Category Archives: लघुकथा

लघुकथा / Micro Story

कथा : एउटा वालेट

~स्वयम्वरिसंह लामा~ देशमा संकटकालको अवस्था थियो । तत्कालीन सरकार र विद्रोही पक्ष बीच तकडा टकराव परि रहेको अवस्था । सदरमुकामको विद्यालयहरु घटस्थापनाको दिन देखि बन्द भयो । म मेरो छोरा उपदेश दाईको ठुलो छोरा रेन्जेन र उनको सानो भाई ग्याल्बोलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घांटी हेरी हाड निल्नु

~सुषमा मानन्धर~ “यसपालि त गज्जबले नै दशैं मनाउनु पर्छ” ऊ सवैसंग भन्दै थियो । “किन र सरकारले तलब बढाइ दिएको झोंकमा हो कि क्या हो ?” दुइचार जनाले उसलाई व्यंग्य गर्दै सोधेका पनि थिए । “बढ्न त बढेकै हो नि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खराब

~राजु दाहाल~ आजकल मलाई, म पागल हुन थालेको भ्रम भईरहेको थियो । कारण म कसैसँग मिल्न नसकेरै फगत एक्लो रहन्थेँ । मनको बह पोख्ने एउटा सज्जन साथी थियो खोज्दै जाँदा पागलखानामा भेटेँ । सोधेँ “तँ किन यहाँ ?” “खराब भएर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अभिनय

~सुषमा मानन्घर~ दुइ वर्ष अगाडि खोलिएको गजब बहादुरको ‘तगडा पोल्ट्री फर्म’ले स्थापित भएर अलिकति नाफा के कमाउन थालेथ्यो यो बर्डफ्लुको हल्ला आइपुगि हाल्यो । हुन त उसको क्षेत्रमा रोगका लक्षण देखा परेका छैनन् । तैपनि त्यहाँ कुखुराको मासु किन्ने ग्राहकहरु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बधाई

~मौलश्री लिम्बु~ उनको वाग्दान भईसकेपछि मलाई भनिन्- ‘तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।’ जवाफमा मैले भने- ‘आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : काला सर्पको खोजी

~हरिप्रसाद भण्डारी~ सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो सबै बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्थामा रुँदै घरमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विरोध

~सुषमा मानन्धर~ नदी किनारमा अवस्थित त्यो शहर आधुनिकता र विकासको हिसाबले प्रमुख नै मानिन्थ्यो । यति रमणीय शहरमा अचेल खै कुन्नि कसको आँखा लागेछ । बेलाबेलामा हुने चक्काजाम, बन्द र हडतालहरुले ऐतिहासिक र सार्वजनिक सम्पतिहरुको थुप्रै खती र शहरवासीहरुको जीवन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेङ्गओभर

~वासुदेव पुलामी~ मैले पनि कस्सेर दुई झापट दिएँ। उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य भएको छु- तथापि कन्सिरी तात्तिएर आउँछ उसलाई सम्झँदा। * * * बसोस् माइतीको घरमा। मैले मात्रै रिस पिउनु ? उसले … Continue reading →

Posted in लघुकथा | Tagged | 2 Comments

लघुकथा : पागलपुरमा प्रेमकुमार

~नेत्र ज्योति~ बुढेसकालमा प्रेमकुमार र प्रेमकुमारीलाई ब्लड प्रेसर हाई र सुगर हाईले सताउनु सतायो । प्रेमकुमारलाई पहिलो र प्रेमकुमारीलाई दोस्रो समस्याले अठ्याएको छ । जोइपोइको यो समस्याले खुब अस्पताल घुमायो । मेडिकल बिल तिरायो । तर ओखती छोड्नसाथ रोगले उसै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ढिलो भएपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदी~ दुरान फर्कायर हो गएको । एघार बर्ष भए । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी- कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे, पैसा नपठाए पनि नन्द मै माथि जाइ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिटुलो

~राजु दाहाल~ उनी अनी म हामी निकै नजीकका साथी । म उनलाई सघाउन पाउँदा एकदम खुशी हुन्थेँ । हामी घन्टौँ एकान्तमा बसेर कुरा गथ्र्यौ भबिष्य र बर्तमानको अनि

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भोक अनि प्यासको पोको

~स्वेच्छा राउत~ ‘यहाँ दिनभर करायो, तर सामान त के बोली पनि बिक्दैन,‘ आकाशे पुलमा बसेर ‘एक सय नब्बे, एक सय नब्बे…’ भन्दै सामान बेच्ने दिदी बोल्दै थिइन्। सहरको व्यस्तता र व्यवस्था बीच उनको कुरा सुन्ने, बुझ्ने को नै पो हुन्थ्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रेरणा

~सुषमा मानन्घर~ “एकैछिन पर्खनुस् न है, मलाई पनि बाहिर निस्कनु छ ।” आफ्नो श्रीमान तयार हुँदै गरेको देखेर दिल कुमारीले भनी । “भो भो । कतै भाषणै दिन जान लागेकी हो के हो ? खुरुक्क घर सम्हालेर बस । त्यति … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सिर्जना र ब्यवधान

~किशोर पहाडी~ देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दैथिए – “हाम्रो माग पुरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ ।” त्यही ताक मैले घर बनाउन शुरु गरेँ । उनीहरुले जुलूस निकाले -प्रधानमन्त्री मूर्दाबाद ! मैले घर बनाउन जग खनेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~बिनोद खड्का ~ उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चोरीको रिपोर्ट

~हरिप्रसाद भण्डारी~ उसको प्रमुख पेशा चोरी थियो । चोरीको काम दिन, रात, साँझ, बिहान जतिखेर पनि हुन्थ्यो तर पनि उसले रातिको समयलाई नै अनुकुल ठान्थ्यो । अरु समयमा सम्भाव्यता अध्ययन गर्थ्यो । अनुकूल स्थान भेटेपछि राति गएर झ्याप पार्थ्यो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँशुको बल

~बादल सुरेश~ …..सायद पहिलो प्रेम थियो जिन्दगीको। ऊ त्यति हाँस्दैनथि,हाँस्दा राम्री नै लाग्थि। हरेक कुरामा जिद्धी गर्नुपर्ने अनि जितेरै छाड्नुपर्ने, मलाईजस्तै। उसलाई न त फूटबलको चाख थियो न त राजनितीको। तर पनि मैले ब्राजिल भन्दा ऊ अर्जेण्टिना भनेर उफ्रिन्थि अनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शुभकामना

~एकल यात्री~ दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : निष्ठाको भगवान

~आयुष चौधरी ‘सम्मोहन’~ एका विहानै निष्ठा काठमाण्डौ जानकोलागी ठाँटिएर बसेकी छ । उसको जन्मको प्रसव–पिडाबाट उसको आमाको मृत्यु भएकोले समाजको दृष्टिमा उसले आमा खाई । आमाको न्यानो काखमा खेल्ने उमेरमा सौतेनी आमाको गाली ,हप्किदप्कि खाएकी निष्ठाले आफ्नो बाल्यकालमा कहिल्यै हाँसो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : श्रवण कुमार

~भिम प्रसाद घिमिरे~ यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गरीबको कथा

~बिनय कसजू~ एक जना राजकुमारलाई कथा सुन्ने निक्कै शोख रहेछ । ऊ राती कथा नसुनिकन निदाउनै नसक्ने रहेछ । दरबारमा कथा सुनाउनकै लागि नोकर-चाकरहरु पनि रहेछन् । एक दिन एक जना नोकरलाई राजकुमारबाट कथा सुन्न मन लागेछ । उसले राजकुमारलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विश्लेषण

~रमा गौतम ‘आश्मा’~ आदरणिय दिदी बहिनीहरु! आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु। तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।‘। उ बोल्दै थियो। ‘आजको युग भनेको सभ्यताको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संसारको रित

~आचार्य प्रभा~ जुनकिरी अँध्यारोमा जग्मगाउँदै उडिरहेथ्यो। झ्याउँकिरी आफ्नो एकनास आवाज छरेर छेउछाउमै उडिरहेको थियो। जुनकिरीलाई आफूले अन्धकारमा ज्योति छरेकोमा खुबै अभिमान थियो भने झ्याउँकिरीलाई पनि त्यो सुनसान जंगलमा आफ्नो आवाज घन्किएकोमा घमण्ड थियो । यी दु्ईका

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विडम्बना

~सुषमा मानन्धर~ जीवन दाइ खानाका साह्रै शौकिन । थोरै भए पनि मीठै खानुपर्ने । नूनतेल मसलाको स्वाद जिब्रोमा टवाक्क नलागेसम्म उनलाई खाएको झैँ लाग्दैन । अरुले पकाएका खानामा सयौँ मीनमेख निकाल्ने उनी साधारण खाना खाँदा जिब्रै लाटो भयो भन्छन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तोपकाजी

~बिनोद खड्का~ उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैसा हुदैन थियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चड्कन

~भिम प्रसाद घिमिरे~ ‘पाँच बज्यो’ मोबाइलको अलार्म चिच्यायो । उठें । उसको कोठाको ढोका खुलै थियो । उ थिएन । काउन्टरको केटो टेबलमै निदाएको थियो । बोलाएपछि उठ्यो । बिल तिरें । बिस्तारै तल झरें । सोचें ‘रात गइ बात … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नियम!

~रमा गौतम ‘आश्मा’~ के पढि राख्नु भा?’ ‘नकाराउ न, प पढ्दै छु?’ त्यहि त, के बारेमा हो? ‘किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सहमती

~सुषमा मानन्धर~ वैठकमा विभिन्न विधाका प्रतिनिधिहरु विधान लेख्ने मूल विषयमा छलफल गर्न नै उपस्थित भएका थिए तर वैठक प्रारम्भ हुनुभन्दा अगाडि नै अर्को विषयले शिर उठायो । विधान लेख्ने कुरामा वहस हुनु त कता हो कता लेख्नको लागि वितरित कापी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अतिक्रमण

~प्रशान्त खरेल~ ……. कोटेश्वर, थिमी, नयाँ बाटो …. कोटेश्वर, …… ल ल अाउनुहोस् ……. जानैलाग्यो …… (ढ्याक, ढ्याक) कोटेश्वर, थिमी ……. “भाइ कौशलटार जान्छ ?” “ जान्छ जान्छ” “नमस्ते प्रशान्तजी (नमस्ते) सन्चै हुनुहुन्छ नि ?” मेरो साथी रमेश प्रश्न सँगसँगै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नैतिकता !

~सुषमा मानन्धर~ आज ऊ अफिसबाट छिटै निस्केको छ । टाढैबाट उसले बुढो माग्नेलाई आफूतिर आउँदै गरेको देख्यो । “हजुर…दया गर्नुस्” बुढोले अनुनयपूर्वक ऊतिर हात फैलायो । माग्नेलाई पैसा दिन भनी पर्स निकाली हेर्यो ऊसँग बीस रुपिँयाभन्दा सानो नोट थिएन । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शर्त

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ फूटकर आफ्नै रचनाहरु निस्किएका पत्रिकाका स-साना कटिङ्गका टुक्राहरुलाई व्यागमा राखे, केही छाप्न बाँकी,केही लुकाएका उसका रचनालाई क्रमबद्ध रेकर्ड फाइलमा सुरक्षित गरे र व्यागमा हाले । प्रकाशन गृहमा पुगे । ……… पव्लिकेशन्सको गेटमा छिर्न भन्दा अगाडि बल्ल … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भयाक्रान्त

~सुषमा मानन्धर~ छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ठुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । “दाइ आज तिमी किन उदाश … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment