Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : द्वन्द्व

~गुप्त प्रधान~ आइतबारको दिन, राधाकी आमाले झोलाभरि बजार सौदा गरेर आउँदा साथमा एक किलो मासु पनि लिएर आई। घरमा पुगेर सौदा बिसाएपछि ठूली छोरी राधालाई चिया बनाउन लगाई अनि आफू चाहिँ झोलाका सौदाहरू एक एक गर्दै थन्काउन लागी। सौदाहरू थन्काइसकेपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माटो

~विश्वराज अधिकारी~ आइतवारको दिन थियो । हामी, म र महेश अड्ढल, ओक्लहोमा सिटी जाँदै थियौं । ओक्लहोमा सिटी अर्थात् अमेरिकाको ओक्लहोमा राज्यको राजधानी । हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामग्रीहरू त्यस शहरका केही पसलहरूमा पाइने हुनाले ती खाद्य सामग्रीहरू खरिद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो च्वाँक केटी

~दीपक घिमिरे~ कलङ्की जाममा पुगेपछि ऊ आफ्नो ह्यान्डब्याग र एउटा अलि ठूलै ब्याग बोकेर गाडीको ढोकानिर पुगी । मैले ऊ झर्न थालेको महसुस गरेँ । मलाई नयाँ बसपार्क नै पुग्नु थियो । हतार केही थिएन । हाम्रा आँखा जुधेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले कथाको बिट मारेँ

~कैलाशमणी खरेल~ जेठ महिनाको चर्को घाममा ऊ कतै जाँदै थियो । मध्यान्हको समय भएकोले प्रचण्ड गर्मी थियो। निर्जन र उजाड मरुभूमि भन्दा केही देखिँदैन टाढा टाढा सम्म । कतै-कतै बेआकार भएर लमतन्न तेर्सिएका चट्टान देखिन्थे । तातो हावा चलि रहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधिकार

~क्रान्ति पराजुली~ आमा केटो असाध्यै असल छ, हेर्दा पनि राम्रो छ, ठ्याक्कै जोडी मिल्छ, ज्वार्इँ भन्न सुहाउँछ । म उबारे सकेसम्म बढाइचढाई आमालाई सम्झाउँदै छु । एकोहोरिएर टिभी हेर्दै हुनुहुन्छ आमा । मेरो मनमा भनेँ आँधि चलिरहेछ । के थरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लखन दाजु

~नुम नाथ प्याकुरेल~ विहान उठेर सुचि हुँदै गर्दा, निरुले फोन गरेर गणेश स्थानमा रिजर्भ हायस माइक्रो बस लागिसकेको छ, झट्टै तयार भएर निस्कन भन्यो। करिव हप्तादिनको विदाको सदुयोग गर्ने उपयुक्त अवसर सँम्झदा मन त्यसै फुरङ थियो। यात्रामा समकालिन साथीहरु लक्ष्मी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देशविहीनहरू

~प्रकाश थापा मगर~ उमेश झाडी फाँड्न कस्सिएर लागेका थिए । उनले टाउको सिख धर्मावलम्बीहरूले पगडी लगाए जस्तै गरी लामो कपडाले बेरेका थिए । शायद टाउकोमा यसरी कपडा बेर्न उनले पंजाबबाट नै सिकेका थिए । उनले केही वर्ष पहिले जालन्धरमा नोकरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगी : एक हाइवे

~फणीन्द्र संगम~ यात्राबाट थाकेको मान्छेले आराम चाहन्छ, तर मनस्थिति थकित भयो भने ऊ यात्रा गर्न रुचाउँछ। फ्रेस गराउँछ यात्राले। सँगालिएका नयाँ भोगाइ र अनुभूतिले उसलाई ऊर्जा दिन्छ, आउने दिनका लागि। राजधानीको उकुसमुकुस गुम्स्याइलो भिड, ट्याँट्याँटुँटुँको कोलाहल, सधैंको उही व्यस्त सेड्युल। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रानी तरुल

~ध्रुवसत्य परियार~ राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको शरीरभरि हेरे । एकाएक उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चमेली

~अर्जुन थापा~ बेला न कुबेला परेको वर्षाले साँझलाई अरू भयंकर बनाएको छ । घरहरूका छतबाट झरेका पानीका धाराहरुले अझ कर्कस बनाएको छ साँझलाई । आज जसरी पनि सक्काउनुपर्ने थियो भोलालाई प्रोजेक्टको काम । तर यो बेमौसममा परेको पानीले गर्दा अरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम र बिश्वास

~दिपा धिताल~ ओहो! रक्षा कता हो ? के छ खबर ? कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो । को रहेछ मेरै जस्तो नाम गरेको ब्यक्ति, पछाडि फर्केर हेरे । रक्षा केहो बिर्सियौ ? हामी संगै स्कुल पढेको के त । हेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाध्यतामा अल्झिएका जिन्दगी

~दीपक थापा टोप~ प्राइभेट अफिस चिटिक्क परेको कोठा छ । एक छेउमा टेबलमाथि पुरानो कम्प्युटर अर्को छेउमा एक सेट सोफा । सुनसान कोठा, गर्मीको समय, पंखा घुमिरहेको छ । दिनेश कर्चीमा बसेर एकनासले टोलाइरहेको छ, सोचिरहेको छ त्यी बाटोमा सधैजसो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाघ

~अभय श्रेष्ठ~ १ तोरीको तेल लगाएर चपक्क कोरिएको कपाल, कुकुरबङ्गाराभन्दा वरका दुवैतिर हलुका अगाडि बढेका दाँतको अनौठो आकर्षण, खुइलिँदै गएको आकाशे रङको सफा बुसर्ट र नीलो पाइन्ट अनि हातमा एक भारी किताब । सुवास नामधारी यो बालकको हुलिया उसको नामसँग केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसघारी

~मुना चौधरी~ भुइँचालाले हाम्रो पनि घर भत्केको थ्यो । जस्ताको पाताले बारेको बंकरजस्तो गोलो सानो छाप्रामा हाम्रो बास थियो । गाउँलेहरू सोप्पै जना यस्तै छाप्रोमा बसिर’को थ्यो । एक दिन गाउँभरि हल्ला चल्यो, सरखारबाट इन्द्रेको आप्पोले दस लाख रुप्पेँ पनि पायो रे । आखिरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी र म…

~उमेश सामिप्य कान्छा~ रात्रिको सुनसान.. एक्लै सोच्दै थिए… के तिमी मेरो कारणले नै आत्महत्या गर्न बाध्य भयौ??? आज आठ दिन बित्यो मलाई यही प्रश्नले झस्काउन सुरु गरेको… अहिले पनि झस्किएँ… दशदिन अघि हामी सदाझैँ त्यही ठाउँमा भेट्यौं… त्यस्तै कुराकानी गर्यौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा जिगोलोको बयान

~कृष्ण कुसुम~ ­”आज बिहान काठमान्डूको न्यूनतम तापक्रम ०.७ डिग्री सेन्टीग्रेटसम्म पुगेको छ । मौसमविद्का अनुसार अझै चिसो बढ्न सक्नेछ,” छेवैको रेडियोमा समाचार आइरहेको छ । रेडियो एकनास बजिरहन्छ । म बाहिरको चिसो मौसम सम्झिँदै ओछ्यानमा पल्टिरहन्छु । उठ्नलाई कुनै उत्साह … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्कैको लोग्ने

~सपना अधिकारी~ हामीबीच विशेष खालको मित्रता थियो। उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो। हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो। हामी कहिले गोदावरीमा जान्थ्यौं। फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?

~बिपिन शर्मा~ ” नानु के भयो तिमीलाई, निद्रा लागेन ? ” सर्वज्ञले छोरीलाई सोध्यो । सुतिरहेकी उपलब्धिले मुन्टो हल्लाएर केही नभएको संकेत गरी। बाबु पनि छेवैमा पल्टिएर पत्रिका हेर्नलाग्यो । रात निकै बितेको हुनुपर्छ तर कति बज्यो उपलब्धिलाई थाहाभएन, कारण- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~रुकु कार्की~ म पन्ध्र वर्षी किशोरी थिएँ । भर्खर एस.एल.सी. जाँच सिद्धिएर बसेकी, घरमा केटाको कुरा चलिहाल्यो । मलाई राम्री र पढेकी देखेर पहिलो नजरमै अभय खुसी भएछन् । बिहेपछि मेरा पतिको मधुर बोलीवचन र लचिलो भावनाले भने मलाई आत्मीय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समृद्धि पुराण

~डा. शान्ति थापा~ चन्द्रकलाको बिहे रे। भर्खर – भर्खर शहरको हावाले छोएको गाउँ। नक्कल – झक्कलमा शहरी भए पनि व्यवहारमा गाउँलेपन नै छ यहाँ। र नै बिहेबटुलोभन्दा त्यो व्यक्तिगत भई रहँदैन। सघाउ पुऱ्याउन ‘खै’ गर्दै गाउँका बुढापाका, तरुणी – तन्नेरी, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुकुण्डो

~माधव सयपत्री~ त्यो क्षतविक्षत प्रहरी चौकीसँग उसको के सम्बन्ध थियो, कसैलाई थाहा थिएन । घाम डुबेपछि विक्रम घरदेखि १५ मिनेट टाढा भत्केको प्रहरी चौकी जान्थ्यो । घण्टौंसम्म त्यतै हराउँथ्यो, वरिपरि घुम्थ्यो, भक्कानिथ्यो । रात निकै छिप्पिएपछि आउँथ्यो । घर आइपुग्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चौकी

~शरद देवकोटा~ “थाहा पायौ तिम्ले ? रत्नप्रसादलाई त पुलिस चौकीमा लगेछन् नि ।” “अँह, मैले त थाहा पाएकै छैन । किन लगेछन् नि चौकीमा ?” “खै त्यो त मलाई पनि पत्तो भएन । मैले त सोमप्रसादले भनेपछि थाहा पाएको हुँ ।” “कठै बरा, गाउँघरमा त्यति राम्रा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतिले ठगेको बुद्ध

~चोमु शेर्पा “खुशी”~ जब कोही कसैको जन्म हुन्छ, त्यहींबाट शुरु हुन्छ जीवनको संघर्ष त्यस्तै एक परिवारमा जन्मिएका सन्तान थिए बुद्ध । बुद्धले धर्तीमा पाइला टेकेपछिको श्वासप्रश्वास जस्तो कठिन चुनौतीको सामना त गर्न सके तर उनले पाउनुपर्ने मुख्य कुरा आमा नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्यासच्याम्बर छेउबाट

~सन्जु बजगाईं~ “म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने । “मध्याह्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्को थापिन् । “पार्कको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज्ञा

~श्रेयज सुबेदी~ २०८५ को जाडो सुरूवाती अवस्थामा छ । माघे संग्रान्तीका तिलौरे लड्डु टेबल माथी सीसी भित्र कैद छन् । बिर्को खोलेर छोरीले एउटा क्वाप्प मुखमा हाल्छे । ३५ बर्षे मेरो तालु मुसार्दै खुसुक्क काखमा आएर बस्छो । ल्यापटपका कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन हेर्न नजानु, डोमकच ?

~विश्वराज अधिकारी~ म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिंडेको थिएँ, चन्द्रनिगाहपुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवश्य जान्छु। अँ, मैले भन्नै बिर्सें, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घण्टी

~रजित ओझा~ त्यो घण्टी बिस्तारै सानो हुँदै, पग्लिँदै थियो सूर्यको प्रकाशमा । तर, रातमा सूर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सूर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो । भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्द आवरण

~सुमित्रा न्यौपाने~ ‘तिमीहरूले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरूको ख्याल गर्नु, तिमीहरूले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको विभाजन गरेर कामको बाँडफाँड गरेका थिए मेनेजरले । कुनै पनि कुरामा कमी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पिंजडा

~नविन काफ्ले अभि~ अक्सर मान्छेहरु राम्रै खाउ रामै्र लाउ जे गरु राम्रै गरु भन्ने सोच बुनेर बसेका हुन्छन् ति मध्येको एक म पनि थिए ।  जिवनलाई खास बाटोमा वा भनौ मुल बाटोमा कुदाउन नसकेपनि भित्री गोरेटोहरुमा कुदाउदै थिए । कक्षा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापबाट प्राप्ति

~रमेश भट्टराई ‘सहृदयी’~ गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुरुदक्षिणा

~माया ठकुरी~ “नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हतारिएको समय

~लक्ष्मण श्रेष्ठ~ समयलाई हतार भएको छ। घडीको सुई विस्तारै घुमिरहेछ। मलाई सकेसम्म छिटो पुग्नु छ। आजको दिन म छुटें भने आफैलाई आफैले माफ गर्न सक्दिनँ। पूर्वी क्षितिजमा फैलिएका रक्तिम किरणहरूले नयाँ युगको सन्देश बोकेजस्तो लाग्छ। बिहानी चिसो हावाले कानमा साउती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment