Category Archives: छन्द कविता

छन्द कविता : बीपी : एक शब्दचित्र

~कृष्णप्रसाद भण्डारी~ नेपाली गरिमा बढाई बीपीले साहित्यमा चिन्तन राखे विश्वभरि नवीन युगको राष्ट्रियता कीर्तन । स्रष्टा हुन् पथका प्रभाती रवि हुन् ‘हिट्लर यहूदी’ कथा ‘मोदिआइन’ ‘सुम्निमा’ रचयिता हुन् फ्रायडीयी व्यथा ।। राणाशासनको विरुद्ध जसले हङ्कुार गर्थ्यो ठुलो नेता मात्र नभै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : हलो-लेखनी संवाद

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित हलोवाच… बारी खेत म जोत्छु टार र कुना पाखाहरूमा पसी, गर्मी शीत हिलो झरी सब कुरा बिर्सी गरें उन्नति। मेरै सिर्जन फूल बाग बगिचा सम्पूर्ण यी सृष्टि हुन्, मेरै खानु र पाउ मोल्नु अरुका … Continue reading →

Posted in छन्द कविता | Tagged | 1 Comment

छन्द कविता : विडम्बना !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् हिमाली महिमा सुन्दा डाहा होला विचित्रको माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको प्रकृतिका नदीनाला ताल देख्दा रसाउला लुट्नलाई यिनै शान जाली जाल फिँजाउला । वनपाखा झनै राम्रा फूलका बाग सुन्दर

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : जगत् चिडियाखाना

~तिर्थराज अधिकारी~ छन्द : उपजाति पर्खालमा छन् अझ तार जाली छ बन्द बाटो तन छैन लाली चरा यहाँ छन् बिचरा बनेका छन् प्वाँख के भन्नु र कक्रिएका ? १। छन् बाघ नंग्रासित नै गलेका छन् सिँह उस्तै चितुवा ढलेका हुन् … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : हिजो-आज

~कृष्ण वस्ती~ छन्द : शार्दूलविक्रीडित हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : कलम र खुकुरी

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी उडे पड्की पड्की पटपट धुवाँ-बारुतहरू कुदे पानापाना मुसल, बमकै कर्तुतहरू मसीका थोपामै पनि किन छ बण्डा मनपरी मठारिन्छन् टुप्पा किन कलममै छेदन गरी ? हिजो नाचीनाची पलभर नथाक्ने कलम ती चुली चढ्दै चढ्दै सगर तिर … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : वाणीपुत्र !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर मायावी जाल तोडेर नाघ्यो निर्विघ्न सागर । लगाई ताजको बाजी महाराणा बनी उठ्यो शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : भानू गरिमा

~चक्रदेव भट्ट~ छन्द : शार्दूलविक्रीडित साल् अट्ठारसये एक्हत्तर असार्, उन्तीसका दिनमा। भानू नाम उदाइ काव्य रसिलाे, रम्घा चुँदी गाउँमा। बाजे श्रीकृष्ण हुन् पिता धनन्जयै, धर्मावती मातृ हुन्। अक्षर् लेख्न सिकाउने प्रिय गुरू, बाजे ति श्रीकृष्ण हुन्। १ रामायण् अनुवाद् गरे … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : पाठको वर्णमाला

~तिर्थराज अधिकारी~ छन्द : उपजाति यी कान मेरा कति चर्चराए यी हातगोडा कति झम्झमाए जागै बिताएँ कति रातलाई जलेँ, जलाएँ कति आँतलाई ! न भोकमा स्वाद लिँदै अघाएँ सखार लम्की कति चक्कराएँ

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अभिलषित यात्रा

~प्रह्लाद पोख्रेल~ सधैँ देख्दा आफ्नै वरिपरि नराम्रा गतिविधि तिमी टाढा भागी किन मन दुखायौ यतिविधि ? खनेका छौँ खैरो अपरिमित आन्दोलित बनी जमे हाम्रा सारा मगज, मुटु, नाडी र धमनी।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न केही अरू

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित दोस्राले रुन, डर्न, भाग्न नपरोस् मेरा कुनै काममा निन्दा गर्न, खसाल्न, थुक्न नसकून् आचार वा नाममा सारा वैभव, मान यो समयले पारोस् खरानी बरु मेरो “मानिस” एक नाम नमरोस् ! चाहिन्न केही अरू ! मेरो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आँधी हुरीमा कावा खाँदै

~रामप्रकाश पुरी~ छन्द : समानिका, वातोर्मी १ राजनीति देशमा चल्छ रीतहीनको । शक्ति मादमत्त भो पोल्छ गोठ दीनको ।। २ राजनीति देशमा काल हुन्छ दीनको ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सारथि : युग हाँक्ने

~तिर्थराज अधिकारी~ छन्द : स्रग्धरा दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१। आएको गर्भबाटै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्री कृष्ण महिमा

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित कस्ले भन्दछ कृष्णले सयवटी राखे भनी गोपिनी ? आत्मा एक शरीर मात्र दुइटा राधा तथा रुक्मिणी यीबाहेक कतै सुनिन्न उनको खै राशलीला पनि ! गीता दर्शन कृष्णको बनिरह्यो उत्कष्ट सञ्जिीवनी ।।१।। धेरैको मत एउटै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : प्रणय र आशा

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हावा ! तँ नचल् न उग्र गतिले ! हल्लिन्छ मेरो मन तेरो उग्र बहावले युगलको फिक्का भयो गन्थन हे हे जून तँ अल्पिदे ग्रहणमा, अर्कै कुनै भागमा कोठाभित्र उदाउँछिन् जगतकी मेरी प्रिया चन्द्रमा ।। … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : महारूदन

~इलामेली टीकाराम दुलाल~ छन्द कविता : शिखरिणी जलेको यो मेरो मन अनि कलेजी छ म सित कतै जल्दै बल्दै अनल सरि लौ निभ्छु म कित चलेको यो ढुक्ढुक् ढकढक यता बन्द कि भयो कतै मेरो भन्देउ म अब कि मरेँ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ अन्धो यो चोर छाडेर साधुलाई समाउँछ ! सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : असल मान्छे

~प्रह्लाद पोख्रेल~ ‘ठूलो मान्छे बन्ने रहर नरहोस् कत्ति मनमा सबै बन्दै जाऊन् तर असल मान्छे भुवनमा बनोस् राम्रो छाप्रो गरिब जन बस्ने सुखसित’ सधैँ भन्थ्यौ सच्चा सरल सपना हुन् सुरभित ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आलापोट !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित आलापोट म आउँदा अघि निकै लाग्थ्यो बडो सुन्दर स्वर्गैतुल्य रमाइलो अझ थियो यो ठाउँ नै आखिर बस्थे शङ्र पार्वसित घुमी बाग्द्वारका छेउमा झर्थे साँखु भएर दक्षिण जहाँ नेपाल– कैलाशमा ।।१।। छन् पूर्वोत्तरतर्पm गागल तथा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मंगल कामना

~चूडा निर्भीक~ छन्द : तोटक सबको हित होस् धन सञ्चित होस् । दुखका दिन यी अब वञ्चित होस् ।। सुखका दिनले युग चुम्न सकोस् । भव स्वर्ग जसै अब राज्य बनोस् ।। न गरीब बनोस् न दुखी छु भनोस् । … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आलोक

~प्रह्लाद पोख्रेल~ १. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन । २. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी पीडा, … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सहर

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी किराका ताँती झैँ निबिड जन-बस्ती सहरमा धुवाँ, धूलो-मैलो घुलमिल छ हावा कसरमा बडा ठाडाठाडा गगनसरि अग्ला महल छन् कडा हल्लाखल्ला खलबल “वितण्डे अनल” छन् ।। भन्यो कालोपत्रे “पिचिचि” अलपत्रे सडक छन् सवारीका ताँती रसरङ अनौठा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : वृद्ध जीवन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी जुँगा-दाह्री पाके शिर-वदन सेता हुनगए दुवै गोडा थाके दिनदिन निहत्थासरि भए गयो बढ्दै स्वाँस्वाँ लघु कथनमै रुद्ध छ गला हिँडे भागे टाढा मिलन-सुखका सुन्दर पला ।। बन्यो ढोकै टाढा कदम पर चाल्नै सकस छ तुना … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अलौकिक कला

~दिव्यचन्द्र आचार्य~ छन्द : मन्दाक्रान्ता तोते बोली अति छ रसिलो लठ्ठ पार्ने गला छ हिँड्दा गोडा टुकुटुकु अहा चालभित्रै कला छ । गोडा साना नयन चतुरा मन्द मुस्कान दिन्छन् हेर्दाहेदै मनबिच पसी झन् खुसी ल्याइदिन्छन् ।।१।। मोती सानो तर पनि … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : धर्म, पाप र ईश्वर

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हे मानव बन्धु-बान्धव खुला ब्रह्माण्डका दर्शक ! विद्या, ज्योतिष शास्त्र लेखक, नयाँ विज्ञानका सर्जक तिम्रो जन्म छ उच्च विश्वभरमा तिम्रै कडा हैकम आफ्नै धर्म कदापि छैन बलियो ! देखिन्छ उल्टो क्रम । हिन्दू, बौद्ध, अनेक … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : स्वाभिमान

~प्रह्लाद पोख्रेल~ छन्द : मन्दाक्रान्ता भाषाभक्ति प्रबल छ जहाँ सुस्तरी छन्द रम्छन् मन्दाक्रान्तासित सरसिला काव्यवाणी वहन्छन् गाउँ प्यारो हरबखत नै मृत्तिका चुम्छ पाउ सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ कस्तो रूपान्तरण छ यहाँ संस्कृति प्रेम कस्तो

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : विभेद

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी कतै डाँडाकाँडा असहज भिराला र पहरा कतै आँधी-बाढी क्षति-विलयका त्रास, नखरा कुनै शोभादायी कुसुम र कतै तिक्त रजनी अनेकौँ दर्जाका विविधमय छन् मानिस पनि ।। मुठी कस्तैकस्तै स्वजनतिर हान्छन् कतिपय छुरा धस्तैधस्तै थकित पद तान्छन् … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : गाड़ी पुरानो भयो…

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित ऐना हेर्दछ बार बार मुखमा देखिन्छु राम्रो भनी, गाला खुम्चिसके फुल्यो शिर सबै कालो दले तापनि। पोता दागहरू मुहारभरि छन् काका र जीबा भयो, तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।01। फोटा हेर्छ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : महाकाव्य को सपना

~कृष्णशरण उपाध्याय~ छन्द : भुजङ्गप्रयात चहारेर डाला मुना फूल पात ! म लेख्दै छु संसार का व्यर्थ बात !! कुरा सत्य देख्थें म द्रष्टा भएमा ! महाकाव्य लेख्थें म स्रष्टा भएमा !!   महाकाव्य लेखूँ त लेखूँ म यस्तो ! … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : छन्द र म

~डा. लेख निरौला~ छन्द : उपजाति हो छन्द बुझ्ने क्षमता भएन बुझ्दै नबुझ्दा ममता भएन सिकेर झट्टै पनि जानिएन… गाह्रो हुनाले अनि मानिएन ।। बुझेर भित्री जब मर्म सारा लेख्ने ममा छैन कुनै इसारा के छन्द कस्तो कसरी रचिन्छ

Posted in छन्द कविता | Tagged | 1 Comment

छन्द कविता : शरद्

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी हटे कालामैला अति मुदित वातावरण छ सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।। उठे सेता खास्टा तलतल बढाई नगहरू खुले चोखा बन्दै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अामा, माटाे र देश

~विक्रम पवन~ छन्द : शार्दूलविक्रीडित काेबाँच्छन् र खुसी भएर सुरवी मासेर नेपाल याे नेपाली गरिमा बढाऊ शिरमा राखेर नेपाल याे नेपाली जनकाे छ भाग्य गतिलो मारेत के भाे अब हेर्नू है समरै लडेर मरुँला थाप्ने छु गाेली अब – माटाेकाे … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment