Category Archives: नेपाली काव्य

Poetry

कविता : सुक्ष्म संबेदना

~आचार्य प्रभा~ मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ नारी

~सावित्रा रिमाल~ जञ्जिरले वाँधिएर वसेका ति अवोध गलाहरु अव हामीले खोल्नै पर्छ आउ हे नारीहरु हो एक जुट भई बोल्नै पर्छ स्वत्रन्त्रताका निमित्त बलेका दियोहरुमा अझै तेल थप्नु पर्छ उठ उठ हे नारी हो हातमाथि हात राख्नु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतलीको समर्पण

~अनु शाह~ खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको। समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको। शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी? अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी?

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु एक कविता हो

~समाश्री राउत~ आदि देखि अनादित्व बोकेर अनन्त बिद्यमान अटल अक्षुण सास्वत बज्र सत्य मृत्यु स्वर सप्तकमा तरंगीत हुँदै प्रत्येक श्वाशप्रश्वाशमा अजपा मन्त्र झैं अलापीत भईरहन्छ शव्दमा भय बिभत्स कठोर मृत्यु

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र मालिक

~धनबहादुर मगर~ चौकीमा बसेर तल हेरी पुड्के भन्नेहरुले माटोमा उत्रेर हाम्रो उचाई नाप्नु पर्छ तिम्रो जुताले न थिचेको भए तिम्रो बिल्डिंगसंग उचाइको होड गर्थे । गमलाको फूल होइन म आहा ! त्याहा अटाउदिन ।

Posted in कविता | Tagged | Leave a comment

गजल : एक्लै नाँच्न मन लाग्यो

~नवीन लामा `सुरेश`~ शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !! धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !!

Posted in गजल | Tagged | Leave a comment

कविता : वीरता – कायरता

~डा लाल-श्याँकारेलु रापचा~ एमसी टर्नर साहिब ! गाेर्खाली वीरताको लहरे गाथामा विगतको थर्ड क्वीन आलेक्जेन्ड्राज् ओन गोरखा राइफल्ज्बाट तपाईं यो पलमा स्वर्गपुरीको जुनसुकै कुनामा रहे पनि म ब्रेभेस्ट अव् द व्रेभ गोरखाू आज तपाईंसँग मनोसम्वाद गर्न ग्यालिपोलीको चिहानबाट कोलाबेलायत र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चौतारो

~सरू पोखरेल~ मूलबाटोको छेउमा बर्षौदेखि छु खै कहिले जन्मे कसले जन्मायो थाहा पाउनेहरु माटो नै बनि सके होलान् छातीमा उम्रेका बर पीपल अजङ्ग भएका छन् चारैतिर दौडन खोज्दै छन् हाँगा हरु तर म थेप्चिएको छु तिनकै तल मैलाई टेकेर चढी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिनिष्ठित मनको खोजी

~मनु लोहोरुङ राई~ अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो सिक्सिको जीवनको भित्रि-पत्रमा अड़ग मुटु फक्रिन्छ, रातम्य! मन-चरी उम्केर एकातिर भाग्दा विचरा ! खुट्टा चिप्लेर भाँडभैलो घुर्यानमा जाकिन्छ। सौम्य सभ्यताको खातिर हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर। आलिसान भवनको सिलिंगमुनि लेखिएका पहारा र छहराको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्तर

~पूर्ण विराम~ अहिलेसम्म सजाएको छैन मलाई कुनै पनि फ्रेमले नसजाए पनि म पटक–पटक उभ्याइन्छु फ्रेमको नजिकमा जवान भएपछि मिल्काउँछ बच्चा छँदा आफ्नो घाँटीमा बेरेको जन्तर हिजोको कलिलो केटोले बाघ मरेपछि मर्छ जङगलमा तैयार भएको जन्तर पनि डालोमा बोकेर नयाँ बाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म असफल बैज्ञानिक

~मीरा मन थापा~ एउटा अनुसन्धानमा जुटेको छु आजभोली मलाई यो पत्ता लगाउँनु छ कि, दृश्यहरू फरक हुन्छन् या आँखाहरू ? म सँग एउटा ठुलो प्रयोगशाला छ मेरो प्रयोगशालामा घाम र जून छन् जमिन र जङ्गल अनि खोलानालाहरू छन् होचा अग्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नपिएकै जहर बढि लाग्दो रैछ सानु

~आयुष चौधरी ‘सम्मोहन’~ नपिएकै जहर बढि लाग्दो रैछ सानु बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि थाहै नपाई बिपनामा भाग्दो रैछ सानु

Posted in गजल | Tagged | Leave a comment

कविता : आमासँग आत्मालाप !

~तिब्वत दर्लामी~ आफ्नै मनसँग भुनभुनाउदै यि अक्षरहरुको काव्यिक हरफ बुन्दै आज तिमीसँग आत्मालाप गर्दैछु आमा सायद मलाई सुन्दैछौ तिमीले तिम्रो मनले/धड्कनले । उ…त्यो पहाडमा कति उमँगका गुँराशहरु फुल्दै झरे होलान् कति दुःखको पहिरो गयो होला कति विपत्तीको डढेलो लाग्यो होला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरुबीच मान्छेको खोजी

~गणेश खड्का~ सृस्टिको उषाकालमा रामापिथेकस बाराजुले छोडेको घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा मेरो स्वकिय अनुसन्धाता मन आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबिच कुरुप सभ्यताको खास्टोभित्र स्याउँस्याउँती मान्छेहरुको थाकबाट एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~भूपिन ब्याकुल~ अब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । मेरो जीवनका आविष्कारहरु जिन्दगीको कुनै सडक छेउमा उभिएर म तिमीलाई नै पर्खिरहेछु अहिले आऊ आसाको अन्तिम उज्यालो छ मसँग ननिभ्दै लिएर जाऊ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : संघार ननाघे संसार देखिन्न

~बादल सुरेश~ हावा र पानीको आकार देखिन्न संघार ननाघे संसार देखिन्न एक्कासि चोट लाग्दा बल्ल जानिन्छ आफन्तले गरेको प्रहार देखिन्न

Posted in गजल | Tagged | Leave a comment

कविता : रातको प्रतिक्षामा छु

~गिरिराज बाँस्कोटा~ गुलाबि ओठको चुम्बन छातिमा अमिट टासेको छु गाजलु आँखासँगको फसाई शिरमाथि औला चलाईको सम्झना प्रेमिल बिख्यात चित्र अगि प्रेमिल मुस्कान साटिरहेछु ओ,श्वयत प्रियतमा तिमिसँग कटाएका दिनहरु,साझहरु र रातहरु भञ्याङ्गहरु ,क्याफेहरु कति सुलोलित बग्छन सम्झनाहरुमा कति मायाबी बग्छन अनुभुति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन मा हुन्छ देश

~महेन्द्र पौडेल~ बाटो शायद् बन्द ठानी, साथी भन्छन् आज माटो छाडी विदेशिने देश् को हुन्छ लाज मन भरी विदेश कै सपना जो बोकी दिनभरि डुल्छ्न उनै घुम्ती बाटो खोजी उल्टो खेलिंदैछ किन ? राजनीति चेस पैताला मा हुने हैन, मन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शान्ती खोज्दै,लड्यौं किन ?

~आचार्य प्रभा~ अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ? बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ? आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

Posted in कविता | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि

~भावना पोखरेल~ अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर । समानताका कुराहरु डिनर लञ्जसँगै खायौं गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आली चराएछ

~सर्गमञ्जरी~ दुःख फुल्ने फूलबारीको माली कराएछ निसाफ गर्न अदालतमा जाली डराएछ जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो घैयाबारी साउने थोत्रो फाली हराएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : मैनबत्ती र केटी

~कुसुम ज्ञवाली~ मेरा हरेक कुमारी सपनाहरु यसरीनै पग्लिरहन्छन् जसरी पग्लिरहेछ यो मैनबत्ती मेरा अल्पविकसित सपनाहरुमा ह्वार्रह्वार्रती आगो लागेको देखेर तपतप रोइरहेको छ यो मैनबत्ती वा निकालेर बिद्रोहको अग्नीज्वाला आफै गलिरहेछ मैनबत्ती यही निर्क्योल गर्न पढिरहेकी छु मेरा आदिम इतिहासका अन्तिम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : उत्तरआधुनिक गीत

~चर्चित ढुंगेल~ मलाई फाइट सिकाइदेउन, मलाई डान्स सिकाइदेउन एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग मेरो बिहे गराइदेउन भर्जिनसँग

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सरुभक्तका ३० मुक्तकहरू

~सरुभक्त~ एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू मानवताको लागि भनी अमृत केही साँचिरहू समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू । ००० प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख प्रेमभन्दा मूल्यवान केही अरू … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नारी

~प्रतिभा पौडेल ‘एकता’~ त्यागिदिइन् घरपरिवार, जन्मभूमि छोडिदिइन् विवश भई सम्बन्धलाई, अरुसँगै जोडिदिइन्। झारी गइन् अश्रुधारा दुख मान्दै रोई अब उन्लाई मनाउने आयो अरु कोही। राखी गइन् मातापिता,

Posted in कविता | Tagged | 1 Comment

गजल : यही जिन्दगीको

~आवाज शर्मा~ • यही जिन्दगीको खजाना रहेछ नयन आँशुको कारखाना रहेछ • म उस्तै छु उस्तै छ आकाश मेरो फगत बदलिएको जमाना रहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : कुरूप कविता

~भूपिन ब्याकुल~ एक्लै कति सुन्दर भएर बसिरहोस् कविता एक्लै कति सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

Posted in कविता | Tagged | Leave a comment

कविता : हात लाग्यो शून्य !

~कृष्ण सेन ‘इच्छुक’ ~ बूढी आमाको गन्गन् झन् बढेर गएको छ बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ घरका डाँडाभाटाहरु मक्केर गलेका छन् खरको चुहुने छानो झन् तारामण्डल भएको छ साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन् निरुपाय भाइ सधैँ मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एक्लै बोल्ने बानी हो की

~राकेश कार्की~ एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन् फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन् पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : छैन आमा

~पवन बराल ‘आवारा अनुरागी’~ झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा मेरो इतिहासकै उहि पूरानै त्यो हालमा छैन आमा पत्तै नपाई म पनि समयसगै परिवर्तन भइसकेछु घर पिछाडी हिड्ने त्यो कछुवाको तालमा छैन आमा झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हे आमा!

~सन्तोष पौड्याल~ हे आमा! कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा छोड आसुँ काड्नलाई, नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई भाड्न देउ घर भाड्नेलाई! खोल्न देउ बारुद गोली र धारका मिल बग्न देउ रगतका खोलाहरु, निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली च्यात्न देउ तिम्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सिकें मैले

~कृष्ण प्र. पाण्डे~ गुरु अर्ति वर्षौं अथक सिकें मैले बदमाशी एकै पटक सिकें मैले बल्ल बल्ल लाग्या’ बादल फाट्यो फेरि त्यो हरायो कतै चटक सिकें मैले

Posted in गजल | Tagged | Leave a comment