Category Archives: नेपाली काव्य

Poetry

कविता : मेरो कवितामा नारा छ

~आर. आर. चौलागाईं~ हो, तिमीले ठिक भन्यौ साथी ! तिम्रो कवितामा कला छ मेरो कवितामा नारा छ । तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन नाङ्गाहरूको आङ लेख्दैन प्यासीहरूको प्यास लेख्दैन दुःखीहरूको सुस्केरा लेख्दैन तर

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभारतकी मैच्याङ

~फूलमान वल~ लाली गुरासजस्तै रातो गाला झनै रातो हुनेगरि किन बेस्सरी दौडिरहेछ आज यो लेकाली हावा ? दोर्जेगाङलाई चुमेर उड्दै उड्दै आइपुगेको यो भुईं कुहिरो काउकुती चलाउनेगरि किन मातिरहेछ बेस्सरी ?

Posted in कविता | Tagged | Leave a comment

गजल : शत्रु आज ठान्यौ किन

~भिम बहादुर थापा~ तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन ** बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन

Posted in गजल | Tagged | Leave a comment

कविता : दश छुट्टीहरु

~अर्जुन खालिङ~ पहिलो छुट्टीमा बिजमलालले- चुक्ता गरयो-लगेको रिन दोश्रो छुट्टीमा खरको छानोलाई ‘चेदर’ बनायो तेश्रो छुट्टीमा बाध्यो हात-गोडा

Posted in कविता | Tagged | Leave a comment

कविता : केही त छ

~टिका भाई ~ यो आफ्नै रहरले बसेको बस्ती होइन यो कुनै जादुले बनेको शहर होइन केही त छ ती मेहनती मान्छेका हत्केलाहरूमा केही त छ त्यो चाम्रिएका ठेलाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको अन्तर्वार्ता

~सङ्गीत श्रोता~ सक्छौ भने बाबु, सुनाइदेऊ मेरो बेथालाई उल्था गरेर छापिदेऊ यो पिरको फोटो खिचेर ! मेरो भत्केको छिया–छिया मुटु लैजाऊ र जोडिदेऊ क्रान्तिकारी विधायकको छातीमा गहभित्र पिलिएको मेरो बह टाँगिदेऊ नवनियुक्त मन्त्रीज्यूको कलेजी कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको माला

~केशव शिलवाल~ तपाईं जो घाँटी भरि-भरि अनुहारै छोप्ने गरी भिरेर फूलको माला जाँदै हुनुहुन्छ देशको सपथ लिन यस्तो लाग्छ- तपाईं जाँदै हुनुहुन्छ कुनै एउटा खतरनाक युद्धमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जीउनुका क्रम उपक्रमहरु

~टंक सम्वाहाम्फे~ पछ्याउदा पछ्याउदै गोरेटाहरुले आफ्नो स्वरुप बदल्न थाले पछि अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन् अनगिन्ति घुम्ति र मोडहरु छाउन थाल्छन् तव जीउने क्रमका सीधा धर्साहरु अस्वभागीक रुपले वाङ्गोटिङ्गो वन्न थाल्छन् अनि नचाहेरै पनि संकट मोलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार

~पुरुषोत्तम सुवेदी~ प्रेमलाई दिगो बनाउन कलम चलाऊनेहरुलाई संस्क्रिती सभ्यता र भाषाको भावनामा डुबी चेतना लाई समाजमा पस्कन कलम चलाऊनेहरुलाई अज्ञान र गरिविको समस्या समाधान गर्न आधा पेट खायर भय पनि खाली पेटहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझपखकी नर्तकी

~प्रकाश आचार्य~ इन्द्रेणिका रङ्गहरू मिसिएको रंगीन केश पालेकी, तारामण्डलका ताराहरु चम्केसरी चमक्क चम्किने भेष पहिरिएकी , मौशम खुल्दा मुसुक्क मुस्कुराउने हिमालझैं दन्तलहर खोलेर हाँसेकी, हिउँपर्दाको बखत् यत्रतत्र हिउँ नै हिउँले जमीनलाई पोतेसरी मुलायम ओठलाई लपक्कै लिपिस्टिकले पोतेकी,

Posted in कविता | Tagged | Leave a comment

कविता : गौथली

~विप्लब प्रतीक~ अष्टमानको पसलमा फेरि आए गौँथलीहरू— जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि र ऊ बस्ने चकटीमाथिको दलिनमा बनाउन शुरु गरे गुँड । हरेक वर्ष यसरी नै आउँछन् असनका पसलहरूमा र, रत्तिभर नडराइकन शुरु गर्छन् बनाउन गुँड ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरू

~राजव~ हिटलरसग मिल्ने मार्कोससग मिल्ने चाउचेस्कुसग मिल्ने कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा देखियो भने के गर्ने – सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने स्वतन्त्रता … स्वतन्त्रता … स्वतन्त्रता कही त्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा, त्यो आएन

~कृष्णराज खनाल~ आमा, त्यो आएन हो, बा त्यो आएन त्यो अब आउँदैन होला त्यो आउला र उज्यालो छर्ला भनेर सबैले पत्यायौँ तर त्यो त कालरात्री बनेर छिर्यो हाम्रो मझेरीमा, हाम्रा अभिलाषाहरु गल्र्याम्गुर्लुम ढल्यो त्यसले अधर्मसित लड्न पनि सकेन

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र मान्छे

~मनु लोहोरुङ राई~ अचेल मान्छेहरुले फूल मन पराउँदैनन् कि फूलले मान्छे मन पराउँदैनन् फूल र मान्छेबीचको वैमनश्यता बढेर अनगिन्ती मलामी विचारहरु जन्मिरहेछन्– एकोहोरो, त्यही एकोहोरो जन्मिएका विचारहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हस्को सम्झना

~साम्ब ढकाल~ मसँग तिम्रालागि दिन केही बाँकी छैन सिर्फ सम्झनाका केही हिक्का बाडुली सपनाका बहुरङ्गी तरङ्गहरू र एक हस्को सम्झना । आठै प्रहर जागा हरिया पहाडका टाकुरीमा अल्झेका ध्वाँसे बादलका लर्कन ठेसै लागे पनि हिँडौहिँडौँ लाग्ने उबडखाबड ढुङ्गेबगर कत्तिखेर बगाउनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यास्तअघि

~भीष्म उप्रेती~ जीवन त साह्रै सुन्दर रहेछ । सिङ्गै उमेर तँछाडमछाडमै बित्यो खेदो खनेर अर्कालाई गाली गरेर अर्कालाई काटेर रुखहरू नासेर मूलहरू अहंको कालोले धमिल्याएर प्रेमको निर्मल पोखरी सिङ्गै जीवन त

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको उच्छ्वाश

~आचार्य प्रभा~ मलाई यत्तिखेर, भुई कुहिरो भएर उड्न मन लागेको छ अँ ह —आकाशिन मलाई मन छैन म ,निस्तेज भएर नै रमाउन चाहन्छु म ,देउरालीलाइ चुम्न चाहन्छु भञ्ज्याङलाई अङाल्न चाहन्छु भीर,पाखासँग मीत लाउन चाहन्छु । मलाई यत्तिखेर क्षितिज भएर हाँस्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिक उपचार

~पुरुशोत्तम सुबेदी ~ मानिसको दुस्मन त रोग हो – सकेसम्म यसको उपचार गर । बरु अन्धबिश्वासी त तिमी हौ-अरुलाई विश्वाश दिने काम गर ।। भन्छौ तिमी अरुहरुलाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै । शान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नखोज्नु मलाई

~बिजय कुमार श्रेष्ठ~ नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबी सकेछु।। नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : जिन्दगी

~कृष्ण वस्ती~ निधारमा मुस्कुराउँने टिकुलीको दाम । के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ? साँझपख जगाइने आरतीको ज्योति । हातजोडी देउरालीमा चढाइने पाती ।। तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मेरो राजधानी काठमाण्डौ

~गुरु गोपिलाल~ देख्दिन कतै हरियाली अचेल, जताततै कन्कृट् अनी सिमेन्ट्का सम्रचनाहरु ठडिएको मात्र देख्छु म त ती अग्ला अग्ला रुखहरु खोइ कहाँ गए प्रकृती लाई स्वच्छ राख्ने । होईन कि म अन्तै कतै आए ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मालिकले लिन खोजेकै हो

~हस्तबहादुर केसी~ मालिक यहाँ आउन चाहन्थे र आए पनि नोकरले मालिकलाई आएको देख्न चाहन्थे र भेट्न चाहन्थे देखेर भेटे पनि मालिक र नोकले के खोजेका थिए त – मालिकले लिन खोजेकै हो नोकरले पनि दिन खोजेकै हो मालिकले लिनका लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : आकृती

~काप्पोबा चुम~ हाम्रो सामुन्ने एउटा ढुङ्गा छ त्यही ढुङ्गा भित्र एउटा आकृती छ त्यो आकृती हाम्रो ईतिहास हो हो – त्यो आकृतिलाइ चिन्नु छ चिनेर चिनाउछ किन कि त्यो हाम्रो पहिचान हो त्यो हाम्रो अस्तित्व हो । तर हामी सबैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंडिरहनु

~लक्ष्मण श्रेष्ठ~ आउलान् हजार चुनौती बाधा र बिघ्नहरू तिमी हिंडिरहनु हिंडिरहनु। आशाको ज्योति बाल्दै अन्धकारको पहाड ढाल्दै आफ्नै आत्माको मसाल बालेर दुःखलाई पुछ्दै हत्केलाले निराशालाई पन्छाउँदै मन्छाउँदै तिमी हिंडिरहनु हिंडिरहनु।

Posted in कविता | Tagged | Leave a comment

कविता : अरुणझै उठेको छु

~वैरागी जेठा~ देसको प्रभात सँगै म ,अरुणझैँ उठेको छु लाल यात्रीहरू लिएर माओको सपना लिएर मेरा बेसीहरू तिर झरेको छु म घुमी रहेछु मेरा पहाड तिर तरुणो बैँस त्यागेर सबै बन्दीगृह त्योडेर म

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको व्यङ्ग्यचित्र

~गणेश खड्का~ साइँली बज्यै ! नातीको फोटो हेरेर किन रुन्छ्यौ बेकार, सतीले सरापेको देशमा अब फेरी तिम्रो श्राप…! चुपो लाग, यहाँ बोल्नु हुँदैन अपहरित तिम्रो नाती कहिल्यै फर्केर आउँदैन यो नयाँ नेपाल हो l … ठुलीकान्छी भाउजू ! छोराको लुगा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बग्नु

~नरेश शाक्य~ निःसर्त बगेँ थाहा छैन कहाँ पुग्ने हो ? जीवन बगेर यतिका सङ्घर्षहरूको परिणाम र परिणति के हुने हो ? कसका लागि ? अनिश्चित नै म बग्दैछु । म र्झन तैयार भएँ ओर्लन शिखरबाट कोलाहलसहित निनादसहित

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो लुते कुकूर मरेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~ त्यो दुई नम्मरको गल्लीमा पुच्छर हल्लाउने आफ्नै छाती घाउ बनाइ गीटार बजाउने सडकको आदिबासी त्यो लुते कुकूर मरेछ आज विहान चौबाटोमा प्राण त्याग गरेछ झुस्स परेका ति रौँहरु निथ्रुक्क भएछन् शितमा एकनासले नयनहरु टोलाएछ्न बिरहको गीतमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमिको माटो रुन्छ !

~लक्ष्मी प्रसाद देवकोटा~ कसले सुन्छ ? कसले सुन्छ ? मातृभूमिको माटो रुन्छ ! तुहिनाचलले आफ्नो छाती, च्याती, च्याती, उर्वर साधन पारे छरवर ! स्वर्गका नव किरणहरुका फेर समाती, मन्त्रै साधी समाधि बाँधी— वर्षा, वज्र, विजुलीहरुका मन्त्रोच्चारणहरुले बाँधी, नटिनीहरुकन बोक्न लगाए, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली दुखिरहेको छ

~विजय महर्जन ‘श्रीजय’~ कहिले खडेरीमा एक छाक अन्नको आशमा बाचेँको छ कुपोषित कर्णाली कहिले हिउँदमा प्रकृतिको बलात्कार सहेर बसेको छ कहिले ग्रिष्ममा एउटा भेडासँग नूनको विनिमय गर्न उत्तर धाएको छ कहिले दशैमा जूनको उज्यालोसङ्गै

Posted in कविता | Tagged | Leave a comment

कविता : निराश जिन्दगी

~ढक बहादुर बस्नेत ‘आकाश’~ जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा मेटिएन जता हेर्यो पराई मात्रै

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा र जून

~सागर कार्की~ जव दुर आकाशमा म आफैलाई खोज्दछु तब लाखौ ताराहरु बिच एउटा मुहार देख्छु, मेरो मुहार जस्तै उसको मुहार

Posted in कविता | Tagged | Leave a comment