Category Archives: कविता

Nepali Poems

कविता : झुपडी

~सुरेन्द्र जोशी~ बीच मा लटरम्म फेलेको राता अनार पुरानो तार र बारको ओझेलमा खोलाको किनारमा सुहाएको छ बेहुलि जस्तै, पारि सिर्के डाडा बाट असारे आप जस्तै बेलुकी पख

Posted in कविता | Tagged | Leave a comment

कविता : आह्वान

~राधा कार्की~ यसलाई मैले सम्हाल्न सकिनँ सधैँ बरालिएर बकम्फुसे कुरा गर्छ छिमेकीको सारमा जुँगा हल्लाउँछ घर, करेसाबारी वास्ता भएन यसलाई । बाजेले भनेका थिए– यसलाई पढाएर ठूलोमान्छे बनाएस् तल्ला घरे कान्छो कुपोषणले म¥यो

Posted in कविता | Tagged | Leave a comment

कविता : टागन घाेडा

~शरद पाैडेल~ तिम्राे तबेलामा बाँधिएकाे मात्र म टागन घाेडा, निगाहले दिएकाे अलिकता भुसा खाएर स्वामी भक्तिमा हाजिर छु ! ए ! सुसारेहरू हाे ख्वामितका,

Posted in कविता | Tagged | Leave a comment

कविता : महेन्द्रमालाको भूत

~सुमनराज श्रेष्ठ~ पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीको झोलाबाट हटाएको बर्षौंपछि महेन्द्रमालाको पुरानो किताब एकाएक देखापर्न आइपुगेको छ अचेल सामाजिक सञ्जालका भित्ताहरूमा। बजारबाट जफत गरेर भएभरका संस्करणहरू उहिल्यै गाडिएको हो यसको अस्थिपञ्जरलाई श्मशानमा तर कहिलेकाहीँ बौरिन्छ यसको आत्मा

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यङ्गोद्गार

~श्यामदास वैष्णव~ ‘सत्य’ चिन्ने भए ! ‘सत्य’ चिन्ने भए यदि- ‘झूटा’ को सङ्गत गर्न थाल ! तिनले जे-जे भन्छन्- रगडेर नाक- ‘सही’ हाल ! स्वतन्त्रताको विशेषता जान्ने भए कसैको ‘चाकरी’ गर्न थाल

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव

~हृदयचन्द्रसिँह प्रधान~ मानव, आशाको पछ्यौरा चारैतिर बिछ्याएर, निर्वस्त्र दीनले शिशिर-ऋतुको विहान सूर्यलाई झैं पर्खेर मैले तेरो हृदय-बाट फूल झर्ने बाटो पर्खिरह्को थिएँ । बाघ-हात्तीलाई पनि इशारामा नचाउन सकेको देखेर, बिजुली आविष्कार गरी जल वायु सूर्यहरुलाई पनि मेख मार्न सकेको देखेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ………बनेर नयाँ वर्ष

~दीपक कुमार ज्ञवाली~ मन गर्दैनन् स्वागत गर्न तै पनि आउँछ्यौ । नरुचाए पनि बारम्वार दैलोको सँघार नाध्छ्यौ । साछी छ इतिहास गुमेका सुनौला क्षण । अब हामीले पाउँदैनौं बितेका ति पल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको सौगात

~ऋतिक यादव~ नयाँ वर्षमा नयाँ उमङ्गका लहरका साथ प्रस्तुत भइहाल्नु , तिम्रा हरेक दिन नै सफलताको मतलबी सरोकार बन्नेछ , नयाँ प्रतिभाको खोजी गरि एक नयाँ पहिचान बनाइहाल्नु, तिम्रा अगामी दिनमा क्रान्तिको जोडदार एपिसोड बन्नेछ । विश्वासको केन्द्रविन्दु भई सत्यताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : सलाइको काँटी

~अज्ञात~ मेरो थाप्लो उसको कम्मरमा रगटेर ज्वला निकाल्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अाफै लड्नु पर्छ

~कृष्ण पाैडेल~ मैले भन्न थालेकाे छु अाफ्नाे मुक्तिकाे लागि, बर्गीय मुक्तिकाे लागि याे दुनिया बदल्न हामी अाँफै लड्नु पर्छ । पहिले, नीजी स्वार्थबाट माथि उठेर

Posted in कविता | Tagged | Leave a comment

कविता : आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न

~यकिना अगाध~ मेरी आमा ! भालेको तेस्रो डाँकसँगै उठ्नुहुन्छ भाइलाई पिठ्युँमा बोकेर पँधेरा कुद्नुहुन्छ आगो फुक्नुहुन्छ बस्तुभाउलाई कुँडो पकाएर बा र हामीलाई खाजापानी बनाउनुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सोचाइ , बुझाई र भोगाइ

~सुशील श्रेष्ठ~ बन्द गरेको फेसबुक खोल्न मन लाग्यो , थोरै भए पनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो । अरूको होइन आफ्नो परिचय देऊ भन्न मन लाग्यो , कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो।

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना !!!

~रबिन पुरि~ दिन ले रात लाई हात समाउँदै ! कहिले फकाउदै,कहिले जिस्काउदै !! वर्ष हिउँद अनि हरेक रितुहरुमा! कुहिरो,घाम र असिनाका डिक्काहरुमा !! सूर्यले बादल सँग खेल्दै खेल्दै , चन्द्रमाले जुन तारा सँग चल्दै चल्दै !!

Posted in कविता | Tagged | Leave a comment

कविता : वनचरीको लय

~त्रिभुवनचन्द्र वाग्ले~ आज पनि आमाको भान्सामा बजेनन् थाल, कचौराका घण्ट सायद यतिखेर आमाको भान्सा आमरण मौन व्रतमा छ ल्याएर अलिकति सिस्नो र भ्याकुर आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कुरा छैन नभन

~अनन्त निरौला~ कृपया कुरा छैन भनेर नभन कुरा त एक बहाना हो उही उही कुरा गरे नि हुन्छ एउटै कुरा फेरि फेरि भन्दा नि हुन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म लाटी

~अमृत सिङ थिङ~ म त बिना नभएको मृग र पो सिकारी बन्दुक ताक्दैन छैन म सँग दिने त्यस्तो कुरा र पो कसैले माग्दैन फूल म पनि हु फुलेको छु अरु जस्तै म भित्र मीठो सुगन्ध छैन रङ्गाउन रङ्गीन रङ छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुकुरहरु

~कमल कुमार~ किन भुक्छन् कुकुरहरु ? तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई किन झम्टिँदैनन्? मालिकहरुलाई देख्दैनन् किन कुनै आतंक? रगत लत्पतिएका कम्ब्याट पोशाकमा कम्मरमा लुकाइएका

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी शरत्पूर्णिमा

~निर्मोही व्यास~ मेरो प्रीति–प्रभातकी हिमचुली ! आऊ खुली झल्मल मेरो भाव–तरङ्गिणी ! बग तिमी गर्दै सदा कल्कल आऊ पङ्ख फिँजी उडेर भुरुरू ए सर्वसौभाग्यदा ! आँखामा बिपना भई बस तिमी मेरो सदा सर्वदा ० आभा स्वर्ण–प्रभातको गगनमा झल्केसरी झल्झल थोपा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुँ सरोज चेपाङ

~अनुपम ‘नवोदित’~ स्निग्ध हिमशैलको वात्सल्यमा चर्खा जस्तै घुम्ने ऋतुचक्रहरुमा हरित उपवनको नवपल्लवित वसन्तकालिन अाँचलहरुमा सुविधायुक्त आमोद-प्रमोद नभए पनि तिमीले मलाई दोस्रो दर्जाको बनाए पनि चेपाङलाई हुकुमी प्रजाको संज्ञा दिए पनि अजश्र कठिनाइहरुको सामना गर्दै वसन्तकोकिल झैं आल्हादित हुन्छु सुन्दर-सुन्दर पुष्पलतिकाहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुशासन प्रवर्द्धन र संघियता

~ऋतिक यादव~ संघियताको चुनौतीमा सुशासन कसरी एकसाथ हिड्न सकिएला, कानुनी सर्वोच्चता र पारदर्शीताको अभाव मुलुकमा कहिले सक्लान्, कुशल राजनीतिक एजेण्डासँग कसरी एकसाथ हिड्न सकिएला, राजनीतिक चुनौतीले भरीभराउ सुशासनको प्रतिक्षा कहिले सक्लान् अर्थतन्त्रको जग खल्बल्याउनेहरु लाई कसरी हटाउन सकिएला, नितीगत भ्रष्टाचारमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो उठ्न सक्छ

~नारायण अधिकारी~ सलाईको काँटी तेलको बत्ति चुरोटको ठूटो भिन्नै रुपका एउटै वस्तु- आगो । मट्टितेल-पेट्रोल डिजेल-ग्यास ज्वलनशील पदार्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : दिन सक्छौँ भने….

~दीप गोले~ मलाई ऊ मधेशी, पहाडी, हिमाली भाई भाई लडाउने जात जात जुधाउने देशलाई टुक्रा टुक्रा बनाउने सङ्घीयता भएको संविधान होइन सयौँ फूलहरू फुल्न सक्ने अखन्ड फुलबारी सहितको

Posted in कविता | Tagged | Leave a comment

कविता : द्यौला

~केशरी अम्गाई~ खै कतिखेर देउताको पहरा दिँदा दिँदै आफ्नै पहरा दिन बिर्सेका मेरा पुर्खाहरूलाई तिम्रा अलिखित शास्त्रहरूबाट कसरी खसालिएछ पिँधमा ? इतिहासको पदचापमा मेरा बराजुहरूलाई अपराधी नै किन नहुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : धान फलेन

~एम.एल. ओली~ धानको बालो झुलेन खेत पपट्टो रिसियो पेटारीभित्र मुसाको साथ बाँदर मिसियो झाङ्गियो बोट फलेन नोट ढल्कियो आलीमा कसौडी घोप्टो परेर रोयो भातको थालीमा । नगोडी बोट चलायो ओठ जिब्रोले चुसेन निस्केर जरा बाहिर आयो माटोमा घुसेन

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : नेपाल खुल्ला

~लक्ष्मण नेवटिया~ लामो बन्द पछि जब बन्द नेपाल खुल्यो, विदेशीयात्रुले सोध्यो मलाई, नेपाल कति दिनका लागि खुल्ला छ? मलाई जानु हुम्ला र जुम्ला छ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : किनेको हावा

~गोविन्दप्रसाद आचार्य~ प्रकृतिले शुल्क लिन्न हामीले फेर्ने हावाको शुल्क तिर्नु परेको छ जिन्दगीका आभाको प्रकृतिको हावा बेची नलुकाउ नोटहरू अविवेक फल्छ भने काटिदेउ बोटहरू बोली जति बोले पनि मिटरमा चढेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति अनि शान्तिको भ्रान्ति

~बाबुराम आचार्य ‘विकल्प’~ क्रान्ति अनि शान्तिका नारा फलाक्नेहरू आज भ्रान्तिका नारा फलाक्दै छन् रे ख्वै किन हो किन आज उनीहरू शान्तिको नाममा देशकै अस्मिता बेच्दैछन् रे मैले त सुनेको थिएँ, पढेको थिएँ क्रान्ति पछिको शान्ति चाहिएको छ रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनेली तिमी किन मलिन छेऊ ?

~माडीखोले दाइ~ परिवर्तनसँगै जुनेलीका आशाहरू मौलाएका थिए चुक परेको रात चिर्दै, जब बिहानी तिरमिरे भयो मुसुक्क मुस्काउँदै आँखाका किरणहरू पाखाभरि फैलिए, जुनेली तिनिक्क आङग तन्काउँदै दैलोबाट बाहिर निस्किन् क्षितिजको हिमालले फिस्स मोती टल्कायो खोई के भयो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चिडियाखानाको सिंह

~सीमा आभास~ अँध्यारो गुफामा बसे पनि चिडियाखानामा थुनिए पनि सिंह त सिंह नै हुन्छ। गर्भबाट पनि सिंह नै जन्माउँछ। युगयुगदेखि भोको पारिए पनि खाँदैन घाँस हजार पहरेदारले घेरिए पनि गर्दैन आत्मसमर्पण

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल सानै छ, देवकोटाज्यू!

~विनोदविक्रम केसी~ हे महाकवि! हे पण्डितपुत्र! आफ्नै हुर्मत लिने कस्तो स्वाँठ प्रश्न गर्नुभएको तपाईंले– के नेपाल सानो छ? नेपाल सानै छ, देवकोटाज्यू! हुँदै नभएको विशालता

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमी मात्र किन ?

~सुरेन्द्र जोशी~ तिमी रोयौ आमा, ति वेदनाका बिम्बहरुको नुनिलो स्वाद घुटु घुटु प्यूँदा, छोराले किरिया गर्दा तिम्रा पिण्डहरुमाथि तिलाञ्जलीको हस्ताअक्षर गरेको जस्तो लाग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तुच्छ जीवनको महान् गाथा

~आहुति~ यो धर्तीको म जुठे नामको तुच्छ गरीब नाईँ ! म बन्न सक्तिन महान् ! रामप्रसाद शर्मा आम्मै आम्मै ! उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता

Posted in कविता | Tagged | Leave a comment