Category Archives: नेपाली काव्य

Poetry

कथा : पर्खाई

~सुरेस खनाल~ उसले चुरोटको अर्को लामो सर्को तान्यो। बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खिच्चा कुकुरहरु

~प्रकाश सुनुवार ‘निराकार’~ टोलटोलका खिच्चा कुकुरहरु ढाकरमा बोकेर नुन खाने ढाकरेहरुको देशमा मार्बल ओच्छाएको महलभित्र भेला जम्मा हुन्छन् । मालिकलाई रिझाउन बहस चलाउंछन् बादविबाद गर्छन् मालिकलाई कसरी वढि भन्दा वढि रिझाउन सकिन्छ भनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : पानी झरेर अचेल

~अजित क्षेत्री~ मेरा नयन बर्षे भेल, पानी झरेर अचेल उसकै यादको झरी लाग्ने बानी परेर अचेल । थाहा पाएँ उस्ले पाइला मोडिसकेछ अन्तै

Posted in गजल | Tagged | Leave a comment

कविता : नवयुग !

~दीपेन्द्र के.सी. ‘अपजसी’~ ए फतुरो ! तँ फगत घोषणा गर्छस् खोेक्रो नवयुगको ! हेर त एकचोटी तैले घोषणा सुनाउन जम्मा पारेको भीडलाई कुुपोषित नाँगा देहहरु ! एकचोटी तिनका फाटेका पैताला फर्काएर हेर त

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिदको आत्मा दुखेको छ की ?

~दीपक कुमार ज्ञवाली~ यता कतै भेटिन्छ कि सहिदका डोवहरु त्यहि डोवमा टेकी टेकी गन्तब्यमा पुगीन्छ की सहिद र सहिदकाजस्ता राष्ट्रभाव भेटिन्छ की हेर्दै होलान् क्षीतीजबाट चर्तिकला हामीहरुका

Posted in कविता | Tagged | Leave a comment

कविता : असमानता तोड्नुपर्छ

~योगेन्द्र काउचा~ सडक छेउछाउ डुली हिड्ने भोक र प्यासले गलीरहने बालकलाई सोध्नुपर्छ बेसहारा मगन्तेलाई सोध्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : यस्तै रैछ जिन्दगानी

~निर्मला अवस्थी~ कैले घाम कैले छायाँ यस्तै रैछ जिन्दगानी कैले हुन्छु आगो जस्तै कैले हुन्छु पानी पानी।। सधैभरी जीवनमा आए हुन्थ्यो खुशी मात्रै सोच्छु मात्र तर त्यस्तो कहाँ मिल्थ्थो छानी छानी।।

Posted in गजल | Tagged | Leave a comment

कविता : अब्यक्त प्रेम

~अर्जुन दाहाल~ अनिँदो छ, उ , आज , हिजो जस्तै, सदा जस्तै , मात्र तिम्रो चिन्तनमा , फेरि पनि अस्तब्यस्त छ , सुर्यको मिर्मिरे किरण अगावै । उसले आज दुई पटक लुगा फेरेको छ ,

Posted in कविता | Tagged | Leave a comment

गजल : धोका दिएर हेर

~अमृत सिङ थिङ~ सक्छौं भने छाडी जाउ धोका दिएर हेर पञ्च अमृत हैन बिषलाई पिएर हेर कति लाउछौ घुर्की अनि फुर्ती पनि उस्तै

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : धर्म, पाप र ईश्वर

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हे मानव बन्धु-बान्धव खुला ब्रह्माण्डका दर्शक ! विद्या, ज्योतिष शास्त्र लेखक, नयाँ विज्ञानका सर्जक तिम्रो जन्म छ उच्च विश्वभरमा तिम्रै कडा हैकम आफ्नै धर्म कदापि छैन बलियो ! देखिन्छ उल्टो क्रम । हिन्दू, बौद्ध, अनेक … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : पुकार्छ

~कृष्ण वस्ती~ असारको बादलले पुकार्छ । तिहारको मादलले पुकार्छ ।। पाकेर राताम्पुर बोटमाथि । वसन्तको काफलले पुकार्छ ।। उठी सखारै धरती नुहाई । लाली चढेको नभमा सुहाई ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म नेता

~सविता शर्मा~ म नेता यो राष्ट्रको सबैको आशा तर थोरैको भरोसा जनताको सीसीटीभीमा सधैँ कैद मेरो जीवन म छुट्टु छु र धूर्त पनि सीसीटीभी क्यामेरा र जनताका आँखाले पनि मलाई पढ्न सक्तैनन्

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका तीन सेदोकाहरु

~विष्णुबहादुर सिंह~ १. भूगोलपार्क हातहरु चलाई कम्मरमा छामेर एउटा कुनो ओठहरु कामेर नोटहरु साटिए । २. लाजको घुम्टो

Posted in सेदोका | Tagged , | Leave a comment

कविता : म बहुलाएको छु

~अजित क्षेत्री~ यी पत्थरका ईश्वर अनि कर्कट जस्तै मान्छे डडेलोले छोपेको आकाश र रुमानी सपनाहरुको कारखाना ओ प्रिय मसँग प्रेमका कुरा नगर त बहुलाएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~ सिंगो सिसाकलम काटेर बराबर तिन टुक्रा मध्य मेटाउने भएको पट्टिको एक भाग हँसियाले तिखारेर एउटा सानो खेस्रा कपि हातमा थमाई डोहोर्याउदै मेरी आमाले स्कुलमा पुर्याएको पहिलो दिन जुनदिन म आमाको आँचल समाउन

Posted in कविता | Tagged | Leave a comment

गजल : छुट्ने बेला

~तारा पराजुली~ केही बोलेनौ भावुक बनी छुट्ने बेला उस्तै उदास थिएँ म पनि छुट्ने बेला। भिजेका आँखा अबरुद्ध गला लिएर गयौ गएँसम्म नभनी छुट्ने बेला।

Posted in गजल | Tagged | Leave a comment

कविता : तीन भारी बोकेकी दाउरेनी र यात्रीको बातचीत

~माधवप्रसाद देवकोटा~ यात्रीः पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको । छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।। जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति । भत्‌भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ती कमरेड कहाँ छन् होला ?

~दिल थापा~ कालो पाइट र सेतो कमिज लगाएको सेतो कमिजको गोजीमा लालीकिल्ला जस्तो देखिने गरी कलम पनि राखेको खुट्टामा गोलिष्टरको जुत्ता लगाएको पछाडीपट्टि कालो झोला भिरेको मध्यम कद भएको चिम्सा आखा र थेप्चो नाक भएको

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा कविता

~त्रिभुवनचन्द्र वाग्ले~ शब्दै शब्दैको समुद्रमा अक्षर अक्षरको सागरमा जब फ्याकिन्छु म आवाज\निर्आवाज गुन्गुनाउन थाल्छु माझी झैँ माझीहरू मेरा आवाजमा लय थपिदिन्छन् र आवाज कविता बन्छन् मेरा कविता माझीले गाइदिए पुग्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बिहानी भो

~गोपाल अश्क~ रूपकै सोचमा बिहानी भो रात बित्यो फगत कहानी भो । भावनाको सधैं गरेँ पूजा भावनाकै कुरा खरानी भो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लेखिएको निधार छैन

~पूर्ण बन्धन~ भाग्यमानी भएस् भनि लेखिएको निधार छैन ।। अहंकारीलाई सन्तोष दिने फलेको आहार छैन ।। टन्टलापूर घामले भन्दा चर्को महंगीले पोल्छ, सूर्यलाई हत्केलाले छेक्न सक्ने अधिकार छैन ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : गोली हो

~लक्ष्मी प्रसाद देवकोटा~ क. गोली हो यो गोली हो, काननेर गाउँछ सुइँय ! रणको बोली हो आजको यो निम्ता भाइ ! बल्दो भोलि हो ! ख. चण्डीको यो गिडगिडी, रुद्रको यो तान ध्वनिले डाक्छ ध्वनिको ढेर, मुग्ध आज प्राण ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेराे रङ

~शरद पाैडेल~ फूकाे रङ सुन्दर कि मेराे परिश्रम ? याे अाकाश विशाल कि श्रमले चाैडा बनेकाे मेराे छाति ? उचाई, सेताे हिमाल हाे कि स्वाभिमानले उठेकाे मेराे शीर ? गहिराइ, सागर हाे कि हाे मेराे हृदयकाे सतह ?

Posted in कविता | Tagged | Leave a comment

कविता : फलामे पर्खाल र एक ढिका

~राधा कार्की~ वर्षौं वर्षदेखि उभिएको फलामे पर्खाल विद्यमान थियो जनमानसमा त्राही–त्राही मच्चाउँथ्यो मान्छेका सपना र मुटुहरू लुछ्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशका निर्माता

~विभूति भट्टराई~ संसारकै अग्लो सगरमाथाको देश ! शान्ति र ज्ञानका सर्वज्ञ बुद्धको देश ! सीता र भृकुटीले यश फैलाएको देश राजा जनकले स्याहारेको देश ! जयस्थितिको थितिले बाँधिएको देश ! पृथ्वी तरवार र दिव्य वाणीले एकीकृत देश ! महेन्द्रको एकताले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~प्रमोद अधिकारी~ तिमी पारी थियौ धेरै टाढा । कहाली लाग्दो भेल मैलो र घिनाउने षडयन्त्र र सन्त्रासको नदीरुपी समाज तरेर तिमीलाई भेट्ने विकल्प एउटै थियो – पुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्तान्तर पछि

~सुवास खनाल~ उसको आँखामा मैले जीवनको उद्गम कथा पढेँ उसको खुसी फुल्ने मुहारमा म मुस्कुराएँ रोइदिएँ र खसिदिएँ उसका आँखाहरुदेखि तोतेबोलीमा लर्बरिएँ बनेर जिब्रो कमजोर हिँडाइका पदचापहरुमा लडेँ कैयौँपटक

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रासहरू

~शशी लुमुम्बु~ बतासहरू बहन्थे– मन्दमन्द तिम्रा आवाजहरूको आकाश लिएर । खोलाहरू हिँड्थे– कलकल तिम्रा सम्मोहिनी शब्दहरू बोकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : उठ आमा

~अमृत सिङ थिङ~ गाउँ बस्तीमा तिम्रो सन्तान मर्दैछन् उठ आमा भ्रष्टाचारी दलाली झन बढ्दैछन् उठ आमा भोका नाङ्गा गरिब हामी खै कसका आश गरौं हुने खानेहरु तिम्रै बुंई चढ्दैछन् उठ आमा

Posted in गजल | Tagged | Leave a comment

कविता : दिनचर्या

~विमल निभा~ ऊ बिउँझन्छ र उज्यालोतिर ढाड फर्काएर भन्छः शुभप्रभात ! म तीव्र यन्त्रणामा जागराम छु दुई आँखाहरु जलिरहेका छन् मेरा र चुप छु यसरी उसको र मेरो

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो संसार बद्लियो !

~सुरेन्द्र खौलराठी~ हेर्दा हेर्दै मायाको आकार बद्लियो ! शनै: शनै: मेरो संसार बद्लियो ! थियौं हामी दुवै अलग अलग नदि , एउटै भई बग्न थाल्यौं धार बद्लियो !

Posted in गजल | Tagged | Leave a comment

गजल : गाउँ घरमै रमाउँछु

~अमृत सिङ थिङ~ गाउँले छोरो परें म त गाउँ घरमै रमाउँछु गाई अनि भैंसी पाल्छु ठेकिमा दही जमाउँछु लेकमा छ घर बारी, हजुर गैरी बेंसी खेत कुटो कोदाली खन्दा खन्दै जोत्न हलो समाउँछु

Posted in गजल | Tagged | Leave a comment