Category Archives: कविता

Nepali Poems

कविता : ह्वेल

~बिमल गुरुङ~ म आउँदैछु तपाईहरुको सहयोगको लागि आउँदैछु तपाईहरुको मोर्चामा एक संख्या थपिएर आउँदैछु । यो टाढाको कोठाबाट म तपाईहरुलाई शुभकामना मात्र दिन सक्दिन यो टाढाको कोठाबाट म रातदिन आँखाबाट धारा बगाउँदै तपाईहरुलाई कल्पन मात्र सक्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको अस्तित्व र स्वभिमान

~टंक सम्वाहाम्फे~ अ अथवा अस्तित्व स्व अथवा स्वभिमान हरेक देश र जनतासंग गासीएको हुन्छ टासिएको हुन्छ अलङ्कार हुन् यी दुर्इ अक्षरहरु हरेक देश र जनताको त्यसैले देश र जनताको लागि प्रीय हुन्छ अ र स्व अथवा अस्व

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखा छोप्दैमा अरुले नदेख्ने त होइन

~प्रकाश सुनुवार ‘निराकार’~ खालीपेट पाल्नका लागि आउँछ आँखा चिम्लिन्छ, खोल्छ, घुर्छ फेरि सास फेर्छ वरिपरि बस्नै नसकिने गरि गन्हाएको छ अरुको सुबिधा काट्छ आफ्नो सुबिधा बृद्धि गरिरहेको हुन्छ एसो गर्दा खुसी हुन्छ दरिद्रतामा अझ भासिंदै गएको हुन्छ उस्ले आफैलाई छल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढो भ्वाइलिन धुन र माया !

~समाश्री~ ऊ कोठामा छ उसँगै तार खुकुलिएको एउटा भ्वाइलिन छ उदासिमा बेरिएर मौन बसेको गजो छ र कोठाभरि अनन्त फैलिएको यादहरू छन् सँधै दोहरि रहने यादहरू बुढा भएका छैनन् यादहरू हरेक सम्झाइमा फेरी तरोताजा हुन्छन् यादहरू विगत हुँदैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गिट्टी कुट्ने दिदी

~तारा पराजुली~ यतिबेला बेखबर जूनलाई सम्झियौ होला उहीँ पुरानो कुन्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरु भूईँभरी खोज्यौ होला। अँध्यारोका जुनकीरी बोलाएर बिच बाटोका  पदयात्री   रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका वर बगैंचा लटरम्म सुन्तला आँखाभरी झुण्डिरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : आग्रह

~जीवन खत्री~ तिमी जाँदा, आफू संगै लगेछौ एक अन्तरा हिउँको गीत एक अञ्जुलि झरनाको प्यास भञ्ज्याङको एक थुङ्गा गुराँस र गाउँको एउटा मुस्कान पनि, लगेछौ र संगै लगेछौ पोको पारेर अलिकती तिमी जस्तै चञ्चल देश

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो होस अब

~जय प्रकाश ‘विवश’~ अचेल संसार एक्लो छ रित्तो रित्तो छ किन मनले यसरी हतासिएको अनुभूति गर्छ खाली सन्नटा र रित्ततामा चलेको छ मेरो आफ्नो संसार।। होला तिमी हाँसेर बसेको देखेर आज म पनि मुस्कुराएको होला तिमी रमाएको देखेर म पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो विज्ञान-प्रविधि

~प्रकाश माकृहाङ~ विज्ञान, प्रविधि, अनि म, दुनियनं आज, चिहाइरहेका छन् संघारमा उभिएर म अनि मेरै समिपमा उभिएर जिस्काईरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रसन्नता

~प्रतीक ढकाल~ प्रसन्न चित्त हुन्छु रे प्रसन्न चित्त सुन्छु रे प्रसन्न चित्त ली सधैं परोपकार गुन्छु रे प्रसन्नता समूल हो प्रसन्न चित्त ‘फूल’ हो प्रसन्न चित्त बस्छु लौ यही मेरो कबूल हो ।। १ ।। प्रसन्न चित्त ईश हो प्रसन्नता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कपमा ऊभिएको अस्थिपन्जर

~सबिना सिन्धु~ साँच्चै किताब पढ्दै थियौ नि ! कति अध्याय पढ्यौ र जाँच्यौ आफ्नै हालत ? शुन्य – शुन्यमा निर्वाह गर् यौ शब्दको प्रहार र चपाउँदै चेतनाहिन एकाग्रता चर्कियौ समयको छातीमा । बत्ति निभेको एक साँझ धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शिर निहुराउने रहर

~मोहन बन्जाडे~ आफ्नै खोरिया आफैले फाँडेर आफैले रोपी आफन्तहरुले टिपी छिमेकी मिलेर बाटेको धागोबाट गाउँले मिली बुनेको कपडामा कुनै देशबासी आफैले सिम्रीक भुइँ र नीलो किनारा बीच

Posted in कविता | Tagged | Leave a comment

कविता : मूल्य चुकाऊ

~सरल सहयात्री पौडेल~ तिमी जाऊ, जतासुकै जाऊ समुन्द्रपारि जाउ या आकाशतिर जाऊ तर वलिदान दिने मेरो आफन्तको मूल्य चुकाऊ तिमी वोल्न स्वतन्त्र छौ वोल

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो माया

~नीता के.सी.”भट्टराई”~ कोहि भन्छन दुई मुटुको ढुक-ढुकी हो माया ! कोहि भन्छन निको नहुने ब्यथा हो माया – -! माया त मायानै हुन्छ चोखो र बिटुलो हुदैन माया ! बाच्छ सधै मुटुमै माया नाफा र घाटा केहि हुन्न माया !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भगवान्

~दिनार रनादी~ म जस्तै दुरुस्तै मेरो छ भगवान् ।। पूजा प्रसादमा हुरुक्कै हुने निन्दा सहनै नसक्ने म जस्तै दुरुस्तै मेरो छ भगवान् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरू र सत्ता

~तीर्थ श्रेष्ठ~ शासनारुढ एक हूल पातकीहरूबीच मलाई मेरो कविको शिर झुकेको मन पर्दैन बरु भोकै मरोस् मेरो कवि मलाई उसको कान्ती मरेको मन पर्दैन अक्षरेका फूलहरूले कविसँग सुगन्ध माग्छ कवि अक्षर फूलहरूलाई सुगन्ध दिन्छ र अक्षरहरू जीवित हुन्छन् अर्थात्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी एक सुखी पात्र

~ज्योतिराज अधिकारी~ यो जीवन तिम्रै सोचको प्रस्फुटन हो किन व्यर्थ दोष थोपर्नु अरूमा यो त तिम्रै मनको कथा हो यो तिम्रै कल्पनाको व्यथा हो त्यो मनले जब कथा हाल्दछ तिमि सजिलै विश्वास गर्दछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : आइती

~कृष्ण सेन ‘इच्छुक’~ परेला रुझेको तिम्रा आँखामा असीम पीडा छैन यो पनि म भन्दिनँ पीरले भक्कानिएको तिम्रो मुटुमा असह्रय वेदना छैन यो पनि म भन्दिनँ पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साँढ्याको कवित्

~कृष्ण प्रधान~ ऊ जति स्वतन्त्र को छ र ? भनेको मान्दैन नभनेको मात्र गर्छ हेर्दा अजङ्गको जूरो उचाल्छ। हानुलाझैँ गरी तीखा तीखा सिङ

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडको बाटो

~प्रकाश सायमी~ मलाई पहाडको बाटो एकदम मनपर्छ भीडमा हिँड्दा एक्लै लाग्ने एक्लै हिँड्दा अग्लो लाग्ने तिनीसितको सामीप्य मलाई वेलाको धुनजस्तै लाग्छ, मैले पहाडलाई नजिकबाट देखेको छु कहिले आमाको आँसुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको छाता

~नरबहादुर घिमिरे~ ओथ्रा बसेको कुनै पंक्षीको अण्डामा दुई थोपा पानी पर्दा तपाईलाई कस्तो लाग्छ? जसरी तिमी सोच्दै छौं पहिलो पटक छाता ओढेर स्कुल गएको दिन। त्यो पंक्षीले त उड्दै गरेको बचेराको रोज सपना देख्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म अनसनमै मरेँ भने….

~नुमनाथ प्याकुरेल~ म गोविन्द ! म निरीह यिनका नजरमा मानवता हराएको यो शहरमा कैले उनले घचेटेर कैले यिनले धकेलेर कैले यता, कैले उता उछिट्याइन्छु।। म बबुरो तिनका नजरमा उठेर फेरि हिड्ने अभिलाषा ले, मेरा तिनकोरि वर्ष वित्दै गर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : घाँसी

~लक्ष्मीप्रसाद देवकोटा~ सुन्दर युवक सुतेका रुखमनि थकित शिलाको तकियामा । यौटा घाँसी धार लगाई बसीरहेको हँसियामा ।। वनको मीठो गान घुसेको यौटाको मृदु सपनामा । यौटाको दिल स्वर्ग उडेको निर्मल जीवन बिपनामा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आशा

~चूडानाथ भट्टराई~ यो दिव्य नील, नभमा जडिए कमानी त्रैलोक्यमै छ परिपूर्ण श्रद्धा ! जवानी ! मस्ती छ जीव जतिमा जड छन् फुलेका आनन्दले मगन मस्त भइ झुलेका ।।१।। साफल्यमा कृषकको फल गाँथिदो छ उद्योगमा श्रमिकको दल गाँसिदो छ आनन्दको लहरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गद्य-गीत

~विजय मल्ल~ त्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अ- हिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : कबुल-मुन्धुम

~विक्रम सुब्बा~ आमाले रोजेको होइन, म गर्भमा आएपछि , आमाको ममताले मन्जुर भएको हुँ । रोजेको होइन आमा-बा मैले उनकै रक्त-डल्लो भै जन्मेपछि सभ्यताको एक हिस्सा बनेको हुँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिडियाखाना

~सैलेन्द्र साकार~ को हेर्न आउछ मरेका चराहरु को चिडियाखाना शरीर ? जहा मरेका झै भएर बसेका छन जीवित चराहरु झै चन्चल स्नायु चरा हरुको सिनो गन्धले

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार !!!

~अर्पण तामाङ~ खबरदार! भोका नाङ्गा जनताहो!! अझै सकिएको छैन क्रान्ति! हात बाधेर नबसहै आयो भन्दै सान्ति! त्यसैले मेरो यहा हरुलाइ एउटा खबरदारि। गिरि बिस्ट र थापा हरुको सकुनि रथ मा बुइ चढेर नारायणहिटिको बंश बिनास गरि ५८ को कालो इतिहास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद म

~किरण पौड्याल~ छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म आँखा काला, नियत खराब, हिंडे फोडी म | काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म खुँडा, भाला, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा छ हातमा

~मोहनशरण देवाचार्य~ निश्वार्थ मनमा मेरो , राष्ट्र नै थियो जीवन। हे बत्सल्यमयी आमा, जिन्दगी छ समर्पण ।।१।। नेपाली कन अर्काले , उपेक्षा नगरिकन । सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : युग र म

~गोविन्द विकल~ युग । तिमीले पिउन लागेको सर्बतको गिलासमा एक टुक्रा बरफ म क्रमशः बिलिँदै जानेछु। युग । तिमीले तान्दै गरेको चुरोटको एक सर्को धूवाँ म क्रमशः हावामा विलीन हुनेछु। युग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विप्ल्याँटो

~गोपालप्रसाद पौडेल~ जुन रोहेको ताराहरु हाँसेका तैपनि फेरि उज्यालो लिएर जुन चियाउँछे घाम रिसाउँछ झोक्केर तताउँदै डाँडापारि गएर निदाउँछ बाँसको झ्यांगमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हातमा कालोफूल लिएर उभिएकी नायिकालाई

~अविनाश श्रेष्ठ~ ।। एक ।। उन्मादको अर्को नाम नै तिमी थियौ नायिका । उपकूल–उपकूल, बगर–बगर नदीमय सम्भावना तिम्रा उन्मत्त आँखामा लोलाउँथे— रात, थाकेर बिसाएझैँ बोगनबेलियाको झ्याङमा । तिमी हुनु नै समुद्र हुनु थियो/तिमीभरि उर्लन्थे मेरो पौरुषका अदम्य लहरहरू/ज्वारभाटाहरू । नीलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment