Category Archives: कविता

Nepali Poems

छोक : मौसम

~प्रमोद धिताल~ यो यस्तो मौसम हो जहाँ इमानलाई पुष्टि हुन बेइमानहरु साक्षी बस्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरी भैंसीको कथा

~रक्ष राई~ फनक्कै सिङ्ग घुमेको लचक्कै ढाड लच्केको गमक्कै चांक फुकेको टमक्कै फाँचो कम्लाएको यति न हो मेरो हुलिया नाथे, म लाहुरी भैंसी! मेरो मास फेरिनु कता हो कता !

Posted in कविता | Tagged | Leave a comment

कविता : समुद्र ध्वस्त छाती र साँझहरु

~दीपा लिम्बु राई~ समुद्रको किनारामा हुत्तिदै आउने छालहरुसँगै आधि भिज्दै सधैं सधैं यी यस्तै साँझहरु ऊ समुद्र एक टकले हेरिरहन्छ । समुद्रको पारि क्षितिज कतै प्रेमिल अवशेष बाँकि छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : परिबन्धले बाचेको मान्छे

~सुनिता सोयोङ राई~ जुन कुराको जरुरी थियो त्यो मसंग छैन माया गर्ने मान्छे सबै आफ्नो मान्छे होइन फरक यति छ आफ्ना र पराया संगका नाताहरु अटुट होलान तर रगतले एक छैनन् ती सम्बन्धहरु कसैलाई सेवा गरुन्जेल पाएको माया के माया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र भोगाई

~देवेन्द्र खेरेस~ समय: हावा हो, संधै उडिरहन्छ समयः पानि हो, सधै बगिरहन्छ समयः जीवन हो, सधै बितिरहन्छ समयः कि के हो ? समयः कि सप्पै हो ? समयको फेद र टुप्पा नभेटेपछि एकदिन बित्यो, भन्थे दुइदिन बित्यो, सोच्थे तर, युग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु

~दयाकृष्ण राई~ थेम्स नदीको तीरै तीर छाती भरि पीरै पीर बोकेर हिडिरहेका हामी गोर्खालीहरु खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको बागमती नदीको यादमा आँसु बगाई रहेका छौं । नेपाल आमा ! बरु यो आँसु र पसिना उतै बगाउन पाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब्दुल्ला कुर्दिस

~गणेश राई~ धिक्कार छ म बाँच्नुको निरन्तरता यही धरतीमा जहाँ चुँडियो गुलावजस्तो सुन्दर आय्लान मेरो मुटुको फूलबारिबाट धिक्कार होस् यही संसारसित कुनै चिज मैले माग्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो पोखरी

~सदानन्द अभागी~ म सानो माछा मेरो सानो पोखरीको बास प्रकृतिक सौन्दर्यताको भण्डार विश्व उच्चताको ठूलो पर्वत पूण्य सलिलाको पवित्र जलले सिँचित विश्व बन्धुत्वको भावनाले भरिएका मेरो पोखरीमा बसेका माछा विविधतामा एकता

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडको जुत्ता

~यकिना अगाध~ युद्धको समय थियो कमरेड युद्धको परेडमा लामबद्ध थियो । मेरै गाउँ भएर विजयको यात्रा उँभो लागेको थियो । मेरा बाबाको चिरापरेको नाङगो पैताला देखेर आफ्नो खुट्टामा रहेको मनपरेको एकजोर चप्पल कमरेडले उपहार दियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै परिभाषामाथि प्रश्न चिन्ह

~कृष्ण बाउसे~ जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो स्पर्शमा आउँछ एकातिर सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा र अर्कातिर सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे । जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो कानमा पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~शिव अधिकारी~ फूल हो सिर्जना विन्दू धर्तिको मन मोहिनी खोलिएको मिठो हाँसो फूलैको बासना पनि हास्नु हसाउनु पर्ने किन हो यो फूली फूली के कर्तव्य गरिराख्ने फूलले जिवनी भुली किन फूल्दछ यो फूल कस्को लागि फूति रह्यो फूलले पाउने के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म फूल हूँ

~भरत खत्री~ म गुलाफको कोपिला हूँ टिप्ने कोसिस नगर्दा हुन्छ म गुलाफको फूल हूँ, च्यात्ने कोसिस नगर्दा हुन्छ धेरैले सजाय मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थ

~गोवर्धन पूजा~ थाहा छ, तिम्रो फैलावट संगसंगै बढ्दै जाने छ हाम्रो दूरी क्षितिजले कोरेको धर्ती र आकाश बीचको सीमारेखाजस्तै तर पनि जून बनेर हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : आयो फेरि नयाँ वर्ष…

~बसन्त चौधरी~ नयाँ वर्ष आएको छ लट्पट्याउँदै पुराना सम्झनालाई के गरूँ म आफ्नो शुभकामनालाई जुन तिम्रोलागि साँची राखेको छु तिमीलाई शुभकामना छ तिम्रालागि जीवन,

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सी

~पुरुषोत्तम ढुङ्गेल~ सांल्दाजु ओ सिकर्मी सांल्दाजु !! भन्देउ न कुन काठ प्रयोग् गरेर बनाउछौ कुर्सी ????? कि त्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : एक युग भयो

~भिमदर्शन रोका~ एक युग भयो, छाडेर घर म यात्री गर्न एक्लै सफर हिँडिरहेछु, साथी ! म हिँडिरहेछु आरम्भ छाडी अन्तदेखि बेखबर ! एक युग भयो…

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको ऐनाभित्र

~नरदेन रुम्बा~ चर्किएका हातहरूले फुटेका औँलाहरूले/नङहरूले मैले छाम्न खोजे“, मैले स्पर्श गर्न खोजे“ मेरो देश कतै छ कि भनेर, यो हो कि त्यो हो कि भनेर तर कहाँ छ मेरो देश । गुराँसका फूलहरू हेर्छु कहिले, मधेसका घामहरू हेर्छु कहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~शिवप्रसाद गौतम~ यहाँ मान्छेबाट मान्छे दुख्न छाडेका छैनन् सोझो चिताउनेको यहाँ भलो हुन सकेको छैन उहिल्यै सतीले सरापेको श्र्राप रही रहेकै छ यहाँ । एउटै मुलुकमा एउटै नियम कानुनमा जाली फटाहाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : झर्न बाँकी पातहरू

~राजेन्द्र तारकिणी~ समयले एउटा पात खसाल्यो ! (कि या, मान्छेले जबरजस्ती झा¥यो समयको रूखबाट ?) पुरानो रङ्गको आफ्नै अनुहार च्यात्यो समयले र, रगतजस्तै जमिसकेको नालीमा फाल्यो अर्को नयाँ तेजिलो रङ्गको अनुहार उसले लामो हात तानेर टिप्यो क्षितिजबाट र, च्यातिएको ठाउँमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पाेष्टमाेर्डन एपिक

~डा. विदुर चालिसे~ जनैपूर्णिमाका दिन लैला मजनूहरू नाचिरहेथे पाेष्टमार्डन एपिकहरूसँग विविध बान्कीका मधुर गीतले भ्रमपूर्ण मस्तिष्कका चेतनामा मेरा नायकत्व सिथिल हुन्थे प्रत्येक चरित्रका अायामहरूमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : अंग्रेजी नयाँ बर्ष

~रेखा पन्त~ इन्बक्स शुभकामनाले भरिभराऊ थियो l फेसबुक र ट्विटरका भित्ताभरी नयाँ बर्षका रंगीन पोस्टहरू ! पल्टाएर हेरे भित्तेपात्रो आज वैशाख एक गते पक्कै थिएन जनवरी एक तारिख पो रैछ ! निराशाका चैते खडेरीलाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : यो देश यसै चलेको छ

~दयामोहन आचार्य~ कोही हात्ती घोडा चढेको छ कसैको गोडा गलेको छ सिमामा जङ्गे पिल्लर सरेको छ कहिले खैजेडी कहिले डम्फू बजेको छ चौतारी गफले गलेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सलामः नयाँ वर्षलाई !

~शिवप्रसाद गौतम~ सदावहार पुलकित भएर आफ्नैपन र शानमा आफ्नै कर्मपथमा निरन्तर यात्रा गरिरहने समय सृष्टि हो र कर्मवीरहरूको कृति हो समयलाई ढाँटछल गर्नेहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसीका पिडा

~देबेन्द्र बस्याल~ छोरी जन्मेर ३ कि पुग्दा म परदेशबाट घरमा पुगें मैले छोरीलाई कँदर्खुटीगरी घरवरीपरी घुग्दै थिएँ मैले छोरीलाई प्रश्न गरें छोरी तिमीले हात धुन सक्छेउ ? खुट्टा पनि धुन सक्छेउ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : खाते

~भरत खत्री~ सडकका पेटीहरुमा मेरा दिन गुज्रिदै छन् फोहोरका मल्खादमा मेरो भोजन खोजिदै छ बाच्ने आसा, तिम्रो जति छ मेरो पनि त्यति नै छ कस्तो हो यो विडम्बना, कस्तो हो यो नियति म रुदा पाखे रोयो रे, मेरो लास लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म विद्रोही ?

~सुनील बाबु श्रेष्ठ~ चरा जस्तै फुत्रुक फुत्रुक रमाउदै उफ्रदै भर्खरै घरबाट खेल्न निस्केकी निर्दोष कोपिलाहरू आफ्नै घरको कान्लामुनि लडिरहेका छन रक्ताम्य भएर सोचौला तिमी यी कलिला मुनाहरु भर्खरै रजस्वला भएकी छे र, साक्षात्कार गर्दैछे जवानीसंग । ए भ्रमित शासकहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खिरहेका हुन्छन आमाहरु !

~सुनील बाबु श्रेष्ठ~ जाडोले कठा़ङ्ग्रीएका लेकका धुपिहरु जस्तै यतिबिघ्न जाडोमा चाउरिएका अनुहारमा सयौ रेखाहरु बोकेर सुनसान घरको पिडिमा एकोहोरो टोलाईरहने ती एक्ली बुढी मान्छे कसकी आमा होला? छेऊमा गएर सोध्छु, ‘आमा जाडो भएको छैन?’

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाई

~राजेन्द्र समन~ तिम्रो पर्खाईको मैले कदर गर्नै पर्छ म त बिदेशिए, भासिएं, यहि रमाएं तर तिमी बीना थकान पर्खिरह्यौ म आउने बाटो तिमी हेरिरह्यौं तिम्रो महानताको मैले कदर गर्नै पर्छ अनेक बहानामा मैले तिमीलाई बिर्सिने प्रयास गरिरहेछु तर तिमी मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आखिर

~रीता सञ्जेल~ आखिर मानव जीवन नै हो र पनि कसैलाई सानो झ्याल त कसैलाई खुल्ला आकाश पो भाग परेछ । आखिर प्रकृति नै हो कतै समथर त कतै अग्लाहोचा भुभाग छ कहिँ सुविधा त कतै असहज पो परिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फुरुङ्ग फुर्बानहरु

~फुर्बान रायमाझी~ आखिर रोप्न र छोप्न मिल्ने अनि रोपेको ओइलाउन थालेपछी कहिकतै माटो चुहिन थालेपछि धोइपखाली महँगो मुल्यको स्टिकर टाँसेर कतै छोपिनुपर्ने नछोपिए पनि कतै नच्यातिनुपर्ने ठाँउमा च्यातिएपनि नयाँ फेसन भन्दै धमाधम बेचिनेछन हाम्लाई मन पर्ने दामी पाईन्टहरु हाम्रो शहरमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : छातीमा कविता

~कौशिला रिसाल~ म आमाको गर्भाशयमा नौ महिना रोकिएको रजस्वलाको मानव आकार हु । मेरो बाको एकथोपा शक्तिशाली विर्यलाई आफ्नो गर्भाशयमा नौ महिना हुर्काएर

Posted in कविता | Tagged | Leave a comment

कविता : एक रुपियाँ

~भूपेन्द्र खड्का~ एक रुपियाँ एक सय पैसा पाँच पैसामा गन्दा बीसवटा गाई पैसा दस पैसामा गन्दा दसवटा चरी पैसा पच्चीस पैसामा गन्दा चारवटा जै पैसा पचास पैसामा गन्दा दर्ुइवटा स्वस्ितक पैसा एक रुपियाँले केही किन्न सकिन्न, सबै किन्न सकिन्छ सुख-सयल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment