Category Archives: नेपाली काव्य

Poetry

कविता : पक्षघातले पीडित मेरो देश

~आचार्य प्रभा~ अचेल मेरो देश … पक्षघातले पीडित छ पोख्त डक्टरहरुको अभावमा असम्भव छ यो रोगको निराकरण हुन किन कि, यहाँ डक्टरहरुको माथिङ्गल नै स्वार्थ र पद्लोलुपताको होड्बाजिमा भौतारिरहेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छाडी जाने लाई

~अभिसेक ढुङ्गाना~ छुटे पछि हाम्रो साथ तिमीले बाटो नफेर्नु है, म तड्पीएनी छट्पटी मा, पछि फर्की नहेर्नु है , पछि फर्की नहेर्नु है | गल्ति तिम्रो हैन, मेरो हो तिमिललाई विश्वास गरे , तिम्रो झुटो दिलासा को सदै भरि आस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी आमा

~अभागी कान्छा गाउँले~ मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा ! सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !! कति दु:ख खेप्दै होलिन्, बेहिसीमा कैले-कैले सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!

Posted in गजल | Tagged | Leave a comment

कविता : पारिलो किरणका ओसिला रेखाहरु

~रश्मिला कवाङ ‘रश्मि’~ पारिलो किरणका ओसिला रेखाहरु झिस्मिसे उज्यालो संगै काला मडारिएका सेताकाला वादलबाट उकुसमुकुस संगै तेर्सिएका तिम्रा आशाका सुनौला दिपशिखाहरु पक्कै पनि सपनाका सुन्दर संवाहक होलान् अरन्यरोदनमा रुमल्दै रुमल्दै बढेका होलान् पथहरु सायद कृतिम स्वार्थ पुर्ण युगमा पटकपटक दोहोरिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चुम्न पाए हुन्थ्यो

~दिपेन्द्र खड्का~ बास्ना रुपी तिम्रो अधर चुम्न पाए हुन्थ्यो तिम्रो नयनको वरीपरि घुम्न पाए हुन्थ्यो लैबरीको भाका अनि झ्याउरे लोक गीतमा दौरा सुरुवाल टोपी लगाई झुम्न पाए हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : परदेशी

~बाबुराम पन्थी ‘गुल्मेली’~ हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्ष

~प्रतिमान सिवा~ परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै, रजस्वलामा आमैले बोकेको टाटा झै, दिन प्रतिदिन गर्दै मनका पानामा उब्जेका कलुषित भावनाहरु, बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु लत्पतिएर पोतिएका दागहरु मेटाउँदा मेटाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शहर

~दिलिप योन्जन~ सागुरो बाटोमा भब्य-भब्य घर छ नपाइने केही छैन, सबै पाइन्छ पैसामा मात्रै………………….? असख्य निस्सहाय छन् भोक र रोगले तड्पेका छन् वेदना र पीडा बोकी बाँचेका छन् धर्ती ओछ्यान आकास सिरक बनाएका छन् बाँच्ने आसमा माग्दै हिडेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबा ! भन्नुस न कहिले अाउनु हुन्छ ?

~प्रद्मुम्न जोशी~ कसैले पनि तिम्राे बाबा कहिले अाउनुहुन्छ भनेर नसाेधिदिए हुन्थ्याे हरेक दिन हरेक पल म याे प्रश्न अाफैसंग साेधीरहेकाे हुन्छु अनि, जवाफमा अाँसु बाहेक मसंग कुनै उत्तर हुँदैन, बाबा खाेज्न हामी कुन निकायमा पुगेनाै कुन कायर्लयकाे ढाेका ढकढक्याएनाैँ सहयाेग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~डा. दीनबन्धु शर्मा~ जब साउनमा झम्म बर्खे बादल बर्सियो धर्ती शीतल भो शान्त अनि आकाश उघ्रियो त्यसै बेला बलेनीमा व्यथा लाग्यो कठै बस्यौ अनि पीडा खपी हाँस्यौ जन्मेँ म जननी भयौ

Posted in कविता | Tagged | Leave a comment

गजल : भुक्नु हुन्न साथी

~कृष्ण पौड्याल~ गल्ती गर्दैमा भुक्नु हुन्न साथी। चुमेर शँख फुक्नु हुन्न साथी॥ दोषिले भुल स्विकार्छ भने यदी। सच्चाउनु पर्छ हुक्नु हुन्न साथी॥

Posted in गजल | Tagged | Leave a comment

बाबुराम लामिछानेका अठार मुक्तकहरु

~बाबुराम लामिछाने~ केही हैन भन्दै छाडेको परिप्रेक्ष्यमै म रमाइरहेको छु जस्तो भए पनि आफ्नै झालपात म समाइरहेको छु । आशाको लहरोमा जिन्दगीको फूल कतै झुन्डिएकै छ जे होला, जरामा आस्थाको मलजल म चढाइरहेको छु ।। म त्यहाँसम्म आउने बाटो खोजिरहेको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अस्वीकार !

~दिवाकर स्वप्नील~ एक स्वर्णिम दिन, म खुशी थिएँ मृत्युबोधले रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव। नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य कलिलो दीप खोज्दैथियो बैँश छर्न! उसलाइ मार्न छुट छ र कसैलाइ ? पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म ! ठीक तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मसित रात, बिताई हेर !

~मबि सिंह~ केही त होला, चिताई हेर ! मसित रात, बिताई हेर ! भेटछौ हरा’को, तिम्रो आक्रिती मसँग आँखा, जुधाई हेर !

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानक हराएपछि

~वियोगी बुढाथोकी~ हिँड्दै गरेको बाटो अचानक हराएपछि चोर भागेकोछ छिमेकी कराएपछि भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन कुकुरदेिख मानिस आफैँ डराएपछि

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि। आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्। गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।। गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी। ‘गौरी’ प्रेम … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छोक : रगतको महत्व

~बिमल गुरुङ~ दिएका बलिदानहरु इतिहासमा अमर रहन्छन् बगाएका रगतका फाल्सा फाल्साहरु दानवहरुले पिएर पिउन सक्दौनन् किनकि

Posted in कविता | Tagged | Leave a comment

कविता : मृतशय्याको राष्ट्रियता

~भीमप्रसाद काफ्ले ‘शान्तिप्रेमी’~ म शिथिल भएको छु लामो समयदेखि, केवल सासमात्र बाँकी छ उपचार त अब आशमात्र । हे मेरा प्राणपुत्रहरू, सुसारेहरू ! तिमीलाई भय छैन मातृत्वको – जुन समाप्त हुने खतरामा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिकको प्रश्न

~मनोज बोगटी~ एउटा दह्रो रेखा छ त्यसलाई टेकेर निस्किएको छ उ रावनबाट ज्ञान थाप्नु शरीरमोह च्वाट्ट चुट्टिएको छ उसको जीवनको गुड्डीबाट। खेल्नु त हो जीवन खेलौं।

Posted in कविता | Tagged | Leave a comment

कविता : मोफसल र काठमाण्डौ

~प्रकाश सुनुवार ‘निराकार’~ काठमाण्डौं र मोफसलहरु आपसमा टेलफोनले जोडिए हवाइमार्गले जोडिए इन्टरनेटले र इमेलले जोडिए नजिक अनि झनझन नजिक भए । लाग्छ सवै एकै ठाउँमा गुजुल्टो परेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जाजरकोट

~सुवास खनाल~ तस्वीर खिच पत्रकार हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान् तिम्रा बिकाउका सामान बन्नेछन् सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ – ……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ ….. रेडियो नेपाल तिमी केही हिन्दी गीत सङ्गीत र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ

Posted in कविता | Tagged | Leave a comment

छोक : हुकुम

~बिक्रम सुब्बा~ उहिले, मेरा बा कमाउँनु हुन्थ्यो घरमा उहाँकै हुकुम चल्थ्यो पछि म कमाउँन थालेँ मेरो हुकुम चल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्चहिलको बाटो- एक सम्झना

~लेखनाथ छेत्री~ बितेको बर्ष स्नातक-पत्र थापेर आफुलाई अब्बल बेकारी प्रमाण गरेको त्यो एतिहासिक दिन छोडिराखेको हुनुपर्छ हामीले बर्चहिलको बाटो । बर्चहिलको खस्रो माटोमा खिइएर गएको दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो

Posted in कविता | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका छब्बीस मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ सबै उकालाहरु ओरालो छोएर टुङ्गिन्छन् सबै ओरालाहरु उकालो छोएर टुङ्गिन्छन् जिन्दगीको चक्र पनि घुम्छ यस्तै यस्तै गरि मैदानहरु पनि सधैं भिरालो छोएर टुङ्गिन्छन ।। मैदानहरु छन,हिमालहरु छन् डाँडाहरु पनि छन् फूलहरु छन्,पातहरु छन् काँडाहरु पनि छन् यो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

जेनन नेपालका केही हाइकुहरु

~जेनन नेपाल~ महल बन्यो अग्लियो धरातल म भुँइ खोज्छु *** हेर्दै बाँच्नुछ

Posted in हाइकु | Tagged | Leave a comment

मुक्तक : रङ्गियो

~चित्र लक्ष्मी~ बार रङ्गाई त्यो मोरी कालीले गाउँ रङ्गाए ती साला सालीले ए लाटो केरा

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : याे बिहान

~अकेला यात्री~ एउटा बिहान ल्याएर दिएकाे थिएँ तिमीले कुल्चिएर फालिदियाै । अर्काे बिहान ल्याएर दिएँ मनाेमानी गरेर छाडिदियाै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचाहरुको कन्सर्ट

~सुरज राना~ मेरो देश एउटा स्टुडियम बनेकोछ जहाँ बुख्याचाहरुले कन्सर्ट गरिरहन्छन केही बुख्याचाहरु गरिबिको तार निर्ममता पुर्बक झट्काएर बजाइ रहेछन गितार केही बुख्याचाहरु भोको देशको खोक्रो भुँडीमा रेटि रहेछन भ्वाइलिन

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका रंगहरु

~निश्चल काउचा~ चपस्टिकले दुई गास भात निल्दै एक मुठी सास झुण्डयाउदै सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु म यतै -कतै गाई गोठहरुमा बंगुर खोरहरुमा टनेल हाउसहरुमा मन्द बिष युक्त कारखानाहरुमा घाम निदाए पछि संबेदनाहिन निष्पट अँध्यारो रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नातिको एउटा विन्ती: भानु बाजेलाई

~छोगेल मोक्तान~ हे बाजे….! आऊ तिमी पूर्वमा रक्तिम लालिमा फैलाउँदै सुसुप्त तिम्रा सन्तानलाई चेतनाको नयाँ सन्देश सुनाउँदै निशि अन्धकारको पर्दा हटाउँदै दिव्य शिक्षाको प्रकाश छर्दै आऊ । हे बाजे….! च्यातिसके रामायणका बहुमूल्य पानाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रलापहरू

~प्रविण अर्याल~ एकोहोरो फलाकीएका प्रलापहरू । दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।। खल्ला खल्ला तीता र टर्रा छन् । खस्रा खस्रा र रूखा रूखा छन् ।। मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै । बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।। निरर्थक निस्सार र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संध्या

~लक्ष्मी प्रसाद देवकोटा~ ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो मन्त्रियो कस्तो कमाल ! सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ ! वाष्प–मरमर माथि लाल ! वसन्त–महलमा आदिकालीन पश्चिमा भो आँखीझ्याल ! चन्द्रागिरि माथि विशाल ! जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment