Category Archives: कविता

Nepali Poems

कविता : झमेलामा बुढो सहर

~रुमन न्यौपाने ‘अमन्त’~ मैले आफ्नै गन्ती गर्न भुलेछु आफ्नै शहरमा । त्यसैलेत अतिशय सुन्दरता देखी टाढिएको छु । एक्लै निस्कन्छु जुरेथुवा बाट कफी पिएर । समय परिर्बतन भएको मेरो काठे शहरमा । म ब्यस्त हुन,

Posted in कविता | Tagged | Leave a comment

कविता : म झापा छिट्टै आउँछु

~रजित ओझा~ रातो बरफ आठआनाको पग्लेर कलरमाँ घरमाँ पक्डाउ खाने डरले मैले पुछेथेँ । मेटिएन ! अहँ मेटिएन!!!!!!!!!!!!!!!!!! न त्यो टाटो न त्यसका यादहरु सिँगान पुछ्दै ,हाफप्यान्ट तान्दै छिछिमिरा समाउन कुद्थ्यौँ हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलको कुरा

~दिलिप योन्जन~ तिमी गर्छौ फुलको कुरा आफ्नो खिल निस्केको छैन! तिमी गर्छौ जुनको कुरा आफ्नो टेक्ने धुलो छैन! तिमी गर्छौ चौरासी बेन्जनको कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ इतिहासको जन्म

~आचार्य प्रभा~ नयाँ इतिहास जन्म दिनेहरु हो सारा संसारलाई चकित गरी नयाँ जन्म लिएकाछौ , त्यसैले…….जन्मेको सारलाई सार्थक गर्न तिमीहरुले नयाँ पालुवाको श्रीजना गर्नुपर्छ नयाँ बिहानिको ढोका उघार्नु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~निश्चल काउचा~ समय आफ्नै गतिमा दौडिरहेछ सेकेण्ड, मिनेट , घण्टा गर्दै पात्रोका पानाहरु पल्टाउदै दिन , महिना , वर्ष बितेको गनिरहेछु म भ्रममा बाचिरहेछु आफ्नै आयु घर्कीरहेको हिसाब गर्न भुलिरहेछु समय परिबर्तनशिल छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म आफ्नै देशसँग असन्तुष्ट कवि

~प्रमोद स्नेही~ मेरो देशसँग म असन्तुष्ट छु । ज्यादै नै असन्तुष्ट जुन देशमा म जन्मो त्यही देशले मलाई अराजक कवि बनायो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूत स्वर

~लक्ष्मी प्रसाद देवकोटा~ क. थिए सिकन्दरका जुँघा क्या बाघका ! करमा कस्तो करवाल ! मुठी कस्ता ! लाख, लाखका ! ख. झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो, लहडी एक ! भाग्यो केही ?

Posted in कविता | Tagged | Leave a comment

कविता : घडीको कथा

~जीवन क्षेत्री~ पत्थरको चट्टानबीच वसन्तको के खोजी गर्छौ ए साथी हो । ढोंग नगर पत्थरबीच फूल फुल्ने भए शिशिर सकिएर किन वसन्त आउनुपथ्र्यो शीत र हुस्सूबीच मुनाहरू टुसाउने भए पारिलो घामको प्रतिक्षा किन गर्नुपथ्र्यो साथी हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मान्छे!

~दिवाकर स्वप्नील~ पर चोकमा यौटा मान्छे जिङरिङ कपाल,झुस्स दाह्री र जुँगा, सुनौला दाँतका लहर ढुँडी परेको गोब्रे गन्ध! मानौ ग्रामीणता खन्याए झै ऊभरि! मलाई मन पर्यो उसको अत्तर भनौ मन पर्यो जीवनशैली! धेरै पाएँ परिचय उसको, बगरल्ती फिजीएकोथ्यो खुल्ला किताबसरि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो सांसद मित्र

~विमल निभा~ मेरो सांसद मित्रलाई अचेल के भयो ? ऊ दुवै आँखा चिम्लेर मुस्कुरायो अहिले पनि यो देशमा केही हुनसक्छ ताराहरु झरेर आकाश रिक्त भयो उज्यालो हरायो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अनि …….

~राम श्रेष्ठ~ गुनासोमा होइन यो जिन्दगी, बाँचेकोछु गर्वमा अनि साहसमा, अँधेरो र कम्जोरीमा त पक्कै होइन, झन चम्किलो अनि सक्षमताको आसमा, अँधेरोमा पनि त मानिस बाँचेकै हुन्छ, पिडामा पनि अनि कती जलनमा पनि, नशामा लर्बरिदा पनि त बाँचेकै हुन्छ, अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीत

~अनन्त निरौला~ तिम्रो भाषाले बोलीले आँखा भरिको तिम्रो अङ्गीकार र स्विकृतीले, तिम्रो सल्लाह र छलफल गर्ने अनि आफ्नालाई तिम्रो साथ र उपस्थिती को वोध गराउने बानिले,

Posted in कविता | Tagged | Leave a comment

कविता : निरर्थक उदारता

~आचार्य प्रभा~ उदार भएर कसैलाई सहानुभूती पोख्छौ भने पाउनुको अर्थमा मात्र उदारताको अभिनय नगर त्यो त केवल स्वार्थको रूप मात्र बन्न सक्छ हो ,तिमी कसैको पनि सहयोगी बन्न सक्छौ मानवरूपी नाताले तर सहयोगको बद्लामा

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तो शुभकामना

~आचार्य प्रभा~ खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद त्यसैले के शुभकामना दिउँ तिमीलाई ? हृदयमा संतापको दियो बालेर बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर फिक्का हाँसो हाँसी रहेछौ दशै ,तिहारको रमझम अब त दन्त्यकथा बनी सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसिएका मनहरु

~ढक बहादुर बस्नेत ‘आकाश’~ प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कुरेर… बिछोडले आसु रित्तिय होलान दिन रात रोयर… झझल्को लाग्छ दिनरात मलाइ मन बुझाउ कसरि… अतितका दिन कलपिदि होलिन रोइ होलिन बेसरि… प्रतिक्षा गरदै बसेकि होलिन

Posted in कविता | Tagged | Leave a comment

कविता : औसत माया र जिबन

~रुमन न्यौपाने ‘अमन्त’~ अनुप्रास नमिलेको जिन्दगी बाँच्दै छु । कहिले काँहि पोखिन्छु सफेद पनामा । यादहरुको चपरा पल्टाएर, एक त्यान्द्रो खुसि खोज्दैछु । बिश्वास छैन? म त, बन्द जिबन भित्र दास भएको छु । कति समेट्नु भयहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नव वर्ष

~राकेश कार्की~ एक साल अघि हामी बढ्यौँ कैयौँ साथी बाटोमा छोड्यौँ पुरा जीवन बाँच्ने अधिकार पाउन नवीन कामना बोकी नववर्ष आउन घर आँगन सुनसान गाउँ कसोरी भुलुँ जन्मेको ठाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष लागेछ

~दिलिप योन्जन~ मिठा सपनामा डुब्दा डुब्दै सुख र शान्ति खोज्दा खोज्दै कुन बाटो कता जाउँ हेर्दा हेर्दै मन भरिको सवाल र जबाफको युद्धले एक पना बेदना, बिरह र गीत लेख्दा लेख्दै गन्तब्य भुलिएछ न त हिँदेर उदेश्य भेटियो न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लिवाङको चिसो

~पदम गौतम~ हरेक बिहान उसैगरी उज्यालो बाँडेजस्तो गर्दै समय निल्दै हिँड्ने घाम परै टल्कन्छ सिस्नेमा र, लिवाङ आङ तन्काउँदै उठ्छ । आकाश छ अनन्त बाँकी विश्वको जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : शिक्षा

~हुसैन खाँ~ सधैँ बन्छ शिक्षा सुधा जिन्दगीको सफा स्वच्छ संसार हो जिन्दगीको यही ज्ञान भण्डार हो जिन्दगीको कलाकारकै हो कला जिन्दगीको ।।१।। न चोरी हुने हो न लाग्ने छ अंश कि ज्ञानै बढेमा सुधर्ने छ वंश

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत नयाँ वर्ष

~ठाकुरमान लामा~ फेरि आयो मनमा नयाँ जोस छर्न खुसी र उमङ्गको उद्घोष गर्न भोलिका सुनौला दिन अनि बिहान साँच्दै नयाँ सपना र कल्पना आयौ तिमी फेरि हर दैलोदैलोमा हिजोका ती नमिठा तिक्तता मेट्न

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~ पुराना घाउहरुलाई पुर्ने संकल्प लिएर आलो पिडाहरुलाई मलम लगाउने सपनाहरु सजाएर आज फेरि उज्यालो भविष्यलाई देखेर एउटा दिन आएको छ एउटा इतिहासको भारी पिठिउँमा बोकेको छ अभाबहरुको भोक मेटाउने आशाहरु झुण्डाएर आएको छ असफलताहरुलाई नयाँ कोशिशहरु पस्किंदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हरेक नयाँ वर्षमा…

~रामेश्वर राउत ‘मातृदास’~ हर्षैहर्ष वर्षा होस् अनेक नयाँ वर्षमा, सुख शान्ति समृद्धि फैलियोस् जीवन कर्षमा सेवा भाव जागृत होस् हरेक पल अंशमा, अनन्त अमृत बर्षियोस् वशिष्ठ कुल वंशमा ।। झमक्क झम्के–साँझमा प्रसन्न जून लम्किऊँ, प्रखर पौरख पसिना समुन्नत सृष्टि चम्किऊँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के दिउँ शुभकामना ?

~गोविन्दप्रसाद आचार्य~ लक्ष्यका लहरा सुक्दा दुःखी छन् मनका भावना दुःखको ओखती छैन के दिउँ शुभकामना आशा जम्मै खरानीमा डढेले दन्किएपछि सपना डरका हुन् कि परका बज्रिएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~योगेन्द्र काउछा~ नयाँ वर्ष तिमीलाई प्यारको स्पर्शले आस्ते–आस्ते सुमसुम्याउन तिम्रो नौलो जोशिलो उत्साहमै रमाउन सदाबहार झरी झै रोइरहेका आँखाहरुलाई हर्षका आवेगहरुमा चम्काउन

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार मलाई नुन दिनुस्

~निश्चल काउचा~ सरकारको महल पनि मुगुतिरै हुदो हो त नुनै घुस खान्थे होला छोरीको बिहेमा नुनै दाईजो दिन्थे होला छोराको बिहेमा नुनै दाईजो माग्थे होला सरकारको महलतिर तीस रुपैयामा एक किलो नुन पाईन्छ रे सरकारलाई मुगुमा एक किलो नुनको भाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~अरुणबहादुर खत्री “नदी”~ नयाँ आशा नयाँ भावना नयाँ इच्छा लिएर आयो नयाँ वर्ष शुभकामना बोकेर । गाउँगाउँ वस्तीवस्तीमा अँध्यारो होइन उज्यालो छाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~दिलिप योन्जन~ उज्यालो र कोलाहलमा बिलाउन सधै सधै म आसाको त्यान्द्रो लिएर अभाबको समाधन खोज्दा खोज्दै मिरमिरे देखि गोधुली रक्तिम किरणसम्म बाटो दोबाटो अनि गल्ली हुदै वारि छितिजबाट पारि छितिजसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा र्स्पर्श

~अशेष मल्ल~ एक दिन अचानक शहरका चौबाटाहरुमा हाम्रा मृत शरीरहरु वेवारिस पल्टिएका हुनेछन् र हामी हाम्रै लाश अघिल्तिर उभिएका हुनेछौँ लाचार । एक दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनेशसिंहको जुत्ता पसल

~साम्ब ढकाल~ केही समयदेखि मेरो शहरमा दिनेश सिंहले जुत्ता बेचिरहेको छ । दिनेश सिंह जुत्ता बेच्छ केवल जुत्ता बेच्छ दिनेश सिंहको नजरमा खुट्टा बेच्नु हुन्न दिनेश सिंह खुट्टा बेच्दैन जुत्तै बेच्छ । दिनेश सिंह जुत्ता बेच्नु र खुट्टा बेच्नु बिल्कुल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मस्र्याङ्दी नदी

~भीष्म उप्रेती~ मस्र्याङ्दी नदी हिउँ पग्लेर मात्र बगेको होइन तिलिचो ताल बगेर मात्र बनेको होइन । पिसाङ, तिलिचो र गंगापूर्ण हिमालहरू र तीसँगै जोडिएका अन्य पहाडहरूसँग भन्नलाई अनेक कथाहरू छन् कसरी तिनीहरू उभिए दृढतापूर्वक र बेसहारा मानिसहरूलाई बास दिए मानिसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा

~आस्था लस्पाली सुनुवार~ मैले सुनें – उठ ! सबै उठे – जाराकजुरुक ! कोहि आधा निन्द्रामै उठे कोहि निन्द्रा पुराएर उठे कोहि निदाउन नपाइ उठे । जबरजस्ती निदाउन लगाए हामीलाई ननिदाए – चिसो खोरमा कोच्ने धम्की दिए भोकभोकै बस्नुपर्ने धम्कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment