Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

पौराणिक बाल कथा : ब्राह्मण र सर्प

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा हरिदत्त नाम गरेका एकजना ब्राह्मण बस्दथे । उनीसित खेती गर्न योग्य खेत पनि थियो तर खेतीमा उनी जति परिश्रम र दु:ख गरेर काम गर्दा पनि राम्रो आमदानी हुँदैनथ्यो । गर्मी महिनामा एक दिन उनी खेतमा धेरै … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : घर

~भवानी पाण्डे~ घर सबको भर हो सुखदुःख दुवैमा घरविना सबैलाई लाग्छ साह«ै डर हावा, हुरी, बतास पानीबाट बचाउने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बानी

~भवानी पाण्डे~ धूलो कति उडेको बुङबुङ गरेर बल उस्तै खेलेको हल्ला धेरै गरेको राम्रो हो कि नराम्रो साथीभाइ चलेको ? धूलैधूलो उडेर नचिनिने भएको

Posted in बाल कविता | Tagged | Leave a comment

बालकथा : किस्ताको कम्प्युटर

~पेशल आचार्य~ गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे । लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

सुधीर ख्वबिका सात बाल हाइकुहरु

~सुधीर ख्वबि~ १. भएर ज्ञानी पढेर बस्छ सधै बालक गुणी . २. असल बन सहयोगी भएर धूर्त नबन

Posted in बाल हाइकु | Tagged , | Leave a comment

बाल कथा : फुच्चे घर छाड्दैन

~माधव ‘सयपत्री’~ व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो । व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : वर्णहरूको झगडा

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~ एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : चौँरीखर्कमा ऊँट

~विनय कसजू~ “दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है,” विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, “पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।” बाको कुरा विकासले के मान्थ्यो? … Continue reading

Posted in बाल कथा | Tagged | 1 Comment

बाल कथा : बकुला र गङ्गटो

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा अनेक जलचरहरूद्वारा सुशोभित एउटा पोखरी थियो । त्यस पोखरीमा विभिन्न प्रकारका भ्यागुता, माछा, सर्प, गङ्गटो तथा गोहीका साथै बकुलाहरू पनि निवास गर्दथे । बकुलाहरूमध्येको एउटा बूढो बकुला आफ्नो शक्ति सामथ्र्यले माछा समातेर जीविका चलाउन असमर्थ भइसकेको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : भाले करायो

~रमेशचन्द्र घिमिरे ~ कुखुरी काँ गरेर रातो भाले करायो त्यो भालेको स्वर सुनी भाइ डरायो सस्तो पाई महङ्गोमा बेच्न लान हो या अल्लि ठूलो भएपछि काटी खान हो या

Posted in बाल कविता | Tagged | Leave a comment

बाल एकाङ्की : कारको कल्पना

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ (सहरको एउटा एकतले घर छ । भान्छा कोठामा आमा साँझपख खाना पकाइरहेकी हुन्छिन् । पाँच वर्षीय छोरी सबिना टेबलमा गृहकार्य गरिरहेकी छन् अनि उसको दाजु सात वर्षीय सबिन कुर्सीमा बसेर रित्तो सिलिन्डरको रिङ्ग घुमाइरहेको छ । रिङ्ग … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कविता : मलाई डर लाग्छ

~दुर्गा कार्की~ रेडियोमा सुन्दै छु टि.भी. तिर हेर्दैछु बच्चा लिई भागे रे फिरौती नि मागे रे

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : गौंथली र खरायो

~उमाशङ्कर द्विवेदी~ कुनै ठाँउमा एउटा विशाल वृक्ष थियो । त्यस वृक्षको टोड्कोमा कपिञ्जल नाम गरेको एउटा गौंथली बस्दथ्यो । त्यसै वृक्षमाथि एउटा काग पनि बस्दथ्यो । साँझ परेपछि काग र गौंथली आपसमा देर्विर्ष, ब्रह्मर्षि तथा ऋषि मुनिहरूका प्राचीन चरित्र तथा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सङ्गत गुनाको फल

~ललिता ‘दोषी’~ सम्पदा र स्नेहा स्कुलबाट घर फर्किंदै थिए । सम्पदाले रुन्चे स्वरमा भनिन्, ‘आज पनि कक्षामा सजाय भोग्नुपर्‌यो । भगवान्‌ले मलाई पनि तिम्रोजस्तै बुद्धि दिएको भए हुन्थ्यो नि मलाई । राम्रो बुद्धि दिएको भए भगवान्को के खेर जान्थ्यो र … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बाल कथा : एउटा सुगाको कथा

~रबिन्द्रनाथ टेगोर~ एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged | Leave a comment

बाल कथा : केबुलकारको कथा

~कार्तिकेय घिमिरे~ नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है । मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कमिलाको डाक्टर

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बिहानको ९ बज्यो । रियाज सधैंझैं घरको पेटीमा बसेर स्कूलबस कुरिरहेको थियो । रियाजसित उसका बाबा पनि हुनुहन्थ्यो । रियाज यताउति हेर्दै थियो । त्यहाँ उसले कमिलाको ताँती देख्यो । त्यही बेला कमिला कहिले रियाजको खुट्टामा त … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : साँच्चैको हिरो

~कार्तिकेय घिमिरे~ बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन । हात … Continue reading

Posted in बाल कथा | Tagged | 1 Comment

बाल कथा : सुनको सुली गर्ने चरा

~उमाशङ्कर द्विवेदी~ पर्वतीय प्रदेशमा एउटा ठूलो रूख थियो । त्यस रूखमाथि सिन्धुक नामक एउटा चरा बस्दथ्यो । त्यस चराको सुली सुनको हुन्थ्यो । एक दिन एउटा ब्याधा शिकार गर्नका लागि त्यसै प्रदेशमा गयो । चराले ब्याधाको सामुन्ने सुली गर्‍यो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गजल : गाली हामीलाई

~छविलाल कोपिला~ नदिनु है बाबा–आमा गाली हामीलाई । बरु दिनु राम्रो काममा ताली हामीलाई । कलिला यी हात हाम्रा कलम समाउने, तर दिन्छौ धुन जुठो थाली हामीलाई ।

Posted in बाल गजल | Tagged | Leave a comment

पौराणिक बाल कथा : वदनाम वधूको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा वीरवर नामक एकजना सिकर्मी बस्दथ्यो । उसको स्त्रीको नाम कामदमनी थियो । कामदमनी व्यभिचारिणी स्वभाव भएकी सार्‍है बदनाम आईमाई थिई । आफ्नी पत्नीबारे छिमेकीहरूको कान खाने कुरा सुनेर वीरवर सधैं दिक्दार रहन्थ्यो । एक दिन उसले … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : हाम्रा सर !

~रमेशचन्द्र घिमिरे ~ झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर हातमा छडी घुमाउँदै आउनु भयो सर “दायाँ-बायाँ नफर्कनू, मुन्टो तल झार्नू हिजो सार्न नभ्याएको पाठ आजै सार्नू”

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : साहसी सोनाम

~ललिता ‘दोषी’~ बुटवल तिनाउ नदीको किनार भन्दा केही पर सडकको छेउमा जस्ताले छाएको एकतले घर छ । आँगन नजिकै केही केराका बोटहरू छन् । मूलढोका नजिकै ठोकिएको किल्लाहरूमा एउटामा माछा मार्ने जाली र अर्काेमा पेरुङ्गो झुण्ड्याइएको छ । त्यही घरको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी

~लाल्शा कुशवाहा~ हुँ म नेपालको आश पहिचान छ विद्यार्थी एक आम गर्ने छु यस्तो काम जसले बढ्नेछ मेरो सान । कलम हो विद्यार्थीको हतियार

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : चेलीबेटी बेचबिखन

~नेहा अग्रवाल~ आज हामी गर्छौं समाजमा चेलीबेटीको काम थाहा छैन के हुन्छ त्यसको परिणाम कसैको खुट्टा समात्छौं, कसैको हात लैजान्छौं कसैको जितेर आत्मविश्वास

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : सुजन उडे आकाशमा

~कृष्ण शाह यात्री~ सुजन जिज्ञासु स्वभावको थियो । “चराजस्तै आकाशमा मान्छे उड्न सक्ने भए कति रमाइलो हुन्थ्यो होला ? हात्ती जस्तै पढ्न नपरे कत्ति मज्जा हुन्थ्यो ।” ऊ यस्तै–यस्तै कुराहरु सोच्ने गथ्र्यो । एक रात ऊ सुतिरहेको थियो । अचानक … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : भोको राक्षस

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ‘अब म तिमीहरुलाई खान्छु’, लामो कपाल, दाह्री र दाह्रा भएको अग्लो मोटो राक्षस छेवैमा आएर गर्जियो। चउरको कुनामा बसेर खाजा खाइरहेका रमेश, नरेश, स्तुति र स्मृति डराए, अतालिए र रुन थाले। बस्तीभन्दा केही परको सरस्वती प्राथमिक विद्यालय … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : बालश्रम

~पूजा सिंह~ बालकहरू होटल र फ्याट्रीमा काम गर्दै उनीहरूको समय बिस्तारै बिस्तारै छ बित्दै तिनीहरू के गर्छन् अगाडि बढेर बस्छन् त्यही दु:ख, कष्ट र मर्म सहेर । जन्म दिएर देऊ तिनीहरूलाई आकार

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : बेलाको बुद्धि

~तुलसीहरि कोइराला~ शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बालकविता : बाको हात समाउँदै …

~रमेशचन्द्र घिमिरे ~ बाको हात समाउँदै स्कुलमा गा’को फर्किँदा त बाभन्दा नि म पो पैला भा’को हाम्रा बाचाहिँ ठुला सरलाई भेट्न जानुभयो बालाई अफिस चिनाउन मिसले लानुभयो त्यै मौकामा सुर भयो कक्षा छोडी भाग्ने

Posted in बाल कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : चित्रग्रीव परेवा

~उमाशङ्कर द्विवेदी~ कुनै ठाउँमा एउटा विशाल बटवृक्ष थियो । त्यसको फल खाएर नानाथरि चराहरू रमाउँथे तथा त्यसको टोड्कामा विभिन्न चराहरूले गुँड बनाई आफ्ना बचेराहरूका साथ सुखपूर्वक निवास गर्दथे । त्यसको शीतल छहारीमा बसेर टाढाबाट आउने बटुवाहरू आराम गर्दथे । त्यसै … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : हिसाब

~सरिता शर्मा समादर्शी~ सबैसँग मिल्न थाल्दा साथी बड्न थाल्यो रिसराग फाली दिदा शत्रु घट्नु थालयो । राम्रो बानी गुणा गर्दा

Posted in बाल कविता | Tagged | Leave a comment