Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : छेपारो

~हरिप्रसाद भण्डारी~ जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुरस्कारमाथि एक कार्यपत्र

~नरनाथ लुइटेल~ पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आज भोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमुल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : हटारु

~नवीन विभास~ आँधीसहितको असिना परिरहेछ । बिस्र्यो कि भनेर सम्झाउन जसरी बेला–बेलामा चट्याङ पर्छ । उही रातमा मनबहादुर हाटका कुरा सुनाउन आमालाई जिद्दि कसेका छन् । ‘आज फेरि सुन्न मन छ । हाटका कुरा । हटारुका कुरा ।’ प्रसंगबिना नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म उन्नाइस, ऊ चौंतीस

~फुर्बान रायमाझी~ आइए पास गरेँ, कमर्सबाट । बिकम कसरी पढ्ने होला भनेर दिक्क मान्दै थिएँ । रहरले पढेको कमर्स, बल्लबल्ल १२ सकाएपछि निल्नु न ओकल्नुजस्तो हुँदै थियो । बैंकर भएर टाइसुटको जिन्दगी बाँच्ने रहरले कहिलेकाहीँ पढ्नुपर्छ झैँ लाग्थ्यो । घरकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : श्राप

~ईशा शाह~ रचिताले कोठा भित्र पसेर ढोका बन्द गरिन् र बिछ्यौनामा सिरक मिलाएर पल्टिन् । प्रणवलाई कुर्दाकुर्दै बिथोलिएको निन्द्रा अब कति बेला लाग्ने हो उनैलाई थाहा थिएन । रचिताले बिछ्यौनामै पल्टिएर रिमोट थिचिन् र टि. भि. अन गरिन तर कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्राइम ग्याङ्ग

~सविना सिन्धु~ “पटक–पटक मोबाइलमा रिङ्ग टोन बझ्छ । रिसिभ गर्‍यो ।…हेलो भन्यो । तीन मिनेट होल्ड गर्दा पनि कोही बोल्दैन ।”, उर्वशीले मलाई सुनाई । “तँ जस्तोलाई त हो नि घरिघरि मिस कल आउने…यस्तो कल आउने । खै हामीलाई आउँदैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अवसान..प्रेमको

~केशव प्रसाद पाण्डे~ “असिमलाई चिन्नुहुन्छ ?” “को असिम?” “याद गर्नुस त !” उ ‘ईट एण्ड स्माईल क्याफे’को कुनापट्टिको टेबलमा छ, म उसको समिपमै छु।अाउनेजानेहरुले हामितिर नि अाँखा सोझ्याएकै थिए !हेर्नेहरुले के को भनेर सोचे अनुमान लगाउन अावश्यकता नै के थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झी बस्छु कता कता

~बिक्रम भक्त जोशी ‘हेलो…’ ‘………’ ‘हेलो…’ ‘………’ उताबाट फोन राखेको चाल पाउंछु। मोबाईलको घडीले रातिको १२:३० देखाईरहेको थियो। हिजो पनि यति खेरै यसरी नै ब्ल्याङ्क कल आको थियो। नम्बर नयाँ थियो। मेरो मोबाईलको लिस्टमा थिएन। ट्रुकलरबाट हेर्दा पनि नम्बर रजिष्टर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद !!

~नारायण आचार्य~ पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब हामी मान्छेलाई पनि पुच्छरविनाको पशु अर्थात् दुईखुट्टे जनावर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : बाघको नागरिकता

~सनत रेग्मी~ आज भोली गाउँमा वाघ पल्केको छ।सधै कसैन कसैको बस्तु भाउ बाघले घिसारेर लाने गरेको छ। गाउँलेहरू बन्य जन्तु आरक्षमा बाघलाई नियंत्रण गरिदिन अनुरोध गर्न गए। आरक्षका कर साहबले। सोधनी भयो कता तिरको गाउँमा पुगे छ बाघ। गाउँले ले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : स्वास्नी

~सबिन प्रभात~ म आफ्नै सुरमा चल्छु, अरुसँग खासै मतलब हुन्न । मेरो यही बानीको कारण धेरै कुरा गुमाएँ। कलेज पढ्दापढ्दै प्रेमिका गुमाएँ, वर्ष दिनमात्र भएको थियो – हाम्रो प्रेम अंकुराएको । जतनसाथ राखेको थिएँ उसको फोटो, कतै कुनाकन्तरामा अझै हुनुपर्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहासको पानाबाट

~केशव अर्याल~ मखमली र कालिका एउटै घरका दुईवटी बुहारी थिए । उनीहरूको सत्र जनाको ठूलो परिवार थियो । घरमा दैलो कसिङ्गरदेखि खानाका लागि चामल पिठोको व्यवस्था गर्नु उनीहरू दुइटीको मानौँ ठेक्का नै थियो । घडी घुम्दै हुन्थ्यो दिन हप्ता महिना वर्ष बित्ने क्रम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टाइम ट्रावल

~सविना सिन्धु~ प्रयोगशालामा धेरै वस्तुमाथि प्रयोग र परिक्षण गरिसकेपछि डा. एस डी नयाँ अनुसन्धानमा लागेका थिए । उनी चाहान्थे वर्तमान समयबाट बिगतमा फर्किन सकियोस् । सदियौं पहिलेका ब्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट होस् । त्यस्तै पँचासौं वर्ष पछिको आफ्नो प्रतिरुप र त्यस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक मैथिली कथा : सिता जन्म के कथा

~मनोज कुमार राउत~ कथा अछि जे एक बेरा सीरध्वज जनक जी के राज्य मिथिला मे वर्षा नै भेल। लोग अकाल सँ पीड़ित होमय लागल। लोगके दशा देखी के राजा जनक ऋषि-मुनि आ विद्वान के सभा बजेलैंथ। एही सभा मे उपस्थित … Continue reading →

Posted in पौराणिक कथा, मैथिली कथा | Tagged | Leave a comment

कथा : दुर्गमको गरिबी

~रामहरी तिम्सिना~ पाईलाहरु आफ्नै रफ्तारमा अघि बढिरहेका छन्। लामो समय पछिको हि‌डाई, हिड्ने बानी नै हराईसकेछ​। ५/७ वर्ष पहिले यहि बाटो २ दिनमा सदरमुकाम पुगेर फर्किन्थ्यौँ। अहिले सदरमुकामबाट हिडेको नै ३ दिन भईसक्यो अझै गाउँ आईपुगेको छैन​। शहरीया भई खाको। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतीतका पल

~बिमला कुमारी कठायत~ सायद रातको २ बजेको हुनुपर्छ एक्कासि म ब्यूझिएँ । सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ । वातावरण सुनसान थियो । दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए । त्यसलाई कापीमा उतार्नु पर्ने थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी अनिच्छित छोरी

~अमृता बुढाथोकी~ असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समर्पित

~अर्जुन थापा~ आकाशमा बादल टम्न लागेको थियो । पानी पर्ने सङ्केत भने थिएन । त्यत्रो फराकिलो आकाश नीला पहाडका असङ्ख्य टाकुराहरूले बाँधेको काठमाडौँभित्र म पीडा लिएर बसिराखेको छु, मैले दोहो¥याएर सोचेँ । सानैदेखि रातो रङ मन पर्ने मलाई । विवाहपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिन नारी बन्दा

~बिष्णुमणि अधिकारी~ १७ बर्ष अगाडि सपरिवार यात्रा गर्दै गर्दाको गाडी दुर्घटनामा बाबा आमाको ज्यान गुमेको अलि अलि झझल्को आउँदा आज पनि त्यो दिनले लखेटिरहन्छ साँझ बिहान अनि हर प्रहरमा | ” जिन्दगी खास रुनैको लागि र संघर्ष गर्नैको लागि रैछ” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ठूलो ढुङ्गो

~हरिप्रसाद भण्डारी~ बाटाका किनारमा एउटा ठूलो ढुङ्गो थियो । आवश्यक पर्दा बाटामा हिँड्ने बटुवाहरूले त्यसैको ओत लागेर दिसा–पिसाब गर्थे । जसले गर्दा वरिपरिको वातावरण औधि दुर्गन्धित भएको थियो । एकजना सिकारु कलाकारको आँखा प¥यो । जिज्ञासु थियो, ढुङ्गा खोपेर अमूर्त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो थारू गाउँ

~महेशविक्रम शाह~ पोहोरको दसैं गाउँमा मनाएका थियौं । फर्किने बेला साथी सोनालाल चौधरीले भनेको थियो, ‘और साल पे आइहो । तु आइठ त एकदम मजा लागठ ।’ म धेरै वर्षपछि कैलाली जिल्लामा अवस्थित मेरो गाउँ भंग्रैया गएको थिएँ । गाउँका मुखिया बडघर राजेन्द्रले यसपालि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : युगपुरुषको खोजीमा छ देश

~दीपक कुमार ज्ञवाली~ जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले समाजमा आफु स्थापित हुनकोलागि अरु कसैको मजबुतसहारा लिईरहेकाहुन्छन् । भाग्यबश भनौं … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सरी मिना

~कृष्णराज सर्वहारी~ रात धेरै छिप्पिसकेको थियो । म लोकसेवा आयोगको जाँचको तयारीमा थिएँ । यसपालि त जसरी भए पनि नाउँ निकालेरै छोड्छु भनेर घुँडा धसेर लागिपरेको थिएँ । टाउको भारी हुन थालेपछि सुत्ने उपक्रम गर्दै थिएँ, कसैले ढोका ढक्ढक्यायो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मलामी

~यकिना अगाध~ आज एक्कासी दुर्घटनामा परेर उ मर्यो । घरपरिवार, आफन्तजन, शुभचिन्तक, चिनेजानेकाहरुको भीड घाटमा पुग्यो । मलामीहरुको ठूलो भीड देखेर मलामीमध्येको एउटाले भन्यो– ‘लौ हेर्नुस त ! उहाले कत्रो सम्मान पाउनु भयो । यति धेरै मलामी पाउनु भनेको सामन्य … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जंगली हात्ती

~विनय कसजू~ चितवनको जंगलमा हिँजोआज एउटा जंगली हात्ती आएको छ रे । यो सुनेर कोही रमाएका छन् भने कोही डराएका छन् । जंगलमा जंगली हात्ती आउनु कुनै अनौठो कुरा होइन , तर पाहुनाहरुलाई अनौठो र उत्सुकता लागिरहेको छ । गएको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दृष्टिको प्रयोगशाला

~डिल्लीराम दुलाल~ धेरै दिनदेखि मलाई दृष्टिको व्यक्तित्वले प्रभाव पारेको छ। उनलाई घरमा नै गएर भेट्न मन परेको थियो। उनले अनेकौ विषयलाई पैल्याएकी थिइन। गाउँ -समाजमा भइरहेका अनेकौं घटनालाई आफ्नो सञ्जालमा राखेर अध्ययन, मनन् र चिन्तन गर्ने अनि आफ्नो समाजलाई दिशाबोध … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिहानघारी

~सविना सिन्धु~ आज घाम बहुलाएको छ । दिउँसोभरी टाउको माथि फेटा बाँध्दा पनि टाउको तात्न रोकिएको छैन । खेतबारीमा जाँदा पसिनाले शरीर पूरै निथ्रुक्क । रतन खेतबाट घर आउँदा यसैगरी भिजेका हुन्छन् आफ्नै शरीरबाट बगेको पानीले । बेलुका आफ्नै शरीरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~विजयकुमार महर्जन~ सपना नदेख्ने को पो छ र ? सपनाविनाको जिन्दगी के जिन्दगी ?सानैदेखि एकपछि अर्को सपना देख्ने मेरो बानी र पूरा हुँदै गईरहेको सपनाका कारण जीवन साँच्चै सफलताको मोडमा हिँडिरहेको भान भईरहेथ्यो । साना-साना चाहनाहरु पूरा हुन पनि सपना देख्थेँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जनता

~अन्वेश राई थुलुङ्ग~ यात्रुबाहक बोलेरो गाडिमा संघियता सम्बन्धि कुरा भइरहेको छ । सेकेन्ड सिटमा चार यात्रु सवार छन् । दुइ पात्रबिच संवाद भइरहेको छ । यात्रु १ः काका तिमी यथास्थितिवादी नै रैछौ । आबो गाई राष्ट्रिय जनावर बनाएर आदिवासीहरुमा कस्तो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पिक्कर

~राजव~ क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ । त्यसमा विज्ञापित व्यहोरा हेरेपछि मैले आफू यो कामको लागि इच्छुक भएको व्यहोरा उसको इमेल बक्समा ड्रप गरेको थिएँ । त्यसको ३६ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान् निवास

~बिना तामाङ~  घरको दलानमा, पिँढीमा, आँगनमा यत्रतत्र थिए मान्छेहरू । केही विशेष थियो । विशेष यो थियो कि वर्षौं मेरा बाउले, बाजेले हजारौं दुःख गर्दा पनि उठाउन नसकेको घरको गाह्रो उठाएर धुरीपातो कसेर ठड्याएको थिएँ मैले ‘भगवान् निवास’ । म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोरीको पर्स

~सविना सिन्धु~ ‘सुको कमाई भएन आज। सिक्री फुत्काइयो भनेको। त्यो पनि नक्कली’ ‘ग्यारेन्टिवाला होला । सौ – पचास त आउला नि !’ ‘के को आउँथ्यो। खुइलिइसकेको छ।’ ‘कस्तो नचिनेको त यार।’ ‘पाँच वर्षको अनुभव सबै स्वाह! हिजो आज मान्छेले सक्कली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment