Category Archives: बाल कथा

बाल कथा;children’s story

अनूदित बालकथा : सानी जलपरी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै पर समुद्रमा पानी आकाशभन्दा नीलो र ऐनाभन्दा सफा छ, तर, त्यो ठाउँ यति गहिरो छ कि कुनै पनि पानीजहाजको सबैभन्दा लामो लङ्गरको डोरीले पनि त्यसको पिँध भेटाउनसक्तैन । संसारका थुप्रै धरहरालाई एकमाथि अर्को खप्टयाएर … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बालकथा : इन्द्रेनी गाई

~विनय कसजू~ होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जङ्गल र मान्छे

~भोला दुलाल~ आज विद्यालयमा फरक खालको वातावरण थियो।हेडसरले सबै विद्यार्थीलाई जसरी भएपनि विद्यालय आउन भन्नुभएको थियो।त्यसैले म,सुनिता र खुशी एकाबिहानै विद्यालयतिर सोझियौ।मौसम चिसो थियो।आकाशमा बादल लागेर धुम्म थियो।पानी पर्ला पर्ला जस्तै थियो।हामी दगुरेर विद्यालय पुग्यौं।हामी साहेद पहिल्यै पुग्यौं क्यारे हेडसरले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बाल कथा : सलाई बेच्ने सानी केटी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै वर्षपहिलेको कुरा हो । साँझ परिसकको थियो । ठिहिर्याउने जाडो थियो । जोडले हिउँ परिरहेको थियो । त्यो चिसो र अँध्यारोमा एउटी गरिब सानी केटी बाटोमा हिँडिरहेकी थिइन् । उनका खुट्टा र कपाल दुबै … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : सुपारीको स्वाद

~विनय कसजू~ एउटा मुसा सिंगै सुपारी बोकेर सकी नसकी दुलोतिर जाँदै थियो । अचानक माथिबाट उल्लुले झम्टन लागेको देख्यो । सुपारी त्यहीँ छाडेर मुसा दुलोभित्र पस्यो । उल्लुको पंजामा सुपारी पर्‍यो । उल्लुले त्यो सुपारी आफू बस्ने रुखको टोँडकामा लग्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~ एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो । एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

बाल कथा : सिंगो लड्डु

~विनय कसजू~ छिमेकीले पूजा गरेको प्रसाद भनेर एउटा लड्डु ल्याइदिएको थियो । आमाले लड्डु दर्ुइ टुक्रा पारिन् र आधा आफूले खाएर आधा कान्छाको लागि बाकी राखिदिइन् । खेलेर थाकेर कान्छा घर आयो । आमाले उसलाई लड्डु दिइन् । आधा मात्रै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मानिसको परिचय

~विनय कसजू~ मृगले आफ्ना पाठाहरुलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरुलाई सोध्न थाली : मृग : बाघ के हो ? पाठा : बाघ हिंसक जीव हो किनकि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Child Story : The Light of Peace

~Suren Upreti~ My name is Pemba . I was very excited to go on an educational tour with my class to Lumbini, the birthplace of Buddha who is also called Siddhartha Gautam. Lumbini is situated in the western part of … Continue reading →

Posted in Story, बाल कथा | Tagged | Leave a comment

बाल कथा : माछो र कमिलो

~निशा देवकोटा~ कुनै देशमा एउटा यस्तो राजा थिए, जसलाई फूलहरू एकदमै मन पथ्र्यो । उनले आफ्नो दरबारअगाडि पनि विभिन्न किसिमका फूल रोपेका थिए । उनले रोपेका विभिन्न किसिमका फूलहरूले उनको दरबारलाई थप आकर्षक बनाएका थिए । एक दिन राजा भ्रमणका लागि भनेर देशबाहिर घुम्न … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : चार मित्रहरू

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा एउटा पोखरीको डिलमा बसेर हिरण्यक मुसा, मन्थरक कछुवा तथा लघुपत्तनक काग गफ गर्दै थिए । त्यतिकैमा चित्रा· नाम गरेको एउटा मृग शिकारीको भयले त्रसित भएर कुद्दै त्यहीं आइपुग्यो । तर्सिएर भाग्दै गरेको त्यस मृगलाई आफूतिर आइरहेको … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

पौराणिक बाल कथा : वणिक्पुत्र

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सागरदत्त नामको व्यापारी बस्दथ्यो । उसको छोराले बजारबाट एक सय रुपियाँ मोल पर्ने एउटा पुस्तक किनेर ल्यायो । त्यस पुस्तकमा लेखिएको थियो– प्राप्तव्यमर्थ लभते मनुष्यो, देवोऽपि तं लङघयितुं न शक्त: । तस्मान्न शोचामि न विस्मयो मे,यदस्मदीयं … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : कमण्डलुको जल

~प्रकाशप्रसाद उपाध्याय~ जाडोको मौसम थियो । एउटा छेपारो बिहानी पखको न्यानो घाम ताप्दै थियो । आफूले घाम तापिरहेको छाप्रोको टाटीसित साधुको छाप्रो थियो । गोठालो आएर दूध दुहुने सुरसार गर्दै थियो । दूध निचोर्न थाल्नुअघि गोठालोले गाईको थुनबाट दूधका केही … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हिरो

~ललिता ‘दोषी’~ बिहानको त्यस्तै आठजति बजेको हुँदो हो । आँगनमा उभिएर ढोकातिर हेर्दै गुप्तमायाले बोलाइन् – ‘ए , शोभा नानी ! शोभा नानी ! भित्र कोही छैन कि क्या हो ? ’ बाहिर निस्किएर सुकुल ओछ्याउदै शरद्ले भने –‘ ए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : ब्राह्मण र सर्प

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा हरिदत्त नाम गरेका एकजना ब्राह्मण बस्दथे । उनीसित खेती गर्न योग्य खेत पनि थियो तर खेतीमा उनी जति परिश्रम र दु:ख गरेर काम गर्दा पनि राम्रो आमदानी हुँदैनथ्यो । गर्मी महिनामा एक दिन उनी खेतमा धेरै … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बालकथा : किस्ताको कम्प्युटर

~पेशल आचार्य~ गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे । लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : फुच्चे घर छाड्दैन

~माधव ‘सयपत्री’~ व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो । व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : वर्णहरूको झगडा

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~ एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : चौँरीखर्कमा ऊँट

~विनय कसजू~ “दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है,” विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, “पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।” बाको कुरा विकासले के मान्थ्यो? … Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

बाल कथा : बकुला र गङ्गटो

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा अनेक जलचरहरूद्वारा सुशोभित एउटा पोखरी थियो । त्यस पोखरीमा विभिन्न प्रकारका भ्यागुता, माछा, सर्प, गङ्गटो तथा गोहीका साथै बकुलाहरू पनि निवास गर्दथे । बकुलाहरूमध्येको एउटा बूढो बकुला आफ्नो शक्ति सामथ्र्यले माछा समातेर जीविका चलाउन असमर्थ भइसकेको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : गौंथली र खरायो

~उमाशङ्कर द्विवेदी~ कुनै ठाँउमा एउटा विशाल वृक्ष थियो । त्यस वृक्षको टोड्कोमा कपिञ्जल नाम गरेको एउटा गौंथली बस्दथ्यो । त्यसै वृक्षमाथि एउटा काग पनि बस्दथ्यो । साँझ परेपछि काग र गौंथली आपसमा देर्विर्ष, ब्रह्मर्षि तथा ऋषि मुनिहरूका प्राचीन चरित्र तथा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सङ्गत गुनाको फल

~ललिता ‘दोषी’~ सम्पदा र स्नेहा स्कुलबाट घर फर्किंदै थिए । सम्पदाले रुन्चे स्वरमा भनिन्, ‘आज पनि कक्षामा सजाय भोग्नुपर्‌यो । भगवान्‌ले मलाई पनि तिम्रोजस्तै बुद्धि दिएको भए हुन्थ्यो नि मलाई । राम्रो बुद्धि दिएको भए भगवान्को के खेर जान्थ्यो र … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बाल कथा : एउटा सुगाको कथा

~रबिन्द्रनाथ टेगोर~ एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged | Leave a comment

बाल कथा : केबुलकारको कथा

~कार्तिकेय घिमिरे~ नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है । मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कमिलाको डाक्टर

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बिहानको ९ बज्यो । रियाज सधैंझैं घरको पेटीमा बसेर स्कूलबस कुरिरहेको थियो । रियाजसित उसका बाबा पनि हुनुहन्थ्यो । रियाज यताउति हेर्दै थियो । त्यहाँ उसले कमिलाको ताँती देख्यो । त्यही बेला कमिला कहिले रियाजको खुट्टामा त … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : साँच्चैको हिरो

~कार्तिकेय घिमिरे~ बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन । हात … Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

बाल कथा : सुनको सुली गर्ने चरा

~उमाशङ्कर द्विवेदी~ पर्वतीय प्रदेशमा एउटा ठूलो रूख थियो । त्यस रूखमाथि सिन्धुक नामक एउटा चरा बस्दथ्यो । त्यस चराको सुली सुनको हुन्थ्यो । एक दिन एउटा ब्याधा शिकार गर्नका लागि त्यसै प्रदेशमा गयो । चराले ब्याधाको सामुन्ने सुली गर्‍यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : वदनाम वधूको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा वीरवर नामक एकजना सिकर्मी बस्दथ्यो । उसको स्त्रीको नाम कामदमनी थियो । कामदमनी व्यभिचारिणी स्वभाव भएकी सार्‍है बदनाम आईमाई थिई । आफ्नी पत्नीबारे छिमेकीहरूको कान खाने कुरा सुनेर वीरवर सधैं दिक्दार रहन्थ्यो । एक दिन उसले … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : साहसी सोनाम

~ललिता ‘दोषी’~ बुटवल तिनाउ नदीको किनार भन्दा केही पर सडकको छेउमा जस्ताले छाएको एकतले घर छ । आँगन नजिकै केही केराका बोटहरू छन् । मूलढोका नजिकै ठोकिएको किल्लाहरूमा एउटामा माछा मार्ने जाली र अर्काेमा पेरुङ्गो झुण्ड्याइएको छ । त्यही घरको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सुजन उडे आकाशमा

~कृष्ण शाह यात्री~ सुजन जिज्ञासु स्वभावको थियो । “चराजस्तै आकाशमा मान्छे उड्न सक्ने भए कति रमाइलो हुन्थ्यो होला ? हात्ती जस्तै पढ्न नपरे कत्ति मज्जा हुन्थ्यो ।” ऊ यस्तै–यस्तै कुराहरु सोच्ने गथ्र्यो । एक रात ऊ सुतिरहेको थियो । अचानक … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : भोको राक्षस

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ‘अब म तिमीहरुलाई खान्छु’, लामो कपाल, दाह्री र दाह्रा भएको अग्लो मोटो राक्षस छेवैमा आएर गर्जियो। चउरको कुनामा बसेर खाजा खाइरहेका रमेश, नरेश, स्तुति र स्मृति डराए, अतालिए र रुन थाले। बस्तीभन्दा केही परको सरस्वती प्राथमिक विद्यालय … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बेलाको बुद्धि

~तुलसीहरि कोइराला~ शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment