Category Archives: नेपाली काव्य

Poetry

कविता : कलुवा डोमको समाजवाद

~घनश्याम शर्मा पौड्याल~ क्रान्ति भइसक्यो आइसक्यो गणतन्त्र ढोकैमा हाजिर छ समाजवाद गाऔँ अब सबले एकसाथ : ‘सबै नेपाली समाजवादी सबै समाजवादी नेपाली ।’ मेरो देशमा छन् छत्तीसको अङ्क जस्ता दुई समाजवाद नं.१ हो सिंहदरवारको समृद्ध समाजवाद

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुहार

~इन्द्र गिरी~ यो अनुहार कस्तो कस्तो भर्खरै ब्युटिपार्लरबाट फेसियल गरेर निस्किएकी काली केटीको उज्यालो अनुहारजस्तो यो अनुहार कस्तो कस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक अनुभुती

~घनश्याम प्याकुरेल~ एकदम फरक अनुभुती एकदम फरक मान्छे बाट महसुस गर्दै छु अचेल सोचिराको पनि छु फरक कोणबाट फरक के हामी बिच म आफूलाई अरु भन्दा फरक ठान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गरिदेउ

~रिजन ताम्राकार~ माफ गरिदेउ मलाई ए मेरा मित्र झाक्न सकिन मैले तिम्रो मन भित्र बुझ्न सकिन तिम्रो सुन्दर हृदय चित्र छोडेँ सदा मैले तिमीलाई अलपत्र असल मान्छे बन्ने नै हो मेरो रहर कोसिस गरिरहेको छु म हर प्रहर

Posted in कविता | Tagged | Leave a comment

कविता : म मधेस बोल्दैछु

~ऋतिक यादव~ विभेदको खुल्ला तरङ्गमा पराधीन म सहारा वेगर विमार छु राजनीतिको तकरारमा सीमित म सधैं आन्दोलन गर्न तयार छु म मधेस बोल्दैछु।।

Posted in कविता | Tagged | Leave a comment

गजल : रुनु पनि पर्दो रहेछ

~निशब्द प्रमोद~ जिन्दगि हो कहिले कहिँ रुनु पनि पर्दो रहेछ मन हो कहिले कहिँ टुटनु पनि पर्दो रहेछ सधै सङ्गै बाँच्छु भनेर पाईन्छ र कहाँ ? नलेखे पछि आफ्नो सङ्ग पनि छुट्नु पर्दो रहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : ज

~अनुपम ‘नवोदित’~ जतिवेला अन्यायले सीमा नाघ्दै थियो त्यतिबेला पसेको हुँ बाक्लो-बाक्लो जनताको जङ्गल गाएको हुँ स्वतन्त्रताको गीत लाएको हुँ वर्गीय प्रीत लगाएको हुँ जङ्गल जस्तै पाटे लुगा बोकेको हुँ आफूभन्दा अग्लो बन्दुक

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भुलेकै छु सानी

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजंगप्रयात / बहर : मुतकारिव मिठो याद सानी भुलेकै छु सानी मिठाथे कहानी भुलेकै छु सानी तिनै याद बोकी म बाच्ने भनेको निसंकोच् नमानी भुलेकै छु सानी

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~चन्द्र मेघि गुरुङ्ग~ मेरो गाउँ गाउँ थियो जहाँ चरक्क चहर्‍याउने घाउ थियो हामी सुम्सुम्याउथ्यौं माया गर्थ्यौ ती घाउहरुलाई अब अहिले न गाउँ गाउँ रह्यो न घाउहरु रहे न रहे ती मायालु स्पर्श गर्ने हातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बगैंचाहरु

~दिल थापा~ मैले हिड्ने बाटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।l टिप्नलाई मनाही छ भनेर लेखेको हुन्छ फूलनिरको सुचनापाटीमा टिप्न मनाही छ भन्ने कुरा थाहा हुँदा हुदै

Posted in कविता | Tagged | Leave a comment

कविता : न म न मन

~श्रीकृष्ण श्रेष्ठ~ यो नाता म र मेरो मनको कथा यो मन अनि धड्कनको आफ्नो हर सोचमा उनको हस् छ सोच मेरो, सोचमा उनैको बस् छ एक अर्कालाई बुझ्ने हामी दुर्इ आहा॥ यो त रह्यो बितेको पलको कुरा आज अलग छौँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना किन मर्यो ?

~जीवन स्पर्शी~ रातो क्षितिज छुने सपनाहरु जब मेटिन्छन डस्टरले पेनका निबहरुले किचिएर लास बन्छन बाध्यतामा तिमी सोध्छौ सपना किन मर्यो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घर्ष

~तुल्सी श्रेष्ठ~ हरेक रात मेरा मधुर सपनाहरु पानीमा कोरिएको रेखा झै बिलाए पनि हरेक दिन म मृत्यूसंग सङ्घर्ष गर्छु । यथार्थ खोतल्ने प्रयासको क्रममा मेरो वर्तमान अतीतमा हराए पनि

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्यारो छ नेपाल यो

~तिर्थराज अधिकारी~ छन्द : शार्दूलविक्रीडित छानो भव्य हिमालको छ सुकिलो छन् टल्किने चाँदनी पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।१। नानी तुल्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भारी र म

~मनु वि.क.~ म भारी बोकी रहेकै छु जिन्दगीभरि थिचिएर मिचिएर मुटु चर्काउने भारी हात, गोडा थरथराउने भारी भारी छ– म छु म छु– भारी छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृति नै बैरी बनेपछि

~सागर कुँवर~ धरहरा मात्र ढलेको कहाँ हो र ? बारपाक विरूप बनेको छ सिन्धुपाल्चोक सुनसान छ जताततै सन्नाटा छाएको छ नुवाकोटमा पनि नरुने को छ र ? धादिङको मुटु पनि धड्केको धडकियै छ

Posted in कविता | Tagged | Leave a comment

गजल : सिमानामा कराएर

~केशव गाहा ‘पाल्पाली’~ कहाँ मिल्छ समाधान सिमानामा कराएर । कस्तो पहिचान खोज्यौ देशलाई हराएर ।। माया गर देशलाई तिमी नेपाली हौ भने । ठूलो गल्ती गरेका छौ देशै बन्दी गराएर ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे र सृजना

~गोविन्दप्रसाद आचार्य~ मान्छेले गर्छ जे गर्छ नाश या त्यो विनास होस् मान्छेले हर्छ या भर्छ सुख या त्यो विलाप होस् बाटो छेक्दै छ मान्छेले बढ्छ मान्छे ढलाउँदै मान्छेको हितमा मान्छे बढ्छ बाटो बनाउँदै हिलो भित्र छ देखेको हाँसेको फुल जिन्दगी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बच्पन टाढा भयो

~कृष्ण कुसुम~ जब जोवन् नजिक भइ बच्पन टाढा भयो तेंहिदेखि आफ्नै घरको ऑंगन टाढा भयो बा आमा र आफ्नाहरु सबै छोडी हिंडे यस्तो लाग्यो जीवन बाटै जीवन टाढा भयो

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा ! म अवश्य नेपाल फर्केर आउनेछु!!

~राजन कोइराला~ आमा ! म अवश्य नेपाल फर्केर आउनेछु यो अमेरिकाको लोभलालचबाट सदासदा तर्केर आउनेछु । हरेक वर्षको चाडपर्वमा मेरो बाटो हेरेर बस्छौ रे अब त छोरो आउँछ भन्दै पात्रो केरेर बस्छौ रे

Posted in कविता | Tagged | Leave a comment

गजल : खतरामा देश छ

~धनकुटे कान्छा~ खबरदार खतरामा देश छ जनताहरुको इमान्दार संदेश छ पाइलै पिच्छे देश दुख्छ अचेल देश दुख्नु अपराधको केस छ

Posted in गजल | Tagged | Leave a comment

कविता : आखिर म त गुन्द्रुक न हुँ !

~चेतन कार्की ‘धनकुटे’~ कुन धर्तिको कुन काल्लामा कस्ले खनजोत गरी सम्याएको बारीमा अनायसै तोरिका दानाहरु छरिन पुगेछन् रुवा फुटेर धर्ति भरी हरियै बनि उमृएछन् शिशिरको कठोर यातना मात्र हैन बैशाखी पवन र प्रचण्ड रविको यातना सँगै साउने झरी भदौरे भेल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढिँदाको घाउ चर्चरायो

~स्पन्दन बिनोद~ बर्षौ देखि टाढिँदाको घाउ चर्चरायो बढिरहेथेँ पाईला अचानक लर्बरायो जिन्दगी यति रङ्गीन भएछ कि साथी आफ्नै रङ्ग देखेर आफ्नै ऐना थर्थरायो

Posted in गजल | Tagged | Leave a comment

आविष्कार कलाका तीन मुक्तकहरु

~आविष्कार कला~ १ देशको रस खाने जुकाहरुको कुनै पार्टी हुँदैन राष्ट्रको ढुकुटी कुम्लाउनेको सानो घाँटी हुँदैन भाषणमा चर्को राष्ट्रियता तर सिन्को नभाच्ने तिमिहरुको पछि अब जनताको ताती हुँदैन ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मुग्लान बसे पछि !!!

~रबिन पुरि~ आमाको चोली फेर्छु भन्थे, प्रदेश पसे पछि ! बा को टोपी किन्छु भन्थे , लाहुरे बने पछि !! भाइ र बहिनी पढाउँछु भन्थे, शहर बसे पछि ! घर जग्गा किन्छु भन्थे ,मुग्लान बसे पछि !! आमा र बा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कौशिला रिसालका सात मुक्तकहरु

~कौशिला रिसाल~ सम्झदा मलाई खास लाग्छ तिम्रो माया मेरो मुटुको हरेक श्वास लाग्छ तिम्रो माया । कैद गरेको छु तिमीलाई मेरो मनको मझेरीमा टाढा हुदा नि, बिश्वास लाग्छ तिम्रो माया ।। पटक पटक तिमी किन हुन्छौ रुष्ट ? किन आयो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

केस्रा : भाग्य

~व्योम जी अवतार~ पहिलो गास मै पर्यो ढुङ्गा अनि दाँतसंगै झर्यो जुङ्गा यो भाग्य पनि कस्तो रहेछ गास र आसले गर्यो बुङ्गा

Posted in केस्रा | Tagged | Leave a comment

कविता : एक खोलिको दुई किनार

~शंकर सोनम ‘वीरसाना’~ जब म हास्थें तब तिमी पनि हाँस्दथ्यौ । जब म रुन्थें तब तिमी पनि रुन्थ्यौ हामी बिच यस्तो गहिरो प्रेम थियो कि तिम्रो खुसी मेरो हुन्थ्यो मेरो खुसी तिम्रो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मरेको विश्वास किन जन्मिन्छ

~डा. संगीता स्वेच्छा~ मरेको विश्वास किन जन्मिन्छ अचेल ढलान जस्तो मुटु किन पग्लिन्छ अचेल । सपनाहरू बुन्दा बुन्दै भत्किएको थियो नयाँ सपना आँखामा किन राखिन्छ अचेल ।

Posted in गजल | Tagged | Leave a comment

कविता : घामसँग के को डर ?

~मोहन दुवाल~ अविचल आफू निर्वस्त्र नाङ्गिएर सधैं-सधैं आफूलाई देखाइरहने निश्चल निश्चल भएर आफैं पोखिएर अरूलाई जीवनरङ्ग छार्किरहने ढाँटछल नजानेका निस्वार्थ मनसँग माया साट्न खोजिरहने लोभ के हो, थाहापत्तो नभएका उनी बाँड्न रुचाउँछन् उज्याला आभाहरू त्यसैले त सबैका लागि उनि प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के छ खबर ?

~जयकला राई~ के छ खबर ? जवाफ त उहि नै हो ठिकै छ । तर आफै भित्र बेठिक भएको कसले देख्या छ र ! कसरी झुटा बोल्न पुग्छु म र उत्तर फर्काई दिन्छु ठिकै छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : साथीको सम्झना

~लक्ष्मी बिष्ट~ मनको चरि, पखेटा खोलि गाउछे रोएर एक दुई अक्षर लेखु की साथी हृदय छोएर बादल छुने सपना जस्ता कापिमा कोरेर कति दिन, कति रात काटे, दिनहु रोएर मनको चरि पखेटा खोली गाउँछे रोएर चरिले बोल्यो उजाँड बनमा पालुवा … Continue reading

Posted in कविता | Tagged | Leave a comment