Category Archives: नेपाली काव्य

Poetry

गजल : भनिएको नयाँ युग

~सदानन्द अभागी~ भनिएको नयाँ युग बनाउने पारा बोली सुन्दै चकित छन् देशवासी सारा जनताका रासनको कहीं छैन चिन्ता देशभरि गुञ्जिदै छन् आन्दोलनी नारा

Posted in गजल | Tagged | Leave a comment

कविता : हिंसाको बुद्ध

~हाङयुग अज्ञात~ बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक कत्ति पनि बुझ्न नसकिरहेको राष्ट्रियता दिज्यू ! पहेँलो जमराले किन मेरो मन तानिरहेको ? घुस्न किन नसकेको म ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्त्यको पर्खाई

~बिपिन शर्मा~ मेरा स्वर्णीम सपनाहरु, मेरा रंगिन कल्पनाहरु, भत्किएर, टुटेर, फुटेर मेरो बाटो भरि छरिएका छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर

~चोमु शेर्पा “खुशी”~ हरेक बिहान फ्याक्ट्रीको अत्याधुनिक मेसिनहरूसँगै मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ फरक यति छ कि मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन् म मेरो दुई छाक टार्नुपर्ने बाध्यता बाट संचालित हुन्छु । बेला बखत मेसिन बिग्रन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज्दैछु एउटा कवि

~कविराज भट्ट ‘बिलौना’~ सारा भूतलको अलौकिक कलाका वाग बस्नेहरु उच्चा श्वेत हिमाल शंकर शतीका काख बस्नेहरु । मिठा कोकिल भाकले हृदयको ढोका उघारी यहाँ नेपाली पन झल्किने किसिमका सौगात रच्नेहरु ।। हाम्रो शक्ति र एकता किन एकादेश्को कथा झैँ भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसको फूल

~शरद पोख्रेल~ रहरै रहरमा लहडै लहडमा मलिलो बारीको छेउँमा एउटा बिरूवा रोपियो। उसको उचाई आँकलन गरेर गाई बस्तुबाट जोगाई जोगाई मलजल गरी हुर्काइयो।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन सकिंदैन रहेछ

~बित्रा आचार्य~ धन र शान दुइ दिनको मात्र सकिन्छ छिट्टै नचाहेर पनि । अहंकार-घमण्ड केही दिनको मात्रै टुट्छन त्यो नजानेर पनि।। धन कमाउने शान बढाउने कुण्ठा बोकेर मान्छे उर्लेको देख्दा हैरान पर्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~कालूसिंह रनपहेंली~ जीवनको किताबमा अन्तिम अध्याय मृत्यु। जिन्दगी वाक्यको एउटा पूर्ण विराम मृत्यु। जिन्दगीको दैलोमा अलिकति सास खानुलाई ढुकिबस्छ मृत्युको भिखारी।। जीवनको हात जहिल्यै माथिबाट छ। भिखारी मृत्यु दयाको सिनो खाएर अघाउँछ। मच्यो भन्छ मान्छेले जीवन लीला समाप्तिलाई।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ती अवर्णनीय नेता

~श्रीधर खनाल~ लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन सेवाको भाव त्यागेर मेवाको मात्र चाहना गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अजिंगर र सपना

~अविर खालिङ~ सपना तुहिएर सकिएपछि बाँचेजस्तो गरेर जिन्दगीलाई कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ? जिन्दगी भनेर समयले थमाइदिएको यो शोषण झेल्ने श्वास-यंत्रलाई कुन औजारले मरमति गरेर राख्नु ? भग्नांशमा बाँचेको रहल जिन्दगीलाई कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु?

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्न सक्छु म

~छविलाल खड्का~ तिमी विना नि, बाँच्न सक्छु म माया विना नि, बाँच्न सक्छु म । भमरा बिच, फुल्यौ नि आज

Posted in गजल | Tagged | Leave a comment

कविता : मूर्ति

~दीपक सिञ्जाली~ एकदिन उसले मूर्ति बनायो सग्लो मूर्तिले उसैलाई औंला ठड्याइरहेको थियो त्यो खबरदारी उसलाई चित्त परेन छिनो लिएर मूर्ति सच्याउन थाल्यो । अग्लो कद काटेर केही होँचो बनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको स्वाद

~सगाेत्री आचार्य~ दाँत छइन्जेल कागती टोक्दा पनि नरसाउने जिब्राहरू आजकाल पानी चपाएर स्वाद लिन्छन् खै के बदलियो कुन्नि ? तिनका राल ग्रन्थिहरूमा ! आँत छइन्जेल,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाका आँशु

~देबेन्द्र बस्याल~ म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें आमाको मुहार रक्ताम्मै थियो टाउकामा चोटैचोट थयो

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा जिन्दगीकाे

~अक्कल बहादुर शाह~ जिन्दगीका पानाहरु समेट्दै छु मैले, एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले । कति पाना खालि रहेछन्, कति च्यातिएका, कति पाना बुझ्नै गाह्रो मसि पोतिएका । विगतका जीवन गाथा समेट्दैछु अहिले,

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी र जिन्दगी

~देवराज पौडेल~ ए दिदी, बन्द आँखा, तिम्रै मुहार हराएँ, भरी मुटु, खुलाएँ, माग्दै गुहार वरिपरि, दिन् रात्, के छ र बाँकी झैँ थप् माथी थप् सोच्छु अपुग अझै नै!! न थियो, न हुन्छ अब, पाएको कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : आज लाहुरेबासँग भेट भयो

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै टाढाको यात्रा होइन मलायाको रबडघारीमा दैडिएका दिन खिया लागेको बन्दुकमा घुर्मैलो अनुहार देखिन्छ (अँ छोराले घिऊमा पितृको अनुहार हेर्छ ! ) दिनहरू छायाँ र अनुहारहरू प्रतिविम्ब भएका छन् जूनकिरीहरू राँको सम्झाउँछन्

Posted in कविता | Tagged | Leave a comment

गजल : खुसी हुनु पर्ने तिमी

~जे‍ पी लम्साल~ जब मंसिरको बाजामा खुसी हुनु पर्ने तिमी आज किन यहाँ छौँ अर्कैको डोलीमा हुनु पर्ने तिमी रुदै फेरी शरण पर्छो किन

Posted in गजल | Tagged | Leave a comment

कविता : निस्कन्छन् सडकमा

~दीपक कुमार ज्ञवाली~ नेपाली हामी बहादुर भनि गर्दछौ हूँकार । पुर्खाको विरता गाएर मात्र समय फाल्दछौ । अस्मीता देशको लुटीदैछ कहाँ छौं नेपाली । सामाजिक सञ्जाल रङ्गाउँदै देखाउँछौं देशभक्ति । सुशेली हाम्लाई बिरानो बन्दै त्यो कालीनदीको ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मलाई छाडेपछी

~सुरेन्द्र थेगिम~ जीउँदै मरेछु तिमीले मलाई छाडेपछी मेरो ठाउँमा तिमीले अरुलाई सारेपछी धन नै ठूलो देखे तिम्रो परिवारले पनि तिमीपनि खुसी छौ मलाई माया मारेपछी

Posted in गजल | Tagged | Leave a comment

गजल : कथा छ यौटा

~छविलाल खड्का~ मेरो देशको, कथा छ यौटा छद्म भेषको, कथा छ यौटा । जंगे पिलर, सार्ने राक्षसी एस् विआइको, जत्था छ यौटा

Posted in गजल | Tagged | Leave a comment

कविता : टेरोरिज्म

~राजेन्द्र तारकिणी~ ओडारजस्ता भास्सिएका पेटबाट सिउँडी फुल्ने भीरजस्ता ओठबाट स्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाट या, कंकाल कलाकृतिजस्तो निग्रो बालकको हत्केलाबाट जन्मिन्छ भन्ठानेका छौ टेरोरिज्म ? महाशय, यो शताब्दीको टेरोरिज्म ह्वाइट हाउसको गोरो शुक्राणु

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु…!

~सीमा आभास~ मेरो आँगनमा उसले घाम पठायो शीत पठायो खामभित्र चराको सुसेलीसँगै उसले गुनगुनाउने धून पठायो । म मौन बसेपछि छोडेर गयो मलाई उडाउन नसक्ने आँधी भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुग्छु भनेर गएको ठाउँ

~वासु शशी~ पुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ ! यताउति घुम्तीहरुमा आकल झुकल कहिलेकाही पुगे जस्तो पनि लाग्छ !

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्ति छ अचेल

~सिर्जना सिंखडा~ जिउन भन्दा नि पिउन मस्ति छ अचेल। गल्लि भरि भुस्याहाको गस्ति छ अचेल ।। राम्रो के नराम्रो के पत्तो छैन दुनियाँलाई । हुन्नहुन्न भन्दा नि जबरजस्ती छ अचेल।।

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा यस्तो हत्या

~प्रमोद धिताल~ आक्रमण हुनेछ अदृष्य अदृष्य हुनेछन् हतियार भूमिगत हुनेछन् षडयन्त्रहरु शूक्ष्म किटाणुझैं आक्रमण गर्नेछन् दुश्मनहरुले अदृष्य मोर्चाबाटै देखिनेछैन निशाना लगाएको हुनेछैन कुनै भिडन्त

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मी संस्मरण

~आनन्द पौड्याल~ जन्मेर हुक्र्यौ जाँगर गर्यौ दिन र रातमा । हृदय खोली शब्द र वाक्य कलम हातमा ।। भाव नि असल आइ नै रह्यो चुरोट साथले । मुटु नै छुने सिर्जना दियौ दिमागी हातले ।। लक्ष्मीले सधैँ मनको भाव लेखेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्भावना

~प्रणेश पाखरिन~ अँ म देख्दैछु अहिले तप-तप रगतको आँशु चुहाइरहेको आकाश अनि त्यही रगत भुईँभरी आहाल भइ निलीरहेको भुईँको उरवरता। दश नङ्ग्रा खियाइ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वदेश घाती

~रिजाल किरण~ छन्द : उपजाति लुछे सिनो झै यस मातृभूमि पिए निचोरी सब मातृभूमि हजार राजा कति धान्नु पर्ने सेवा उनैको गरि बस्नुपर्ने ।। बन्यो अचेतै गणतन्त्र आज

Posted in कविता | Tagged | Leave a comment

कविता : विरोधाभास

~बज्रकुमार राई~ आज निष्पट अँध्यारो छ भोलि उज्यालो आउँछ पक्कै तर, खोइ म के भनु ? कसरी भनु ? भोलिसम्म बाँच्नै नसक्ने यी हर अन्धकारका अभागी यात्रीलाई जीवन संघर्ष हो

Posted in कविता | Tagged | Leave a comment

गजल : पाती गन्धे फुल्यो अरे

~इश्वर देवकोटा~ बाझै बस्यो खेत पाखो पाती गन्धे फुल्यो अरे धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे हलो जुवा बेकामी भो जोत्ने हली नहुदामा घास काट्ने कोहि छैन बनमा सिरु फुल्यो अरे

Posted in गजल | Tagged | Leave a comment

कविता : म हराउँदै छु

~बिपिन शर्मा~ म ओइलिएको गुलाव हातमा बोकि अस्ताउन लागेको घाम नियाल्दै हुन्छु लाग्छ, अर्थहिन एउटा पर्खाईको अन्त्येस्टी हुन लागेको छ।

Posted in कविता | Tagged | Leave a comment