Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : रा अ ख २४४

~रमा गौतम ‘आश्मा’~ ५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रतिविम्ब

~कृष्ण बजगाईं~ विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको प्रेmम भएको ऐना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देश–परदेश

~डा. रवीन्द्र समीर~ मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्छ । उसलाई आफ्नो देशको माया मनमा बोकेर विश्वका शक्तिसम्पन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नति हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुस्तक बिक्रेता

~होमशंकर बास्तोला~ एक अधबैंसे मान्छे पुस्तक लिएर बजारमा बेच्न लाग्यो । बजारको एक छेउमा बसेर ऊ कराएर पुस्तकको प्रचार गर्न थाल्यो –‘पुस्तक किन्नुहोस्, ज्ञान बढाउनुहोस् । यो ठूलो विद्धानले लेखेको र चर्चित पुस्तक हो ।’ –‘किन्नोस ! किन्नोस !! यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फराकिलो सोंच

~बिशाल गुरुङ~ एउटा मान्छे ज्यादै दुखी हुदै गुरुलाई सोध्यो म मेरो जीवनको दुख्ख देखि ज्यादै दुखी छु यसबाट छुटकारा पाउन चाहन्छु । दया गरिकन मलाई मद्दत गर्नुहोस । गुरुले मुस्कुराउदै भन्यो यो गिलासमा एक मुठी नुन राखेर पिउनु । त्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : न्याय अन्धो हुन्छ

~यादव खरेल~ न्वारनको नाम ऊ आफैलाई थाहा छैन। उस्ालाई सबैले मुद्दा–बौलाहिकी छोरी भनेर चिन्दछन : लेखन्दास, वकिल, फाँटवाला सुब्बा देखि न्यायधिस सम्मले। नचिनुन पनि किन?। ऊ तीन महिनाकी हुँदादेखि पेम्बा दोङले पीठ्यूँमा पटुकाले बेरेर अदालतमा ल्याउने गरेकी हो। उस्ाकी आमालाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कलम र स्वास्नी

~बिकास घिमिरे~ “तिमी चाहि सधै लेखेरै बस। अक्षरमै अनि शब्दमै सीमित रहन सक्ने कस्तो मान्छे हो तिमी?” शर्मिलाको क्रोधले भरिएका तिखा शब्दले कति पनि विचलित हुदैन नारायण। प्रत्युत्तरमा छोटो हासो त्योह पनि निरावाज। “यो चुरोट पनि कति खान सकेको। छ्या! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्धो युग

~कृष्ण शाह ‘यात्री’~ सहर पसेको छोरा लामो समयसम्म पनि नफर्केकाले बूढाबूढी दुबै आफ्ना छोरा खोज्न सहरतर्फलागे । व्यस्त सहरमा मान्छेहरूको भीड र बाक्ला घरहरूमाझ उनीहरूले छोरा भेट्टाउन सकेनन् । भेट्टाउन् पनि कसरी स्वार्थी, अपरिचित र मतलवी सहरमा – एक्कासी सडकमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समयको गति

~डा. रवीन्द्र समीर~ ‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’ उसको ओठे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाल नर्क

~विदुर दर्नाल~ एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विमोचन

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ सुट

~कृष्ण बजगाईं~ पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जीवनः सन्त्रास

~यादव खरेल~ घोडा हिनहिनाएको आवाजले उ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ। कालेा कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लीएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ। मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तीका लागि, ज्यान … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचासलाखको

~डा. कविताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिवादित मन

~राज अबिरल यात्री~ बिवादित कुराहरु गरि चर्चामा अाईरहन्छिन पदमादेवी । पाँच दशक उमेरकी उनको व्यक्तिगत जीवन बारेमा उत्तिकै बिवादित कुराहरु थिए । कोहि अबिवाहित भन्थे कोहि लोग्ने संग छुट्टिएको । सत्य उनैलाई थाहा थियो । उनलाई कतै पुराना रंगकर्मी, कतै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इबोला

~जीवन ‘पीडित’ दाहाल~ छोरी इबोला खुर्रऽऽ कम्पाला अन्तराष्ट्रिय विमानस्थलतिर कुदेकी देखेर आमा इबोलाले छोरीलाइ च्याप्प समाति र हकारी–‘किन त्यता कुदेकी ए केटी ?’ छोरीले आमाका हात आफ्ना पाखुराबाट हटाउँन बलगर्दै उत्तर दिइ–‘म पनि एसियाको नेपाल भन्ने देशमा जान लागेकी, बरु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मधेसिया

~जीवन ‘पीडित’ दहाल~ ‘आमा, अब हामीहरुले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई । ‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ममीको मिन्सट्रेसन

~जीवन ‘पीडित’ दहाल~ राजधानी काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं. १४ को एउटा एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला । यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे–‘तिम्रो नाउँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्वाल परेको चाल्नो….

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बजुले पटक-पटक त्यो खुटि तिर हेरिन् तर खुटि खाली थियो।आँखालाई पटुकीको टुप्पोले पोछेर फेरि ठम्याउने प्रयास गरिन तर खुटि वास्तवमै खाली थियो। “कता फालीस् त नाती केटा त्यो प्वाल परेको चाल्नो?” उन्ले आगनमा खेल्दै गरेको नातीलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डर

~दीपक समीप~ फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ….. । गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ । परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय सङ्ग्रालय

~यादव खरेल~ पिपल चौतारीमा एक जना वृद्ध मानिस एक्लै धुम्धुम्तिी बसिरहेको छ, दिउँसैदेखि। बाटोमा आबतजाबत गर्ने कोही छैन। धैरै बेरपछि एउटा भुस्याहा कुकुर दौडदै बच्चुरामको छेउँबाटै जान्छ। बच्चुराम खल्तीबाट चुरोट झकेर सल्काउँछ। बाटोमा हतारहतार हिडिरहेका हरिकृष्ण देखा पर्दछन्। बाटैबाट कराउँछन्, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फलफूल

~डा. रवीन्द्र समीर~ सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ । – ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाडोको लुगा

~डा. रविन्द्र समिर~ ‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्žयो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो । ….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धुर्वेको बिन्तीपत्र

~तुलसीहरी कोइराला~ वन–जंगलको व्यापक अतिक्रमण हुन थालेपछि जंगली जनावरले आफूहरू असुरक्षित भएको अनुभव गरी आकस्मिक बैठक डाके । बैठकमा मानवीय अतिक्रमणविरुद्धमा आवाज उठाउँदै सबै जनावर जंगलको राजा भनाउँदो सिंहमाथि एक स्वरले जाइलागे । तिमी जंगलको राजा हौ भने सुरक्षा तिमीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चमेली फूल र भमरा

~हरिहर खनाल~ “आज पनि मान्छे पाइएन?” मदन ढोकाबाट भित्र पस्ने वित्तिकै मुनाले सोधी। मदनले त्यसको उत्तर दिनुपर्ने आवश्यकता ठानेन। लुगा फेरेर हातगोडा धोइसकेपछि उसले ग्याँसचुलोमा लाइटर झोस्यो, बिहान फ्रिजमा राखिछाडेको भात र मासुको झोल ततायो र मुनालाई दियो। मुनाको आँत … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लघुमानव, महामानव र अल्पमानव

~रुद्र प्रसाद दनै~ आज साँझ विद्यालयबाट घर आईपुग्ने बित्तीकै कक्षा ३ मा पढने मेरी सानी छोरी लघुनाले मलाई बाबा बाबा, महामानव भनेको के हो ? यो कस्तो हुन्छ ? कहाँ बस्छ ? आदि आदि पुच्छर झुण्ड्याईएको प्रश्न सोधीहालीन । जहाँसुकैबाट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म मरिसकेँ

~हरिप्रसाद भण्डारी~ “को छ भित्र?” महाकवि देवकोटाका घरअगाडि पुगेर कवि केदारमान व्यथितले सोधे। “को हो? हामी छौँ, माथि आउनुहोस्।” भित्रबाट नारी आवाज आयो। कवि व्यथित केही गुनगुनाउँदै भित्र पसे र सिँढी उक्लदै तलामा गए।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वीर नेपालीको रोजाई

~जगदीश घिमिरे~ एक वीर नेपालीको सदगती भयो । सदगती भयो, एउटा विदेशको तफर्बाट अर्को विदेशका विरुध्द तेस्रो विदेशको समर्थनमा चौथो विदेशको विरोधमा पाँचौ इन्डियन भुमिमा यूध्दरत हुँदा वीर नेपालीको सद्गति भयो । उस्लाई यमराजसमक्ष उभ्याइयो । यमराजले भने, – “हे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सत्यको खोजी

~यादव खरेल~ ऊ कारण र परिणामको पत्रहरुलाई छोडाउदै छ, एक……….दुई ……….तीन ……….हजार ……….लाख। जति–जति पत्रहरु छोडाउदै गयो उति उति नयाँ पत्रहरु देखा पर्दै जान्छन्। विगत ७० बर्षदेखि कारण र परिणमका ती पत्रहरुलाई अहोरात्र केलाई रहेको छ, केही खोजिरहेको छ। पुराना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नारदजी को बिलौन

~शंकर श्रेष्ठ~ एक पटकको कुरा हो, भगवानको एउटा परम भक्तलाई दैबहरु देखी किन हो किन वाक्क लागेछ, र आँफैमा गुन गुनाएछ, यो पार्वती मातालाई के भाको …। गुन गुन… यो दैबहरु पनि आजकाल खाली यताको कुरा उता, उताको यता गर्छन् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शान्ति

~नवराज रिजाल~ सबै सहमत भए । चित्त नबुझे चुप नलाग्ने आर्जितसमेत मौन देखियो । सुन्नेहरूलाई अनौठो लाग्यो तर बोलेनन् । सुन्न र प्रतिक्रिया नदिनुमा नै आफ्नो भलाई सम्झे । सबैका हातहातमा राँका थिए । जुलुसले सहरको परिक्रमा गर्यो् । प्रहरीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment