Category Archives: कविता

Nepali Poems

कविता : भरिया, ज्यामी, इत्यादि

~क्षेत्र प्रताप अधिकारी~ डोकोमा गाउँ बोकेर उकालो लागेको धनमान ठाँटी पाटीमा कतै एक बर्को शान्ति ओढेर निर्धक्क थकाइ निदाउँछु भन्छ भरियाले चाहेको त्यत्ति हो । डल्ला फर्काइफर्काई घाममा अधियाँ जोतिरहेको हर्षबहादुर सुस्केरा रोपेर टारीमा जीविका फलाउँछु भन्छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साले त्रिभुवन

~त्रिभुवनचन्द्र वाग्ले~ साले त्रिभुवन खुच्चिङखाइस् चौथो अङ्ग भएको धाक खोक्थिस् देखेको लेख्ने र लेखेको बोल्ने गर्व बोल्थिस् हाल के छ ? बेहाल छ, हाल ! खुच्चिङखाइस् बेलैमा तलाई भनेकै हो– “भन्सार जाऊ संसार कमाऊ”

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : यस्तो पिरती

~रामचन्द्र कार्की~ पिरतीको के कुरा भो ज्यानै गलाउने, माछो माछो भ्यागुतो सरी छलाउने । चल्न गाह्रो यो संसार पिरतीको खातिर, स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर । हाम्रो सानो संसार थियो पिरतीको आडमा, भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए युवाहरू

~जीवन क्षेत्री~ ए युवाहरू मध्य दिनसम्म घुर्दै कति सुत्छौ ? अब त उठ । आकाशमा बादल मडारिरहेछ भ्यागुताहरू कराइरहेछन् घिस्रिँदै आउँदै गरेको अजिङ्गर देखेर नानीहरू आत्तिँदै कराउँदैछन् आँखा र मुखमा पट्टी बाँधिएका विवश आमाहरू अस्पट–अस्पट बर्बराइरहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : रानी बन

~लक्ष्मी प्रसाद देवकोटा~ क. यिन गिरिमा, हो सभ्यताका नीला, गाढा, प्रकृत गढमा, फरफर पताका, शाखा ! बल्लीहरुको दरबाजामा, फूल छन् पहरा लाखाँ ! ख. शीतलताको दरवार बनाई वन–रानी, वायु–पङ्खी अख–परीसँग,

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लोपन

~बाबुराम पन्थी ‘गुल्मेली’~ मधुर सूर्यको प्रकाशको आगमनले जन्म लिने प्रत्यक सुन्दर बिहानी संगै शुरू हुने प्राकृतिक चिर्विर आवाजहरू सुनौलो किरण संगै बैश फक्रिएका बगैचाका सुन्दर फूलका बगैचाहरू कतै रमाउँदैन आजकल मेरो एक्लोपन दोपहरको चर्को किरणबाट तर्किदै शितल ताप्ने ति छाहारीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाई टिका

~आचार्य प्रभा~ मनको फुल्बारिमा मक्खमली र सयपत्री फूलाएर म कल्पनाको चोखो धागोमा आशिषको माला उनेर उपहार तिमीलाई पठाउनेछु मेरो भाई , धैर्य गर तिमी दिदीको आशिष सदा अटल रहनेछ भौगोलिक दुरी टाढा भएर के भो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : फेसबुकमा द्रोपतिहरू

~दिपेन घिसिङ्~ फेसबुक भन्छ तर फेसको रङ्ग नै देखिँदैन। नक्कली फेसको रङ्गमा झुम्छन् तर मनबुकसम्म पस्छन्। मित्रताको खाँट्टी सिपाही हुँ भन्छन् युद्ध गर्नै जाँदैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~मसान उपासक~ यी फाटहरुमा फलाउनुछ अन्न टार्नुछ भाेक र चढ्नु छ उकालाे याे सुन्दर हिमाल काेतरेर मैले निकाल्नु छ जिवनका अनगिन्ति खुसि याे गुरासकाे फेद खनेर खाेज्नु छ सुखका रङहरु । भाेटबाटै लानु छ सुन र नुन जाेर्नु घरका चुलाचम्का … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होर्डिङ बोर्ड

~निराजन राजालिम ‘बतास’~ निलो गगनमा सुर्यसँग लुकामारी खेल्ने ति बादलहरुलाइ सोध कतै ति ठिङ उभिएका होर्डिङका खम्बाहरुले जिस्काइ रहेका त छैनन्? ति बुट्यानहरुलाई, ति बिरुवाहरुलाइ त सोध

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~के आर शर्मा~ भालेको डाको घडीको सुई कामको थालनि । नगए मेला पेटमा माण खै के हो हालनी ।। जाडोले होला सिरेठो चल्यो बिहानी पाखामा । चरिको गीत आनन्द आयो सुरिलो भाकामा ।। फलामे किल्ला हातमा टर्च वेल्डिङ गरेर । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्वेको आमा

~निश्चल काउचा~ हलिया नारायण रेगिस्तान भासियो जमिनदारको घरमा २० बर्ष हलिया बसेर उही साहुसँग सय कडा पाँचमा ब्याज लिएर गर्थ्यो काम शेखको पचास तले भवन बनाउने निष्ठुरी दैव एक साझ निदाएको उ कहिल्यै नब्युझने गरि निदायो

Posted in कविता | Tagged | Leave a comment

कविता : संघर्ष

~धुस्वां सायमि~ कस्तो संघर्ष हो यो हाम्रो जहाँ जीत पनि शंकाको सुविधामा मुर्झाउँछ । सम्झौता भएर पनि कहलिन्न सम्झौता यो सम्झौता नै होइन यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~डा. दुबसु क्षेत्री~ आगो अचेल आफ्नै पीरले रुन्छ आगो अचेल आफ्नै डरले हुन्छ तिमी कोइला कोट्ट्याएर हेर समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर आगो आँसु खसाली-खसाली रुन्छ जति आँसु खसालेर रुन्छ आगो आगोमा उति ज्वाला दन्कन्छ मानवता

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाबको जिन्दगी

~दिलिप योन्जन~ मिरमिरेमा जब किरण छरिन्छ भोकको रापले खडेरीले झै पोल्छ अलास तलास पसिना सरि ब्युझन्छु दिन भरिको घामले डढेर कक्रे झै दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तली – तिमी धन्य छौ ।

~शिवहरी श्रेष्ठ~ सुन्तली – तिमी धन्य छौ । म सँग शब्द नै छैन तिमीलाई सम्बोधन गर्न, बाचुन्जेल साहारा दियौ तिमीले मेरा ब र आमा लाई मरेपछी पनि सम्म को काँध तिमीनै दिदैछौ। धन्यछौ तिमी। बाबुको बिछोडमा गहभरी आसुँ पारेर पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै दख्खिन् बग्दो छ कणाली…

~नोगेन हांग~ झण्डा एकै हो भन्दछौ देश एकै हो भन्दछौ सरकार पनि एकै हो भन्दछौ तर म कणाली बासी के मा बरबरी देख्दछौ म संग । किनेर पाएको नागरिकता र पासपोर्ट बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिता तिमी एक्ली छैनौ

~छविलाल कोपिला~ अनिता ! जब तिमी आँशुमा जीवन खोज्छ्यौ तिमी, तिम्रै आँशुमा बगिरहेकी हुन्छ्यौ अनि, तिम्रै आँशुमा तिमी जस्तै हजारौं अनिताहरु बगिरहने छन् । यसरी, अनिताहरु बगिरहँदा यहाँ हजारौं–हजार मनहरु भावविह्वल हुन्छन् अनि, हजारौं सपनाहरु पनि स्तब्ध हुन्छन् त्यसैले, अनिता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ठूल्दाइलाई चिठी

~खनाल मेघनाथ बन्धु~ दाइ, खै किन, किन, तपाई मेरो ईष्र्या मात्र गर्नुहुन्छ, मेरो घरमा आगो सल्काउन खोज्नुहुन्छ, बाँदरलाई लिस्नो लगाउँनु हुन्छ, हो , म सानो छु, मलाई सहयोग गर्नुको सट्टा जीवन निर्वाहमा कठिनाई हुँदा, सहज नबनाएर विषालु र तिखा काडाँहरू, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी…

~केडी रेम्नीसीङ~ ‘ए सर, घाम ताप्न आउनुस् है…’ हो त नि हामी घाम ताप्नै आउँछौ, काम गर्न होइन, सकेसम्म जागिर खान पो त, जागिर खानलाई हाजिर गरे पुग्छ, काम होइन । ‘ए दाई, चिया बनाएर ल्याउनुस् त, एक फन्का खाम्…’

Posted in कविता | Tagged | Leave a comment

कविता : मयुर

~वैरागी जेठा~ मयुर लाल सलाम रातो सलाम जय नेपाल प्गारा किसानहरु सानी मदौ खैर अम्बाका बोटहरु पारी जातका मुस्कानहरु पानी अमला हास्छन् पशुपंक्षी सुकेका ढोडहरु क¥याक कुरुक चपाएर खरहरु झ्वाल झ्वाल बल्छन् खर्कहरु अंगार झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाका पहाडहरु

~केदार वाशिष्ठ~ जब, अनिश्वरवादी दर्शन दृश्य वा अनुभूतिमा पनि ईश्वरको अस्तित्व मान्दैन बरु कुनै एउटा आत्मालाई पूजा गर्न समर्पित हुन्छ झिकिदिनुपर्छ त्यसबेला आफ्नो मनबाट आफ्नै मनलाई । राख्न सक्नुपर्छ त्यसको स्थानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेल्लो न्यू इयर ! हाई न्यू इयर !

~गणेश खड्का~ कलरफूल लाइटहरुको चमकता सर्वाङ्ग पोतेर नवीन आभूषणसँगै रमाएका सकल वयहरु मसक्क मस्किन्छन्, लचक्क लच्किन्छन् र, फैलिन्छन् सर्वत्र अर्धनग्न बन्दै नूतन मनहरुको कामुक रौनकता निमेष-निमेषमा उघ्रंदै फेरी हावामा फिँजिंदै स्वच्छन्द उड्न आतुर प्रत्येक स्याम्पियनका मादक फिँजहरु सेता-सेता वक्षस्थल नुहाउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कार्तिके महायोद्धाहरू

~सुरेश बखुन्छें~ कार्तिके जवानीका सुरा–सुन्दरीका पछि लाग्ने ‘विश्वामित्रहरू’ आफ्नो त्याग र तपस्यालाई तिलाञ्जली दिंदै तराईका फाँट लुट्छन्, हिमालको हिउँ थुत्छन्, पहाडको पाखा काट्छन्। अझ भनौं घाम र छायाँ, वर्षा र इन्द्रेणी चोर्न तल्लीन हुन्छन् ‘छेपारारङ्गी सर्पहरू’।

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक : तिमी र म

~घनश्याम प्याकुरेल~ धेरै फरक होला तिमी र म बिच केही उस्तै कुरा हरु पनि होला। तिमी खुशी हुँदा म रोएको पनि हुन सक्छु नि। तिम्रो ओठको मुस्कान हराउने पो हो कि भन्ने चिन्ताले । साँच्चि फरक छ नि है। तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धोबिनीले पगली बोली

~लक्ष्मी प्रसाद देवकोटा~ क. ओखरको त्यो हाँगामाथि कुखुराहरुले कनिका चोर्दा, ब्रह्मवेला झुकी सोहोर्दा, दोसाँध हुँदामा दिनको जाति, मारी एक चरीले गोली, मीठो, तीखो, भनूँ के ? साथी ! मीठो, तीखो, भनूँ के ? साथी ! धोबिनीले पगली बोली ! ख. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कवि हुन रमाउँछ

~चण्डी सुवेदी~ महाकवि देवकोटा लक्ष्मी पूजामा जन्मेर पनि लक्ष्मीले कहिल्यै साथ दिइनन्। कवि बनेर ज्यान पाल्नु देवकोटालाई एकादेशको कथा भयो। यहाँ कलम को कदर कहाँ छ र? मरिसकेपछि शालिक बन्छ, सभा गोष्टी हुन्छ, प्रवचन छाटिन्छ्न्। तर बाच्दा कवि नै कवि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पलायन पौरख

~अतित मुखिया~ पतिसा काढेर वर्तमान स्वप्निल भविश्य बेसाउने शिमापारीका खेतला हामी दरमायोका गोठला हामी । मतलबि चाणक्यहरु बैदेशिक रोजगारको पसल थापेर दिवास्वप्न बाँडदै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी भन मात्रै !!

~पौल भाट~ मैले सोचे , के सोचे , के बिचारे , यही हो त , अब सकियो त, यो के सुरु हो ? कि अन्त ? के पाए ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी त यतै म सितै रह्यौ

~अनन्त निरौला~ तिमीलाई मन भरि राखेर अस्ति नै मन शान्त भा’को बेला शब्दहरु सुस्तरी केलाउँदै जोड्दै जाँदा तिमी कविता भएर निस्केथ्यौ। अनि फेरि एक दिन बेलुकी पख निलो आकाशमुनि पोखरीको डिलमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : जोवन, समय र रङहरु

~अनिल नेम्बाङ~ पछ्याउँदै तन्नेरी लौरोलाई पुग्छु फेदमा लालुपातेको। पन्छाउँछु लौरो अनी बिसाउँछु छेवैमा आफुलाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : किन ???

~प्रल्हाद पोखरेल~ तन्नेरीजनहीन गाउँघर छन् रित्ता भकारी किन ? पैराले पुरिएछ खेत गतिलो बाँझै छ बारी किन ? निर्धो रुन्छ अरण्यरोदन कठै ! सुन्दैन कोही किन ? रोएझैँ किन देखिँदैछ पछुतो मानेर गोही किन ? चारैतर्फ कुनीतिको दबदबा फैलेर आयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment