Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : नकोरीएको रेखाहरु

~रुमन न्यौपाने ‘अमन्त’~ १. “यो अत्याचार हो,  तिमीले म माथी गरेको अत्याचार” । उ भन्दै थियो उ भित्रको ज्वालामुखी बिस्फोट हुदै थियो । निकीताको शिर उसको छातीमा अझै टासिएको थियो । उनको आखाँहरु बाट अघी देखी नै अबिरल अश्रुधारा बगिरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठमेल स्टप

~पवन बराल ‘अनुरागी’~ एक्कासी भावुक भएर मनोरन्जनात्मक कार्यक्रम ,त्यो हो हल्ला ,राष्ट्रिय नाचघरको रङ्गमय वातावरण छाडेर निस्किएँ कोटेश्वरको लागि । काठमाडौँ भन्दा पनि धुलोमाण्डु भन्न सुहाउने सहरको रात्री कालीन समय ,ओहोर दोहोर गर्ने मान्छेहरुको बढ्दो चाप , जताततै बालिएका मधुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दरुवाको भोली

~दीपक घिमिरे~ ‘ओइ एक प्याक लगाम्, रातीको ह्याङ चट् हुन्च…’ आँखा मिच्दै रिसिभ गरेको फोनमा ‘मोटे’ बोल्दै थियो ‘बचेको मासु तताउँदै गर् म ल्याएर आएँ ।’ म बोल्नै पाइनँ, उसले फोन राख्यो । कोठाका झ्याल छैनन् । आपसमा जोडिएका तर, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : साँचो कुरा

~भैरव अर्याल~ साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापुराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : विज्ञापन

~त्रिभुवनचन्द्र वाग्ले~ रुँदारुँदै उसको आँशु सकियो । जलिरहेको आमाको चिता हेर्दै ऊ त्यहाँबाट उठेर हिड्यो । कहाँ गयो ? कसैलाई चासो भएन । आमाको तेह्रौ नसकिदै ऊ बेपत्ता भयो तर उसले गाउँ र गाउँलेलाई नजिकबाट हेरिरह्यो । आमाको वार्षिकीमा ऊ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गुड फ्राइडे

~भूधरा उपाध्याय~ धेरैजसो मान्छेले भनेको सुनेको छु शुक्रवारलाई ‘गुड फ्राइडे’ भनेर। तर मैले कसैलाई सोधेको छैन – ‘किन गुड फ्राइडे ? यो दिनलाई गुड बनाउन के के गर्छौ?’ स-साना नानीहरुको स्कुलमा ‘हाफ’ बिदा हुने हुनाले पढ्नु पर्दैन , छिट्टै घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रहरी पुरस्कार समारोह

~मुकुन्द आचार्य~ भव्य समारोहको आयोजना थियो । राम्रो व्यवस्था–राम्रो जनसहभागिता । थुप्रै प्रहरीहरू पुरस्कृत र सम्मानित भए । सर्वत्र खुशी, उम·, उत्साह छरिएको थियो । अनेकौं चम्चाहरू सहयोगमा सक्रिय थिए । दर्शकदीर्घामा बसेको दश वर्षीय बालकले सोध्यो–“डैड १ यी प्रहरीहरूलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : बाँच्नुको अर्थ

~अमर त्यागी~ # म विदेश जान तयार भएँ।आमाबुवाले बडो स्नेहभाव दर्शाउन थाले। श्रीमतीले पनि आदरआत्मीयता बर्साउन थालिन्। # म विदेश नजाने र स्वदेशमै केही गर्ने निर्णय सुनाएँ। आमाबुवाले झर्कोफर्को गर्नथाले। श्रीमती पनि ततर्केर हिंड्नथालिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लोक कथा : भैरव शिकारी र स्याल

~अज्ञात~ कल्याणपुरमा एकजना भैरव नाम भएका शिकारी बस्दथियो। त्यों एकदिन धनु-बाण लिएर शिकार को खोजी मा विन्द्यांचाल वन मा पस्यो। त्यहाँ त्यसले एवटा मृग मारयो अणि त्यों मृग काँध मा हालेराफर्कन लाग्दा बाटो मा एवटा भयंकर बन्देललाई देख्यो।अनि त्यसले त्यों … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

सूत्रकथा : अचूक सूत्र

~दिलीप आचार्य~ धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : सहारा

~यादव देवकोटा~ “उमेर घर्किंदै गएपछि लौरोले मात्रै भर नदिंदो रहेछ, छोराछोरीको सहाराको आशा बढी हुने रहेछ”, एकसाँझ् फोनमा बुबाले भन्नुभयो, हिक्का छोडुँला झैँ गरेर । “बुबा म हिंड्छु नि”, थर्थरी कामिरहेका खुट्टाले भुईंमा टेक्दै भनें, “तपाईंको काँध गल्यो होला ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~सरिता अर्याल~ रजस्वला नभई विवाह गरिदिए स्वर्ग पुगिने विश्वासमा हजूरबुबाले १३ वर्ष नलाग्दै मेरो लगनगाँठो कसिदिनुभयो । त्यस वेला मेरो काया बढीमा चालीस किलोको थियो होला । कोही नभएको केटालाई दिएकोले मेरो सुहागरात डेरामै भयो । घर पनि नभएको केटालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आंसु र पानी

~कात्यायन~ – ऊ आंसु झार्ने कलामा निपूण थियो | – उसको आँसुमा मान्छेहरू आँसु झार्थे | आँसुमै बहकिंथे | बलिन्द्र-धारा बगाउँदै सुकसुकाउंथे | आँसुको मूल्य तोक्थे | – उसले आँसुबाटै यश-ऐश्वर्य, घर-जाम सबै जोडिसकेको थियो | पत्नी-प्रेमिकाहरूको पनि उसलाई दु:ख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लामो कथा : कल्पनाकुञ्ज

~रजित ओझा~ कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा सडकका दुइटा कथा

~रजित ओझा~ जगतले झ्यालबाट टाउको बाहिर निकाल्दै टाढैसम्म हेर्न खोजेको थियो, तर उसको नजर चार वटा गाडीभन्दा परको पहरामा गएर ठोक्कियो । त्यहाँबाट बाटो मोडिन्छ । जति घाँटी बाहिर निकाले पनि उसले त्यहाँभन्दा पर देख्ने छैन । कसैले उसको कलर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : झोला हरायो

~अरुणबहादुर खत्री “नदी”~ काठमाडौंबाट ओखलढुंगाको रुम्जाटारमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन ओखलढुंगा जाने बस चाबहिलचोकबाट चढ्यौ । बसले सिन्धुलीको रातमाटेमा पुगेर खाना खान रोक्यो । बसले खाना खान रोक्दा एकजना साहित्यकार दाजुको झोला नै देखिएन । झोला नै हरायो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फैसला

~हरिप्रसाद भन्डारी~ असार महिनाको आधा आधी, झमझम पानी पर्नु पर्ने बेला भए तापनि पानी पटक्कै परेको थिएन । लामो खडेरीले सताएर आकुलव्याकूल पारे पनि त्यसको कुनै पर्वाह नगरी गाउँलेहरूले कस्सिएर खेतबारीमा काम गरिरहेका थिए । चर्को गर्मीले गर्दा शरीरबाट तरतरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !

~शर्मिला खड्का दाहाल~ भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मान्छे एक्लै हुन्छ

~श्रेष्ठ सत्य~ “साथीहरु सबै काममा गएकोले म त आज दिनभरि एक्लो परँें, झण्डै बौलाईन, घरमा कोही पनि नभएकोले म त बेस्सरी आत्तिएँ ……” “एक्लै बस्नुप-यो भने म त बौलाउँछु होला ।” यस्ता वाक्यहरु प्रायजसो हामी सुन्ने गर्दछौँ र त्यसो भन्ने … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : साँस्कृतिक रुपान्तरणको प्रश्न

~जीवन पुन~ हामी मानव समाजमा बस्दछौं । हामीलाई थाहा छ विद्यमान समाज वर्गमा विभाजित छ अर्थात् हाम्रो समाज वर्गीय छ । जसरी समाज वर्गीय छ, त्यसरी नै हामीले अंगाल्ने संस्कृति पनि वर्गीय छ । संस्कृति एक वर्गीय विचारधारा हो । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : प्रेम दिवसको शुभकामना

~दिपेन्द्र खड्का~ अंग्रेजी महिना फेब्रुअरी माया गर्नेहरुको महिना रे भन्छन त्यस्तै प्रेमले दिवस लाई अति नै माया गर्थ्यो । तर कहिले पनि मनको कुरा भनेको थिएन दिवसले प्रणय दिवस पर्खेको थियो । प्रेमले फेब्रुअरी १३ को दिन अमुल्य उपहार किनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुची

~कल्पना किरण~ “ साधना रे त्यो नानीको नाम ”, बुवाले स्काईपमा भन्नुभयो | मैले फेसबुकको सर्चबारमा साधना टाइप गर्दा दुई-दर्जन साधनाहरु भेटिए | घरमा मेरालागि खोजेका केटिहरु मध्यकी सबैकुरा मिल्ने, असल, र राम्री केटि हुन् रे, साधना | समान सामाजिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कमलरी

~रामचन्द्र खतिवडा~ अन्जु चौधरी मुक्त कमैया हुन् । जमिनदारको थिचोमिचोबाट मुक्त हुँदा उनी धेरै खुसी थिइन् । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । गाउँमा बाँच्नका लागि कुनै काम नपाएपछि उनी सहर आइन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नीता म तिमीलाई फ्रेम गर्छु

~पूर्ण ओली~ “तिमीलाई कहाँ खोजिन मैले ? सबै फेसबुक भित्ताहरुमा उधिनेँ, सबै वेबपेजहरु खोतलखातल पारेँ । अँहँ कति भेटिएनौ । सधैँ गायबको गायब । आज कसरी झुल्कियौ अकस्मात ? सकियो तिम्रो जाँच ?” “मैले त तिमीलाई नीलो गगनभरि नै खोजेँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नामै नभएको सम्बन्ध

~महेन्द्र पौडेल~ दीपाजी आफ्नो निमन्त्रणा पत्रलाई हातमा राख्दै त्यसभित्र हातले लेखेको अति सुन्दर र प्यारा शब्दलाई आफ्नो नजरले मनभित्र गम्दै भित्रभित्रैं रोमान्चक हुँदै प्रश्न खडा गर्दै गइन् । उनले धेरै पटक त्यही पत्र पढिन् । त्यहाँ प्यारा शब्दले कोरिएको बिबाहको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्वार भाटा

~हेमन यात्री~ मैले पहिलो पटक भोजपुरको दुङ्मा देखेको लगभग एक दशक भएछ । यसबीचमा दुङ्माले थुप्रै आरोह–अवरोह पार गरिसकेको छ । उसबेलाको दुङ्मा र यसबेलाको दुङ्मा निक्कै फरक भएको छ । सपनाले नभ्याएको सडकबाटो आज दुङ्माको आँगनमा आएर लमतन्न पसारिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालो छायाँ

~एनबी इलुंगा~ सधैँ झैं रातको ११ः३० बजे म अफिसबाट निस्किएर घरतर्फ लागेँ । बाटामा आउँदै गर्दा थाहा पाएँ, मेरो ड्राइभरले पिएको रहेछ । गाडी रोक्न लगाएर झपारेँ अनि आँफै ड्राइभ सुरु गरेँ । दिनभरको दौडधुपले गलेर लखतरान भएको शरीर फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : आत्मदहन

~रुमन न्यौपाने ‘अमन्त’~ To be absent from the god is to be present with the lord. the dust returns to earth. the sprite return to god who gave it. – vdiah दृश्य आफै बन्दै जान्छ… ‘सुन्यता हिड घाट तिर जाँउ’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किशोरी बिबाह

~कविता दाहाल~ दिन विहान उठेर वस्तीका मान्छे बगरमा गिटी कुट्न जान्थे । तिखे र म पनि सधैँ गिटी कुट्नै जान्थ्याै । पेट पाल्नलाईन‌ै धाै-धाै परेका हामीलाई स्कुल पढाइ भन्ने कुरा गाैण थिए । सरकारले पनि हामीमा त्यति ध्यान दिएकाे थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोगाइ

~रबिन गैरे~ शिवहरिको शरीर जीवन भोगाईसंगै बूढो भैसकेको छ । लाग्छ उसको शरीरको प्रत्येक अंगमा जीवन भोगाईका शब्दहरु कोरिएका छन् । शरीर बूढो छ । ऊ र ऊ जस्तै अरुको पनि तर जीवन र जीवन भोगाई के उस्तै होला ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पूरक स्वस्थानी

~भैरव अर्याल~ कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बार्दली

~ओमआस्था राई~ उनले आज पनि मलाई क्वारक्वार्ती हेरिन्, खाउँला झैं। म बिहान कलेज जाँदा होस् वा दिउँसो घर फर्कंदा, उनी मलाई सधैं त्यसैगरी हेर्छिन्, कप्लक्क निलूँला झैं। सुरुमा त उनी कर्के नजरमात्रै लाउँथिन्। लुकीछिपी। डराई–डराई। चोरी समातिएला कि भन्ने भययुक्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment