Category Archives: कविता

Nepali Poems

कविता : शून्यको परिधि

~केदार वाशिष्ठ~ एक दिनको समयको जोड एक दिनको आयु घटाउ भावनाहरुको गुणामा पीडाहरुको भागफल हात लाग्यो शून्य ! आउँदैनन् कुनै अङ्कहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो तिमी हौ

~लक्ष्मण श्रेष्ठ~ मध्यान्हको चर्को घाममा निधारबाट टप्किरहेका पसिनाका थोपाहरूलाई उत्साही हत्केलाले पुछ्दै, बिहानीको झण्डा बोकेर नव युगको आह्वान गरिरहेको त्यो तिम्रो खबर हो त्यो तीम्रो आकृति हो त्यो तिमी हौ। थाहा छ मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : म भक्तपुर हुँ !

~न्हुछेरत्न बुद्धाचार्य~ चौवीस सय वर्षअघि देखि म ख्वप्रिङ्ग नामले प्रसिद्ध थिएँ सबैको आस्थामा थिएँ, हृदयमा थिएँ भक्तपुर नामले मलाई परिचित गराउने आनन्द मल्ल ! इँट बोकेर पाँचतले मन्दिर निर्माण गर्ने श्रमको इतिहास सिर्जना गरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : भो देख्दिन सपना

~किरण थेबे लिम्बू~ मैले साँचेको सपनालाई विपनाले भाँचे पछि भो, देख्तिन, अरु झुटा सपनाहरु म, विपनामै ठगिए पछि, म हिँडेको समयलाई विगतले टेके पछि भो, फकिन्र्न त्यो बुढो अतीतमा मैले भोलिको बिहानी पाए पछि,

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~बिक्रम ज्ञवाली उ लड्यो , देशको निम्ति भनेर क्रान्ति मा लाग्यो , बन्दुक समातेर हिड्यो उ , भोक प्यास नभनेर सोच्थ्यो उ, एक दिन अधिकार पाउछु भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : बनाऊँ आफ्नै देश

~शारदा पुडासैनी~ नेताहरुको बुद्धि छैन बिगारे नि देश कैले आउने होला बुद्धि फुलिसक्यो केश सात पुस्तालाई थुपारेर जालान् नर्क तिर कहिल्यै तिनको सन्तानको हुन्न ठाडो शीर । नेपालको थिति कस्तो वाक्क दिक्क लाग्छ बताएर साध्य छैन बरु मुखै थाक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : होडबाजी सडकमा

~होम सुनुवार~ सवारी साधनका होडबाजी सडकमा अरुभन्दा आफू अगाडि कट्ने अवसरमा ठूला गाडीले बाटो छोड्नै मान्दैनन् साना साधनहरु सही बाटोमा हिँड्दैनन् महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन् साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन् बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~भिम बहादुर थापा~ यो त बग्दो समय विचित्र समय बिगत खोल्छ समय बर्तमान बोल्छ समय विछोड कोर्छ समय मिलन जोर्छ समय। ** यो त बित्दो समय एकोहोरो समय फेरो पक्डिन्छ समय मेहेरो मर्किन्छ समय संवेदना घोल्छ समय

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो भो जिन्दगी

~गणेश पुर्बछाने मगर~ कुन मोडमा चालेछु नि पाइला मैले एकान्त पो रैछ ठाउ अघि जाने कुनै बाटो पाइन कुन समय र स्तिथि मा गासेछु नि प्रेमको साइनो मैले स्वार्थी रैछ उन्को मन चोखो माया मैले पाइन अन्जानैमा कस्तो खाले रोजेछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गीचङ्गी फूलहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ फूलहरु फुलेर मुस्कानको दियो छरिदिदाँ बगौचाको धाइमा पराई रापमा सेकि रहि फूलहरुको रङ्गीचङ्गी मुस्कान पातलिदै छ आफ्नै बगैँचाको मुस्कान, धिपि धिपिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पक्षघातले पीडित मेरो देश

~आचार्य प्रभा~ अचेल मेरो देश … पक्षघातले पीडित छ पोख्त डक्टरहरुको अभावमा असम्भव छ यो रोगको निराकरण हुन किन कि, यहाँ डक्टरहरुको माथिङ्गल नै स्वार्थ र पद्लोलुपताको होड्बाजिमा भौतारिरहेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छाडी जाने लाई

~अभिसेक ढुङ्गाना~ छुटे पछि हाम्रो साथ तिमीले बाटो नफेर्नु है, म तड्पीएनी छट्पटी मा, पछि फर्की नहेर्नु है , पछि फर्की नहेर्नु है | गल्ति तिम्रो हैन, मेरो हो तिमिललाई विश्वास गरे , तिम्रो झुटो दिलासा को सदै भरि आस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिलो किरणका ओसिला रेखाहरु

~रश्मिला कवाङ ‘रश्मि’~ पारिलो किरणका ओसिला रेखाहरु झिस्मिसे उज्यालो संगै काला मडारिएका सेताकाला वादलबाट उकुसमुकुस संगै तेर्सिएका तिम्रा आशाका सुनौला दिपशिखाहरु पक्कै पनि सपनाका सुन्दर संवाहक होलान् अरन्यरोदनमा रुमल्दै रुमल्दै बढेका होलान् पथहरु सायद कृतिम स्वार्थ पुर्ण युगमा पटकपटक दोहोरिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी

~बाबुराम पन्थी ‘गुल्मेली’~ हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्ष

~प्रतिमान सिवा~ परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै, रजस्वलामा आमैले बोकेको टाटा झै, दिन प्रतिदिन गर्दै मनका पानामा उब्जेका कलुषित भावनाहरु, बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु लत्पतिएर पोतिएका दागहरु मेटाउँदा मेटाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शहर

~दिलिप योन्जन~ सागुरो बाटोमा भब्य-भब्य घर छ नपाइने केही छैन, सबै पाइन्छ पैसामा मात्रै………………….? असख्य निस्सहाय छन् भोक र रोगले तड्पेका छन् वेदना र पीडा बोकी बाँचेका छन् धर्ती ओछ्यान आकास सिरक बनाएका छन् बाँच्ने आसमा माग्दै हिडेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबा ! भन्नुस न कहिले अाउनु हुन्छ ?

~प्रद्मुम्न जोशी~ कसैले पनि तिम्राे बाबा कहिले अाउनुहुन्छ भनेर नसाेधिदिए हुन्थ्याे हरेक दिन हरेक पल म याे प्रश्न अाफैसंग साेधीरहेकाे हुन्छु अनि, जवाफमा अाँसु बाहेक मसंग कुनै उत्तर हुँदैन, बाबा खाेज्न हामी कुन निकायमा पुगेनाै कुन कायर्लयकाे ढाेका ढकढक्याएनाैँ सहयाेग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~डा. दीनबन्धु शर्मा~ जब साउनमा झम्म बर्खे बादल बर्सियो धर्ती शीतल भो शान्त अनि आकाश उघ्रियो त्यसै बेला बलेनीमा व्यथा लाग्यो कठै बस्यौ अनि पीडा खपी हाँस्यौ जन्मेँ म जननी भयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्वीकार !

~दिवाकर स्वप्नील~ एक स्वर्णिम दिन, म खुशी थिएँ मृत्युबोधले रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव। नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य कलिलो दीप खोज्दैथियो बैँश छर्न! उसलाइ मार्न छुट छ र कसैलाइ ? पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म ! ठीक तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : रगतको महत्व

~बिमल गुरुङ~ दिएका बलिदानहरु इतिहासमा अमर रहन्छन् बगाएका रगतका फाल्सा फाल्साहरु दानवहरुले पिएर पिउन सक्दौनन् किनकि

Posted in कविता | Tagged | Leave a comment

कविता : मृतशय्याको राष्ट्रियता

~भीमप्रसाद काफ्ले ‘शान्तिप्रेमी’~ म शिथिल भएको छु लामो समयदेखि, केवल सासमात्र बाँकी छ उपचार त अब आशमात्र । हे मेरा प्राणपुत्रहरू, सुसारेहरू ! तिमीलाई भय छैन मातृत्वको – जुन समाप्त हुने खतरामा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिकको प्रश्न

~मनोज बोगटी~ एउटा दह्रो रेखा छ त्यसलाई टेकेर निस्किएको छ उ रावनबाट ज्ञान थाप्नु शरीरमोह च्वाट्ट चुट्टिएको छ उसको जीवनको गुड्डीबाट। खेल्नु त हो जीवन खेलौं।

Posted in कविता | Tagged | Leave a comment

कविता : मोफसल र काठमाण्डौ

~प्रकाश सुनुवार ‘निराकार’~ काठमाण्डौं र मोफसलहरु आपसमा टेलफोनले जोडिए हवाइमार्गले जोडिए इन्टरनेटले र इमेलले जोडिए नजिक अनि झनझन नजिक भए । लाग्छ सवै एकै ठाउँमा गुजुल्टो परेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जाजरकोट

~सुवास खनाल~ तस्वीर खिच पत्रकार हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान् तिम्रा बिकाउका सामान बन्नेछन् सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ – ……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ ….. रेडियो नेपाल तिमी केही हिन्दी गीत सङ्गीत र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ

Posted in कविता | Tagged | Leave a comment

छोक : हुकुम

~बिक्रम सुब्बा~ उहिले, मेरा बा कमाउँनु हुन्थ्यो घरमा उहाँकै हुकुम चल्थ्यो पछि म कमाउँन थालेँ मेरो हुकुम चल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्चहिलको बाटो- एक सम्झना

~लेखनाथ छेत्री~ बितेको बर्ष स्नातक-पत्र थापेर आफुलाई अब्बल बेकारी प्रमाण गरेको त्यो एतिहासिक दिन छोडिराखेको हुनुपर्छ हामीले बर्चहिलको बाटो । बर्चहिलको खस्रो माटोमा खिइएर गएको दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो

Posted in कविता | Tagged | Leave a comment

छोक : याे बिहान

~अकेला यात्री~ एउटा बिहान ल्याएर दिएकाे थिएँ तिमीले कुल्चिएर फालिदियाै । अर्काे बिहान ल्याएर दिएँ मनाेमानी गरेर छाडिदियाै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचाहरुको कन्सर्ट

~सुरज राना~ मेरो देश एउटा स्टुडियम बनेकोछ जहाँ बुख्याचाहरुले कन्सर्ट गरिरहन्छन केही बुख्याचाहरु गरिबिको तार निर्ममता पुर्बक झट्काएर बजाइ रहेछन गितार केही बुख्याचाहरु भोको देशको खोक्रो भुँडीमा रेटि रहेछन भ्वाइलिन

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका रंगहरु

~निश्चल काउचा~ चपस्टिकले दुई गास भात निल्दै एक मुठी सास झुण्डयाउदै सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु म यतै -कतै गाई गोठहरुमा बंगुर खोरहरुमा टनेल हाउसहरुमा मन्द बिष युक्त कारखानाहरुमा घाम निदाए पछि संबेदनाहिन निष्पट अँध्यारो रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नातिको एउटा विन्ती: भानु बाजेलाई

~छोगेल मोक्तान~ हे बाजे….! आऊ तिमी पूर्वमा रक्तिम लालिमा फैलाउँदै सुसुप्त तिम्रा सन्तानलाई चेतनाको नयाँ सन्देश सुनाउँदै निशि अन्धकारको पर्दा हटाउँदै दिव्य शिक्षाको प्रकाश छर्दै आऊ । हे बाजे….! च्यातिसके रामायणका बहुमूल्य पानाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रलापहरू

~प्रविण अर्याल~ एकोहोरो फलाकीएका प्रलापहरू । दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।। खल्ला खल्ला तीता र टर्रा छन् । खस्रा खस्रा र रूखा रूखा छन् ।। मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै । बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।। निरर्थक निस्सार र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संध्या

~लक्ष्मी प्रसाद देवकोटा~ ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो मन्त्रियो कस्तो कमाल ! सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ ! वाष्प–मरमर माथि लाल ! वसन्त–महलमा आदिकालीन पश्चिमा भो आँखीझ्याल ! चन्द्रागिरि माथि विशाल ! जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment