Category Archives: नेपाली काव्य

Poetry

मुक्तक : बाँच्ने आधार

~सुरेन्द्र महर्जन ‘अमर’~ जीउन खोज्नु यही जिन्दगी हो श्वास रहे आश बाँच्ने आधार हो दुनियाँमा जे पनि देखिन्छ बाँचे

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर, बिराला र सन्ततिहरु

~दीपकजङ्ग हमाल~ एउटा धुर्त बाँदर खोस्छ कुराउनी बिरालाहरुबाट निरिह बिरालाहरु पर्छन हाम्रै शरणमा कुराउनी पुन: प्राप्तिका लागि दयावान भिंड उर्लन्छ कुराउनी खोस्न

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी मेरो सम्झनामा

~अरुणबहादुर खत्री “नदी”~ तिमीलाई म के भनौं फूल भनौं त्यसमा काँडा छ चन्द्रमा भनौ त्यसमा दाग छ शुभकामना तिमीलाई सधैँभरिको लागि मिलीरहोस् मंगल होस् सधैँ मंगल रहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : तपाईंका ती चालाहरू

~उज्ज्वल जी.सी.~ नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू । गर्दै नगरी देश र गरिबका लागि कुनै काम जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कतै भेटिएन

~राजकुमार सुब्बा ‘अनिश्चित’~ विद्युतीय छापाहरुमा कम्प्युटरका स्क्रिनहरुमा टाइपिङ्ग हुँदै डिलिङ भएका अक्षरहरु रिमाइण्ड हुँदै पुन मोबाइला स्क्रिनभरी घाम उदाउनु र अस्ताउनु जस्तै भएर भाइरसले ग्रस्त पारेका कुनै समयका फोल्डरहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरबुबा

~निरज भट्टराई ‘मनोरोगी’ ~ तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले मलाई उपहार दिनु भएको थियो मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट लगाएर निस्केको पहिलो दिन नै किलामा अल्झियो टि—शर्ट, थोरै उघ्रियो धागो निस्केको थियो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल सानो भयो

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित मान्छे दैव छिमेक आखिर सधै हाम्रै पछाडी भए हाम्रो सुन्दर देशको प्रकृतिले आरीस गर्दै गए ठूलो देश हिजो थियो अब यहाँ मेची र काली रयो टिस्टा दूर छ कांगडा लुटि गए नेपाल सानो भयो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : नयाँ कुरा हो र ?

~सजना गुरुङ~ बलात्कार गर्नु नयाँ कुरा हो र ? झुन्डिएर मर्नु नयाँ कुरा हो र ? सरकारी शोषक बाट सधै जनता अन्यायमा पर्नु नयाँ कुरा हो र ?

Posted in गजल | Tagged | Leave a comment

गजल : चिरेर छाती यो !

~रवि प्राञ्जल~ कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो ! सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो । उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा, गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

Posted in गजल | Tagged | Leave a comment

छोक : विडम्बना

~डा. दीनबन्धु शर्मा~ म लाटो पढेँछु किताबै किताब समात्यौ तिमीले त मुद्रा लगाम सबै सत्य तिम्रो सबै न्याय तिम्रो छ सत्ता त तिम्रो सबै थर्कमान

Posted in कविता | Tagged | Leave a comment

गजल : चित्कार आयो

~वियोगी बुढाथोकी~ एक्कासि डरलाग्दो चित्कार आयो उद्धार गर्दा पनि धिक्कार आयो । मानौँ विश्वास पराजित भएछ हित गर्न खोज्दा दुत्कार आयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : माला

~नीरज लवोजु~ ऊ हल्ला गर्छ र माला लगाउँछ ऊ माला लगाउँछ र हल्ला गर्छ। उसको हल्लाबीच सत्य खोज्नुपर्ने भएजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : मुठ-भेड

~युद्धप्रसाद मिश्र~ बलात्कारीमाथि आमा दिदी बैनी सारा संगीनले लालाबाला हुन्छन् चिरा-फारा चेतनाको उज्यालोमा जाग्यो र्सवहारा ब्यूँझीदै छन् अनगिन्ति धरतीका सारा उम्लिसक्यो हृदयमा प्रतिक्रिया चर्को बदलाको भावनामा जनताको लर्को संर्घषको मैदानमा नबलेका ज्योति शहरिया साहित्यको फुस्किसक्यो धोती

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : परिस्थिति

~दिपक घर्ति मगर~ बाध्यताले टाढाछु गास बनेर, मरुभूमिमा बाचेकोछु दास बनेर, परिस्थिति अनि घृणा सहे पनि

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : डर

~इप्सुल मगर~ लेख्न पनि डर लाग्छ कलम खोसिने पो हो कि ? वीरहरुको यस्तै चालाले रगत सोसिने पो हो कि ? हत्या हिँसा आतङक अनि मारामार जताततै

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मेरा जीवनका सुस्वानुभूतिहरु

~किरण टि लिम्बू~ जिन्दगीको सही अर्थ नै जीवन बोध हुनु हो जीवनप्रति बोधगम्य हुनु नै सही जीवन हो दिनको उज्यालोमा मात्र हाँस्ने जीवन के जीवन ? जीवनको अँध्यारो भित्र पनि बाँच्न सिकौं। दिनलाई आफ्नो स्वार्थमा मात्र जगाउने होइन अनि रातलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश विकाश गरी देखाई देऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ । गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ।। गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको । नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।। कुटिल तिम्रो चालले झुक्दै छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

आरती रची कोइँचका नौ हाइकुहरु

~आरती रची कोइँच~ बितेर गयो सपनीको संसार उभियो मृत्यु तोडेर आएँ फसेर त्यो मोहमा छाडेर गयौ हिजोको दिन

Posted in हाइकु | Tagged | Leave a comment

व्यङ्ग्य कविता : निमन्त्रणा

~वसन्त प्रवीण~ फर्की हेर्दा आफैलाई, मन रमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको मन नलाई जानुपर्ने, कस्तो होला उर्दी यस्तो पो त हुँदो रै’छ, भ्रष्टाचारको पुर्जी जाने हो कि अलि-अलि, गरी कमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको उनीलाई के थाहा र, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी आउँछौ भनेर

~दिलिप योन्जन~ मुसु मुसु हाँसी दिन्य्थौ देउराली अनि चौतारीमा भेट्दा पहिलो भेटको मुस्कान अझै अमर छ सपनी अनि बिपनीले सोधिरहन्छ …… खोजिरहन्छ ……

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा दुई नयन

~पवन शर्मा~ सुन्दर ती तिम्रा दुई नयनले हेर्दा म पानी पानी हुन्छु तिम्रो एक मुस्कानका निम्ति हुस्सु म जानी जानी हुन्छु शितल सौम्य निलो गगनका फेदमा बसेको बेला काव्यधारा बहन्छन् यसै तिम्रो सम्मोहनमा फसेको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : हे निरीह कलम, म के लेखुँ ?

~सरस्वती प्रसाद रिजाल~ हालको २१ औं शताब्दीको विश्वसम्म युद्ध नै युद्ध । कोही विपन्न असाध्यै, कोही धनाढ्य । दुःख पिर अभावले रोइरहेका, सुख सुविधाले मात्तिएका मानवहरु यो विश्वमा । मानव संरचनामा भगवानको सृष्टिमा नै विभेद भएजस्तो,

Posted in कविता | Tagged | Leave a comment

कविता : साजिसे

~नविन कुमार~ साजीसहरु भुर्रर उडेर आए फेरि पनि अपहरण दुई बालक निख्रिएको वरदात उघाएर ल्याए मायालाई कुल्ची दिए दयालाई मारी दिए परेवा त खोजी खोजी रगतको भुटुनमा भुटे

Posted in कविता | Tagged | Leave a comment

कविता : युवा

~दैवज्ञराज न्यौपाने~ युवा नजीक सृष्टिको म फक्रँदैछु पालुवा थरी-थरी सुहाउने मभित्र छन् नयाँ कला बसेर काख मातृको स्वदेश निम्ति मर्दिने युवा म हूँ समाजको सहस्र शक्ति भर्दिने। पहाड चढ्न टाकुरा मलाइ घच्घच्याउँछन् सुवास छर्न फूलले मलाइ चम्चम्याउँछन् बहेर भन्छ निर्झरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यति धोको

~माधव घिमिरे~ कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो भाइको भने घरै छैन कहाँ खेलूँ भैलो कस्तो हुन्थ्यो- एक घर सबैलाई पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : सुन्दर दमकको सानो परिचय

~एकराज तिम्सिना~ नगरपालिका दमक हाम्रो सुन्दर कति राम्रो प्रत्येक वार्डमा पढ्ने स्कूल कति धेर हाम्रो ।। नगर बीचमा पूर्व–पश्चिम राजमार्ग चल्छ । कुनाकाप्चा नगरभरी बिजुली बत्ती बल्छ ।। केन्द्रबाट रकम निकाशा रवि सडकलाई दियो । यो सडकको ठेक्का पनि ठेक्केदारले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : छलेको हैन

~राकेश कार्की~ साँच्चिकै हो मैले छलेको हैन डुबेँ होला यादमा जलेको हैन छातीमै छ तस्वीर पिउँदै नशामा मातेँ होला बरु ढलेको हैन

Posted in गजल | Tagged | Leave a comment

गजल : हृदयलाई डाक्नु भुल थियो

~आशिष सुवेदी~ अश्रुधारा खोलीबन्दा हृदयलाई डाक्नु भुल थियो उसलाई तानी जिन्दगीको कुनाभित्र जाक्नु भुल थियो । हुन्न भन्थेँ साँचो कहिलै ढुङ्गासँग पुकारेर अटेर गरी उसैसँग सम्बन्ध त्यो भाक्नु भुल थियो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रवृत्ति

~विकास थुलुङ्ग~ कला छ, गला छ हातमा फूलको माला छ । यही बाटो मन्त्री आउँछ भन्ने हल्ला छ । मनले मन समाल्या छ । भरे के बोल्ने भनि रट्या जस्तो जवाफ छ अरु भन्दा कम छैनन् भनि सबैले भन्या छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब कसरी

~नरेन्द्र लावती~ लुट्नै लागेका छन्, यस्तै त्यो सामन्तीले । भ्रष्ट योगी चिन्तन भई यसै बाँच्नु कैले ।। बिरामी भई लडे मत थिचे थिच्नु सबैले । अब कसरी पिउनै सक्तिन ओखती उढ्नु कैले ।। तर …….

Posted in कविता | Tagged | Leave a comment

कविता : जुवा

~रुपेश राई~ छ–बाह्रभित्र कुनी कस्तो मति आउँछ । एकदिन केटाहरुसँग, हजारे खेल्दै थिएँ । आमाको स्वाँटले अहिलेसम्म दोहो-याएको छुइनँ । ‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस†’ गाउँलाई यो सजाइ हो । सभ्यताको कलङ्क । मान्छे हुनुको विडम्बना । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीति खेल भ्रष्टलाई जेल

~पुण्य प्रसाद भट्टराई~ जयप्रसाद गुप्ता तिमीले जनताको जय गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए जनताको जय होइन आफ्नै जय ग¥यौ जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ भ्रष्टचारको छिनो फानो अदालतमा भएको

Posted in कविता | Tagged | Leave a comment