Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : विकल्प

~टि पी मिश्र~ म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुगौली सन्धि र तिम्रो प्रेम

~कल्पना बान्तवा~ प्रिय मित्र ! तिमी बारम्बार मलाई फेसबुकमा सार्वजनिक रूपमै ‘लभ यु !’ लेखिरहन्छौ, म त्यसै बसिदिन्छु अर्थात् बुझ पचाइदिन्छु। तिम्रो बहुलठ्ठी चाला देखेर सोँच्छु, सायद तिमीभित्रको मानवीय संवेदनाले हावा खाएछ ! के तिमीले भेउ पाएकै छैनौ कि

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : तिमीले चाहेका चार शब्दहरु !

~राजु लामिछाने~ स्मृती, धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : लभ इन द टाइम्स अफ अर्थक्वेक

~सुबिन भट्टराई~ त्यो चिसो मध्याह्नमा पनि म एउटा मनतातो आराम खोजिरहेको थिएँ। ओछ्यानमा पुर्लुक्कै पल्टिएर। असान्दर्भिक सपनाहरूले निद्रालाई हलुका किसिमले चिमोटिरहेको थियो। चेतना र सपनाको संघारमा स्थितिको पार्थक्य छुट्याउने हैसियत मसँग थिएन। स्थिर सपनामा पनि कम्पन छुट्न थाल्यो। सपनाबाट चलायमान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : निर्दयी प्रेमीको विश्वासमा पर्दा

~कालीगंगा~ सांझ पर्न थाले देखिनै सुशीलामा छट्पटाहट सुरु भएको छ । उनी भोलिको स्वर्णिम विहानीमा वाल रविकिरण वृक्षहरुका पातमा ठोक्किएर धरतीमा छरिनु पूर्व झिसमिसे उज्यालोको अधैर्यतापूर्वक प्रतिक्षामा छिन् । नहोउन पनि किन ? केहिबेर पहिलेमात्रै डिक्सनले उनलाई घरैमा आएर पहेलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झ्याल्चा

~मणि लोहनी~ पाटनको च्यासल चोकमा पुगेपछि उनले मलाई झ्याल्चा चपा देखाइन्। ‘तिमीले यहाँ राजा सिद्धिनरसिंह मल्लको रासलीला देख्नेछौ।’ ‘राजा सिद्धिनरसिंह मल्ल?’ म जिल्ल पर्छु। ‘हो। उनकै पे्रमकहानी यहाँ वषौर्ंदेखि चल्दै आएको छ।’ ‘वाहियात। …नचाहिने कुरा।’ मैले भनेँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदाइका अन्तिम हातहरु

~नवराज बुढा ‘नवीन उदासी’~ शरद र बसन्त आज मुग्लान पसेको केहि समय मात्रै भएको छ। तर समयले आफ्नै गति अनुसार नेटो काटी सकेको हुन्छ। घर परिवार सबैलाई सदा सुखी राख्न र खुसी संगै पारिवारिक दायित्वलाई निभाउन भनि नै सधै आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उजरी

~विश्वराज अधिकारी~ नरोकिएर जतिखेर पनि पिसाब बगिरहने रोग लागेको हुनाले सुखलीलाई उसैकै घरका व्यक्तिहरुले गाउँबाट निष्कासन गरे अनि ओलारको छेउमा एउटा झुपडी बनाई दिए। जिउबाट पिसाबको दुर्गन्ध आउने हुनाले गाउँमा पस्न सुखलीलाई पूर्ण रुपमा प्रतिबन्ध थियो। पहिलो सन्तानलाई जन्म दिँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होटलकी केटी र मेरी छोरी

~रवि भट्ट~ निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलेसिया श्रम कि सेक्स ?

~रामनाथ खनाल~ ‘म मलेसिया जान लागेको’, सुरुमा त साथिहरुले पत्याएनन् । ‘किन, जागिर खोज्न ?’ रमेशले त झन् गिज्याएर बोल्यो । रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परीक्षा

~दुर्गा बन्जाडे~ साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासुबिनाका मान्छे

~मनोज बोगटी~ भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ । चौथो सपना थियो त्यो । ** पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरु लडेका थिए । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्धक

~तृष्णा राज्यश्री कुँवर~ एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लोपन

~एकराज प्रधान~ उत्तर–पूर्वी पहाडको फेदीमा रहेको एउटा सहरोन्मुख गाउँ। केही वर्षअघिसम्म खेतीबाट लहलहाउँदो अन्न उब्जने यो ठाउँमा अहिले कङ्क्रिटका महलहरु बाक्लिँदै गएका छन्। तिनै महलमध्ये एउटा हो, नरबहादुरको। तीन तले त्यो घरमा उनी एक्लै बस्छन्। खाना पकाइदिने एउटा केटो छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योगी

~नीता केसी~ म ‘रुन’ ! तिम्रो ‘ध्यान’ गर्छु, तिम्रो आत्मालाई भेटि ‘आलिंगन’ गर्छु……! ऊफ्फ़ …! कति पीडा दायक छन् यी शब्दहरु, तर म निरपराध छु, मैले केहिले प्रेम गरिन ‘उ’ संग,,,! मैले कसै संग प्रेम गर्नै सकिन उसबेला …! सायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जून फुलेको रात

~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~ बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्पर्श

~महेन्द्र महक~ जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो । मेरो शरीरको रोम–रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौंदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो । शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या । कुल्टा–कुसाइत–अलच्छिना मेरो जीवनले बोकेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाते दिदी

~सीता अर्याल~ पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो । धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए । पाते च्याँख्ला भिजाउन थाली । धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक–एक गरी माछा झिक्दै पखालेर पोल्न थाल्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : थुक्क सरकार !

~मिलन तिमिल्सिना~ बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मेरो श्रीमानको बिहे

~माया ठकुरी~ ‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले्र दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चेरीको बोट

~टंक वनेम~ त्यति खेरमात्र मलाई अलि अलि थाहा हुन थालेको थियो । डयाडीले किन चेरीको बोटमा लगेर मलाइ मन पर्ने मिठाइ चकलेट दिनु हुन्छ। मायाले चुम्नु हुन्छ। कहिले काहीँ आँखा भरी आँसुको दाना टिलपिलाएको देख्थेँ। डेभिड दगुरेर आउँथ्यो र चकलेट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दृष्टि सम्यक सृष्टि सम्यक

~धनराज गिरी~ निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हुरी आएको बेला

~दिलीप शाह~ कवि–कलाकारको भाषामा भन्नुपर्दा आकाशले षोडसीको मुस्कान छरेको छ । बिहानीको सूर्यका लालिमायुक्त किरणहरुले पहाडको थुम्को सिनित्तै नुहाएको छ । थुम्कोबीचबाट खोला छमछम नाच्दै बगेकी छन् । वरिपरिको जङ्गलमा गाई, भैँसी पुच्छर हल्लाउँदै घाँस टिप्नमा मस्त छन् । नजिकैको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा माया यो, एउटा माया त्यो !

~इल्या भट्टराई~ अलार्म घडीको कर्कश टिरिरिर्र आवाजले झल्याँस्स निद्रा बिउँझियो । ए कस्तो निधाईछु ! अघिसम्म सुतेकोजस्तै लागेको थिएन । कुन बेला निधाईछु ! बाबुलाई अहिले कस्तो छ कुन्नि राति त भुङ्ग्रोजस्तो तातो थियो । ओहो ! ज्वरो अझै हनहनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नकचरो राजनिति

~प्रकाश गिरी~ काले सत्चालीसमा जन्म्यो। छयालीसको राजनीतिले उसलाई आमाको पेटमा राख्नु बाहेक केहि गरेन। पाँच-छ बर्षको हुँदा बाबुका पछि लागेर हलगोरु खेद्दै गर्दा कालेले सुन्यो – “मदन भण्डारी मरेछन्…पक्कै विदेशीको षड्यन्त्र हो। अब देश सकियो।” कालेको बाल मस्तिस्कमा डर पस्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्दुल ठूलोबा !

~पवनराज पौडेल~ ‘थाहा पाईस्– अब्दुल ठूलोबा बित्नुभो!’ कुराकानीको शुरुमै आमाले भन्नुभयो। हामी आमा–छोरा फोनमा कुरा गर्दैथियौं। आमा काठ्माण्डौं पढ्न बसेको छोरोलाई गाँउको हालचाल यसैगरि अपडेट गराईरहनुहुन्थ्यो। त्यैमध्येको एउटा खबर यो पनि थियो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुन्टे आज क्रान्तिवीर भए छ !

~के. बि. गुरुङ~ कथाले कोल्टे फेरेको छ ! कुनै काल खण्डका काल्पनिक कथाहरु माया प्रेम संग सम्बन्धित हुने गर्थे ! सफल लडाईका अकल्पनीय कथाहरु हुने गर्थे ! तर आज अपुरो, अधुरो क्रान्ति भित्रको एउटा तितो सत्य कथा जन्मिएको छ ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापको पीडा

~अम्बिका जोशी~ मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । टीका अनि फूल माला पहिरिएर विदाइको हात हल्लाउँदाआँखाभरि आँशु टप्किएको थाहै भएन उसलाई । त्यो उमंग, त्यो रोमाञ्चकता, त्यो उज्यालो भविष्यको सुन्दर सपना सबै सबै एक्कासी बिलाएको अनुभूति भयो । वाक्य फुटेन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कप्तान

~दिवाकर सुवेदी~ हरेक युवा वर्गलाई गिजोल्ने विदेशको हाउगुजीले विकल्पलाई पनि अछुतो राख्न सकेन । यसै त आम नेपाली भाग्यमाथी विश्वास गर्छन्, झन् दिनदिनै राशीफल हेर्नैका लागि पत्रिका किन्ने विकल्प त भाग्यको अन्धोभक्त नै थियो । गाउँका आफ्ना साथीहरु प्रायजसोस् सानोतिनो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माटोको हक

~गौतम उदय~ आफ्नै कक्षा कोठाबाट कहिले गाडीमा र कहिले फुच्चे जहाजमा हुलकाहुल गोरेहरु आएको देखिरहंदा उडेको अन्जनको मन यस पटक त झन भट्टाई कान्छाको छोरा धनेले साँच्चै उडाएर अमेरिकाको मेरील्याण नै पुर्याइदियो | नउडोस पनि कसरी ! आफ्नो टोल छिमेकका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युको खेल

~जिष्णु सुवेदी~ निलकान्तलाई नातिले कम्प्युटर किन्न भनेर साठी(साठी हजार खर्च गरेको एकदम मन परेको थिएन । नातिले कम्प्युटरको बट्टा खोल्नासाथ त्यँहि पुगिहाले । “ए यहि हो कम्प्युटर भनेको । के के न होला भनेको त, टेलेबि जस्तै त र’ैछ नी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वीरमानको बैशाखी र नाकाबन्दी

~हरि थापा~ वीरमानले सकी नसकी बैशाखीको सहाराले सिंढी उक्लिएर निधारमा आएको पसिना पुछ्दै चौतारीमा बिस्तारै सुस्तायो । भन्ज्यांगको चौतारीमा बगेको सितल हावाले उसको पिडा अलिकति भए पनि कम भयो । थकाई मेटाउने क्रमसंगै उसले पारीको क्षितिजमा आँखा टोलाऊदै आफ्ना अतित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment