Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : लमहि र दमाई चरो

~टंक वनेम~ दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : घोर्ले

~पोषण पाण्डे~ रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन । नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य । तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट । साधनाको चिल्लो चम्किलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरिदत्त

~विश्वेश्वरप्रसाद कोइराला~ हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए । त्यसो हुनाले त्यसको अनुहारभरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~वेद प्रसाद कंडेल ‘युबराज’~ दिउँसो साथीहरूसँग घरबाट बाहिर निस्केको राजिव घर फर्किंदा झमक्क भइसकेको थियो । घरमा राजिवलाई आमाले खाना कुरेर बसिरहेकी थिइन् । राजिवलाई त्यति खाना खाने मन त थिएन तर आफूले नखाए आमाले पनि खाना नखाने हुँदा मन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : किराती भाषाको गडबडी

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए । प्रत्येक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लघुकथा : कसको दोष ?

~खेमराज पोखरेल~ ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुर्दाहरू जागौं

~राजव~ ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु । मेरो खुसी बतासमा छचल्किँदै छ  । एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~ मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो । क्रान्तिकारी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा

~डा. मधुसूदन गिरी~ ‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एन्टी-एजीङ् क्रीम

~चोपनारायण बन्जाडे~ अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : ज्वरो

~सीता पाण्डे~ ‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : त्यो स्वास्नी मान्छे हाँसिदिन्छे

~दौलतविक्रम विष्ट~ हिलो माटोको लेपले माछालाई भुंग्रोभित्र घुसार्दै जान्छु म । त्यो माछा बाफिन धेरैबेर लाग्दैन । केहीछिनपछि भान्सा तयार भइहाल्छ । अनि, म त्यो स्वास्नीमान्छे र किमरिखलाई खुवाउन त्यसैगरी तम्सेको छु, जसरी केटाकेटी छँदा आफ्ना साथीहरुलाई पोल्टाको मकै-भटमास खुवाउन … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : डमी

~कृष्ण ढुङ्गेल~ जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको । ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परालकाे आगाे

~गुरुप्रसाद मैनाली~ (स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।) चामे: … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : हिमालय पर्वत कसरी बन्यो ?

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सृष्टिको सुरुमा पृथ्वी थिएन अरे । पानी मात्र थियो अरे । अनि भगवानले पोरोमियोम्फमीलाई पृथ्वीको सृजना गर्ने शक्ति प्रदान गरी भगवान्को चित्त बुझ्दो पृथ्वी बनाउनू भनी आदेश दिए अरे । पोरोमियोम्फामीले आफ्नो शक्तिद्वारा पानीको फेदमा मुसेखा सेखानानामक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : मट्ठु

~खेमराज पोखरेल~ म सम्झिरहेको छु त्यो निकै वर्षअघिको दिन । ती दिनमा म बाबाजी भएर घुमन्ते जीवन यापन गर्दै थिएँ । म बाबाजी बन्नुमा पनि एउटा कथा थियो । एउटा व्यथा थियो ।कुरा के भने त्यो वर्ष मैले इतिहासमा एमए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माहुरी, फूल र मान्छे

~आनन्द पौड्याल~ एउटा घनघोर जंगलमा माहुरीको ठूलो घार हुन्छ । हजारौ माहुरीहरु त्यस घारमा बस्छन् । माहुरीका विभिन्न जात हुन्छन् । विभिन्न भौगोलिक अवस्थिति अनुसारका फूलमा सुगन्ध तथा अन्य प्रकारको भिन्नता हुन्छ । तिनीहरु पनि विभिन्न जात जातिका ठूला साना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमाक्षा

~अज्ञात~ उसले सान्त्वनाका भावुक शब्दजाल ओछ्यायो- “उसको सोचाइ आफैँमा गलत थिएन, ऊ आफ्नो ठाउँमा ठीक छे ।” अरूणिमाप्रति उसको सान्त्वनाको चाङ थपिँदै थियो- “हो ! वास्तवमा ऊ ठीक छ । उसको सोचाइ पनि विल्कुलै सही छ तर मैले त्यसतर्फतत्काल केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा हराएको गन्तव्य

~शिशिर पराजुली~ भाग : १ “तिमी आखिर यस्तो किन छौ ?” “तिम्रो मुटु अरुको भन्दा फरक किन छ ?” “यस्तो पापी सन्सारमा तिमी कसरी अरुको मुहारमा हाँसो ल्याउन खोज्ने बन्यौ ?” उ यस्तै बर्बाराउँथी मेरो अङ्गलोमा बाँधिएर सिद्धपोखरीको छेउमा बस्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~ ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो । बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मायाकाे डोरी

~भावाना लुँईटेल ~ आईतबारको दिन । अङ्ग्रेजीमा ‘सनडे’ । ‘सनडे’ भएकाले नै होला घमाइलो थियो। भएकी मिल्ने साथी पनि उसको पुर्ख्यौली घर गएकी थिई। कोरोनालेगर्दा बजारमा निस्कन पनि डर थियो सेनिटाईजर हातमा नदली हुँदै नहुने । आमा र म बजार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : सेतेसँग म

~गोपाल विरही~ (१) मर्नुअघि, जब ऊ सबैलाई छाडेर जानका लागि छट्पट्–छट्पट् गरिरहेको थियो, मेरा मनमा एउटा कुरा आयो अचानक । म डाक्टर भएको भए उसलाई बचाउने थिएँ । वास्तवमा ऊ जतिबेला आफ्नो प्राणत्याग गर्ने अवस्थामा आइपुगेको थियो, मलाई डाक्टरहरु निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साक्षात अनुभूति

~दीपक कुमार ज्ञवाली~ साक्षात अनुभूतिले देश र समाजको चित्रण गर्दैन भन्नु आफुले आफैलाई ढाँटे सरह हुनेछ । एकदिन बिहानको समयमा मेरो समिपमा एउटा परेवा आएर घुँर घुँर घुँर गर्दै आबाज निकाल्यो । स्वाभाबीकरुपमा मेरो दिमागमा यसले चारा मागेको होला भन्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुनासो

~कृष्ण धरावासी~ बिहानी प्रभातको पहिलो झुल्कोले नै हिमश्रृङ्खलामा एक अनुपमता दर्शाइरहेको थियो । डाँफे पनि त्यो अलौकिक दृश्यमा अनुपम आनन्दको अनुभव गर्दै नाचिरहेको थियो । साथै आजको यो महान दिनको सूचना लोकलाई दिइरहेको थियो । ऊजस्तै अलिक तलतल हरिया वनभरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दबाव

~लक्ष्मी गाइजू~ २०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading →

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

किराँती लोककथा : वालिङहाङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ अहिले माझकिरात हतुवा गढीमा बसेर एक प्रतापी किराती राजा शासन गर्दथे । उनको नाम वालिङहाङ थियो । उनले रैतीको मदतबाट हतुवामा ठूलो बनाएका थिए । उनले अरूण, दूधकोशी र हिमाल साँध कायम गरी शान्तिपूर्वक रैतिलाई सुखभोग गराएका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मान्छे हराएको सूचना

~खेम बतास~ ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन । अर्कोदिन, ताराले फेरि भनेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमा

~भवानी भिक्षु~ कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ । ‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा भएको थिएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नक्कली नक्कलपुर

~कृष्ण बजगाईं~ राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो । नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बर्थडे

~सुरेन उप्रेती~ नभेम्वर महिना लाग्न नपाउँदै जाडो बढेर रुखका पातहरू सबै झर्छन् । सबै पातहरू झर्ने भएकाले नै यो सिजनलाई फल भनेको होला । शान्ति मन मनै गुनगुनाउँछे । क्यानडाको राजधानी भएर पनि यो अटोवामा एउटा पनि मेट्रो छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जन्मदिवसमा तागामत चिन्तन

~मिङ लिवाङ~ आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment