Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : घात आघात

~क्षितिज मगर~ सम्झिन्छिन् आज । शायद बेस्सरी नै । आज सम्झिन्छिन्, घातका चुपीले धसेका आफ्ना अतीतलाई, अपूर्ण सपनालाई, जबर्जस्त सम्झिन्छिन्– जीवनभरि काँडाझैं बिझाइरहने पहिलो प्रेमलाई । उनले अर्थात् दिलकुमारीले । कहिले सपनाझैं लाग्छ– आङ सिरिङ्ग–सिरिङ्ग हुने । कहिले लाग्छ– अहिले नै पो हो कि जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-मनोबिश्लेषणात्मक कथा : घर

~दीप हाँडिगाउँले~ अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। “घर जान ला?” संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। “अँ” भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी “कस्को घर?” बाउले उ त्रि-चन्द्रमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सबिता र कबिता

~सुशिल ताम्राकार~ बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन। “ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलाको थलो

~गौतम ‘उदय’~ त्यति परसम्म जानै पर्दैन,हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन । उड्ने कारका बिक्रिकक्षहरु खुलिसके । कम्पुटर स्क्रिनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बकैनाको बूढो रुख

~बुद्धिसागर~ समयले आरुका रुखमा ‘हाइटेक सपना’ फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ? उनले भनेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो सेतो घर

~रुमन न्यौपाने ‘अमन्त’~ “अझै थपँ”, कोकीलाले कानमै आएर फुसफुसाई । “हुन्छ”, मैले टाउकाले मात्र ईसारा गरे । उसले हरीयो सिसीबाट मेरो गिलासमा सम्पुर्ण थोपा झरे सम्म झार्ने कोसीस गरी । “तपाईको साथीहरु आएनन्” ? उसले सोधी “सुपरभिजनको लागी बाहीर गएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खबर, कहर र जहर

~अभय श्रेष्ठ~ अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निश्चय । अनिश्चय

~शर्मिला खड्का दाहाल~ गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो ‘साबित्रीकी मम्मीले छोरी पाइछे ।’ बिहान उज्यालो हुँदा ब्युँझेको यो समाचारले धारा, पाटीर्पौवा, खेतगरा, चियापसल आदि सबैठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो । – ”बिचरो रामप्रसादले फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : एक रात दुइ कथा..

~रजित ओझा~ भाग १ फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमेषभरको हाँसो

~लेनिन बञ्जाडे~ ‘आमा! ल्याइदियू?’ कुराको सन्दर्भ बुझिनन् भाउजू। तैपनि मन्टो हल्लाउनु गाह्रो काम होइन, हल्लाइदिइन्– ‘अहँ’। ‘अस्तिनै भन्याहैनियू ल्याइदिन्छु भनेर?’ ‘के ल्याइदिने?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियत

~जयराज भट्टराई~ म सहिदगेटमा माइक्रोबस चढें । मलाई कीर्तिपुर जानुथियो । ड्राइभरछेउमै सिट भेटें । दक्षिण पट्टिको खुलाचौरमा सैनिकपरेड चलिरहेथ्यो । खलाँसी त्यतैतिर टोल्हाएको देखेर डा्रइभर बाहिर निस्क्यो । गएर त्यसका कानमा क्याराम खेल्दा औंलाले स्ट्राइकरलाई धकेलेझैं हिर्काइदियो । त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खजुरबोटेको रंग

~जयराज भट्टराई~ खाटमाथि जिउज्यान फ्यालेर निर्जिवझैँ लमतन्न पल्टिएका छौँ- ताताघाम मुन्तिर दिनभर बेल्चा चलाएका तीन हत्तु जवान। कोठालाई साँघुरो बनाउने तीनओटा फलामे खाट तीनकुनामा सजिवझैँ गजधम्म सुतेका छन्। हेर्दै शङ्का लाग्छ- ती खाट कुनै प्रतिनिधि नेपालीको डल्ले ज्यान नापेर बनाइएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊनि , म र पौल्सर

~रजित ओझा~ ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु ! “अहो मनोज सर, आरामै ?” उसले म कुर्सिमा बस्ने बित्तिकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : गुम्सिएका ज्वारभाटाहरु

~कल्पना किरण~ अस्ति भर्खर गएको मेरो जन्मदिनले ठ्याक्कै २७-२८ बर्ष कति पुर्यायो गन्ने कष्ट पनि गरेकी छैन | यो उमेरमा जन्मदिन आउनाले खुसि भन्दा धेरै दर्द दिने गर्छ | आमालाई सोध्ने हो भने त पुरै २९-३० नै पुर्याईदिन्छिन | यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमा

~अबिनास थापा~ स्कुलमा टिफिनको समय भएको थियो त्यति बेला । म चौथो घण्टी नै नपडी चौतारामा आएर बसेको थिए । टिफिन टाईममा कोहि साथीहरु फुटबल खेल्दै थिए भने कोहि साथी भलिबल खेल्दै थिए त कोहो यत्तिकै चौर तिर डुल्दै थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुतलीको पखेटामा बसेको पृथ्वी

~मनोज बोगटी~ जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌। मैले माकुराको जालो हटाइदिएँ। ‘तिम्रो नाम के हो?’ ‘मिसुजा।’ ‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ। ‘मिसुजा नै हो।’ ‘पक्का?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थवाङ्को आकाशमुनि

~हरिहर खनाल~ मिमिर्मे उज्यालो धरतीमा खस्न नपाउँदै कुखुराका भालेको ‘कुखुरी …. काँ ….!’ को युगान्तकारी आवाजसँगै गाउँ बिउँझ्यो । पूर्वको आकाशमा बिस्तारै अबिर पोतियो । तल बेंसीमा लागेको कुहिराको पातलो पर्दा पनि सर्लक्कै हट्यो । एकै छिनपछि डाँडाको कापबाट भर्भराउँदो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-मनोविश्लेषणात्मक कथा : फेरी ?

~ज्योति के~ फेरी पनि उ बोझिलो मन लिएर घर पुगेको थियो आज। अचेल कुनै कुनै दिन उस्को मन यस्तै गर्हों हुने गरेको थियो। बिद्रोह आँधि बनेर मडारिन्थ्यो अनि तिनै कुनै कुनै दिन उ ति आँधिहरुलाई शान्त पार्थ्यो। तर, जब ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तपाईँ आमा हो ?

~अभय श्रेष्ठ~ जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ। यो कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दुःखान्त र क्रुरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन्। यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु। (पुनश्चः … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमिगा

~रजित ओझा~ संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नकोरीएको रेखाहरु

~रुमन न्यौपाने ‘अमन्त’~ १. “यो अत्याचार हो,  तिमीले म माथी गरेको अत्याचार” । उ भन्दै थियो उ भित्रको ज्वालामुखी बिस्फोट हुदै थियो । निकीताको शिर उसको छातीमा अझै टासिएको थियो । उनको आखाँहरु बाट अघी देखी नै अबिरल अश्रुधारा बगिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठमेल स्टप

~पवन बराल ‘अनुरागी’~ एक्कासी भावुक भएर मनोरन्जनात्मक कार्यक्रम ,त्यो हो हल्ला ,राष्ट्रिय नाचघरको रङ्गमय वातावरण छाडेर निस्किएँ कोटेश्वरको लागि । काठमाडौँ भन्दा पनि धुलोमाण्डु भन्न सुहाउने सहरको रात्री कालीन समय ,ओहोर दोहोर गर्ने मान्छेहरुको बढ्दो चाप , जताततै बालिएका मधुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दरुवाको भोली

~दीपक घिमिरे~ ‘ओइ एक प्याक लगाम्, रातीको ह्याङ चट् हुन्च…’ आँखा मिच्दै रिसिभ गरेको फोनमा ‘मोटे’ बोल्दै थियो ‘बचेको मासु तताउँदै गर् म ल्याएर आएँ ।’ म बोल्नै पाइनँ, उसले फोन राख्यो । कोठाका झ्याल छैनन् । आपसमा जोडिएका तर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुड फ्राइडे

~भूधरा उपाध्याय~ धेरैजसो मान्छेले भनेको सुनेको छु शुक्रवारलाई ‘गुड फ्राइडे’ भनेर। तर मैले कसैलाई सोधेको छैन – ‘किन गुड फ्राइडे ? यो दिनलाई गुड बनाउन के के गर्छौ?’ स-साना नानीहरुको स्कुलमा ‘हाफ’ बिदा हुने हुनाले पढ्नु पर्दैन , छिट्टै घर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहारा

~यादव देवकोटा~ “उमेर घर्किंदै गएपछि लौरोले मात्रै भर नदिंदो रहेछ, छोराछोरीको सहाराको आशा बढी हुने रहेछ”, एकसाँझ् फोनमा बुबाले भन्नुभयो, हिक्का छोडुँला झैँ गरेर । “बुबा म हिंड्छु नि”, थर्थरी कामिरहेका खुट्टाले भुईंमा टेक्दै भनें, “तपाईंको काँध गल्यो होला ।” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~सरिता अर्याल~ रजस्वला नभई विवाह गरिदिए स्वर्ग पुगिने विश्वासमा हजूरबुबाले १३ वर्ष नलाग्दै मेरो लगनगाँठो कसिदिनुभयो । त्यस वेला मेरो काया बढीमा चालीस किलोको थियो होला । कोही नभएको केटालाई दिएकोले मेरो सुहागरात डेरामै भयो । घर पनि नभएको केटालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : कल्पनाकुञ्ज

~रजित ओझा~ कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा सडकका दुइटा कथा

~रजित ओझा~ जगतले झ्यालबाट टाउको बाहिर निकाल्दै टाढैसम्म हेर्न खोजेको थियो, तर उसको नजर चार वटा गाडीभन्दा परको पहरामा गएर ठोक्कियो । त्यहाँबाट बाटो मोडिन्छ । जति घाँटी बाहिर निकाले पनि उसले त्यहाँभन्दा पर देख्ने छैन । कसैले उसको कलर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फैसला

~हरिप्रसाद भन्डारी~ असार महिनाको आधा आधी, झमझम पानी पर्नु पर्ने बेला भए तापनि पानी पटक्कै परेको थिएन । लामो खडेरीले सताएर आकुलव्याकूल पारे पनि त्यसको कुनै पर्वाह नगरी गाउँलेहरूले कस्सिएर खेतबारीमा काम गरिरहेका थिए । चर्को गर्मीले गर्दा शरीरबाट तरतरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !

~शर्मिला खड्का दाहाल~ भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम दिवसको शुभकामना

~दिपेन्द्र खड्का~ अंग्रेजी महिना फेब्रुअरी माया गर्नेहरुको महिना रे भन्छन त्यस्तै प्रेमले दिवस लाई अति नै माया गर्थ्यो । तर कहिले पनि मनको कुरा भनेको थिएन दिवसले प्रणय दिवस पर्खेको थियो । प्रेमले फेब्रुअरी १३ को दिन अमुल्य उपहार किनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुची

~कल्पना किरण~ “ साधना रे त्यो नानीको नाम ”, बुवाले स्काईपमा भन्नुभयो | मैले फेसबुकको सर्चबारमा साधना टाइप गर्दा दुई-दर्जन साधनाहरु भेटिए | घरमा मेरालागि खोजेका केटिहरु मध्यकी सबैकुरा मिल्ने, असल, र राम्री केटि हुन् रे, साधना | समान सामाजिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment