Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : गिदी कीरा

~मोहनराज शर्मा~ बाहिर रातको कालो पानसमा झलल्ल जून बलेको छ तर म अँध्यारो कोठामा आफ्नो थाप्लो ठटाएर बसेको छु । केही समयदेखि मेरा मगजमा कुनै अनौठो कीराले गुँड लगाएको हुँदा म सारै रनभुल्लमा परेको छु । बेलाबेला कीरो सगबगाएर सक्रिय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनायक नागरिक

~प्रदीप नेपाल~ कथा कसैका लागि ? साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तन्नेरी प्रेम

~केदारनाथ नेपाल ‘निश्चल’~ गाउघर तिर सरकारी विद्यालयमा पढेर ‘सेकेण्ड डिभीजन’मा पास हुनुलाई राम्रै मानिन्छ । एस. एल. सी. परीक्षामा म ‘सेकेण्ड डिभीजन’मा पास भएँ । यो कुरा घरपरिवार र साथीभाईले थाहा पाईसकेका रहेछन् । फोनबाट लगातार बधाईका आवाजहरु आउन थाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेलमति र सुम्निीमाको दसैँ कथा

~पवन न्यौपाने~ घुमीफेरी फेरि दशैं आएको छ नयाँ गाऊँमा….आज दशैंको सप्तमी….बेलमतिलाई भने सास फेर्ने फुर्षद पनि छैन् । झिसमिसेदेखी नै कामको चटारो छ….घरआँगन लिपपोत गर..पुजापाठको सामग्री तैयार पार….पानी ओसार्न एक घंटा लगाएर पधेँरामा जाऊ…. दशैं भन्यो दशा नै हुन्छ वेलमतीलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गौरीप्रेम

~लेख कार्की~ हेल्लो नमस्ते ! अर्को दिन मात्र रिप्लाई आयो नमस्ते । – आराम हुनुहुन्छ ? – बिरामी भए त हस्पिटल गैन्थ्यो नि ! लोल – अचेल त सामाजिक संजालमा पनि डाक्टर थुप्रै भेटिन्छन् नि ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवार

~अभिमन्यु निरवी~ डाँडाको टुप्पोमा पहेँलो घाम देखिन्छ। त्यो डुब्ने तरखर गर्दै छ। दिनभर उसले तताएको भित्री मधेस अझै हायलकायल छ। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोटहरू दुई चुल्ठी बाटेर ठिंग उभिएका छन्। यस्तो लाग्छ कि तिनीहरू मलाई मेरो घरमै स्वागत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाकिम

~सविन सिंह ‘एकतारे’~ बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो पहिलो प्रेम

~डा. गोबिन्दसिंह रावत~ पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएता पनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ प्रिय मित्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माईला दाईको ‘भूमिगत चिठी’

~दिया चन्द~ त्यो दिन मलाई पनि यो शहर देखेर मुटु दुखेको थियो । मनले एकान्त खोज्दै थियो आफु बस्ने आवास पनि कोलाहलमय लागेर म निस्किएं एकान्त खोज्न । भृकटीमण्डपको एक कुनामा पुगे, एक्लै बस्न उपयुक्त लाग्यो मनको छटपटी थोरै  भएपनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बहुला पण्डित

~विश्वम्भर चन्चल~ गाउँमा एउटा हल्ला फिँजियो । हल्ला हुनु सामान्य कुरा हो तर यो सत्य पनि हुन सक्छ र असत्य पनि । यस्तै सत्य र असत्यको बीचमा मैले पनि यो हल्ला नसुनेको होइन । सुनिहाल्दैमा पत्यउनै पछृ केही छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूँजीवादी

~राजेन्द्र पराजुली~ खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो । ‘दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन’, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू ।खगेन्द्रका नयाँ साथीलाई उसले सपना देख्नु–नदेख्नुसँग सरोकार छैन । उनीहरू आफैँले कहिलेदेखि सपना देख्न छाडे, त्यो नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्धको सपना

~मिलनकान्छा किराती~ रेडियोसेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो ।लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : सानो प्रेमपत्र प्रेमीलाई

~शर्मिला खड्का दाहाल~ प्रियतम, मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : दारुवाज

~स्लिम जिवन~ दारुवाज, हो उनी अझैँ जिउँदै छन। यो मृत शहर भन्दा केही पर रहेको घना जंगलमा। उनका कपाल सेतै भएर फुलेका छन। दाह्री फुलेर उस्तै सेताम्मे भएका छन। ठ्याक्कै जाडोयाममा हिउँले ढपक्क ढाकेर सेताम्मे भएका डाँडाहरु जस्तै! आखीर समय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेप नम्बर ……….

~नवराज शिवाकोटी ‘अनाम’~ शरीर निक्कै थाकेको छ । श्रीमान पनि एक हप्ताकोलागि काठमाडौं छोरा बुहारीकोमा गएकोले फूर्सदिलो छु । छोरा बुहारी त काठमाडौंतिरै बस्छन् । कहिलेकाहीँ फोन गर्छन् । सायद सञ्चै होला । मानिसलाई जब जीवननैं बोझिलो लाग्छ तव कसैको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलमा आएको भूकम्प

~सुर्य चन्द~ आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप सम्म को जमाना मा यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिफ्ट प्लिज !

~सुशील पन्त~ ‘दाइ कहाँ सम्म हो?’ असोजको अन्तिम साताको एकदिन महाराजगञ्ज चक्रपथमा साझा बस कुरेर बसिरहेको समयमा एक अपरिचित युवकले अगाडी आएर बाइक रोकेर सोधे। ‘जमल सम्म’, मैले भने। ‘ल म पुर्‍याइ दिन्छु बस्नुस।’ हेल्मेटका कारण अनुहार त चिन्न सकिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पाहुनामहात्म्य

~होम सुवेदी~ पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पराजित अपराजिता

~केदारप्रसाद आचार्य~ आज १६ गते । संधैभन्दा पाँच मिनटअघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रति परिवार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रमाणित हत्यारा

~शेखरकुमार श्रेष्ठ~ आज विहान मैले चियाको मिठो स्पर्श गर्दा गर्दै साइकलको घण्टी बज्यो । मैले कौसीबाट बाहिर सडकमा चियाएँ । हकरले पत्रिका ल्याएको रहेछ- दाइ पत्रिका । यो महिनाको बिल पनि दिनु छ । पत्रिका दायाँ खोकिलामा राखेँ । म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हराएको हेल्मेट

~सन्तोषराज पोख्रेल~ साउनको महिना तर पनि पानी पर्ने कुनै छेकछन्द छैन । आकाशमा बादलको कालो छाँया नाचिरहेजस्तो लागेपनि विगत दुई दिनदेखि नभएको वर्षातका कारण काठमाडौंको आर्दता ह्वात्तै बढेको छ । घडीले साँझको ६ः३० बजाइसकेछ । केटाहरुले मन नलागेझै चुरोटको कस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भड्किएका आत्माहरुले खोज्ने खुसी

~नबिन पन्त~ मेरा सपनाहरु र यथार्थताको दुरी टाडा थियो । त्यो दुरी सल्किएको चुरोट जस्तो होइन कि खन्दै गरेको खाल्डो जस्तो बढ्दै थियो। तर पनि म आफ्नो लक्ष्य प्रति दृण आत्मविश्वास बोकेर जिबनको दौडमा आफैसंग दौडीरहेको थिए । यो यात्रा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नस, निशा र नासा

~केशव भट्टराई~ उसको खराब लत थियो। पढाइको लगाब संगै उसले आफ्नो बैचारिक शक्ति गुमाइरहेको थियो। घरबाट हरेक दिन सिगरेट पिउन नजिकैको रेस्टुरेण्टमा जाने गर्थ्यो, अनि सिगरेटको धुवा फोक्सोमा भरेर घरमा फर्किन्थ्यो। रक्सीको मात हप्ता हप्तामा साथीको घरमा गएर लगाउथ्यो। एकदिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेश्या प्रेमिका

~सुरेश गिरी~ मन एकतमासको भो…!!! जागिर छोडेको १२ दिन पछी मलाई अचानक उस्को याद आयो । अमेरिका गाकोनि २ बर्ष भएछ सालाले बिर्सेंछकि झै लाग्यो उफ्फ म पनि आफुले चाँही कहिले सम्झेर…?? सम्झेला कि भन्ने आशा राख्नलाई गाउँ मा हुँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नसा जिन्दगीको

~तिलक खत्री~ एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका  साथ म,रबिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो डुम्रीको रूख

~थानेश्वर सापकोटा~ साँच्चि के भएको थियो त्यो दिन? सायद ठूलो पानी परेको थियो या वैशाखको महिना भएको हुनाले डरलाग्दो हुरी चलेको हुन सक्थ्यो। होइन होइन त्यो दिन भरी चर्का घाम लागेका थिए र घर पछाडिको बारीमा आगोका ज्वाला उम्रेजस्ता देखिन्थे। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेश्या माया

~राजेश बुढाथोकी~ त्यो रात म उसैसँग सुते । बिहान उठेर उसले भन्यो, “मसित हिँड तिमीलाई यहाँको भन्दा डब्बल दिन्छु ।” म तत्क्षण जान तयार भएँ । म वेश्या हुँ, यसो भनिरहँदा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बूढीकन्या

~यमुना अर्याल~ आज किन मलिन मिनु ? डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्। ‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो। किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्याल्गर बस स्टप

~सीता अर्याल~ बसन्त ऋतु, सिरसिरे मन्द पवनको सुगन्धित झोक्काले मलाई यथार्थको धरातलमा ल्याइदिन्छ । हो, म त बस पो कुरिरहेको छु । म कुनै अर्कै संसारमा हराएको बेला बस हुँइकिइसकेको भए मेरो हालत के हुन्थ्यो होला ? एकाध सेकेन्डमा नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो एक रात !

~पदम काफ्ले ~ जुलुस बिस्तारै भूटानबासी नेपालीका निम्ति अभिशाप बन्दै आयो । भूटानमा जुलुस भएको करिब तीन हप्तापछि देखि गाउँका सोझासाझा जनतालाई जेल लान प्रारम्भ गरियो । आर्मीले घरघरबाट निरीह जनता पक्रन थाल्यो । “ अस्तिको जुलुसमा भाग लिएको हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वधपर्व

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गाला भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गथर्ंर्ेे रुँदा उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : २१ मसान्त चार

~लोकेन्द्रबहादुर चन्द~ रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment