कछुवालाई फाने गर्यो कछुवाले
उस्तै उस्तै कछुवाहरू प्रत्यके ठाउँ मा बसे बाँकी पढ्नुहोस्

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : चरी कति राम्री

~राकेश कार्की~Rakesh Karki

लु खेलु यता आउ चरी कति राम्री
चिटिक्क अहो सुन्दरी कति राम्री

ति रङ्गिन मोहक सबैतिर झलझल
सजाइ पखेटा भरी कति राम्री बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको

~धनराज गिरी~

बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको
जानेको छ गर्न यसले हित साहित्यको ।

सिपालु छ पैँचो लिन कण्ठ कोइलीको
हाली भाका गाउने गर्छ गीत साहित्यको । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

बाल गजल : मलाई अलिकति धैर्य

~प्रेम बिनोद नन्दन~

मलाई अलिकति धैर्य र जाँगर देऊ आमा
खहरेको भेल होइन, सघन, सागर देऊ आमा

यी बलिया पाखुरी र फराकिला छातीहरु
यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा बाँकी पढ्नुहोस्

Posted in बाल गजल | Tagged | Leave a comment

बाल गजल : किन हुन्छौ टाढा तिमी

~बालकृष्ण लम्साल~

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?

तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि।
कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि? बाँकी पढ्नुहोस्

Posted in बाल गजल | Tagged | Leave a comment

राजन सिलवाल का १४० मुक्तकहरु

~राजन सिलवाल~Rajan Silwal

———-1————-

एक्लै हिँड्नु यात्रामा, भञ्ज्यांगमा उनी भेटिनु
सँगै उड्नु लहराउँदै, चिदाकाशमा सँगै चेटिनु
सँगै गन्तव्यमा पुग्नु अनि हुनु आत्मीय सहवास
स्वर्ग वा नरक सँगै होस्, उनीसँगै म नि रेटिनु । बाँकी पढ्नुहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

रामकाजी कोने का मुक्तकहरु

~रामकाजी कोने~

१.
जिन्दगीको धूप बिर्साउने छहारी छायाको
बयान कसरी गरूँ म त्यो कोमल कायाको
होलान् कति कति मर्ने त्यो रूपमा ए हजुर –
पहिलो सहिद बनाऊ बिन्ती मलाई तिम्रो मायाको । बाँकी पढ्नुहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

कोमल प्रसाद श्रेष्ठ मल्लका एघार छोकहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~

किन तमसुक ?

कस्लाई के दिऊ
भए पो दिनु ?
अरुले पनी केही
दिए पो लिनु ॥
त्यसैले
लिनु र दिनुको तमसुक
किन ?
के का लागी गर्नु ?? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कबिता : प्रत्येक पल

~बज्रकुमार राई~Bajra Kumar Rai

प्रत्येकपल
मभित्रको धर्ती
क्रमश: छाड्दै छाड्दै
बादलको स्वप्निल
साम्राज्यमाथिमाथि
बोइङ् उड्छ आकाशतिर
र,रोकिन्छ समुद्रपारि
अञ्जान धर्ती-आकाशमा
जहाँ म बेचिएको हुन्छु। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : असीम नेपाल

~होमनाथ सुवेदी~Homnath Subedi2

सीमा नाघी बढेको भुवनभर अहोे! जात हाम्रो धकेल्दै,

फैलेको जात हो यो अझ अगि बढ हे! भाइलाई उचाल्दै,

पीडा होलान् हजारौं शहर नहरका भाग गोदेर पेल्दै,

झन्डा आफ्नो स्वयम् नै लहलह हलले गाड माथा उचाल्दै । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

हाँस्य-गजल : कानो गोरुलाई औँशि न पुर्ने

~सुरेश खनाल ‘बिर्खे माईला’~

कानो गोरुलाई औँशि न पुर्ने,
तिम्रो त मेरो बिहे कहिले जुर्ने?

मुखमा राम राम बगलिमा छुरा
तिम्रो बाउ संग गरौँ बिहेका कुरा। बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : छातीमा पीडा साँचिरहेछु

~धर्मोगत शर्मा ‘तुफान’~

छातीमा पीडा साँचिरहेछु
अरुको अगाडी हाँसिरहेछु

अभावको कालो सुरुङभित्र
निस्कने बाटो तलासिरहेछु बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर

~धनश्याम न्यौपाने~

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : सधै सधैँ भुलाउने बातैमा तिमीले

~राकेश कार्की~Rakesh Karki

सधै सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँड्दा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : मस्त निन्द्रा सुतेको छ

~रामगोपाल आशुतोष~Ramgopal Ashutosh

कात्रो ओढी सिंहसदन मस्त निन्द्रा सुतेको छ
विश्वासको भ्रम सदन भ्रष्ट निद्रा सुतेको छ ।।

इन्द्रेणीलाई धरतीमा ल्याई बाँड्ने वाचा थियो
एकै रङ्ग मात्र सदन व्यस्त निद्रा सुतेको छ ।। बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : पिएर मदिरा

~रामगोपाल आशुतोष~ Ramgopal Ashutosh

खाएर मेरो मृत्युको भोज पिएर मदिरा
जीवन धितो लिएर गयो दिएर मदिरा ।।

उक्लियो आफू उकालो एक्लै मलाई टेकेर
राखेको धितो लिलाम भयो लिएर मदिरा ।। बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : बषौं पछि जसो तसो जो कमिज फेरें मैले

~परिहास सुब्बा~

बषौं पछि जसो तसो जो कमिज फेरें मैले
जसको निम्ति सारा छाडी दरबार घेरें मैले

सुत्केरी ती स्वास्नी लाई एक्लै घर छोडी आफू
भोक तिर्खा क्यै नभनी शीरमा कात्रो बेरें मैले बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : सुन साथी भाषणको विरुद्धमा छु

~अज्ञात गजलकार~

सुन साथी भाषणको विरुद्धमा छु
एकलौटी शासनको विरुद्धमा छु

मान्छेलाई लुटिएको कथा बेग्लै छ
जन्मँदैमा आसनको विरुद्धमा छु बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : सानो बाबु जस्तै किताप घोक्ने पाए कस्तो हुन्थ्यो

~मबी सिंह ‘सिरिष’~Mabi Singh 'Sirish'

सानो बाबु जस्तै किताप घेक्न पाए कस्तो हुन्थ्यो
आफ्नो काँधमा आफ्नै झोला बोक्न पाए कस्तो हुन्थ्यो !

भाँडा माझन, घर बर्ढार्न अल्छी लाग्या बेला,अहा
सञ्चो नभा’ स्वाङ पार्दै खोक्न पाए कस्तो हुन्थ्यो ! बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यो कालो रात र झमझम पानी

~मुन पौडेल~

त्यो कालो रात र झमझम पानी
त्यो तिम्रो साथ र झमझम पानी

मधुरो दीपमा खुसखुस खुसखुस
मायालु वात र झमझम पानी बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : अभावले चाट्यो कति, याद भएन मलाई

~श्रेष्ठ प्रिया ‘पत्थर’~

अभावले चाट्यो कति, याद भएन मलाई,
जिन्दगीले ढाँट्यो कति, याद भएन मलाई ।

जीवन भोग्ने क्रममा, जिन्दगीले नै मलाई,
क्वाप्पै निल्न आँट्यो कति, याद भएन मलाई । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : टुक्रा टुक्रा भयो हजुर जिन्दगानीको पाना पनि

~शरण वानियाँ~

टुक्रा टुक्रा भयो हजुर जिन्दगानीको पाना पनि
नराम्ररी भत्किएछ विश्वासको छाना पनि

नत हो स, नत जोश अरु भन्दा बेग्लै भा’छु
वेदनाको छट्पटाइमा गुनगुनाउँछु गाना पनि बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment