Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

गीत : तारा गन्न के सक्थेँ र?

~प्रा. जगतबहादुर के.सी.~ आकाशभरि छरिएका तारा गन्न के सक्थेँ र? मनभरि मेरा मायाका व्यथा भन्न कहाँ सक्थेँ र? सम्झन्छु सधैँ देउरालीमाथि पूर्णेको जूनझैँ क्या सुन्दर मुहार। रात र बिहान सम्झना हुन्छ, देखूँझैँ लाग्छ, भेटूँझैँ लाग्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बलात्कृत

~अर्जुन थापा~ ‘अब चाँडै अपरेसन गर्न सकिएन भने तपाईंको श्रीमान्लाई जे पनि हुन सक्छ । गोलीका छर्राहरू धेरै भागमा छरिएर बसेका छन् । चाँडोभन्दा चाँडो निकाल्नुपर्छ । अपरेसन गर्ने नै हो भने अहिलेलाई एडभान्सको रूपमा पाँच लाख काउन्टरमा डिपोजिट गर्नुहोला’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चरित्रहीनभित्रको एउटा चरित्र

~दिल थापा~ ऊ मेरो घरमा तीन दिन अगाडी आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात् सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि म विरही भएँ ।

~बिक्रम भक्त जोशी यो ऊ बेलाको कुरा जब मलाई भर्खर भर्खर पदयात्रामा रस बस्न थाल्या थियो। समूहमा पदयात्रा गर्ने मेसो चल्या थिएन। एक्लै धुम्धुम्ती हिँड्थेँ। ठाउँको नाउँ कतैबाट याद गर्‍यो। गुगल म्यापबाट बाटो अन्दाज गर्‍यो। अनि हिँड्यो। दसैँको बेला थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु उत्सव

~रमेश भट्टराई ‘सहृदयी’~ “छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहो¥याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोखिएको चिनी

~रजित ओझा~ कथा तर नितान्त व्यक्तिगत । उसको गुनासोको बारेमा । सधैं भन्ने गर्छे, “तिमी कथा लेख्छौ तर मलाई सुनाउन्नौ !” म अनुरोध गरी हेर्छु, “पढ न, म देखाउँछु नि तिमीलाई मैले लेखेका कथाहरू !” “पढ्न त मलाई मेरै कोर्सका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवतरण अर्थात् फिर्तीको छट्पटी

~मधुवन पौडेल~ कपाल पट्ट फुट्ला जस्तो भएको छ । हिजो राति (आज) अबेलासम्म बस्दा थाहै नपाई खाएको कौसीको शीतले त होला नि ! छ महिना पहिले रामेश्वरले पठाएको अल्कासेत्जर पनि सकियो । अब कपाल समाएर बस्नुको बिकल्प पनि त छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नलिनी भाउज्यू

~मधुवन पौडेल~ एघार बजिसक्दा पनि जताततै टम्मै कुहिरो लागेको थियो । बस स्टपमा शनिबार भएर होला, पशुपतिको दर्शन गर्न जाने यात्रुहरूको भीडले गर्दा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन । शनिबार ढिलोसम्म सुत्ने बानी भएर पनि म त्यो दिन पशुपति जाने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई माया गर्ने ती मायालू

~पुष्पलता आचार्य~ संयोगवश बरण्डाको झ्यालमा हावाले फर्फराइरहेको सेतो पर्दा उघारेर बाहिर सडकतिर हेर्न पुगेछु । मेरा आँखा आफ्नै कम्पाउण्डको गेटमा पुगेर अडिन्छन् । एक तमासको दृश्य र दृष्टिमा केन्दित हुन पुग्छु । बिर्सिसकेको एउटा अनुहार धेरै लामो अन्तरालपछि मेरो अगाडि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिजवान

~दुर्गा विनय~ राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर । रिजवानको रूवाइ अप्रत्यासित थियो । अकल्पनिय, अविश्वसनीय थियो । रिजवान त्यस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेसि

~भरत खत्री~ (ठाऊँ – परदेसि भुमि , क्वालामपुर …सुत्ने कोठा, आवाज छिकछिक पेन्डुलम घडीको) अहिले रातिको ९ बज्यो , भुपाल आफ्नो ओछ्यानमा पल्टिएर सुत्ने कोशिस गर्दै छ । बिस्तारै-बिस्तारै वरपरको माहोल शान्त तर्प लम्किदै गर्दा , भुपालले आफ्ना आँखा यताउता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जालो

~डा गोमा देवी शर्मा~ धनमायाले बल्ल-तल्ल आफ्नो लोग्नेको तेह्र दिने क्रियाकर्म सकी । एकातिर सम्झँदा उसलाई असीम सन्तोष लाग्छ भने अर्कातिर चार-चारजना छोराछोरीको विकराल भविष्य देख्दा उसको मुटु काप्छ । पतिको परलोक सुधार्ने क्रममा उसको इहलोक स्वाहा भएको उसलाई पत्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाल भित्रको कथा

~शम्भु सुस्केरा~ अनावस्यक गाडिका हर्न । मान्छेका दोहोरीलत्ता । जताततै साइकलमा फलफुल पसल, ठेलामा चटपटे र पानीपुरीले मान्छेको जीवन चर्या धानिरहेको छ सडकै भरि । चुच्चे पाटीबाट आरुबारीतिर जानुछ मलाई । पासाङ ल्हामुको शालिकदेखि उँभो नजाउँ जस्तो गर्छ मोटर साईकल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ईश्वरको न्यायालय

~सविना सिन्धु~ “ओई कति बेला आइपुग्छेस् रुपमाँया आइपुगिन् ।” श्रेणितीले फोन गरी “गेटमै आइपुगेँ ।”, मैले भनेँ अनि मोबाइल प्यान्टको पकेटमा राखेँ। म कोठामा छिर्दा रुपमाँया आफ्नो कहानी सुनाउन थालिसकेकी थिइन् । मैले डिस्टर्ब गर्नु उचित ठानिँन । त्यसैले झोला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आयुस

~भविन धिताल~ मैले उनितिर हेरें, उनी केही नबोली भुँइतिर हेरिरहेकी थिइन्। मलाई सार्है असजिलो अनि नरमाइलो महसुस भइरहेको थियो। मैले बालाई सम्झेँ, आमालाई सम्झेँ तर उहाँहरु यो धर्तिमा हुनु हुँदैनथ्यो । बा मलाई खुब माया गर्नुहुन्थ्यो, मलाई सम्झेर आमा फोनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गलफन्

~पूर्ण ओली~ “छिटो कयनपानी गैहाल्, गारापारेका डिङाबाछा ग्वालाबाट फर्किने बेला भो, बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन् ।” आमाले मलाई हकार्नुभयो । कयनपानी खोल्साको छेउमै रहेको हाम्रो बारीमा गाईवस्तु पस्नबाट जोगाउने काम सधैँ ठूल्दाइको हुन्थ्यो, पहिलोपटक हुनुपर्छ, ती गाईवस्तु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिकारीहरु

~खुसेन्द्र राई~ जोरथाङ-मल्लीबीचको सर्पेलु सडकमा दीर्घ समय पश्चात अलकत्रा बिछाउने कार्य सुरु भएको छ। त्यो साल वनले ढाकेको एकलासे अलकत्रे बाटो बीच-बीचमा ठूला-मसिना खाल्डाखुल्डी परेर धेरै समयदेखि गाडीको यात्रालाई थप झर्कोलाग्दो बनाएको थियो। तल के भनूँ, यसो हात झारेर नीलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्रेम कथा : परी

~सानु शर्मा~ सानेपाको भव्य तीन कोठा, भान्सा, लिभिङ, डाइनिङ र एउटा सानो स्टडीसमेत भएको आफ्नो अपार्टमेन्टमा गृहप्रवेश गरिसकेपछि ममीको पहिलो उद्गार थियो, “बल्ल पिछा छुट्यो पाखेहरूसँग !” त्यसपछि उहाँले मतिर फर्केर कडा स्वरमा भन्नुभा’थ्यो, “अब तँ तिन्लाई बटुलेर मेला नलगाएस् … Continue reading →

Posted in नेपाली कथा | Tagged | 2 Comments

कथा : राक्षसहरू

~रजित ओझा~ “राजकुमारीलाई राक्षसले कैदी बनाएर राखेको थियो ! यत्रो यत्रो दाह्रा भएको । बडेमानको । हेर्दैमा घिनलाग्दो,” मैले हातैले दाह्राको आकृति बनाएँ । “हिजोको कथाको राक्षसको पनि दाह्रा थियो है बाबा ?” छोरीले प्रश्न राखी । मैले स्वीकारोक्तिमा टाउको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निभेको चुल्हो

~निरज भट्टराई ‘मनोरोगी’ ~ झमक्कै साँझ परिसकेको थियो ,आज नि घर जान अबेर भइसकेको छ । दिनभरि आफूलाई कामको थकानले गर्दा घरमा श्रीमतीले माइत जानका लागी रकम माग गरेकी भुसुक्क बिर्सेछु ,अलिअलि किचकिच त गरेकी थि ,रिसमा मैले पनि बढी नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : को थिइन उनी ?

~सन्तोष आचार्य~ आज किन हो मन पटक्कै स्थिर छैन। खै के भा हो त्यो पनि थाहा छैन। धेरै पटक खुइइय सास फेर्दा अलिकता पनि आराम मिल्दैन। आँखा अगाडि हिजोको त्यो घटना झल्झली आइरहेछ। हिजो घरबाट निक्लदा ममा आफ्नै जोश अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

लामो कथा : भोक

~प्रकाश लामिछाने~ “अस्ती भर्खर ल्याएको चामल कतिछिटो सकिन्छ हँ?”–आमाले च्याँठ्ठिदै भन्नुभो । “खै त? बिहान तिन गिलाँस, साँझ तिन गिलाँस पकाएको हो के रे मैले त । अरु मलाई के थाहा?”– मैले पनि जवाफ फर्काएँ । “यो घरमा अन्नको सह … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रस रोड

~सन्जु बजगाईं~ “मिस्टर मोरिस…मिस्टर मोरिस…!” म ओछ्यानबाटै चिच्याएँ। “के भयो ? टेबल ल्याम्प ननिभाई सुत्नुपथ्र्यो नि !” ऊ मेरो कोठासँगै जोडिएको कोठाबाट बोल्दै निस्कियो र मेरो कोठाको बत्ती बालिदियो। मेरो निधार पसिनाले भिजेको थियो। हातहरू चिसा थिए। सास फेर्न असजिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिर्षक दिन नचाहेको एउटा कथा

~आन्विका गिरी~ “तँ पढेलेखेको बुझेको मान्छे होस्, तँलाई हामीले केही भनिरहनु पर्दैन। हेर देश अहिले सामन्तवादको दलदलमा भासिएको छ। देशलाई मुक्ति दिन हामी जस्ता युवाले ज्यानको माया गर्नुहुन्न। खराब तत्वलाई अहिले नै जरैदेखि उखेल्नुपर्छ। यो तव मात्र सम्भव छ जव … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दीप–शिखा

~अमृता बुढाथोकी~ फागुनको महिना थियो । प्रकृति पनि उजाडिए झैँ देखिन्थ्यो । वनस्पतिले आफ्ना नयाँ पालुवा फेर्नलाई सबै पात झारी सकेको थियो । मानसिक रूपमा विक्षिप्त दीपका बुबा आगनमा बसेर आफ्नै सुरूमा कराउँदै थिए । क्षयरोगले थला परेकी आमा अगेना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : औडाहा

~दुर्गा विनय~ शब्दहरू तिनै हुन् । तर पनि कति छिटो छुन्छ । भन्ने तरिकाले सबैलाई असर पार्दोरहेछ । त्यही शब्द कतिखेर कुत्कुताउने भइदिन्छ । त्यही शब्द कतिखेर शुल बनिदिन्छ । कस्तो अचम्मका हुँदा रहेछन् यी शब्दहरू । शब्दले शब्दलाई लात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्रासद विपना

~पद्मावती सिंह~ अक्षराले सुयशको अस्ट्रेलियास्थित अपार्टमेन्टमा लगेज बिसाउँदा रातले धर्तीलाई आफ्नो अँगालोमा बाँधिसकेको थियो । नौलो ठाउँ, नौलो परिवेश र वातावरणले अक्षराको मन मयूर प्वाँख फिजाएर नाच्न थाल्यो । उनी प्रफुल्ल भई अपार्टमेन्टको चारैतिर हेर्न थालिन् । सफा सुग्घर, सुविधायुक्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आतङ्ककारीको मृत्यु

~यकिना अगाध~ दिनहरू असाध्यै रमाइलो थियो । जाडो सकेर फागुनले आफ्नो तातो अनुहार फैलाएको हप्ता दिन पुग्दै थियो । प्राणी र मान्छेहरूमा न्यानोपन बढ्दै थियो । माइगेन पनि फुर्सदमा थिइन् । भखरै एसएलसी सकेर घरमा आएकी थिइन् । बस्तुभाउ लिएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बद्मास बसन्ते

~प्रकाश लामिछाने~ ‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’ बसन्तेले हाँक मार्‍यो । नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ ! देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा निर्णय

वैकुण्ठ ढकाल- बाबा, मलाई दिदी कहिले बनाउनुहुन्छ ? कार्यालयबाट घर पुग्ने बित्तिकै छोरीले यही प्रश्न गर्थिन, अलि पछि छोरी भनेर म पन्छाउँथे तर पनि छोरी प्रश्न गर्न छाड्दिनन । ममीलाई पनि सधैं यही प्रश्न गर्दिरहिछन । अब प्रश्न हामी दुबैलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिदगेटकी आमा

~हरिहर खनाल~ पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक मनोवाद, एक कथा !!

~उमेश सामिप्य कान्छा~ फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला… एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो… नाम थियो – सफल पौडेल … प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें… सबै लुकाईएका रहेछन्… मैले करिब २०० friend Request Pending मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment