Category Archives: छन्द कविता

छन्द कविता : सत्यमेव जयते परिणामे

~कृष्ण वस्ती~ छन्द : स्वागता अङ्ग-भङ्ग हुन गो गरिखाने छैन चाहत उसै मरिजाने । भन्दथे जिजु सधैँ तर साने ! सत्यमेव जयते परिणामे ।। मारकाट बल-बन्दुक छाने क्रान्तिका गफ दिए जजमाने । खोसिए अब सबै नख-प्वाँख सत्यमेव जयते परिणामे ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~ छन्द : शार्दूलविक्रीडित वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।। रोइन् धर्धर वस्त्रको हरणमा लज्जा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरी मृत्तिका

~हुसैन खाँ~ छन्द : पाचचामर मृत्तिका देशको चुम्न पाऊँ सधैँ राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैँ । मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी सम्झनामा रहून् यी पला औ घडी ॥ ओममा शान्तिकी छ्यौ किनारा तिमी सत्यमा जीतकी सत्य नारा तिमी ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : तिहार आउँदा र भाई नहुँदा

~प्रेम प्रसाद पौडेल~ छन्द : शार्दूलवीक्रीडित बालीए झलमल्ल दीप जगतै गरी उज्यालो तर भाई नै नहुँदा परी विरहमा साह्रै अँध्यारो घर । भैलीनीहरु आउँछन् नजिकमा मै रुन्छु छाती पिटी मैले लौ मन यो बुझाउँ कसरी बुझ्दैन सीतीमिति ।। १ छेवै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : कन्याकुमारी

~विष्णुप्रसाद धिताल~ छन्द : झ्याउरे हिमाल छुने हिन्दुस्थानको समुद्रझैं फाँट यताउता सागर छुने स्वर्गगाको घाट; चारु चरा गान भर्छन्, ताल दिन्छन् ताल, नाचि-नाची घुँघुरिन्छन् सागरका छाल । कन्याकुमारीमा मेरो मनको धोको पुग्न पावैन र ? ।।१।। गण्डकीको डुबुल्कीमा एक जुनीको … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : शहीदको आत्मालाप

~हुसैन खाँ~ छन्द : शार्दूलविक्रीडित भुल्छन् शासक मर्म-पिर जनको सत्ता चलाए पछि वाचा-वन्धन तोड्दछन् छिनछिनै नाच्छन् पताका सरी । रम्छन् शासक वर्ग स्वार्थ पथमा टेकेर अल्कापुरी उठ्छन् झुण्ड बनाइ शोषितहरू पड्कन्छ ज्वालामुखी ॥ आगो शोषणको बलेर कहिल्यै अन्याय मेटिन्न रे … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो राष्ट्र

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित झुल्कोसाथ मुसुक्क उत्तर दिशा हाँस्छन् हिराका धुरी झुल्छन् स्वर्णसमान दक्षिण धरा भर्दै पहेँला मुरी मेची पूर्व खन्याउँछिन् मधुरिमा काली उता पश्चिम मेरो राष्ट्र अपूर्व यो प्रकृतिको सर्वोच्च हो हाकिम ।। बेसी-टार थचक्क आसन लिई बस्छन् पलेटी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : यस्तो मान्छे म

~सोम खनाल~ रुदै हिड्ने हुँदै हैन म त आँशु सुकाइदिन्छु अहंकार र आडम्बरलाई स्वाभीमान् ले झुकाइदिन्छु प्रत्येक कालो बादलमा चादी घेरा देख्ने मान्छे सुदुर सुन्दर भविश्यको आजै कथा लेख्ने मान्छे । बल्नु परे आगो हुन्छु निभाउने पानी हुन्छु आफ्नै पाखुरी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : झुठो आत्मरति

~डा. लेख निरौला~ छन्द : स्रग्धरा उस्तै नै देश देख्दा तन-वदन सबै क्रोधले चूर्ण हुन्छ नौला नौला हजारौँ यतिउति गरिए भन्नु धिक्कार हुन्छ देखेथे स्वप्न राम्रो जति पनि जगमा वीर पुर्खाहरूले… गर्लान् झैँ छैन केही मुलुक हित हुने पूर्ण बाँकी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सहिद, उत्सर्ग र औचित्य

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ? स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ? के हो न्याय, समाज के समय के अन्याय के गर्व के ? केके हुन् वलिदानका गुणहरू, उत्सर्गको … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : माटाको सौन्दर्यता

~चूडा निर्भीक~ छन्द : शार्दूलविक्रीडित माटो जीवन हो यथार्थ पनि हो यो मृत्युको जन्मको । माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।। माटो यो कविता कथा गजल हो माटो रह्यो मुक्तक । माटो काव्य बनेर … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : व्यवहार

~गोविन्ददेव आचार्य~ छन्द :- मालिनी सुजन र मनकारी गाँस बाँडेर खान्छ कुटिल दमनकारी चैन भाँडेर जान्छ फगत सुखविलासी द्रव्यमै फुत्त बिक्छन् हिटलर अनुयायी अस्त्र हानेर टिक्छन् ।। “जहर बमन गर्ने” सर्पको दैनिकी हो “चरण नमन सेवा” चाकरीको छडी हो चसचस … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : भोट हालौँ

~डा. लेख निरौला~ छन्द : झ्याउरे चुनावी नारा सबैका प्यारा सपना बुनेका भविष्य राम्रो नेपाली हाम्रो भनेझैँ चुनेका । गीतका भाका चुनावीताका सुनेरै जुरुक्क … मानिस मन जाग्दो छ अहो ! उमङ्ग फुरुक्क ।। माइक सुन्ने को छैन यहाँ निकै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा

~प्रेम प्रसाद पौडेल~ छन्द : शार्दूलवीक्रीडित मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ? मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : साथी

~सोम खनाल~ छन्द : शार्दूलविक्रीडित साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन् धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन् ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन् सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् । साथी हुन्न … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : समीपता

~गौरव विडारी~ छन्द : शार्दूलविक्रीडित पर्खेकी तिमीले मलाई कति भो निन्द्रा भुली रातको साँचेकी कहिले मलाई भनि यो तन्ना नयाँ खाटको ।। नाघेकी छलले डराई मनले भत्क्यो सिमा साँधको बोलेकी जब अङ्कमाल गरदै ताला खुले बाँधको ।।१।। कस्तो यो मधुरो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाली मर्म

~गौरव विडारी~ छन्द : शार्दूलविक्रीडित नेपाली घर आँगनी सब तिरै छायो चुनावी धुँवा खोक्रा भाषण घन्किए जब सधैँ छैनन् विकास्का कुरा ।। नेता बन्दछ माननीय जनता दासी हलिया झुमा के बन्ला कुन चालले मुलुकका भञ्ज्याङको टाकुरा ।। १ ।। मर्छन् … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : को दोषी ?

~डा. लेख निरौला~ छन्द : शार्दूलविक्रीडित को दोषी भन हे सुधी भुवनका नेपालका खातिर के पुग्दैन यहाँ सदैव किचलो दोषी छ को आखिर के धर्ती वसुधा धरा भुवन यी छैनन् कि वा ऊर्वरा… के आभा रविचन्द्रको दिनदिनै पर्दैन बाँझा गरा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : म मरेपछी !

~दिवाकर स्वप्नील~ छन्द : झ्याउरे म यदि मरे कुनैदिन् भने नरुनु पियारी । मनमा धैर्य गरेर तिमी बस्नु है स्याहारी ।। त्यो बेला तिमी झक्झकाउँदै धड्कन सुन्नेछौ । नहुदा सास तनमा हरे धेरै नै रुँदीहौ ।। माता र पिता पिटेर … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बालसंसार

~डा. लेख निरौला~ छन्द : चित्रलेखा होलान् पक्कै प्रगति पथ जहाँ मानवी भावनाका होलान् त्यस्ता अतिशय छहरा जाह्नवीझैँ धराका बुझ्नै गाह्रो हरितगृह जहाँ ऊर्वरा शक्तिपुञ्ज… ऊर्जा नै हुन् सुखमय वसुधा बालसंसार कुञ्ज ।। हाँस्दा हाँसो किसलय अवनी निर्झरी झुक्किए झैँ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : स्रष्टा, सृष्टि र दम्भ

~गोविन्ददेव आचार्य~ छन्द :- मालिनी हर किसिम बनाए व्यासले नै पुराण लगनसित बने ती सृष्टिका प्राण प्राण गहन लय तिनैमा झल्किए गाउँ-देश अब नव रचनामा लेख्नु नै के छ शेष ? परहित, शुभ वाणी, शास्त्रका मूल मर्म कपट र परपीडा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आमालाई चिठी

~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) आमा ! बाँच्ने खोजी गर्दैमा चिन्ता बढ्थ्यो बामे सर्दैमा भोकै पर्दा उठ्ने ज्वालाले रोपेजस्तो हुन्थ्यो भालाले (२) देखा पथ्र्यो आफ्नै दोबाटो खोस्री भन्थ्यौ पाटो त्यै माटो घैया छर्र्थेँ तिम्रो साथैमा गुन्द्र्री ओढी सुत्थेँ रातैमा

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बुद्धको देशमा

~निर्मोही व्यास~ छन्द : स्रग्विणी १ बुद्धको देशमा युद्धको जग्जगी सिद्धको भेषमा गिद्धको बिग्बिगी जाल बुन्दो छ झन्झन् खुनी माकुरा निल्नलाई सधैँ शान्तिका आँकुरा २ डुक्रँदै छन् मदोन्मत्त साँढेहरू छन् मुसार्दै जुँघा धूर्त ढाडेहरू

Posted in छन्द कविता | Tagged | Leave a comment

थारू भाषी छन्द कविता : कहाँगिल अगहनिया नेन्धर ?

~लक्की चाैधरी~ छन्द : सवाई  कहाँगिल अगहन, थारुनके रीति ? हेरागिल हेर्तीहेर्ती, नेन्धरके मिति ?? भुलेलग्ली संसकृति, हेर्तीहेर्ती हम्रे । धेरजन्ना होकेहोकी, नैसेकली सम्ह्रे ।।१।। ढिक्रीबेचे जाइदुल्ही नातनके घर । निसफिक्री होकेबैठी नैरहिन डर ।। सबओर स्वतन्त्रता मनलग्ना दिन ।

Posted in छन्द कविता, थारू कविता | Tagged | Leave a comment

छन्द कविता : किन सम्झिदैनौ ?

~नरेन्द्र पराशर~ छन्द : वसन्ततिलका वर्षा हुँदा म त यता कति सम्झिराख्छु हो रातको नीरवतासँग सम्झिराख्छु पर्दैन रात कि त्यता किन सम्झिदैनौ ? बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ? ।।१।। ताराहरू चहकिँदा म त सम्झिराख्छु हो फूल फुल्दछ यता … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : विवशता

~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित मान्छे मङ्गलमा पुगेर जलको सम्भाव्यता खोज्दछ हाम्रोमा अझ जातभात चुलिँदो यो तथ्यले घोच्दछ । पैले दास,सती प्रथा पनि थिए यो बुद्धको देशमा उस्तै मानिस जातले दलित छन् अद्यापि यो देशमा ।। ज्यामी भै जसले ठुला … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मलामी

~शोभा आधिकारि~ छन्द : झ्याउरे के देखनु पर्‍यो आज यो मैले ,सुनसान ठौँउमा देख्दिन कोही दाजु र भाइ ,यो हाम्रो गाउँमा घरको स्थिती सुधार्न भनी ,मुग्लान पसेका नारीले पनि आफ्नो काम् गर्न ,कम्मर कसेका देशको स्थिती जर्जर हुँदा ,रोज्गारी खोज्नलाई … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सपनाकी प्रियतमा

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू भए फिक्का बोली, अवयव निदाए शयनमा उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !! सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन् गलामा गीताका हरफसरि मीठा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नेपली मन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी म नेपाली माटो मन-वचनले धारण गरूँ ध्वजामा नेपाली सुललित कला-कौशल भरूँ यहाँकै भाषामा विनिमय गरूँ तर्क रसिला यहीँ नाचूँ-गाऊँ कृति नव बनाऊँ गहकिला ।। शिला खोपीखोपी हृदयभरि लेखूँ म कखरा दिऊन् विद्या अग्ला हिमगिरि “हिराका … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो बितोस् जीवन

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी। टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।। तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण। टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।। तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म। तिम्रो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आमाको उत्तर छोरालाई

~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) चिट्ठी पाएँ प्यारो छोराको मेरो उर्जा दासी गोराको आशा बोकी दास्ती तुर्दै छु आँखा तानी बाटो कुर्दै छु (२) गैरीबारी बाँझै टारी छन् दायाँबायाँ सिस्नो घारी छन् कल्ले खन्ने छोरा १ यो माटो उम्य्रो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : भाषा, साहित्य र विकृति

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा भाषासाहित्य पाटो अनि ललितकला खस्कँदै झर्न लाग्यो मात्रै बढ्दैछ सङ्ख्या गुण र मधुरता गर्भमै मर्न लाग्यो निस्के स्रष्टा अनेकौँ फुतफुत रचना थुप्रिए बालुवा झैँ लेखी छापेर कोच्यो तहतह कुहियो हार्न खेल्ने जुवा झैँ । आफ्नैआफ्नै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment