Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : मेरी अनिच्छित छोरी

~अमृता बुढाथोकी~ असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समर्पित

~अर्जुन थापा~ आकाशमा बादल टम्न लागेको थियो । पानी पर्ने सङ्केत भने थिएन । त्यत्रो फराकिलो आकाश नीला पहाडका असङ्ख्य टाकुराहरूले बाँधेको काठमाडौँभित्र म पीडा लिएर बसिराखेको छु, मैले दोहो¥याएर सोचेँ । सानैदेखि रातो रङ मन पर्ने मलाई । विवाहपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिन नारी बन्दा

~बिष्णुमणि अधिकारी~ १७ बर्ष अगाडि सपरिवार यात्रा गर्दै गर्दाको गाडी दुर्घटनामा बाबा आमाको ज्यान गुमेको अलि अलि झझल्को आउँदा आज पनि त्यो दिनले लखेटिरहन्छ साँझ बिहान अनि हर प्रहरमा | ” जिन्दगी खास रुनैको लागि र संघर्ष गर्नैको लागि रैछ” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो थारू गाउँ

~महेशविक्रम शाह~ पोहोरको दसैं गाउँमा मनाएका थियौं । फर्किने बेला साथी सोनालाल चौधरीले भनेको थियो, ‘और साल पे आइहो । तु आइठ त एकदम मजा लागठ ।’ म धेरै वर्षपछि कैलाली जिल्लामा अवस्थित मेरो गाउँ भंग्रैया गएको थिएँ । गाउँका मुखिया बडघर राजेन्द्रले यसपालि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरी मिना

~कृष्णराज सर्वहारी~ रात धेरै छिप्पिसकेको थियो । म लोकसेवा आयोगको जाँचको तयारीमा थिएँ । यसपालि त जसरी भए पनि नाउँ निकालेरै छोड्छु भनेर घुँडा धसेर लागिपरेको थिएँ । टाउको भारी हुन थालेपछि सुत्ने उपक्रम गर्दै थिएँ, कसैले ढोका ढक्ढक्यायो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दृष्टिको प्रयोगशाला

~डिल्लीराम दुलाल~ धेरै दिनदेखि मलाई दृष्टिको व्यक्तित्वले प्रभाव पारेको छ। उनलाई घरमा नै गएर भेट्न मन परेको थियो। उनले अनेकौ विषयलाई पैल्याएकी थिइन। गाउँ -समाजमा भइरहेका अनेकौं घटनालाई आफ्नो सञ्जालमा राखेर अध्ययन, मनन् र चिन्तन गर्ने अनि आफ्नो समाजलाई दिशाबोध … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिहानघारी

~सविना सिन्धु~ आज घाम बहुलाएको छ । दिउँसोभरी टाउको माथि फेटा बाँध्दा पनि टाउको तात्न रोकिएको छैन । खेतबारीमा जाँदा पसिनाले शरीर पूरै निथ्रुक्क । रतन खेतबाट घर आउँदा यसैगरी भिजेका हुन्छन् आफ्नै शरीरबाट बगेको पानीले । बेलुका आफ्नै शरीरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~विजयकुमार महर्जन~ सपना नदेख्ने को पो छ र ? सपनाविनाको जिन्दगी के जिन्दगी ?सानैदेखि एकपछि अर्को सपना देख्ने मेरो बानी र पूरा हुँदै गईरहेको सपनाका कारण जीवन साँच्चै सफलताको मोडमा हिँडिरहेको भान भईरहेथ्यो । साना-साना चाहनाहरु पूरा हुन पनि सपना देख्थेँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिक्कर

~राजव~ क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ । त्यसमा विज्ञापित व्यहोरा हेरेपछि मैले आफू यो कामको लागि इच्छुक भएको व्यहोरा उसको इमेल बक्समा ड्रप गरेको थिएँ । त्यसको ३६ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान् निवास

~बिना तामाङ~  घरको दलानमा, पिँढीमा, आँगनमा यत्रतत्र थिए मान्छेहरू । केही विशेष थियो । विशेष यो थियो कि वर्षौं मेरा बाउले, बाजेले हजारौं दुःख गर्दा पनि उठाउन नसकेको घरको गाह्रो उठाएर धुरीपातो कसेर ठड्याएको थिएँ मैले ‘भगवान् निवास’ । म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोरीको पर्स

~सविना सिन्धु~ ‘सुको कमाई भएन आज। सिक्री फुत्काइयो भनेको। त्यो पनि नक्कली’ ‘ग्यारेन्टिवाला होला । सौ – पचास त आउला नि !’ ‘के को आउँथ्यो। खुइलिइसकेको छ।’ ‘कस्तो नचिनेको त यार।’ ‘पाँच वर्षको अनुभव सबै स्वाह! हिजो आज मान्छेले सक्कली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पेन फ्रेण्ड

~माया ठकुरी~ भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर। समय पनि उही थियो जो मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~दीपक कुमार ज्ञवाली~ के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरूको र स्वदेशको माया मारेर मुग्लान जान पर्‍यो । हो हो मैले त्यही भनेको हो । सधैँभरि यसै गरी अभावमा कति बाँचिरहने ? पल्लो घरका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार पुरुष

~रजित ओझा~ पुरुष १ ” अव किन रोएकी, जे हुनु थियो भइसक्यो!” मलाई दिक्क लागिसकेको थियो, सावित्रीको गनगन सुन्दा सुन्दा। यस्ता कुरामा म अभ्यस्त छैन, त्यहि भएर मलाई उसलाई सल्लाह के दिने पनि थाहा छैन।म एउटा अन्धा ले उसको जीवन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बलात्कारीलाई मृत्युदण्ड

~सविना सिन्धु~ यतीबेला घरमा आमा पूजा गर्दै होलिन् । उनले बालेको दियोको बत्ति, जति तेल थपे पनि मधुरो बल्दै होला । यसै गरी पूजा गर्दा–गर्दै कुनै दिन झ्याप्प निभ्ला दियोको बत्ति । अनि आमाको मन अत्तालिएला । तर्सिएलिन् उनी । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुक्रिएका सपनाहरू

~रवि प्राञ्जल~ टङ्…टङ्…टङ्… कहीँ टाढा मन्दिरबाट घण्ट बजेको आवाज आइरहेको थियो । रातको मध्य प्रहर थियो। मौन थियो कोठा अनि मौन थियो ऊ पनि । सानो कोठा, दुइवटा खाट, एउटा मेच, भुइँमा ‌ओछ्याइएको खजमजिएको दरी, भित्तामा झुण्डिएको एउटा पुरानो क्यालेन्डर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराध आफैतिर फर्कन्छ

~शर्मिला खड्का दाहाल~ ‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो माया छ भने……

~राजेन्द्र ज्ञवाली~ म मलमा पुग्दा हेलेनलाई मेरो स्टोर वरिपरि घुम्दै गरेको देखेँ । शायद मेरै प्रतिक्षामा थिइ । आफ्नो लोग्ने नर्सिङ होममा भर्ना भएको खवर मलाई दिएपछि एक दुई पटक अक्कल झुक्कल मात्र उसँग भेट भएको थियो । तर उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : न्याय मरेको दिन

~पूर्ण ओली~ “के भयो ?”  मैले नसोध्नु थियो । उनको आँशुले सिरानीलाई भिजाएर मेरो कुहिनोसम्म भिजेकोले प्रश्न गर्नुपर्ने बाध्यता सिर्जना भैदिन्छ । मेरो प्रश्नले उनी झनै जलमग्न हुन थाल्छिन् । “लामखुट्टे लागे ।” मेरो प्रश्नको सहज उत्तर आउँछ उनीबाट । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जाँतो

~खोलाघरे साहिँलो~ आइतमानले सिमेन्टीको बोरामा थपक्क नाम्लो लगायो । फेदाङ्वाको सिमेन्टी अघि मात्रै साहुकोबाट ल्याएर बिसाएको थियो । भारी बोकेर उठ्न लाग्दा उसलाई अघि ल्याउँदाखेरीको भन्दा गह्रौँ लाग्यो । बल लगाएर तान्यो । उसकी श्रीमतीले भर्खरै मात्रै उसलाई एक डबका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अकोधारी

~शिव प्रकाश~ ‘संसार नांगो छ । त्यसले जस्तो छ त्यस्तै देखिन्छ । तर, गडड्याम मान्छे … !’अन्धकार छ । मध्यरातमा सोचेको मात्र छ, बोलेको छैन । सोचेका शब्द सबै आफ्नै मुखबाट गोलीजस्तो गरी पटटट् निस्कन्छन् । अटोमेटिक डिजिटल मिसिनगन भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चैत्र २७

~विपुल सिजापति~ ऊ मेरो एकदम मिल्ने साथी थियो । बी.ए. परीक्षा दिएपछिको फुर्सदिलो एकदिन ऊ मकहाँ आयो । जुत्ता नै नफुकाली सरासर कोठाभित्र पसेर उमङ्गका साथ भन्न थाल्यो, “ए हिँड् झम्सिखेलसम्म जाऊ, जरुरी काम छ ।” “किन के भो र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रामलीला

~एमपी केयरलेस~ ‘चुलभुलले चुनाव नै जिते जस्तो गर्छन् त हो थारुहरु’, एउटा साथीले बडो नमज्जाले भन्यो। ‘अचेल त थारुहरु त्यसै निहुँ खोज्छन् त हो!’ अर्कोले थप्यो। ‘किन?’, मैले सोधेँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्पर्श

~अर्जुन थापा~ ‘साँझपख आएका छन् । मलाई त सबै ठिकै लागेको छ । श्रीमान् श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मधेसतिर

~विश्वेश्वरप्रसाद कोइराला~ सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्तेको रातो कुकुर

~देबेन्द्र बस्याल~ खै कताबाट हो उसले सुशेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ । उ बढो रमाइलो र हसिलो पनि छ । हिड्दाहिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ । यो उमेरै उसको यस्तै हो । धेरै धेरै कुराहरु सिक्ने, जान्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शम्भू दाइको विदाई

~पूर्ण ओली~ ‘को हो यो किचकिच गर्ने ? अरु काम छैन यसको ?’ भर्खरै हाम्रो कार्यअवस्थाको निरीक्षण गर्न आएका थिए निर्देशक कृष्ण बजगाईं । केही निर्देशनहरु दिएर उनी कोठाको द्वारबाट एकपाइला मात्र बाहिर निकालेका थिए । त्यहीबेला शम्भु दाइले निर्देशकको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झिन्छ ऊ ती दिन

~नविन काफ्ले अभि~ आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्,  उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । दिउसो उसले गाँउमा देखेको थियो हतियार धारीलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वामीजीको प्रवचन

~मञ्जु काँचुली~ मेरी विमात्री (सौतेनी) आमाले पहिले आफ्ना हातगोडा सफासँग धुनुभयो । अनि फेरि नुहाउनुभयो हात र गोडाका नङमा राता पालिस पनि लगाउनुभयो । त्यतिबेलाको चलन गोडाका कुर्कुच्चा र गोडाका वरिपरि माहुर (रातो रंग) पनि लगाउनुभयो । छिमेकीहरू कुरा काट्थे, … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : आकांक्षा

~राजु नेपाल~ परेला खुल्ला छन्, दृष्टि बन्द छ। कस्तो अनौठो परिस्थितिमा छु म। दुवैतर्फका गरेर वरिपरि करिब तीन सय हाराहारी मान्छे छन्। दिनभरिको झन्डै एक हजार पाँच सयजति मान्छे आएर उनलाई आशीर्वाद दिएर फर्किसकेछन्। यति धेरै मान्छेको भीडको वरिपरि छु, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यमलोकमा सहिदहरु

~डा. राजुबाबु श्रेष्ठ~ म यमराजको सिंहासनमा थिएँ । मेरो जुँगा लामो मठारिएको थियो । मेरो टाउकामा हीरा, रत्न जडित मुकुट थियो । घाँटीमा अनेकौँ मोती र मुगाका मालाहरु थिए । लुगा पनि अमूल्य जरीहरु र टलटल टल्किने किसिमको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्राह्मण ज्वाइँ

~अर्जुन थापा~ साक्षात् नै विष्णु भगवान जस्तो गोरो, अग्लो, हट्टाकट्टा अरूभन्दा पनि शुद्ध ब्राह्मण केटो मेरो हुनेवाला ज्वाइँ । उनलाई देख्दा हर्षको आँसु बग्न थाल्छ मेरो । मेरी छोरीले घरको झ्यालबाट बाटोमा त्यो केटालाई हेरेकै भरमा मनको ढोका उघारिसकिछ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment