Category Archives: नेपाली काव्य

Poetry

कविता : कस्तो चलन होला !!

~रोमी गिरी~ जन्मिनु अगाडी नै हुन्छ ताना बाना भन्छन चाहिन्छ नै छोरा ! यसरी सुरु हुन्छ यो भविष्यलाई नै चुनौती दिने कस्तो चलन होला !! गर्भ रहन्छ जब महिलाको शरीर हेरी सबै छोरा नै होला भन्छन् !

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्चाको जन्म

~प्रवीण राई जुमेली~ अनेकौं अप्रिय सत्यहरु बोकेर हिंडिरहन्छ मान्छे मृत्युसम्मलाई उसको सरीर उसकै इच्छाहरुको भारी थेग्न नसकेर लडेपछि

Posted in कविता | Tagged | Leave a comment

गजल : कसैसँग जोडिएछ

~बिभोर बराल~ थाहैनपाई कथा मेरो कसैसँग जोडिएछ सोझै हिंडे भन्ठानेथें पाउ अन्तै मोडिएछ बेहोसीमा के-के भए भनि यसो नजर लाउँदा बाधा मात्रै हैन साथी कसम पनि तोडिएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : दोषि

~बिपिन शर्मा~ मेरो प्रेम र तिम्रो घृणा यी दुई विन्दु बिच प्रशस्तै शब्दहरु छन् चित्रहरु छन् भावनाहरु छन् अनि, कथा र ब्यथाहरु छन्। मैले लेख्‍न खोजें धेरै पल्ट

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्टिफिकेट

~रीता खत्री~ मैले मेरो जिन्दगीको चौबिस वसन्त काटे पछि यो राज्यले एउटा सर्टिफकेट दियो डिग्री होडरको ! मैले त्यसलाई लेमिनेशन गरे र सुरक्षित राखे सोकेशभित्र ! घाम, पानी, हावा,हुरी र आफ्नै सन्तानको बद्मासीबाट जोगाउन कसैलाई छुन समेत नदिई राखेको त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : याद फेरि आयो

~केवलबहादुर बुढाथोकी~ दुख्दा मुटु परदेशमा ठाउँको याद फेरि आयो चाहेर नि नबिसर्ने गाउँको याद फेरि आयो ।। पाखा अनि पखेराका स–साना ती आलीहरूमा बालापनमा लड्बडाउँदै गा’को गीत याद आयो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई मेरो पहिचान चाहिन्छ

~महानन्द ढकाल~ सेताम्य भएको छ मेरो शिर बर्षौ भैसक्यो म जन्मिएको मेरो शीर देखेर, कैयौं मुस्कुराउँछन् र टोलाउँछन् घण्टौंसम्म कति नतमस्तक हुन्छन् मलाई हेरेर अनि झुकाउँछन् आफ्नो शीर पनि । यही शिरलाई छोएर

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था कहाँ ढल्छ र सालिक ढालेर

~निस्नु थिङ~ आस्थाले बम जन्माउँछ बमले आस्था होइन मजदुरले क्रान्ति जन्माउँछ क्रान्तिले मजदुर होइन जार, हिटलर, मुसोलिनी जस्ता को थिए र ? जसले निर्मम दमन कति गरे

Posted in कविता | Tagged | Leave a comment

गजल : सत्तामा बसेर

~केवश गाहा “पाल्पाली”~ अस्तित्व मेट्ने कुचाल चले सत्तामा बसेर बैरीकै पाउ लौ फेरि दले सत्तामा बसेर ।१। देशका निम्ति आहुति दिन्छु हमेशा भन्नेले हेर त आज जनता छले सत्तामा बसेर ।२।

Posted in गजल | Tagged | Leave a comment

कविता : मर्ने नेपाली मार्ने नेपाली

~मेघराज भट्टराई~ मर्ने नेपाली मार्ने नेपाली मेघराज भट्टराई हिसाब गर्छु आत्मा जलाउछु हात लाग्यो सून्य म पाउछु कसका लागि रगत म बगाउछु ? मर्ने नेपाली मार्ने नेपाली छन् अझै ताज रगतका पुराना टाटा गाउ“घरका भित्ता अझै छन् गाढा इज्जत गुमायौ“ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भाँच्नेहरु होसियार

~दिपक नेपाल~ क्रान्तिकारी मुनालाई भाँच्नेहरु होसियार रक्तबिज खोजी खोजी मास्नेहरु होशियार बढ्दै जाँदा आक्रोश निसानामा को को पर्छन् मौनतालाई कमजोरी आँक्नेहरु होसियार

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी बहिनी

~योगेन्द्र काउचा~ ऊ वारवार रुन्छे पलपल छट्पटिन्छे वेकम्मा जस्ता अङ्क भरिएका कागजका खोस्टा सधैजसो बोकेर हिड्नु देखाउँदै फिँजाउदै हिँड्नु सड्क महलका ढोका घच्घच्याउनु लाग्दछ, उसको नियती हो क्यारे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरी चल्दैछ

~राजेन्द्र खरेल~ हिउँदमा पश्चिमबाट हुरी चल्ने वर्षामा पूर्वबाट मनसुन बहने प्राकृतिक नियम आफै तोडिंदै छ केही समयको स्थिरतासँगै हिउँद र वर्षाको समायोजन हुने गरी ब्वाँसाहरूको “सेतो महल” लाई निसाना ताकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म, सहर र बसाइँ

~जयन्ता पोखरेल~ आकाङ्क्षाबाट ओर्लिएको सुनामीजस्तै रहरबीच उच्छालिने पीडाको प्रशव प्रहरमा रातमा ब्यूँझन्छन् मेरा असहजहरू आखिरी बल्छीमा अल्झिएको गड्यौँला रहेछ सहर कृत्रिमताको त्रि-स्वादहरू खोज्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी कसरी फरक

~कल्पना पौडेल “जिज्ञासु”~ म पनि मानव तर तिमीलाई मैले छुन सक्दिनँ हाम्रो जात फरक छ रे ? आत्मियता दर्साउँदै प्रेमको अनुभूतिमा खुशीले विभोर हुँदै तिमीलाई अँगालोमा कस्न सक्दिनँ न त हात मिलाउन सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : जनआक्रोश

~गिरीप्रसाद बुढामगर~ तिम्रा संघीयताको नाराले देश फेरिन्न भन्ने कुरा थाहा पाइयो तिम्रा खोक्रा राजनीतिक जुलुसले लक्ष भेटिन्न भन्ने पक्का भयो त्यसैले ठोकेरै भन्छौं हामी जनता अब स्पाटर्कस जस्तै आफ्नो मुक्ति आफै खोजिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नमिल्दा पर्खालहरू

~गणेश शर्मा पौडेल~ तिमीले …… हलो जोत्न हुने बिउ रोप्न हुने धान कुट्न हुने भकारी भर्न हुने तर त्यही चामल कोठामा पुगेपछि तिमीले छुन नहुने….? ढुङ्गा फुटाउन हुने

Posted in कविता | Tagged | Leave a comment

गजल : एक दिन

~हिरारत्न श्रीशा~ नेपाल बन्दको सुनामीले पेट खाली हुन्छ एक दिन यही गतिमा हिँडेपछि रित्तो थाली हुन्छ एक दिन चोर, फटाहा डाँका पनि राजनेता भएपछि

Posted in गजल | Tagged | Leave a comment

गजल : ट्याग नगर्नु है ?

~शेखर ‘अस्तित्व’~ हजुर गजल घोकिहाल्छु प्लीज ट्याग नगर्नु है ? नत्र टेन्सन बोकिहाल्छु प्लीज ट्याग नगर्नु है ? लाईक गर्ने जस्तो यदि साँच्चै केहि रै’छ भने ! पक्कै लाईक ठोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?

Posted in गजल | Tagged | Leave a comment

कविता : कवि

~भुवन निस्तेज~ साउनको दलिनमा साँझ पख गफिन आएको बादलले सशंकित भिराला बस्तीहरूलाई जाग्राम बस्न लाए झैं हाकिम सा’बको

Posted in कविता | Tagged | Leave a comment

कविता : धोती टोपी

~दण्डपाणि जैसी~ लाज छोप्ने धोती प्यारो भनुँ कि शिरको शोभा टोपी प्यारो भनुँ? शितल पहाड प्यारो भनुँ कि पहारिलो मधेश प्यारो भनुँ ? दुई आँखाका नानी मध्ये कुन चाहीँ नानी प्यारो भनुँ ? साथी! तिम्रो प्रश्नै गलत छ । अब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाझोँपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाए झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : बिश्वास

~ठाकुर मान लामा~ बिश्वास तिमीमै यति धेरै लिएँ अन्तमा खाली आशुँको सागर पिउनु पिएँ बिश्वास तिम्रैमा नै तिम्रो गीत गाएँ किन हो त्यही गीत आज विरह र निरासाले छाएँ

Posted in कविता | Tagged | Leave a comment

जि.यश. गेलालका पाँच मुक्तकहरु

~जि.यश. गेलाल~ १ आस नभएरै निरास छ जिन्दगी खास नभएरै निरास छ जिन्दगी कल्पनाले मात्र नपुग्दो रहेछ आभाष नभएरै निरास छ जिन्दगी

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मेरा आफ्ना

~बिपना ढुङ्गाना~ निदाउन दिएन भोगाइले, खुशी दिएन अपेक्षाले, शान्ति दिएन अशान्त मनले, फगत! जिन्दगी रित्तिदै गयो आफ्ना रिझाउने प्रयासले। राम्रो गर्यो,औल्याउछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहियो किन ?

~लक्ष्मी बिष्ट~ दुई आँखाका नानी छन् चाहियो तिमीलाई तरवार किन? आफ्नै मालिक है फेरि पनि साहारामा भौतारिने बाहाना कि?

Posted in कविता | Tagged | Leave a comment

कविता : हे देशका नवजवान

~मो.रेहताज आलम~ हे देशका नवजवान वीर सपुतहरु तिमी नै हो देशका भविष्य ती किन आँसु र जान गुमाईराख्यछौ नेताहरूको लोभ र प्रलोभनमा आएर। जान बलिदान नदेउ,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : साहित्य सुधा

~धरणीधर कोइराला~ छन्द : तोटक अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसो गरि हो? गरि काव्य सुधा-रस-पान अरे गर मानव जीवन सार्थक रे न त झाँक्री न वैद्य न ज्योतिषीले उपचार गरिकन शान्ति दिने मन रोग निरोग गराईदिने … Continue reading

Posted in छन्द कविता | Tagged | 1 Comment

व्यङ्ग्य कविता : भाषण र वास्तविकता

~योगेन्द्र उपाध्याय “पुष्प”~ भाषण नं. १ दृश्य र अदृश्यमा नेता- यो गाँउको आमूल परिवर्तन गर्छु (भोकै नाङ्गै बनाएर) खोलामा पुल बनाउँछु (मेरो घरमा सिमेन्ट आँउछ) बाटो बनाउँछु (छोराको अमेरिका जाने बाटो खुल्छ) शान्ति आँउछ देशमा (द्धन्द्ध हुँदा लुट्न सजिलो) हत्या … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कारागारजस्ता छन्

~राम थापा ‘अविरल’~ अचेल घरहरु पनि कारागारजस्ता छन् र,कविताहरु पनि समाचारजस्ता छन् शान्तीको सौदाबाजी चलेकै मितिदेखि यी फूलहरु पनि त तरवारजस्ता छन्

Posted in गजल | Tagged | Leave a comment

कविता : क्याक्टस, उँट, मरुभूमि र म

~प्रकाशकृष्ण “बाक्सिला”~ शान्त वातावरण बीच एकान्त मरुभूमि अर्थात एकान्त मरुभूमिको शान्त वातावरण अनि जीवनको अस्तित्वको खोजी ! केको लागि प्रश्न छ तातो हावाको ! म अनुत्तरित छु म भित्रको रिक्तता वा

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्बुवान

~लक्ष्मी सुन्दर निङलेखु~ म एउटा लिम्बुको छोरो लिम्बुवान प्रदेशको असल सिपाही यो राष्ट्रको बफादार नागरिक त्यसैले साथी, मलाई मेरो लिम्बुवान चाहिएकोछ ।

Posted in कविता | Tagged | Leave a comment