Category Archives: नेपाली काव्य

Poetry

गजल : मनमा लिई हाँस्दैछु म

~आचार्य प्रभा~ दशैंको त्यो रमझमलाई मनमा लिई हाँस्दैछु म परदेशमा भए पनि अतितको याद साँच्दैछु म । फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : जून माग्छौ तिमी

~सुनिल दियाली~ औँशीको रात थियो जून माग्छौ तिमी तिहुनमा नुन छैन सुन माग्छौ तिमी मलाई छाडी पराई लाई ताक्छौ बैगुनीको रुप देखाई गुन माग्छौ तिमी

Posted in गजल | Tagged | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु

~दिपेन्द्र खड्का~   १. तिमी भन्थ्यौ मलाई सधै माया गर्छु भनेर तिमीलाई पाउन सधै तिम्रो नजिक सर्छु भनेर तर आज तिम्रो माया झुटो र खोटो रहेछ किन ब्यर्थै नाटक गर्छौ तिमी बिना मर्छु भनेर २. म छु धेरै टाढा तिम्रो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मलाइ बचाउ !

~बिक्रम ज्ञवाली~ आफैलाई खोज्न हिडे धेरै धरै समय तर थाहा पाए एक दिन ऐना अगाडि रहेछु एक दिन जल्ने लाशको प्रतिनिदित्व गर्दै बसिरहेको पो रहिछु म मान्छे रे एक दिन मर्न पर्ने रे कस्तो हासो लाग्दो कुरा एक दिन मर्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश ICU मा

~आषिश श्रेष्ठ~ चुरोट बिडी नपिउने देशलाई, क्यान्सर पो लाग्या छ ।। पुस्तौ-पुस्ता देखि लाग्या दम, केही पर पो भाग्या छ ।। पटक पटक ICU मा राखी सकियो देशलाई ।। साम-दाम सबै डाक्टर र बैधहरुलाई, दण्ड सदा झै निमुखा जनतालाई ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : काबुलको कात्रो

~सोफिया मायालु~ साईलीको साईला, लाहुरजाने भन्छ सनुसको सम्पत्ति, खनखन्ति गन्छ घरखेत साहुलाई, धितो राखी भन्छ साईलिलाई बाला, लगाईदिन मन छ खोलावारि साईला, साईलीं बसिन पुलमा बिदा भई घर, पुग्यो साईला काबुलमा अनगिन्ती सपना, बगाई पसिना हरायो साईलो आज, शहरको हुलमा

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : फूल

~राजकुमारी श्रेष्ठ~ मन मन्दिरमा सजाउने फूल बनी दिउँला दु:ख कष्ट तारी दिने पुल बनी दिउँला! भावना र कामनाको फूलपाती चढाउछु

Posted in मुक्तक | Tagged | Leave a comment

नमन अमृतका तीन मुक्तकहरू

~नमन अमृत ‘भु–वन’~ हर प्रश्न यहाँ समाधान यहाँ झुठ सत्यबिच घमासान यहाँ बिचको भुमरीमा भँमरा परे छ चारैतिर तानातान यहाँ ! को आफ्नो को अर्को छानाछान यहाँ पराइ सम्झी हानाहान यहाँ

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : र त देश रोयो नेता

~अनिल बराल ‘गरीब चिराग अछुत’~ नोटको राजनिती गरयौ र त देश रोयो नेता चोटको राजनिती गरयौ र त देश रोयो नेता | आज के छ नेपाली नेपाली आमाको हाल खोटको राजनिती गरयौ र त देश रोयो नेता |

Posted in गजल | Tagged | Leave a comment

रुपक श्रेष्ठका बाह्र वसन्ती हाइकुहरु

~डा. रुपक श्रेष्ठ~ (एक) वसन्त ऋतु आशातित जीवन ईष्टर एग । (दुई) हरेक साँझ मैनबत्ती र शिखा लास्ट सपर ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : मन

~होम सुनुवार ‘दसुचा’~ कति अनौठो अति अचम्मको यो मन हसाउँने रुवाउँने नाना किसिम गराउने यही मन भिन्ना भिन्नै प्राणीका भिन्ना भिन्नै आफ्नै मन तन र धनलाई पनि कसी लगाउने उही मन एक्लो जिन्दगीहरुका पनि किसिम किसिमका मन कोही स्वतन्त्र आनन्दका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डायस्पोराको मान्छे

~गोपीकृष्ण प्रसाई~ आउँदै गरेको देखेँ लण्डनको सडकमा कुदिरहेका चिल्ला कारहरु उन्मत्त श्वेत वदनमा सजिने हिराका हारहरु मानौँ ईन्द्रको नन्दन वनमा विहार चलिरहेछ मानौं रातको व्यग्रताले चाँडै दिन ढलिरहेछ तर त्यो नेपाली मन आफ्नो मुस्कानमा अभ्यस्त भई सकेको छ आफ्नै इतिहास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हुँदो हो त

~करूण थापा~ कहाँ रुन्थें आँसु झार्दै पुछ्ने हात हुँदो हो त । तिमी विना बाँच्न सक्ने मेरो आँट हुँदो हो त । बेहोशी मै जीवन काट्थें तिमीलाई सम्झिएर जुनी जुनी बेहोश गर्ने यस्तो मात हुँदो हो त ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पाउँछौ के गरि ?

~रेनुका पौडेल “आहात”~ मान सम्मान त्यै पाउँछौ के गरि ? गइसकेको कुरा ल्याउँछौ के गरि ? जिन्दगी सुम्पिदा तर्कियौ झर्कियौ आज फर्कि नजिक आउँछौ के गरि ?

Posted in गजल | Tagged | Leave a comment

कविता : विदेश पलायन हुनेहरु

~किरण पौड्याल~ अनुभूति विहिन अनुहार लिएर जीवनको अँधेरीलाई मेटाउन चम्किलो आकासमा उड्न पहल गर्नेहरु, दुःखका पोटेलीलाई सल्टाउन पहेंला दाँत खिसिक्क खोली साग र सिस्नुको सहज विकल्प खोज्न अग्ला डाँडा काटी बाहिरिनेहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : छेडिदिए हुन्छ

~किरण ‘विवश’~ छिया-छिया मुटु मेरो छेडिदेउ एक अर्को छेद, के फरक भो र – हिजो लाचार थिएँ आज विवश भएँ, सहिदिन्छु फेरि के भो र – तिमी टुक्र्याऊ, कुड्क्याउ, भाग लगाई बाँडिदेऊ, छ स्वीकार्य त्यो पनि यदि खुसी हुन्छेऊ तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटी परी पसेकी छिन्

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन् मेरो मनको मझेरीमा मुस्कुराउँदै बसेकी छिन् |1| म के बयान गरु उनको यी गजलका सेरहरुमा , लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी नै सुम्पिदिउँ कि

~पुष्पा खनाल~ मनको जेलको प्रेमकैदी म टाढा जान मन लाग्यो फरार भएर उसको यादबाट बच्न सकिन जिन्दगी नै सुम्पिदिउँ कि करार गरेर पल्टाउँछु एक एक पाना यसकै नाम लेखेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बिष पिलाउन तयार छु

~कृष्ण पौड्याल~ आफ्नै हातले आफुलाई बिष पिलाउन तयार छु। गर्छेऊ भने मरेरै विश्वास दिलाउन तयार छु॥ पराई घर भित्रिदैमा जुठो ठानेको होईन मैले। आउछेऊ भने सम्बन्ध अझै मिलाउन तयार छु॥

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत इश्वर

~गणेश कार्की~ इश्वर बाचुन्जेल यत्र-तत्र घुमिरह्यो अनेक ठक्कर खाएर सयों भुमरिमा रुमल्लिएर कहाँ-कहाँ मात्र पुगेन इश्वर के-के मात्र भोगेन इश्वरले जीवनको बृत बनाउन कुन-कुन बाटो मात्र हिडेन इश्वर जब समयलाई उछिन्न सकेन जब जीवनको बृत बनेन मृत इश्वर धेरै दिनसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रोदन….

~रुमन न्यौपाने ‘अमन्त’~ निःसन्देह उनका हातहरुले स्र्पश गरे भने एकलाशमा ! म भित्र प्रबाहीत हुने थियो । मैले चिन्ने छु कोसांै दुरी बाट अझै बेदना लुकेको छैन पिरोल्लीएको मन बुझेको छैन स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कोपि प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. अनलशिखाझैं कलिली सुन्दर ! मधु–ज्वाला ! यो दृगपथमा पक्राउ बसे सरि, भन तिमी को ? ए ! बाला ! ख. मधुर रहस्यको मुसमुस ग्रन्थि, रेशमी–तहले बाँधी, वाणी तिरस्कारिणी ! बोल्छयौ सुगन्धका के शव्द–कणीहरु सम्मोहनले साधी ?

Posted in कविता | Tagged | Leave a comment

गजल : धुन हराएँ मैले

~प्रेमविनोद नन्दन~ गाउँदा गाउँदै गीतको धुन हराएँ मैले रात त मसँग नै छ, जून हराएँ मैले बैगुनहरू यता पनि, छन् है उता पनि मानिसहरूको त्यो भीडमा, गुन हराएँ मैले

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रगाढ साईनो जोगाऊँ बटौलीसँग

~दीपक कुमार ज्ञवाली~ अस्तित्व खोजीको वहानामा मेरो अस्तित्व मेटाईदिनेहरु नुनतेल साट्नकोलागि घिउका कनेष्टर बोकेर ताँति लागेका हाम्रा पाईलाहरु सिस्नेको ओरालो झर्दै सिस्ने खोला तर्दै बटौलीको तिनाउ नदीको हावासंग मितेरी गाँस्दै पुल्चोकको सडकको डिलमा डोको बिसाऊने ठाउँ खोज्दै घिउका कनेष्टर किन्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अलेनामा झुण्ड्याउन

~जेल सङ्घर्ष ~ आमा अब त केही गर्ने कि भनेर हजुरलाई खुशी बनाउन अनि मलाई हुर्काउन लागेको अमूल्य मेहनतको पंैचो तिर्न निजी सम्पत्ति मानेर डिग्री उत्तीर्णको प्रमाणपत्ररुपी

Posted in कविता | Tagged | Leave a comment

गजल : आशु दिने मान्छे तिमी !

~अभागी कान्छा गाउँले~ जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी ! विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !! निर्दोश ति नजरले, जाली माया बिछ्याएर देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !!

Posted in गजल | Tagged | Leave a comment

कविता : भन्छु जय नेपाल

~हिरालाल तण्डुकार~ मेरै सगरमाथा छैन मैले चढेको, हिमालको हिउँ कस्तो हुन्छ ? छैन मैले छोएको ।। मेरै नेपाल सकल छैन मैले घुमेको, को कहाँ के–कस्ता छन् छैन मैले जानेको ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा नओढाउनु !

~बाबुराम पन्थी ‘गुल्मेली’~ म मरे पछी मेरो लाश लाई राष्ट्रिय झन्डा वा राजनैतिक दलको झण्डा नओढाउनु ! म नेपाल आमाको सन्तान हो । मेरो लाश ढाक्न कात्रो भए पुग्छ । मेरो लाशसंगै मेरो देशको गौरव मेरो देशलाई संसार सामु परिचय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भन्नेगरेकी छु म

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दीतटदेखि माथितिरको स्वर्लोकको साँधमा सांग्रीला र हिमालका नजिकको देवालयोद्यानमा फुल्थे फूलहरू विभिन्न थरिका हेरेर चौतर्फमा। डुल्दैथे भ्रमरा पराग रसमा जिभ्रो लगाईकन।।01।। पाखा सुन्दर,स्वच्छ शैल बनिए,जामेन पानी कतै। बारीमा हरिया भएर लहरा उर्लेर आए अझै। … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : पर्दा पछाडिको भूत

~निरज भट्टराई ‘मनोरोगी’ ~ तर्साउछ जहिले , हप्काउछ जहिले नदेखिने ,नसुनीइने, पर्दा पछाडी को भूत चोर होइन , भ्रस्ट होइन सोझो निमुखा म नेपालीलाई घुस्याहा होइन , होइन म दक्षिण,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : हर्षको पल

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजङ्गप्रयात तिमी भद्रतारा मता जून हुन्छु उतै बास मारे मता रून्छु रून्छु सधा साथ साथै बसौला भनेर कहाँ हुन्छ राजा तिमी दूर् बनेर ।१। भनेको थिए यादले यादले त्यो अरू खास केही कुरा हैन भाको … Continue reading

Posted in छन्द कविता | Leave a comment

गजल : रहर भाग्दो रहेछ

~लिल बहादुर खत्री ‘ललित’~ हरियालिनि कुनै वेला उजाड लाग्दो रहेछ मन सुन्य भएपछि विरह जाग्दो रहेछ । हराएका खुसिहरु एकान्तमा खोज्दा-खोज्दा खै कुन्नि आफै किन वैराग लाग्दो रहेछ ।

Posted in गजल | Tagged | Leave a comment