Category Archives: नेपाली काव्य

Poetry

कविता : छेउको मान्छे

~बालमुकुन्द कार्की~ मेरो छेउमा एउटा मान्छे छ ऊ मेरो आँगनमा घाम नउदास् भन्छ मेरा परेवाहरू नघुर्घुराउन् भन्छ मेरो बगैँचामा वसन्त नआस् भन्छ मेरा फूलहरू नमग्मगाउन् भन्छ। ऊ यतिसम्म भन्छ मेरो घरमा हावा नछिरोस् मेरो घरमा खोला पसोस्।

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्ट

~द्वारिका नेपाल~ पटक पटक आफ्ना गालाहरूमा रालोको थप्पड खाएर वर्षौँदेखि चिच्याइरहेछ मन्दिरको एउटा घण्ट । हरेक दिन एकाबिहानै पुजारी आउँछन् र राति पूरा हुन नसकेका सपनाहरूलाई साक्षी राखेर मन्दिरभित्र र मन्दिरबाहिरका

Posted in कविता | Tagged | Leave a comment

गजल : म जली रहे

~क्षितिज सागर~ बियोग ले तड्पियर ,आज म जली रहे . सुकेका झिजा सरी ,दन दनी बली रहे .!! उठेर अगाडि बड्न नस्क्ने भएछ जिन्दगी ठिङग उभिये बाटो बिच ,कता जाउ अल-मली रहे !!

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो सामू

~आचार्य प्रभा~ नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो सामू मेरा मनका सारा ब्यथाहरु पनि ,सारें तिम्रो सामू / दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात आँशुको नदी पार गर्दै, आफुलाई तारें तिम्रो सामू /

Posted in गजल | Tagged | Leave a comment

गजल : लेखेर बसेको

~महादेव अधिकारी~ लोचन मेरा रसाए अनि लेखेर बसेको दिउसै पनि सपना उन्कै देखेर बसेको जुनेली फूल छोडेर बस्न अतिभो सकस गालामा हुने आँसुको डोब मेटेर बसेको

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~निर्मला अवस्थी~ “पूर्ण होस मनका चाहना हरपल सुखदायी बनोस सबको जीवनमा यही छ मेरो कामना विजया दशमीको शुभकामना” नेपाली मात्रको महान पर्व विजया दशमीको शुभ उपलक्षमा सबैलाई हार्दिक मंगलमय शुभकामना

Posted in कविता | Tagged | Leave a comment

कविता : पिरो आचार नचाट्नु है

~तारा प्रसाद अधिकारी~ नर होस् या नारी जाती,पिरो आचार नचाट्नु है बिना सम्झें बिना बुझें ,मनको बह नसाट्नु है संच आराम दु:ख सुख, साचो बोल्नु नढाट्नु है अपरिचित स्वार्थीसंग ,मनको बह नसाट्नु है

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो रोजाई

~गणेश पुर्बछाने मगर~ कालो त्यो सन्नाट रातलाई उछिन्दै सुनौलो यो बिहानीलाई नै रोजे अतित का ति सबै कुरालाई बिर्सन्दै बर्तमानको नया जीवन लाइ नै रोजे

Posted in कविता | Tagged | Leave a comment

गजल : धेरै मुटु दुख्छ मेरो !

~सजना गुरुङ~ बढी दिंदा पीर व्यथा धेरै मुटु दुख्छ मेरो ! बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो ! सजिलो नै कहाँ छ र चोट सही हाँस्नलाई खुशीहरु सधै भरी आँशु सामु झुक्छ मेरो !

Posted in गजल | Tagged | Leave a comment

कविता : सकारात्मक सोँच

~बिकास सुबेदी~ देशनै पुरा जल ,खनिज ले भरिएका, साधन अनि जडिबुटी जताततै छरिएका | हिमाल पहाड अनि तराई मिलिकन बनेको, सम्भावना को आवरण ले छ देश ढाकेको |

Posted in कविता | Tagged | Leave a comment

गजल : आकाशको फल जस्तो

~कृष्ण पौड्याल~ ठानेको हैन जिवन आकाशको फल जस्तो। यती कठोर छैन मन निर्दयीको बल जस्तो॥ रोदन दु:ख पिंडा ब्याथा एक्लै झेल्नु छ। युद्द गर्नु पर्दैन भो राजनितिक दल जस्तो॥

Posted in गजल | Tagged | Leave a comment

गजल : अलिकति पिलाइदियौ

~राकेश कार्की~ पिउदिन भन्दा भन्दै अलिकति पिलाइदियौ थपुँ थपुँ लाग्ने गरी यसमा यो के मिलाइदियौ अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै कस्तो नशा हो जादुको यो हृदय सिलाइदियौ

Posted in गजल | Tagged | Leave a comment

गजल : अब मैले सुरु गरें

~कमल प्रकाश पौडेल ~ साहसी जीवन जिउन, अब मैले सुरु गरें पीर चिन्ता हटाएर, क्रान्ति बोकी अघि सरें ।। साँच्चै कति सुखी हुन्छ, चिन्ताविना बस्न सके उन्नति र उत्साहको, बीज जीउभरि छरें ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : समय

~नवराज योन्जन~ त्यो एक पल थियो | ५१ करोड वर्गकिलो मिटर ओगट्ने दिन र रातलाई एकनास मापन गर्दै दौडिरहेको विश्वको कयौ घन्टाघरको सुईहरुलाई संसारको अग्लो आफ्नै देशको सगरमाथा चढेर चिच्याउँदै कराउन मन लागेको थियो | ए पर्खन पर्ख समय म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभागी नामक पुस्तक छापियोस्

~अभागी मिनम घायल असफल~ आशै आसमा निराश भैजान्छ भने जिन्दगी कसैको आशाको कल्पना बनी दियोस् आशुनै-आशुमा डुबी जान्छ भने जिन्दगी बगी जाने खहरेको भेल बनी दियोस्

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : असम्भब​

~निरुत्साहित भेटवाल​~ रक्षा पट्याउदै मा जिक्री हुने भा, पितल गाल्दैमा सिक्री हुने भा, धनिमा पनि धनी हुन्थे होला

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मन-मोहित छ

~स्वामी सुभाष चन्द्र~ मिठा मिठा तिम्रा कुराले मन-मोहित छ, पश्चतापमा मेरो मन हर रोज-रोदित छ। झुटको खेति गरेर,टन्नै झोला भरेपछि, नेपाली जनको शीर,रिसले क्रुर-क्रोधित छ।

Posted in गजल | Tagged | Leave a comment

सिजो : गाग्रीमा पानी

~मुरारीप्रसाद सिग्देल~ गाग्रीमा पानी चढेकी, बढेकी सानी प्यास बढ्यो चर्को,

Posted in सिजो | Tagged | Leave a comment

कविता : विक्षिप्त घोडचढी

~आभास~ घोडचढी घोडामाथि छ र ऊ आफैंलाई थाहा छैन ऊ केमाथि चढिरहेछ अहिले चर्को घाम छ या बादल यो पनि उसलाई थाहा छैन सडकमा कालो लम्पसार सडकमा केको लस्कर लम्किरहेछ जुलुस, मलामी या जन्ती आकाशमा नीलो आकाशमा चमचम के चम्किरहेछ

Posted in कविता | Tagged | Leave a comment

घनश्याम न्याैपाने ‘परिश्रमी’का सात हाइकुहरू

~डा. घनश्याम न्याैपाने ‘परिश्रमी’~ १. बस्ती बस्तीमा सधैं झगडा गर्छन् आगाे र पानी २. उखेलिएका जराहरूकाे पीडा चराले भाेगे

Posted in हाइकु | Tagged | Leave a comment

छोक : आकृति

~नकुल सिलवाल~ अरे ! म त व्याप्त छु आफुले ठाने जति, थाहा भएजति हावाको झोक्कामा आफ्नै नाम प्रतिध्वनित भैरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~सागर कार्की~ भर्खरै हिड्न सिकेको बच्चा जस्तै ताते-ताते गर्दै हिजो गर्भबाट निस्केको सपना आज जनसंग्रामको चट्टि लगाएर क्रान्ति भूमीमा लडीबुडी खेलिरहेको छ । बोली फुटेको छैन र पनि चर्का-चर्का नारा निकाल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खि बसे

~रामु गैरे~ साझपख तिमी आउछौ भनी टोलाई रहे चारै तिर आईनिउ तिमी गल्ली -गल्ली गोरेटो बाटो जताततै एकोहोरो हेरी रहे अझैपनी आईनौ तिमी कोइली चरी पनि आ- आपसमा माया प्रिती साटा साट गरी रहेका थिए दुई चरिका जोडीहरु अटुट

Posted in कविता | Tagged | Leave a comment

गजल : ढालिदिए आज मैले

~नविन आचार्य ‘लेटांगे’~ देउता बस्ने मठ मन्दिरै, ढालिदिए आज मैले तिमि बस्ने मुटु झिकी , फालिदिए आज मैले एउटा मात्र हातले ताली , नबज्ने नै भए पछि चोखो माया भङ्गालोमा, हालिदिए आज मैले

Posted in गजल | Tagged | Leave a comment

कविता : जनआवाज

~रसिक रमण~ जहाँ स्वेच्छाचारी छ , भ्रष्टाचार कालोबजारी छ , शोषण र अन्याय छ त्यहा हर युगमा साक्षात हरि गोविन्द जन्मने गर्दछन ; शोषण र कुपोषणले जर्जर बनाएको अनकन्टार ग्रामीण परिवेशको

Posted in कविता | Tagged | Leave a comment

गजल : शहर भरेर आँए

~भूपेन्द्र काफ्ले ‘नयन’~ तिम्रो मायामा पग्लीएछु, शहर भरेर आँए मनै बाट उम्लीएछु, रहर भरेर आँए अनेक थरी आए मनमा तृष्णा भरी भरी तिम्लाई पाउने आसमा, लहर भरेर आँए

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : लोकतन्त्र कि भोकतन्त्र ?

~डिल्लीराज अर्याल~ बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति नसप्रे मति मान्छेको सप्रला कसरी गति? उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो हार खाएर मान्छे यो संहारक बनी हिँड्यो सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : एक दिन गल्छ मान्छे

~दिव्य गिरी~ कस्तै बलवान होस्, एक दिन गल्छ मान्छे संसार छोडेर चीतामा हुर्हुरी बल्छ मान्छे । बाहिर बाहिर हाँसेको देखिन्छ ता पनि मुढोझैँ सल्किएर भित्रभित्रै जल्छ मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

कविता : स्खलित विचारहरुको बजार

~बासु शर्मा~ उल्टो सरेको हो कि समय ? फेरि धकेल्दैछ भिमसेन थापाहरुलाई जीवन र मृत्युको आँखमिचौलीमा र, नन्द प्रसाद र गंगामायाहरुको नियति लेखिंदैछ । अनगिन्ति आँखाहरु डुवेकैछन् आँसुमा विचारान्तरको शिकार बनेकाहरु कहाँ जाउन् न्याय खोज्न जवकि ‘न्याय’ आफै न्याय मागिरहेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~शिरिष लामिछाने~ आफ्नो कुरा ब्यक्त गर्न पर्खिरहेको एक मानिस जब न्याकिन्छ समाजबाट जब उसको भावनालाई नाली सरह तुल्याइन्छ र, जब उसको बेदनालाई चर्पीमा “फ्लश” गरिन्छ तब जन्मिन्छ एक आक्रोश जसले रोप्छ क्रान्तिको बिउ अनि निकाल्छ ज्वाला निक्लेको ज्वालासँगै उन्नत कहलिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य गजल : अर्थ छुट्टै

~प्रेम चापागाईं~ किताब नै छन् झोलामा तर पड्नुको अर्थ छुट्टै लाईन मिची मिची कन अघी बड्नुको अर्थ छुट्टै सगरमाथा सिखरमा पाइला राख्न जाने पनि सिखर चुम्ने बहना रैछ चडनुको अर्थ छुट्टै

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

रुबाई : स्वाभाविमान

~राजकुमार खड्गा~ मन मेरो भन्नु त यति एउटा न हो तन मेरो भन्नु त यति एउटा न हो एउटा भएको मुटु पनि टुक्रयाउॅ भन्छौं

Posted in रुबाई | Tagged | Leave a comment