Category Archives: नेपाली काव्य

Poetry

गजल : नजिक आउन सकेँ

~उज्ज्वल जी.सी.~ न तिमी नजिक आउन सकेँ न मजाले माया लाउन सकेँ । धेरैबेर नै कुरेँ चौतारीमा न तिम्रो आभाष पाउन सकेँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : नजाउ भमरा भई

~नवराज सुब्बा~ आमाकै काखमा आज जीवन टुहुरो लाग्छ, शीतल छायाको माया पनि बिरानो लाग्छ । यी बाटा र हिलाम्मे पाईलाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी युद्ध लडौँ

~भुवनहरि सिग्देल~ देश हिमाली व्हैन भनौँ बाहिर बालौँ भित्र खनौँ लेक र बेसी एक गरौँ आपस हामी युद्ध लडौँ खेतहरूमा द्रोह छरौँ शत्रु फलाई टन्न भरौँ प्रेम अफालौँ द्वन्द्व गरौँ आपस हामी युद्ध लडौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : पाल्पा मेरो आँखामा

~सुरेन्द्र श्रेष्ठ~ सुर्योदयको हँसिलो मुस्कान सँगै श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ रातको अन्धकार रूपी अट्टहास निल्दै धुपि-सल्लाको पातहरु फहराउदै रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : टोल

~विमल निभा~ मेरो टोलका मानिसहरू झगडा गर्छन् प्रेम गर्छन् इर्ष्या गर्छन्, सहारा दिन्छन् गाली गर्छन्, सहयोग गर्छन् मिलेर बस्छन् र कहिलेकाहीँ पिटापिट पनि गर्छन् यही टोलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गो शहर

~विप्लव प्रतीक~ आज म यस शहरमा नाङ्गै उपस्थित भएको छु तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई । कचल्टिएको भातजस्तै आधाकाँचा मानिसहरूको बस्तीमा मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी छैनौ भने

~निर्मल ढुंगाना~ यो जिन्दगी के जिन्दगी तिमी छैनौ भने सम्झिएरै बाँचु कति तिमी छैनौ भने लालीगुँरास ढकमक्क फुलेकाछन् तर टिपूँ मैले कसका लागि तिमी छैनौ भने

Posted in गजल | Tagged | Leave a comment

कविता : खोज

~सुजन बुढाथोकी ‘कान्छा’~ म तथ्य र नबितम दर्शन रुचाउछु किन कि, म दार्शनिक हु एकदिन कवि,मनोबैग्यानिक आध्यात्मिक गुरु र केहि पत्रकारहरु मिलेर एकसाथ हामी एउटा खोजमा निस्कियौ । अनुसन्धानमा निस्कियौ भवसागरमा निस्कियौ गाउँसहरमा निस्कियौ र यो सिङ्गो देस दुनियामा खोज्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साँघुरी र बुढो सुब्बा

~टंक वनेम~ साँघुरी (साङगुरी) इतिहासले भताभुंग पारेको शान गडी त हो तर आज भोलि पदयात्रीहरूले टेकिने गरेको एउटा भन्ज्याङ न हो । ऊसँग अब – माया लाग्दा आँखाहरू मात्र छन् ती माया लाग्दा आँखाहरूले निकै पर –

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ क्यालेण्डरमा अंकित समयका छायाहरू

~पूर्ण वैद्य~ समयको अनन्त लामो दुलोबाट मनौँ एक साँप्रा समय थुतेर तिथिमितिका चक्कु र ब्लेडले ससाना टुक्रा पारी बगरेले मासु भाग लगाएजस्तो भाग लगाएको वर्षभरिको कालखण्ड यो पस्किरहेछ मेरो सामु आज

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~तीर्थ श्रेष्ठ~ आमा हुनु सह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने आमा हुन

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बुद्ध र घाम जूनलाई

~भवानी लिम्बू म्याङ्बो ~ रङ्गीविरङ्गी फूलहरू बादलको चुम्दै धेरै नै टाढादेखि कहालीलाग्दो सुन्सान शून्यतामा हिंडेर घाम तिमी न्यानो उज्यालो लिई हाम्रो आकाशमा झुलकी राख है । सप्तरङ्गी इन्द्रेणीमा पीङ खेल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको यात्रा

~नरेन्द्र के . सी .~ काँडैकाँडाको गोरेटोमा फाटेका पैतलाहरु निरन्तर लम्किरहन्छन् ‍ एक तमासको लम्बे मार्च झैँ पिठ् ‍ यूँमा भारी पहाडको प्रतिलिपी बोकी नदीको एक छालबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : खुसी साथ बित्यो

~परशुराम श्रेष्ठ~ हे नारायण विश्वरुप भगवान् संसारका मालिक । चौधै लोक सदा प्रकाश गरने ब्रम्हाण्डमा ब्यापक ।। नित्य ज्ञान दिनोस् सनातन हरे श्री शेषसाई विभो । दिन्दिन पर्छु शरणमा हजुरको स्वीकार गर्नोस् प्रभो ।।१।। हे दामोदर मुरारी भगवान गोपाल हे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~गणेश ईजम~ बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन् बाटो मागि हलौं मान्छेहरू हिड्छन् बाटो माथि अघाएका मान्छेहरू हिड्छन् बाटो माथि भोकाएका मान्छेहरू हिड्छन् तर बाटो भने चुपचाप छ अन्तहीन तर बाटो निदाएकोछ सपनाहीन,

Posted in कविता | Tagged | Leave a comment

कविता : पान्थ-प्रबोध

~लेखनाथ पौड्याल~ बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति । उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।। वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी । व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।।

Posted in कविता | Tagged | Leave a comment

गजल : धेरै गोता पाएँ हजुर

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर अलिबेर हराए’नि फॆरि फर्की आएँ हजुर हजुरभन्दा परपनि संसार होला भन्ठानेको हृदयले नमाने’सि फेरि फर्की आएँ हजुर

Posted in गजल | Tagged | Leave a comment

कविता : बस्तिका घाम जुनहरु

~उमेश पराजुली~ हिजो आज बस्तिका घामहरु पन्याइलो अनुहार लिएर गाँउ बस्तिमा छरिएका छन् घाम संगको मोह धेरै टाढिएको छ हिजो आज बस्तिका जुनहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : गजलमा तराना

~सदानन्द अभागी~ महानन्द लेख्दै गजलमा तराना गए भेट्न साथी विहानै घराना तताएर पानी गिलासै भराई मित्रैलेत ल्याए यही भो सराना

Posted in गजल | Tagged | Leave a comment

‘झरी’ दान राईको पाँच तियाली

~‘झरी’ दान राई~ लेखेर नाम मुटुको माझ आफैले मेटेर रुवाई मन आएर ब्यर्थै नजानु भेटेर गरेर घात नहुनु टाढा मुटु त्यो रेटेर ****** लेख्नु पर्छ अब नानु प्रेम कहानी जसो तसो दुवै मिली जानिनजानी बिताएर संग संगै यो जिन्दगानी

Posted in तियाली | Tagged , | Leave a comment

छन्द कविता : खलङ्गा

~गोविन्दराज विनोदी~ छन्द : अनुष्टूप देखेथेँ बिजुवारबाट कसरी मुस्की बसेकी थियौ मानौँ सुन्दरता अनावृत हुँदै फुस्की बसेकी थियौ । टाढैबाट गरी निरीक्षण निकै उत्फुल्ल थे लोचन हेर्ने चाह भयो पुगेर नजिकै र्सवाङ्ग त्रि्रो तन । देख्ता झिम्रुक तृप्त भो हृदय … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : रहर

~पवन आलोक~ एउटा आकाश बोकेको छु मैले त्यसका सारा बादलहरू रित्याउने एउटा रहर छ एउटा क्षितिज बोकेको छु मैले त्यसका सारा शून्यहरू पार गर्ने एउटा रहर छ पानी पर्नु नपर्नु बेग्लै कुरा हो

Posted in कविता | Tagged | Leave a comment

गजल : खुनी पञ्जा डामी

~बूँद राना~ गाई बाख्राहरुमाथि खुनी पञ्जा डामी । हेर आज चितुवाले ओढ्यो रामनामी ।। जलथल चर्ने भ्यागुताको उर्दी हो यो– ‘गड्यौँलाले हिँडनु हुन्न माटो छामी–छामी ।।’

Posted in गजल | Tagged | Leave a comment

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : हुलिगन्स

~सुधीर छेत्री~ खबरमा छ : नव-फासीवादका गीत सुनिरहेछन् सेता ब्वाँसाहरुले। काला स्यालहरु दगुर्छन् विस्फोटका चोइटाले बिझाएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति शन्देश

~महेश्वर प्रसाद दाहाल~ भाग्यका भरमा ज्योतिषीका सदाकल्प मानिलिदा अर्को जन्ममा सुखै सुख हुने मानिलिदा रुढीग्रस्त भएर चुप्प रहँदा पुस्तौं वितेछन कत्ति संसारको चक्रनै नवुझ्दा हुनेछ हाम्रै खती

Posted in कविता | Tagged | Leave a comment

कविता : हिट्लरको देशमा

~रमा अधिकारी ‘कादम्बरी’~ हिट्लरको देशमा हुनसम्म झेल हुँदो रहेछ बुुद्धलाई बाँध्ने जेल हुँदो रहेछ। बनाइदो रहेछ विभेदको विशाल ग्याँस च्याम्बर र, थुनिदो रहेछ समानताका बेजोड पुजारीहरु। फाँडेर सभ्यताको सौम्य फुलबारी

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~भीष्म उप्रेती~ म यहीँ छु तर तिमी छैनौ । मैले निरन्तर माया गरेको अगाध श्रद्धा गरेको अनन्त तपस्या गरेको तिमी, मेरो स्वतन्त्रता मेरो लक्ष्य

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरहरू -२

~अल्पविराम~ ढुङ्गाहरूले ढुङ्गा मनहरूको प्रमुखलाई सोधे तिमीहरूको ईश्वर छ कि छैन ? ढुङ्गा मनहरूको प्रमुखले हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो म नै ईश्वर हुँ, विश्वको । प्रतिकारमा ढुङ्गाहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : उपदंश

~उज्ज्वल बमजन~ बोन्बोहरू थर्थर् कॉंपिरहेछन् सम्झँदै कृष्ण विवर निठारी निर्दयता। चिसो किङ्चूम जोङ्बूलाई ग्वाम्मै अङ्गालो हालेर बसेको छ सृष्टिदेखि नै दार्जिलिङले इतबु देबु रमको सिर्जनामा। अहा! कति सुन्दर

Posted in कविता | Tagged | Leave a comment

कविता : पोस्टमर्डन मायाका कुराहरू

~जय क्याक्टस~ घाम, जून र तारा हिमाल, फूलबारी र पानीधारा केही परेन यो प्रेमकथामा। एउटा रित्तो फ्रेम सजिन्छ दुइ विपरीत अनुहारले बस् पुग्छ, एउटा रङ्गीन अध्याय कोरिनुलाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाव

~सोमनाथ सुवेदी~ टक्टकिएर सबै पीडा सिनित्तै सकिएर हृदयको भक्कानो म अभावको साम्राज्यमा पुगूँ जहाँ अभावैअभाव होस् दुःखको ! सकिएर जम्मै आँखाको आँसु

Posted in कविता | Tagged | Leave a comment